| बन्ने होइन त अधिकृत ?? |      

खरिदारको नमूना प्रश्न र समाधाान

LoksewaGyan ९ मंसिर २०७९,शुक्रबार

खरिदारको नमूना प्रश्न र समाधाान

प्रश्न: सकारात्मक सोच  भनेको के हो ?  कर्मचारी र सेवाग्राहीको सकारात्मक सोचले कार्यालयको सेवा प्रवाहमा पर्ने प्रभाव कस्तो हुन्छ ? सकारात्मक सोचको विकास गर्ने तरिकासमेत उल्लेख गर्नुहोस् ।                                                                          (२+३+५)

“Be mindful, Be grateful, Be positive, Be true, Be kind”

सकारात्मक सोच

       कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनु सकारात्मक सोच हो । यसलाई असल विचारको विकास गर्ने कार्यको रुपमा पनि लिईन्छ ।

    • यो जीवनको उज्यालो पक्षमा केन्द्रित  भई सकारात्मक नतिजाको अपेक्षा गर्ने  मानसिक र भावनात्मक मनोवृत्ति हो ।
    • सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ ।

सकारात्मक सोचको प्रभाव

       सकारात्मक सोचले मुख्यत:More energy, better health, a greater chance at success, and an overall happier lifeको  अवस्था सिर्जना गर्दछ । कर्मचारी र सेवाग्राहीको सोचले कार्यालयको सेवा प्रवाहमा पर्ने  थप प्रभाव निम्नानुसार रहेका छन् ।

    • सेवा प्रवाह प्रक्रिया छिटो, छरितो तथा गुणस्तरी हुन्छ ।
    • कार्यालयमा जनसम्पर्क तथा गुनासो व्यवस्थापनमा सहजता आउछ ।
    • कर्मचारीहरू तथा सेवाग्रही बीच असल र सौहार्दपूर्ण सम्बन्धको विकास गर्न हुन्छ ।
    • सेवा प्रवाहमा सदाचार, नैतिकता तथा व्यवसायिकता प्रवर्धन गर्छ ।
    • सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउँछ ।
    • समय व्यवस्थापन तथा तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।
    • विवाद र द्वन्द्वको सम्भावनालाई निरुत्साहित बनाउछ
    • कर्मचारीहरूमा उत्प्रेरणामा वृद्धि हुन्छ ।
    • सेवाग्राही तथा सेवा प्रदायकमा दायित्व पालना गर्न अभिप्रेरित गर्छ ।
    • सेवा प्रवाहको समग्र प्रक्रियामा अपनत्ववोध हुन्छ ।

सकारात्मक सोचको विकास गर्ने तरिका

क) वढाउनु पर्ने विषयहरु

    • सकारात्कम कार्यका क्षेत्रहरू पहिचान गर्ने,
    • लक्ष्यहरू सेट  गरेर  तिनीहरूको प्राप्ति तर्फ लाग्ने ।
    • आफैलाई स्व-मुल्याङ्कन गर्ने,
    • आँफैमा बिश्वास गर्ने
    • सदैव मुस्कान छाउने,
    • स्वस्थ जीवनशैली पालना गर्ने,
    • असल मानिसहरूको मात्र संगत गर्ने
    • मनमा सकारात्मक कुरा खेलाउने ।

 ख) घटाउनु पर्ने विषयहरु

    • नकारात्मक कुरा नगर्ने
    • अरुको इर्श्या नगर्ने
    • देखाशिखि नगर्ने
    • चिन्ता नलिने ।
    • महत्वकाक्षा नगर्ने ।

ग) निरन्तरता दिनुपर्ने  विषयहरु

    • अध्यानशिलता,
    • योग, व्यायाम, ध्यान,
    • सन्तुलित खानपान,
    • अनुशासन,
    • काममा केन्द्रित हुने,
    • शारीरिक रूपमा स्वस्थ रहने
    • आत्मविश्वासको लागि आफैसँग pep-talk गर्ने ।
    • आफ्नो सफलता कल्पना गर्ने  ।

निष्कर्ष

           सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ ।सकारात्मक नतिजाको अपेक्षा सहित सेवा प्रदाय र सेवाग्राहीको सक्रियता एवं भूमिकाले तोकेको समय, लागत, स्थान तथा गुणस्तरमा सेवा प्रवाहमा योगदान पुग्ने देखिन्छ ।

Share this