| बन्ने होइन त अधिकृत ?? |      

समसामयिक भाग -१७

संकलन/लेखन- राजेन्द्र रावत २३ भाद्र २०७८,बुधबार

  • यूईएफए प्लेयर अफ दी इयर २०२१ हुन सफल खेलाडी को हुन् ?  - जर्जिन्हो 
  • जर्जिन्हो  चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरो २०२० च्याम्पियन बनेका
  • महिलातर्फ : एलेक्सिया पुटेलस (बार्सिलोनालाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेकी)
  • वर्षको उत्कृष्ट गोलकिपरमा पुरुषतर्फ : चेल्सीका एडुवार्डो मेन्डी र बार्सिलोनाकी सान्ड्रा पानोस
  • वर्षको उत्कृष्ट डिफेन्डर पुरुषतर्फ : म्यानचेस्टर सिटीका रुबेन डियाज र महिला तर्फ पेरिस सेन्ट जर्मन (पीएसी)की इरेन पेरेडेज
  • वर्षको उत्कृष्ट मिडफिल्डरमा : चेल्सीका एन्गोलो कान्टे र बार्सिलोनाकी एलेक्सिया पुटेलस
  • वर्षको उत्कृष्ट फरवार्ड : बोरुसिया डर्टमन्डका एर्लिङ हालान्ड तथा बार्सिलोनाकी जेनिफर हर्मोसो
  • वर्षको उत्कृष्ट महिला टोलीको प्रशिक्षक : बार्सिलोनाका लुइस कोर्तेस
  • वर्षको उत्कृष्ट पुरुष टोलीको प्रशिक्षक : चेल्सीका थोमस टुकेल
  • कोरोना भाइरसको कारण रोकिएको ‘युवा वर्ष मोती पुरस्कार–२०७७’ प्राप्त गर्ने व्यक्तित्व को हुनुहुन्छ ?
  • मीनकुमार  श्रेष्ठ नवोदित, कवि एवं पत्रकार, विराटनगर
  • महेश पौड्याल, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक  
  •  ‘युवा वर्ष मोती पुरस्कार–२०७८’ कसलाइ वितरण गरिदैछ ?
  • प्रकाश पौडेल ‘माइला’, जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका
  • हेम प्रभास, भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहनु भएका
  • ‘युवा वर्ष मोती पुरस्कारको राशी कति रहेको छ ? - ५० हजारसहित स्वर्णपदक
  • स्थापना : विसं २०४२ मा
  • वितरण गर्ने : राष्ट्रिय युवा कोषद्वारा स्थापित
  • युवाकवि मोतिराम भट्टको स्मृतिमा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदान गरिन्छ
  • पुरस्कार हरेक वर्ष मोती जयन्तीका दिन प्रदान गर्ने गरिन्छ 
  •  ‘वर्ड ब्लाइन्ड आइडल २०२१’ को शिर्षक जित्न सफल नेपाली को हुनुहुन्छ ? - म्याग्दीका खोमराज शर्मा
  • पोल्याडको चान्स फर दर ब्लाइन्ड फाउण्डेशनले आयोजना गरेको ‘वल्र्ड ब्लाइन्ड आइडल’ प्रतियोगिताको उपाधी म्याग्दीका खोमराज शर्माले जितेका छन्। बेनी नगरपालिका–५ डडुवाका दृष्टिविहीन शर्मा २६ देशका प्रतिस्पर्धीहरुलाई अनलाइन भोटिङको माध्यमबाट पछाडी पारेर आइडल बनेका हुन् ।  विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिष्पर्धामा
  • हालै आइसीसीले सार्वजनिक गरेको नयाँ सूची अनुसार टी ट्वान्टीको विश्व वरीयतामा नेपाल स्थान कतिऔं रहेको छ ? १३ औं स्थानमा -
  • नेपाल यसअघि १२ औं स्थानमा रहेको थियो
      • पहिलो स्थानमा - इंग्ल्याण्ड
      • दोस्रो स्थानमा - भारत
      • तेस्रो  स्थानमा - पाकिस्तान
      • चौथो स्थानमा - न्युजिल्याण्ड
      • पाँचौं स्थानमा - दक्षिण अफ्रिका
      • छैठौं स्थानमा - अष्ट्रेलिया  
      • सातौं स्थानमा - बङ्गलादेश

 

  • नेपाली सेनाको प्रधानसेनापतिमा हालै कसलाई नियुक्त गरियो ? बलाधिकृत रथी प्रभुराम शर्मा (२०७८ भदौ २४ देखि कार्यकाल सुरु)
  • नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत रथी शर्मालाई सो पदमा नियुक्त (२०७८ भदौ ११ गते) गरिएको ।
  • – नेपाली सेनामा ३७ वर्ष बिताउनुभएका शर्मा ब्राह्मण जातिबाट सो पदमा पुग्ने पहिलो सेनापति हुनुहुन्छ ।
  • – उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएको ।
  • जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन कहिले भएको हो ? वि.सं. २०७८ भदौ १०
  • माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता कहिले प्रदान गरिएको हो ? वि.सं. २०७८ भदौ ९
  • न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यका साथ निर्मित न्यायिक सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ? वि.सं. २०७८ भदौ १ गते
  • सर्वोच्च अदालत परिसरमा निर्मित सो सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्किने दस्तावेज सङ्ग्रहित गरिएको ।
  • भोजपत्रको नमुना, ताडपत्रको नमुना, वि.सं. १९४५ मा जारी भएको मुलुकी ऐन, वि.सं. १९९१ सम्मको संशोधन, २०२० को मुलुकी ऐन, वि.सं. २००८ को नेपाल गजेटलगायतका सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको ।
  • उक्त सङ्ग्रहालयमा न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको ।
  • नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल राजनीतिकर्मी को हुनुहुन्छ ?
     अष्टलक्ष्मी शाक्य
  • नियुक्ति २०७८ भदौ  २ गते
  • नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको ।
  • नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ? कल्पना शर्मा
  • विश्वकै अग्लो होटल कहाँ खुलेको छ ? चीन (जे होटल)
  • चीनको साङ्घाइमा निर्मित सो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको ।
  • होटलको उचाइ ६३२ मिटर रहेको ।
  • संयुक्तराष्ट्र सङ्घले कुन वर्षलाई उपचारात्मक वर्ष बनाउन आह्वान गरेको छ ? सन् २०२१
  • नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
     वि.सं. २०७८ साउन २९
  • गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,
  • मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,
  • आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूले
  • सहुलियत पाउने,
  • मौद्रिक नीतिले विकास बैङ्क र फाइनान्स कम्पनीको अस्तित्व बचाउन वाणिज्य बैङ्कमा गाभिने नीतिलाई निरुत्साहित गरेको,
  • विस्तृत मुद्रा प्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने,
  • सहवित्तीयकरण कर्जाको सीमा एक अर्बबाट दुई अर्ब पु¥याइने,
  • स्थानीय तहमा कम्तीमा एक शाखा र एक एटीएम
  • अपाङ्गमैत्री बनाउनुपर्ने,
  • वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूको दोहोरो लगानी (क्रस होेल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र मर्जरमा जानुपर्ने,
  • मौद्रिक नीतिमा केन्द्रीय बैङ्क विद्युतीय मुद्रा (सेन्ट्रल बैङ्क डिजिटल करेन्सी–सीवीडीसी)को सम्भाव्यता अध्ययन गरिने उल्लेख ।
  • सन् २०२१ मा सम्पन्न ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने राष्ट्र कुन कुन हुन् ? क्रमशः अमेरिका, चीन र जापान
  • अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्य गरी ११३ पदक, चीन ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी ८८ पदक र जापान २७ स्वर्ण, १४ रजत र १७ कांस्य गरी ५८ पदक प्राप्त गर्न सफल भएका ।
  •  प्रतियोगितामा तेस्रोदेखि दसौँ स्थानसम्म रहन सफल भएका राष्ट्र क्रमशः बेलायत, रुस, अस्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्यान्ड र फ्रान्स रहेका ।
  • यस खेलकुद प्रतियोगितामा ३३ खेल समावेश गरिएको ।
  • जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ? सन् २०२१ जुन ११–१३
  • एसियाको नोबल पुरस्कार भनी चिनिने रेमन म्यागासेसे पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? सन् १९५८
  • हाससम्म यो पुरस्कार प्राप्त गर्ने नेपाली
    – १. महेशचन्द्र रेग्मी सन् १९९७
    – २. भारतदत्त कोइराला सन् २००२
    – ३. डा. सन्दुक रुइत सन् २००६
    – ४. महावीर पुन सन् २००७
    – ५. शक्ति समूह सन् २०१३

१९. अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना सन् २०२१ मे १ बाट फिर्ता गर्ने घोषणा कहिले गरेका हुन् ?  सन् २०२१ अप्रिल १४

२०. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ रहेको छ ?  गुह्येश्वरी (काठमाडौँ)

२१. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ? प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।

२२. वृहस्पति र मङ्गल ग्रहको बीचमा फेला परेको धातुयुक्त छुद्र ग्रह कुन हो ? साइकी
(यो ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एनिबल डी गेस्परिसले पत्ता लगाएका हुन् । यस छुद्र ग्रहमा प्रशस्त मात्रामा सुन रहेको अनुमान गरिएको ।)

२३. विदेशीका लागि गोल्डकार्ड भिसा योजना सुरु गर्ने राष्ट्र कुन हो ? संयुक्त अरब इमिरेट्स (यूएई

Share this