| बन्ने होइन त अधिकृत ?? |      

समसामयिक भाग -१८

संकलन/लेखन- राजेन्द्र रावत ३० भाद्र २०७८,बुधबार

  • भाषा आयोगले प्रदेशगत रुपमा विभिन्न भाषाहरुलाई सरकारी कामकाजको भाषाका लागि सिफारिस कहिले गरेको हो ?   २०७८ भदौ २१
  • आयोगको गठन - २०७३ भदौ २३ गते
  • २०७३ भदौ २३ गते गठित आयोगले पाँच वर्षभित्र सरकारी कामकाजको भाषाको सिफारिस गर्ने मुख्य कार्यादेश पाएको थियो ।
  • आयोगले प्रदेश १ मा मैथिली र लिम्बूभाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको छ । यो प्रदेशमा नेपाली भाषा बोल्ने ४३ दशमलव ०७, मैथिली ११ दशमलव १९ र लिम्बू भाषाको ७ दशमलव ३१ प्रतिशत जनसंख्या रहेका छन् ।
  • प्रदेश २ मा मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रचलन गर्न सिफारिस गरेको आयोगले जनाएको छ । यो प्रदेशमा मैथिली बोल्ने ४५ दशमलव ३०, भोजपुरी बोल्ने १८ दशमलव ५८, बज्जिका १४ दशलमव ६५ र नेपाली भाषाका छ दशमलव ६७ प्रतिशत रहेका छन् ।
  • बागमती प्रदेशका लागि १८ दशमलव ३२ प्रतिशत वक्ता सङ्ख्या भएको तामाङ र १२ दशमलव ३० प्रतिशत वक्ता सङ्ख्या भएको नेवार भाषालााई कामकाजको भाषाका रुपमा सिफारिस गरिएको छ । यस प्रदेशमा नेपाली भाषाको वक्ता सङ्ख्या ५७ दशमलव ४२ प्रतिशत छ ।
  • गण्डकी प्रदेशका लागि नौ दशमलव ०३ प्रतिशत वक्ता सङ्ख्या रहेको मगर भाषा, सात दशमलव ८५ प्रतिशत वक्ता सङ्ख्या रहेको गुरुङ, सात दशमलव ०७ प्रतिशत वक्ता सङ्ख्या भएको भोजपुरीलाई सिफारिस गरिएको छ । यस प्रदेशमा ६७ दशमलव ८८ प्रतिशत नेपाली भाषाको वक्ता सङ्ख्या छ ।
  • लुम्बिनी प्रदेशका लागि १३ दशमलव १५ प्रतिशत वक्ता सङ्ख्या भएको थारु र ११ दशमलव ५२ प्रतिशत वक्ता सङ्ख्या रहेको अवधी भाषालाई सिफारिस गरिएको छ । यस प्रदेशमा नेपाली भाषाको वक्ता सङ्ख्या ५४ दशमलव ७० प्रतिशत छ ।
  • कर्णाली प्रदेशमा नेपालीबाहेक एकमात्र राष्ट्रभाषा रहेको मगर भाषालाई सिफारिस गरिएको छ । यहाँ मगर भाषाका वक्ता सङ्ख्या २ दशमलव २६ प्रतिशत छन् भने नेपाली भाषाको वक्ता सबैभन्दा उच्च सङ्ख्या ९५ दशमलव १४ प्रतिशत छ ।
  • सुदूरपश्चिम प्रदेशमा ३० दशमलव ४५ प्रतिशत वक्ता सङ्ख्या भएको डोट्याली र १७ दशमलव ०१ प्रतिशत वक्ता सङ्ख्या रहेको थारु भाषालााई सरकारी कामकाजको भाषाका रुपमा विकास गर्न सुझाव दिइएको छ । यस प्रदेशमा नेपाली भाषाको वक्ता सङ्ख्या ३० दशमलव १८ प्रतिशत छ ।
  •  
  • अफगानिस्तानमा तालिबानले घोषणा गरेको अन्तरिम सरकारको प्रधानमन्त्री को भएका छन् ?  मुल्लाह मोहम्मद हसन अखुन्द
  • सन् २०२१ सेप्टेम्बर ७
  • प्रधानमन्त्री -  मुल्लाह मोहम्मद हसन अखुन्द
  • उप-नेता(उपप्रधानमन्त्री)- मुल्लाह अब्दुल घानी बरादार
  • अन्तरिम मामिलामन्त्री  - सिरजुद्दिन हक्कानीलाई
  • रक्षामन्त्री - मोहम्मद याकुब ।
  • अर्थमन्त्री -हेदुतल्लाह बाद्री
  • विदेश मन्त्री - अमिर खान मुताक्की
  • शिक्षा मन्त्री- शेख मौलवी नूरुल्ला मुनिर

 

  • अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२१ को नारा के हो ? ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’
  • मनाइने दिन - सेप्टेम्बर ८

नेपालमा साक्षरता

  • हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ ।
  • १५ वर्षभन्दा माथिको समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत
  • १५ वर्षभन्दा माथिको महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ ।
  • मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् ।
  • कूल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ ।
  • हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, छ हजार ७३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय
  • हालै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार कहिले नेपाल आएकी हुन् ?   सन् २०२१ से.९  
  • उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुुक्स पनि आएका
  • एमसीसी सम्झौता अनुमोदन भए नेपालले ५० करोड डलर (करिब ५५ अर्ब रुपैयाँ) सहायता प्राप्त गर्नेछ । यो सहायतामा नेपालले थप १३ करोड डलर थप्नुपर्छ । यस हिसाबले एमसीए–नेपालले ६३ करोड अमेरिकी डलर खर्च गर्नेछ ।
  • प्रस्तावित रकमबाट लप्सीफेदी–बुुटवल–गोरखपुर हाइभोल्टेज प्रसारणलाइन विस्तार गर्ने लक्ष्य छ । ३१५ किलोमिटर लम्बाइको यो प्रसारण लाइनको क्षमता ४०० केभिए हुने बताइएको छ ।
  • यस्तै, दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म महेन्द्र राजमार्ग स्तरोन्नती (मुख्य काम कालोपत्रे) गर्न पनि एमसीसी परियोजनाको रकम खर्च हुनेछ । ७७ किलोमिटर सडकखण्डलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार विकास गर्न एमसीए–नेपालले अहिले डिजाइन गरिरहेको ।
  • केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका २०७८ भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्दै १२ औँ  जनगणना कहिलेदेखि कहिले सम्म हुने भएको छ ?  २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म
  • प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।
  • यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ ।
  • हरेक १०/१० वर्षमा हुने जनगणना नेपालमा १९६८ सालमा शुरु भएको हो ।
  • हरितालिका तीज कुन तिथिमा पर्दछ ? भदौ कृष्ण तृतीया
  • नवौँ राष्ट्रिय विज्ञान दिवस २०७८ का लागि विज्ञान दिवस २०७८ को नारा के तय गरिरहेको छ ? ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’
  • असोज १ मा पर्दछ ।
  • पहिलोपटक २०७० मा मनाइएको ।
  • काठमाडौँ महानगरपालिका लाई कहिले ‘सांस्कृतिक सहर, साक्षर काठमाडौँ महानगर’ घोषणा गरिएको छ ?  २०७८ भाद्र २१
  • नेसनल जिओग्राफिक एक्सप्लोर अवार्ड–२०२१ प्राप्त गर्ने नेपाली को हुन् ? उत्तमबाबु श्रेष्ठ
  •  वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता श्रेष्ठले ४३ हजार डलर (करिब ५५ लाख रुपियाँ)को सो अवार्ड प्राप्त गरेका
  • अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले विशेषगरी नेपालको संरक्षण क्षेत्रको अनुसन्धानका लागि अनुसन्धान वृत्ति प्रदान गरेको। कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्र र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको छ
  •  राष्ट्र बैङ्कद्वारा वि.सं. २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भएको अनुमान छ ?  ४.०१ प्रतिशत
  • प्रतिवेदनअनुसार कृषि क्षेत्रको वृद्धिदर २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको ४.४३ प्रतिशत रहेको
  • कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको
  • आ.व. २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको
  •  टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागी हुने एक मात्र खेलाडी को हुन् ?  पलेशा गोवर्धन (गृष्मकालीन ओलम्पिक समाप्त भएको १५ दिनपछि ओलम्पिक आयोजक सहरले नै पाराओलम्पिक गर्नुपर्ने परिपाटी रहेको।)
  • संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?  सन् २०२१ अगस्ट ३०
  • अफगानिस्तानमा बाँकी रहेका केही सेना अगस्ट ३० सम्म सबै फिर्ता गएको बताइएको। केही दिन अघिदेखि नै अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको। अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन सुरु गरेको थियो। अमेरिकी ट्विन टावरमा हमला गराएको भनी अलकायदा सङ्गठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि अमेरिकाले सो मिसन सुरु गरेको
  • विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाको ७४औँ वार्षिक बैठक आयोजना कहाँ भएको छ ? काठमाडौँमा (वि.सं. २०७८ भदौ २१–२५)  (नेपालले ११ वर्षपछि पुनः आयोजक राष्ट्रका रूपमा बैठक गर्ने अवसर प्राप्त गरेको।)
  • एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ? ऐवी विग्डरसन –हङ्गेरी)
  • प्रखर क्षमता भएका गणितज्ञलाई प्रदान गरिने सो पुरस्कारको राशि झन्डै छ लाख युरो रहेको
  • यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिएको
  • सन् २००१ मा स्थापित यो पुरस्कार सन् २००३ देखि प्रदान गर्न थालिएको
  • पहिलोपल्ट यो पुरस्कार फ्रान्सका जिन पियरे सिरेलाई प्रदान गरिएको
  • चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?
  • सन् २०२१ जुलाई ८
  •  छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका
  • गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको
  •  पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने
  • अन्तर्राष्ट्रिय सहकारी दिवस २०२१ को नारा के हो ? रिविल्ड बेटर टुगेदर
  • जुलाई महिनाको पहिलो शनिबार मा मनाइन्छ ।
  • राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?  वि.सं. २०७८ वैशाख २

(नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोषिलो आहारका लागि दिगो कृषि’ रहेको ।)

  • नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? विसं २०७८ असार २९
  •  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको
  • नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको
  • सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको
  • विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ? एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया)
  • डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ
  •  ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको। उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ
  • देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ? विक्रम संवत् २०७८ असार २३
  • ६ वर्षअघि (२०७२ साउन २५) मालपोत कार्यालय कलङ्कीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि एक सय २६ वटै मालपोत कार्यालयमा लागू भएको। यसअघि एक सय १८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन बाँकी आठ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको
  • कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको
  • यो प्रणली सुरु भएपश्चात् नै सर्वसाधारणले आफ्नो घर–जग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्वलगायत) मोबाइल एपमै हेर्न सक्ने
  • देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अब यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने

Share this