| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

सबैका लागी सामान्य ज्ञान शृंखला 3

LoksewaGyan १४ मंसिर २०७९,बुधबार

1.    जंगबहादुरलाई राणा उपाधि दिने को हुन  ?
श्री ५ सुरेन्द्र  वि सं १९०५ मा 

2.    जंगवहादुर नामाकरण  कसले गरेका थिए ?
जंगवहादुरका मामा माथवर सिंह थापाले 

3.    मल्लकालका अभागी राजा भनि कुन राजालाई चिनिन्छ ?
जयप्रकाश मल्ल

4.    सामाजिक सुधार गर्ने राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
जयस्थिति मल्ल

5.    पशुपतिको मन्दिर छेउमा रहेको लव र कुशको मन्दिर कसले बनाएका हुन ?
जयस्थिति मल्ल 

6.    अपराधिलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन ?
जयस्थिति मल्ल

7.    लिम्बु भाषाको प्रथम टेलिचलचित्र कुन हो ?
तखेवा 

8.    लिम्बु भाषाको प्रथम चलचित्र कुन हो ?
नुमाफुङ 

9.    च्याव्रुङ् नाच र धान नाचलाई पर्वको रुपमा मनाउने जाती कुन हो ?
लिम्बु 

10.    अस्ताच्यो र नामथर कुन जातिको धर्मग्रन्थ हो ?
लेप्चा 

11.    लेप्चा जातिले आफुलाई के भन्न रुचाउछन् ?
रोङ्ग 

12.    सुत्केरी भएको तेर्सो दिनमा जाडरक्सि खुवाएर सुत्केरी चोख्याउने चलन कुन जातिमा छ ?
लेप्चा

13.    टुङ्ना कुन जातीको परम्परागत बाजा हो ?
ल्होपा

14.    तेन्याचिरिस कुन जातीले मनाउने पर्व हो ?
ल्होपा
15.    बच्चा जन्मिसकेपछि मात्रै केटीको वैवाहिक विधि पुरा भएको मान्ने जाती कुन हो ?
ल्होमी

16.    किसान जातीले बोल्ने भाषालाई के भनिन्छ ?
साद्री भाषा 

17.    राजवंशी जातीको धामी झाक्रीलाई के भनिन्छ ?
गुरु गोसाई वा ओझा 

18.    राजवंशी जातीका माहिलाहरुले श्रिमानको मृत्यु पछि नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथालाई के भनिन्छ ?
डंगुवा प्रथा 

19.    राजवंशी जातीको कुल देवतालाई के भनिन्छ ?
ठाकुर 

20.    गन्गाई जातीको बसोबास कहाँ रहेको छ ?
झापा,मोरङ 
 

Online Tuition को लागी सम्पर्क : 9848383263/9808145933

Share this