
खरिदारको नमूना प्रश्न र समाधाान
प्रश्न: सकारात्मक सोच भनेको के हो ? कर्मचारी र सेवाग्राहीको सकारात्मक सोचले कार्यालयको सेवा प्रवाहमा पर्ने प्रभाव कस्तो हुन्छ ? सकारात्मक सोचको विकास गर्ने तरिकासमेत उल्लेख गर्नुहोस् । (२+३+५)
“Be mindful, Be grateful, Be positive, Be true, Be kind”
सकारात्मक सोच
कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनु सकारात्मक सोच हो । यसलाई असल विचारको विकास गर्ने कार्यको रुपमा पनि लिईन्छ ।
-
- यो जीवनको उज्यालो पक्षमा केन्द्रित भई सकारात्मक नतिजाको अपेक्षा गर्ने मानसिक र भावनात्मक मनोवृत्ति हो ।
- सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ ।
सकारात्मक सोचको प्रभाव
सकारात्मक सोचले मुख्यत:More energy, better health, a greater chance at success, and an overall happier lifeको अवस्था सिर्जना गर्दछ । कर्मचारी र सेवाग्राहीको सोचले कार्यालयको सेवा प्रवाहमा पर्ने थप प्रभाव निम्नानुसार रहेका छन् ।
-
- सेवा प्रवाह प्रक्रिया छिटो, छरितो तथा गुणस्तरी हुन्छ ।
- कार्यालयमा जनसम्पर्क तथा गुनासो व्यवस्थापनमा सहजता आउछ ।
- कर्मचारीहरू तथा सेवाग्रही बीच असल र सौहार्दपूर्ण सम्बन्धको विकास गर्न हुन्छ ।
- सेवा प्रवाहमा सदाचार, नैतिकता तथा व्यवसायिकता प्रवर्धन गर्छ ।
- सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउँछ ।
- समय व्यवस्थापन तथा तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।
- विवाद र द्वन्द्वको सम्भावनालाई निरुत्साहित बनाउछ
- कर्मचारीहरूमा उत्प्रेरणामा वृद्धि हुन्छ ।
- सेवाग्राही तथा सेवा प्रदायकमा दायित्व पालना गर्न अभिप्रेरित गर्छ ।
- सेवा प्रवाहको समग्र प्रक्रियामा अपनत्ववोध हुन्छ ।
सकारात्मक सोचको विकास गर्ने तरिका
क) वढाउनु पर्ने विषयहरु
-
- सकारात्कम कार्यका क्षेत्रहरू पहिचान गर्ने,
- लक्ष्यहरू सेट गरेर तिनीहरूको प्राप्ति तर्फ लाग्ने ।
- आफैलाई स्व-मुल्याङ्कन गर्ने,
- आँफैमा बिश्वास गर्ने
- सदैव मुस्कान छाउने,
- स्वस्थ जीवनशैली पालना गर्ने,
- असल मानिसहरूको मात्र संगत गर्ने
- मनमा सकारात्मक कुरा खेलाउने ।
ख) घटाउनु पर्ने विषयहरु
-
- नकारात्मक कुरा नगर्ने
- अरुको इर्श्या नगर्ने
- देखाशिखि नगर्ने
- चिन्ता नलिने ।
- महत्वकाक्षा नगर्ने ।
ग) निरन्तरता दिनुपर्ने विषयहरु
-
- अध्यानशिलता,
- योग, व्यायाम, ध्यान,
- सन्तुलित खानपान,
- अनुशासन,
- काममा केन्द्रित हुने,
- शारीरिक रूपमा स्वस्थ रहने
- आत्मविश्वासको लागि आफैसँग pep-talk गर्ने ।
- आफ्नो सफलता कल्पना गर्ने ।
निष्कर्ष
सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ ।सकारात्मक नतिजाको अपेक्षा सहित सेवा प्रदाय र सेवाग्राहीको सक्रियता एवं भूमिकाले तोकेको समय, लागत, स्थान तथा गुणस्तरमा सेवा प्रवाहमा योगदान पुग्ने देखिन्छ ।