
1) पृथ्वीको सबैभन्दा आग्लो पहाड सगरमाथा हो भने चन्द्रमाको सबैभन्दा अग्लो पहाड कुन हो ?
डार्फल पिक
2) सबैभन्दा पहिले खोजि गरिएको ग्रह शुक्र हो भने सबैभन्दा पहिले खोजि गरिएको शिशुग्रह कुन हो?
सेरेस(ceres)
3) नेपालमा राजर्षि हुने पहिलो व्यक्ति को हुन ?
सिद्धिनरसिंह मल्ल
4) राजर्षि महाराज भनेर कुन राणा प्रधानमन्त्रि लाई चिनिन्छ ?
जुद्द शमसेर
5) सौर्य सम्बत ३६५ दिनको हुन्छ भने चन्द्र सम्वत् कति दिनको हुन्छ ?
३५४ दिनको
6) सी क्लसका राणाहरुलाई उपत्यकावाट निस्कासन कसले गरेका थिए ?
जुद्ध शमसेरले
7) राणा हरुलाई a b c क्लासमा विभाजन गर्ने प्रधानमन्त्रि को हुन ?
चन्द्र शमसेर
8) १ प्रकाश वर्ष भन्नाले ९५ खर्ब दु:रीलाई बुझिन्छ भने प्रकाशले १ सेकेन्डमा कति दुरी पार गर्छ?
३ लाख कि .मि
9) जनमत संग्रहको घोषणा कहिले भएको थियो ?
बि.स. २०३६ जेष्ठ १०
10) जनमत संग्रह कहिले सम्पन्न भएको थियो ?
बि.स. २०३७ बैशाख २०
11) नेपालमा राहदानीको सुरुवात कसले गरेका थिए ?
भीमसेन थापा
12) MRP (machine Readable Passport ) प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
अनुराधा कोइराला (२०६७ पौष ११ )
13) MRP प्राप्त गर्ने पहिलो सर्वसाधारण नेपाली कों ?
गोविन्द थापा,ललितपुर
14) प्रथम विश्व युद्ध हुदा नेपालका प्रधानमन्त्री को थिए ?
चन्द्र शमशेर
15) दोर्सो विश्व युद्ध हुदा नेपालका प्रधानमन्त्री को थिए ?
जुद्ध शमशेर
16) सेतो मछिन्द्र नाथको रथ यात्राको चलन कसले चलाएका हुन् ?
प्रताप मल्ल
17) रातो मछिन्द्र नाथको रथ यात्राको चलन कसले चलाएका हुन् ?
नरेन्द्रदेव