| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

सबैका लागी सामान्य ज्ञान शृंखला 5 (नेपाल र विश्वको इतिहास)

LoksewaGyan १४ मंसिर २०७९,बुधबार

१.ऐतिहासिक प्रमाण प्राप्त हुन नसकेको मानव इतिहासको प्रारम्भिक चरणलाई के भनिन्छ ?

- प्राग ऐतिहासिक युग
२.हिस्ट्रीशब्दको उत्पत्ति कुन शब्दबाट भएको हो ?

- युनानी शब्द
३. इतिहासका पिता भनेर कसलाई भनिन्छ ?

- हेरोडोटस ( युनान )
४.Divine Comedy नामक पुस्तकका लेखक को हुन् ?

- दाँते
 ५.भारत आउने सामुद्रिक मार्ग पत्ता लगाउने व्यक्ति को हुन् ?

- भास्को डिगामा
६.पोर्चुगलका नाविक मेगलनले पत्ता लगाएको देश कुन हो ?

- फिलिपिन्स
 ७.न्युफाउन्डल्यान्ड कसले पत्ता लगाएका हुन् ?

- मेडेलिन
८. 'Cape of Verde' कसले पत्ता लगाएका हुन् ?

- हेनरी
९.आम विनाशकारी हातहतियार राखेको आरोप लगाउँदै अमेरिकाले इराकमाथि आक्रमण कहिले गर्यो ?

- सन् २००३ मार्च २०
१०.उत्तरकोरियाले पहिलोपल्ट परमाणु बम परीक्षण कहिले गयो ?
 - सन् २००६ अक्टोबर ९
 ११.चीनमा सांस्कृतिक क्रान्ति कहिले भएको थियो ?

- सन् १९५८ देखि सन् १९६९ सम्म
१२.जर्मन साम्राज्यका संस्थापक कसलाई भनिन्छ

- विस्मार्क
१३.फ्रान्सका कुन राजालाई 'नागरिक राजा' भनिन्छ ?

- लुई फिलिप
१४.रेडक्रस सोसाइटीको स्थापना कहिले भएको हो ?
- सन् १८६३ फेब्रुअरी १७ ( जेनेभामा )
 १५.इन्डोनेसियाको वाङडुङमा अफ्रोएसियाली राष्ट्रहरूको प्रथम सम्मेलन कहिले भयो ?

- सन् १९५५
१६.फिजीमा सैन्य विद्रोह कहिले भयो ?

- सन् २००६ डिसेम्बर ४
१७.विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?

- श्रीमती इसाबेल पेरोन (अर्जेन्टिना)
१८.विश्वमा सर्वप्रथम बजेट पेश गर्ने व्यक्ति को हुन् ?

- ब्रिटेनका प्रधानमन्त्री रबर्ट वालपोल
१९.'Back to Nature' दर्शनका प्रवर्तक को हुन् ?

- लाओत्से (चीन )
२०.छाताको प्रचलन कुन देशबाट सुरु भएको हो ?

- चीन
२१.जर्मनीको संसदलाई के भनिन्छ ?

- बुन्डेस्ट्रयाग
२२.नेदरल्यान्डका वासिन्दालाई डच भनिन्छ भने स्वीटजरल्यान्डका वासिन्दालाई के भनिन्छ ?

- स्वीस
२३.डेनमार्कका वासिन्दालाई डेनिस भनिन्छ भने तान्जानियाका वासिन्दालाई के भनिन्छ ?

- स्वाहिली
२४.अफगानिस्तानको आतंकवादी समूहलाई के नामले चिनिन्छ ?..
- अलकायदा , तालिवान
२५.भारतमा जालियावाला वाग हत्याकाण्ड कहिले भएको थियो ?
- १३ अप्रिल १९१९
२६.एफिल टावरका डिजाइनर को हुन् ?

- गुस्ताफ एफिल
२७.आधुनिक मनोविज्ञानका प्रवर्तक को हुन् ?

- सिग्मन्ड फ्रायड
२८.प्रथम धर्मयुद्धमा इसाइहरूले तुर्कहरूलाई पराजित गरी कुन ठाउँमा कब्जा जमाएका थिए ?
- जेरुसेलम
२९.बेलायत र फ्रान्सबीच सन् १३३८ देखि सन् १४५३ (११५ वर्ष) सम्म भएको युद्धलाई के नामले चिनिन्छ ?

- सतवर्षीय युद्ध
३०.नेपालको सबैभन्दा पुरानो वंशावली कुनलाई मानिन्छ ?

- गोपाल वंशावली ( जयस्थिति मल्लको पालामा तयार पारिएको )
३१.गोपालवंशाहरूको शासनकालपछि नेपालमा कुन पकी शासन गरे ?

- अहिरवंशी (महिषपाल )
३२. प्रथम अहिरवंशी अर्थात् आभिरवंशी राजा को हुन् ?

- वर सिंह
३३.अन्तिम अहिरवंशी राजा को हुन् ?

- भुवन सिंह
३४.इतिहासकार कर्क पेट्रिकका अनुसार ३ अहिरवंशी राजाहरूले कति वर्ष शासन सञ्चालन गरेका थिए ?

- १११ वर्ष
३५.गोपालवंशी र अहिरवंशी शासकहरू पश्चात उपत्यकामा कसले शासन चलाएका थिए ?

- किराँत
३६.प्रथम किराँतवंशी राजा को हुन् ?

- यलम्बर
३७.अन्तिम किराँतवंशी राजा को हुन् ?

- गस्ती
३८.इतिहासकार राइटका अनुसार २९ जना किराँती राजाहरूले नेपालमा कति वर्ष शासन सञ्चालन गरेका थिए ?

- १११८ वर्ष
३९.कुन किराती राजाको पालामा नेपालको पहाडी भागमा किरातरूपधारी शिव र अर्जुनवीच युद्ध भएको थियो ?

- छैठौं किराती राजा हुमती
४०.विवाह, पारपाचुके तथा सम्पत्तिसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?

- माप्चोक अधिकरण
४१. कुलो तथा खानेपानीसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?

- लिङबल
४२. लिच्छविकालमा पञ्चापराधसम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो ?

- शुल्ली वा शोल्ल
४३.कुन राजाको पालादेखि नेपालमा द्वैध शासन व्यवस्थाको सुरुआत भएको थियो ?

- वसन्तदेव
४४. कसको पालादेखि नेपालमा द्वैध शासन व्यवस्थाको अन्त्य भएको थियो ?
- नरेन्द्रदेव
४५.अंशुवर्मा कुन वंशका थिए ?
-ठकुरी वंश
४६. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हुन् ?

- वरदेव
४७. 'लिच्छवि कुलकेतु' पदवी कुन लिच्छवि राजाले धारण गरेका थिए ?

 - शिवदेव प्रथम
४८. लिच्छविकालमा प्रधानसेनापतिलाई के भनिन्थ्यो ?
- महाबलाध्यक्ष
४९.लिच्छविकालमा कतिवटा अधिकरणको व्यवस्था गरिएको थियो ?
चार (कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल)
५०.लिच्छविकालमा राजस्व संकलन, जग्गा खरिद बिक्री तथा भूमिसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
-कुथेर अधिकरण

 

Online Tuition को लागी सम्पर्क : 9848383263/9808145933

Share this