| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) बैशाख ८

LoksewaGyan १० बैशाख २०७८,शुक्रबार

१. २०७७ चैतमा भएको गैँडा गणनाअनुसार हाल नेपालमा गैँडाको सङ्ख्या कति रहेको छ ?
 ७५२ ।
– २०७७ चैत २८ मा सार्वजनिक गरिएको गैँडा गणनाको नतिजाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा भेटिएका । गैँडा गणना २०७७ चैत ९ देखि २८ सम्म गरिएको ।
– कुल गैँडामध्ये वयस्क ५२०, अर्धवयस्क ९६ र बच्चा १३६ रहेको ।
– ६ वर्षपहिले अर्थात् सन् २०१५ मा गरिएको गैँडा गणनामा नेपालमा कुल ६४५ गैँडा रहेका ।

२. नेपालको कुन संस्थालाई मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) बनाउनेगरी प्रारम्भिक कार्य अघि बढाइएको छ ?
 नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ।
– नार्कलाई मानित विश्वविद्यालय बनाउने धेरै पहिलेदेखि प्रयास हुँदै आएको । नार्कको तीन वर्षीय अन्तरिम योजना (२०६४–२०६७) मा पनि यससम्बन्धी कुरा उल्लेख रहेको ।
– नार्कमा मानित विश्वविद्यालय स्थापना भएपछि त्यहाँ अनुसन्धानका साथै अध्यापनको कार्य पनि हुने ।
– यसको स्थापनामा भारतको सहयोग रहने ।

३. विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माणमा सहयोग गर्ने संस्था कुन हो ?
 एसियाली विकास बैङ्क (एडीबी) ।
– सरकारले सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन बनाउने भएको ।
– चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ ।
– एक वर्ष (२०७८ चैत) भित्र चार्जिङ स्टेसनको निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको ।
– हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत्् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने ।
– तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्नेगरी नेपाल विद्युत् प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै स्टेसनको कन्ट्रोल काडमाडौँबाट हुनेछ ।

४. नेपाल आयल निगमले इन्धन चुहावट नियन्त्रण गर्ने उद्देश्यले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर कहिलेदेखि लागू गर्नेगरी निर्णय गरेको हो ?
 विक्रम संवत् २०७८ वैशाख २ ।
– देशभरका सबै डिपोमा ईआरपी लागू गर्न केन्द्रीय कार्यालयबाट उच्चस्तरका कर्मचारीको नेतृत्वमा टिम परिचालन गरिएको ।
– ईआरपी सफ्टवेयर लागू भएपछि इन्धन ढुवानी, वितरण र लेखा प्रणालीलाई सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको ।
– देशभरका डिपोमा रहेको तेलको मौज्दात, बाटोमा ढुवानी हुँदै गरेको तेलको परिमाण, इन्डियन आयल कर्पोरेसन (आईओसी) ले दिएको तेलको परिमाणलगायत सबै तथ्याङ्क सफ्टवेयरमार्फत सजिलै जानकारी पाउन सकिने ।
– पम्प व्यवसायीले सफ्टवेयरमार्फत नै तेलको माग गर्ने हुँदा कुन ठाउँमा तेल कम वा बढी गएको छ भन्ने सजिलैसँग हेरेर माग र आपूर्तिको तालमेलसमेत मिलाउन सकिने ।
– व्यवसायीले घर बसेरै तेलको डिमान्ड गर्न र पैसा तिर्न सक्ने । त्यस्तै, ढुवानी व्यवसायीले पनि घरमै बसेर इन्धन ओसारेबापतको भाडा प्राप्त गर्न सक्ने ।

५. सरकारले व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ कुन अवधिलाई व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाउन थालेको छ ?
 वैशाख १ देखि ७ (विसं २०७८ देखि) ।
– नेपाल सरकारले सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई सतप्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
– अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशतमात्र रहेको ।

६. मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
 विसं २०७८ वैशाख २ ।
– नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदनलगायतका सेवा अनलाइनबाट पाउनेगरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्वलगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।
– यस प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ गरिएको ।

७. जुडशीतल पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?
 तराई ।
– तराई–मधेसका थारू, मैथिली तथा मधेसी समुदायमा यो पर्व पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्ष मनाउनेक्रममा मनाउने गरिन्छ ।
– मैथिली भाषीले यसलाई बाइस पावैन (पर्व) पनि भन्ने गर्छन् ।
– यस पर्वमा परिवारका ज्येष्ठ सदस्यले आपूmभन्दा सानो उमेरका व्यक्तिलाई शिरमा पानी राखेर आशिर्वाद दिने चलन रहेको छ ।
– यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धिका लागि परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनसँग आशिर्वाद लिने चलन रहेको छ ।

८. सिरुवा पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?
 पूर्वी तराई ।
– वैशाख १ गतेदेखि सुरु हुने नयाँ वर्षसँगै पूर्वी तराईका विशेषगरी राजवंशी, ताजपुरिया, गनगाई, माझी, थारूलगायतका आदिवासी समुदायमा यो पर्व प्रचलनमा रहेको छ ।
– यस पर्वमा नयाँ लुगा लगाउने, मीठा परिकार खाने, परिवार, गाउँ, समाज र राष्ट्रको शान्ति एवम् समृद्धिका लागि ग्राम तथा महाराजथानमा पूजा र घरमा कुलपूजा गरी मनाउने गरिन्छ । यस पर्वमा थानहरूमा मेला लाग्ने गर्छ ।

९. लैङ्गिक उत्तरदायी बजेट सुरु गर्ने राष्ट्र कुन हो ?
 अस्ट्रेलिया (सन् १९८४) ।

१०. फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कहाँ रहेको छ ?
 इलाम ।
– नयाँ वर्ष २०७८ सँगै यस विमानस्थलमा उडान अवतरणको तयारी भइरहेको ।
– ३२८ रोपनी क्षेत्रफलमा बनेको सो विमानस्थल २०६७ चैत १३ मा शिलान्यास (तत्कालीन प्रधानमन्त्री झलनाथ खनालद्वारा) भएको ।

१. नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०७२ चैत २५ ।
– तपाईंको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल नारासाथ कैलाली जिल्लाबाट यो कार्यक्रम सुरुवात गरिएको ।
– २०७७ चैत २५ गते पाँचौँ स्वास्थ्य बीमा दिवस मनाइएको ।)
१२. अमेरिकाको आर्थिक अखबार सीईओ वल्र्डद्वारा सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
 स्वीट्जरल्यान्ड ।
– महँगा देशको सूचीमा दोस्रो स्थानमा नर्वे तथा तेस्रो स्थानमा आइसल्यान्ड रहेका ।
– महँगा देशको सूचीमा नेपाल १२२औँ स्थानमा रहेको ।
– विश्वको सबैभन्दा सस्ता देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा रहेको ।
– सस्ता देशको सूचीमा नेपाल ११औँ स्थानमा रहेको ।
– घरभाडा, रेस्टुरेन्टमा खानाको मूल्य, लुगा, ट्याक्सीभाडा, इन्टरनेटको मूल्यलगायतका विषयलाई आधार मानी सो सूची तयार पारिएको । सर्वेक्षण १३२ देशका राजधानीमा गरिएको ।

१३. २०७६ माघ २० को मन्त्रिपरिषद् बैठकले देशका कति स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय ग-यो ?
 ५ ।
(डोटीको जोरायल गाउँपालिका–२, बझाङको तलकोट गाउँपालिकाका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६, स्याङ्जाको चापाकोट नगरपालिका–९ र स्याङ्जाकै गल्याङ नगरपालिका–१ लाई औद्योगिक ग्राम घोषणा गर्ने निर्र्णय भएको ।)

१४. एसएलसी (हाल एसईई) मा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द भएको हो ?
 विसं २०६२ ।

१५. नेपालको एकमात्र सिकार आरक्ष कुन हो ?
 ढोरपाटन सिकार आरक्ष ।

१६. ‘सबैखाले पुँजीमध्ये सर्वोत्तम हो– मानव जातिमा लगानी भएको पुँजी’ भन्ने विचारक को हुन् ?
 अल्फ्रेड मार्सल ।

१७. नेपाल र भारतबीचको व्यापारमा भुक्तानी असन्तुलन रहनुका कारण के हो ?
 नेपालले निर्यातभन्दा आयात बढी गर्नु ।

१८. पत्रपत्रिकाका लागि हुलाक टिकटको व्यवस्था कहिलेदेखि हटाइएको हो ?
 विसं २०६३ जेठ १२ ।

१९. रेड एप्पल भनी केलाई बुझिन्छ ?
 गोलभेँडा ।

२०. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?
 उत्तरी गोलाद्र्ध ।

२१. नेपालको शिक्षा पद्धतिमा नेपाली विषयलाई अनिवार्य गराउने पहिलो व्यक्ति को हुन् ?
 महाकवि लक्ष्मीप्रसाद देवकोटा ।

२२. वैशाख १ गते मनाउने गरिएको ‘विसु पर्व’ कुन ठाउँमा प्रचलित पर्व हो ?
 सुदूरपश्चिम ।
– विसु पर्वलाई विसु सङ्क्रान्ति पनि भन्ने गरिन्छ । मीठा–मीठा खानाका परिकार बनाई खाने, देउडा खेल्ने एवम् सिस्नुपानी छ्यापेर यो पर्व मनाउने गरिन्छ ।
– विसुका दिन सिस्नु लगाउँदा छालामा भएका घाउ खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ ।
– विसु पर्वमा महिलाले पुतला नाच खेल्ने र पुरुषले विसु बाघ बनाएर दौडाउने चलन रहेको छ ।
– विसु पर्वको दिन कुलदेवताको पूजा गरी ‘गतानी’ डुब्का (स्थानीय खानाको परिकार) पकाएर खाने साथै मासको दालबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र चुकाउनी खाने चलन रहेको छ ।
– यस दिन भारतको हरिद्वारमा नेपाल तथा भारतका विभिन्न स्थानबाट गङ्गा स्नानका लागि जाने चलनसमेत रहेको छ ।
– हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरूप यो पर्व मनाउने गरिएको विश्वास रहेको छ ।

२३. एसियाली राष्ट्र जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
 सन् २००६ नोभेम्बर १० ।

२४. रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५,८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?
 बेडेन पावेल स्काउट पिक ।

२५. नेपाल सरकारद्वारा जनता आवास कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
 आव २०६६/०६७ ।
– सरकारले आव २०६६/०६७ को बजेट तथा कार्यक्रममार्फत सिरहा, सप्तरी तथा कपिलवस्तु जिल्लाबाट जनता आवास कार्यक्रम सुरुवात गरेको ।
– गरिबीको रेखामुनि रहेका नागरिकलाई स्वस्थ तथा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो ।

२६. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?
 जापान ।

२७. जडीबुटीको गुण, रोेगमा उपयोगिताबारेमा उल्लिखित ग्रन्थ ‘निघन्टु’को प्रथम संस्करण कहिले प्रकाशित भएको थियो ?
 विसं २०२५ ।
– यो ग्रन्थ प्रथम संस्करण प्रकाशित भएको २५ वर्षपछि दोस्रो संस्करण प्रकाशित (नेपाल प्रज्ञाप्रतिष्ठानबाट) भएको ।
– लोकजीवन र आयुर्वेद चिकित्सा क्षेत्रका विज्ञका लागि उपयोगी उक्त ग्रन्थमा संंस्कृत भाषामा रहेका जडीबुटीका नामसँग सम्बन्धित शब्दका साथै नेपाली, हिन्दी, बंगाली, कर्नाटकी, महाराष्ट्री र ल्याटिन भाषामा समेत यथासम्भव ती शब्दहरूको नाम दिइएको ।

२८. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?
 इसावेल पेरोन, अर्जेन्टिना ।

२९. पेलेग्रा रोग भिटामिन ‘बी’को कमीले लाग्छ भने स्कर्भी रोग कुन भिटामिनको कमीले लाग्छ ?
 भिटामिन ‘सी’ ।

३०. जापानको हिरोसिमामा ६ अगस्ट १९४५ मा विस्फोट गरिएको परमाणु बमको नाम के थियो ?
 लिटिल बोय ।
प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत:गोरखापत्र

Share this