| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

खरिदार दोश्रो पत्र नमूना प्रश्न (सेट) को नमूना समाधान

LoksewaGyan १७ मंसिर २०७९,शनिबार

 

१.कार्यालय कार्यविधिमा दर्ता,चलानी पत्रव्यवहारको सम्बन्धमा जानकारी गराउनु होस्।(५)

 

कार्यालय कार्यविधि

       कार्यालय सञ्चालन गर्नअवलम्बन गरिने ऐन, कानून, मूल्य मान्यता एवं पद्धत्तिको समग्रता नै कार्यालय कार्यविधि  (Office Procedure)हो।यसलाई कार्यालयमा काम गर्नका लागि लिने कदमहरुको अनुक्रमको रुपमा लिइन्छ।कार्यालय कार्यविधका मुख्यकार्यमा दर्ता, चलानी तथा पत्रव्यवहार लगायत पर्दछन्।

दर्ता

        कार्यालयमा प्राप्त चिठीपत्र, निवेदन, प्रतिवेदन आदि कागज पत्रहरू प्राप्त हुनासाथ सुरुको अभिलेख राख्ने कार्य दर्ता  हो । यसले कार्यालयको दायित्व वढाउँदछ  ।

  • कार्यालयमा दर्ताको लागी एउटा छुट्टै दर्ता किताबको व्यवस्था गरिएको हुन्छ ।
  • आर्थिक बर्सको सुरुवात सँगै यो दर्ता न १ बाट सुरु हुन्छ ।

चलानी

        कार्यालयबाट बाहिर जाने पत्रहरूको चलानी पुस्तिकामा अभिलेख राख्ने कार्य चलानी हो । यसवाट कार्यालयको दायित्व समेत घट्छ ।

  • कार्यालयमा चलानीको लागि एउटा छुट्टै चलानी किताबको व्यवस्था गरिएको हुन्छ ।
  • आर्थिक वर्षको सुरुवातदेखि चलानी नं. बाट १ चलानी सुरु गरिन्छ ।

पत्रव्यवहार

        व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा कार्यालयलाई लिखितरुपमा विवरण एवम् सन्देश पठाउने कार्य पत्रव्यवहार हो । यो सञ्चारको एक औपचारिक माध्याम हो ।

  • यो एउटा कार्यालय र अर्को कार्यालय बीच सम्पर्क स्थापना गर्ने सरल एवम् प्रचलित माध्यम पनि हो ।
  • आज पत्रव्यवहार विद्युतीय माध्यमबाट पनि हुने गर्दछ ।

यसरी,

        कार्यालय कार्यविधि अन्तर्गत गरिने दार्ता, चालनी तथा पत्रव्यवहारले कार्यालयको काममा शीघ्रता, शुद्धता, प्रभावकारिता एवं कुशलता मार्फत व्यवसायिकता प्रवर्धन गर्दछन् ।

 

 

 

२.अभिलेख व्यवस्थापनको उद्देश्य उल्लेख गर्दै अभिलेख व्यवस्थापन चक्रबारे चर्चा गर्नुहोस् ।   (२.५+२.५)

अभिलेख व्यवस्थापन

               कार्यालयमा कागजात प्राप्त भएपछि जतन गरी राख्ने एवं प्रयोग विहिन  भएपछि धुल्याउने सम्मका कृयाकलापलाई अभिलेख व्यवस्थापन भनिन्छ ।

  • अभिलेखको संकलन, वर्गिकरण,  संरक्षण, सम्बर्धन गर्ने, व्यवस्थित गर्ने  पद्धत्ति नै अभिलेख व्यवस्थापन हो ।

अभिलेख व्यवस्थापनको उदेश्य                     

  • अभिलेखको व्यवस्थित र वैज्ञानिक ढंगले संकलन र संरक्षण गर्ने,
  • चाहिएको वेला सहज किसिमले प्राप्त हुन सक्नेगरी मिलाएर राख्ने
  • महत्वका आधारमा संरक्षण् गर्नुपर्ने र थान्को लगाउनुपर्ने अवधि निर्धारण गर्ने,
  • अभिलख संरक्षणको दायित्व सुम्पन्न गरी हस्तान्तरण गर्ने,
  • अध्ययन अनुसन्धान कार्यलाई सहयोग पुर्याउने,
  • भावि योजना तथा कार्यक्रम तर्जुमाका लागि आधार तयार गर्ने ।

अभिलेख व्यवस्थापन चक्र

१) प्राप्ति वा सिर्जन

  • कागजपत्र, सुचना जनकारी  सिर्जनाको  प्राप्ति गर्ने वा सिर्जना गर्ने
  • महत्व, तह, प्राथमिकता तथा  प्रयोगका आधारमा वर्गिकरण गर्ने ।

२) भर्ना

  • छनौट भएका अभिलेखलाई निर्धारित स्थानमा राख्ने ।

३) संरक्षण

  • औचित्यता, प्रमाणिकरण, वर्गिकरणका  आधारमा भण्डारण गर्ने, टिकाइराख्ने तथा उपायेग गर्ने ।

४)धुलाई/थान्को लगाउने

  • अभिलेख थन्क्याउने, धुल्याउने नष्ट गर्ने ।

यसरी ,

      अभिलेख व्यवस्थापनको लागि उल्लेखित चत्रको  अवलम्बन गरिन्छ । यसवाट चहिएको वेला सहज तरिकाले अभिलेख  खोज्न तथा भेट्टाउन सकिने देखिन्छ ।

 

३.  छोटोटिप्पणीलेख्नुहोस्।   (२.५+२.५)

क) परिपत्रकोमहत्व                 ख) सहायककर्मचारी

 

क) परिपत्रको महत्व

          मातहतका सम्पूर्ण निकाय वा कार्यालयलाई कुनै खास बिषयको सन्दर्भमा लिखित रुपमा जारी गरिने आदेश, निर्देशन वा         सन्देश परिपत्र हो । मातहतका निकायले यसलाई अल्पकालिन नियम मानि अभिलेख तथा पालना गर्दछन् ।

परिपत्रको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ  ।       

  • मातहतका निकाय वा कार्यालयमा आदेश वा निर्देशन दिन,
  • कुनै कार्य गर्न वा नगर्न निर्देशन दिन,
  • एकीकृत रुपमा सुचना वा जनकारी प्रदान गर्न (जस्तै नयाँ परिवर्तन, नयाँ शाखा आदि)
  • पत्राचार गर्न लाग्ने समय, श्रम र लागतमा कटौति गर्न,
  • Value for money, Value for time  कायम गर्न,
  • कार्यालयवाट भएका निर्णयको संचार गर्न संगठनको कार्यको विज्ञापन गर्न,
  • वस्तु तथा सेवाको मुल्यवृद्धि वारे जानकारी दिन ।

यसरी,

        मातहतका निकायलाई निश्चित कार्य गर्न वा नगर्नका लागि माथिल्लो तहवाटबाट जारी गरेको लिखित निर्देशन परिपत्र हो ।

ख) सहायक कर्मचारी

        कार्यालयको कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा जिम्मेवारीपूर्ण ढंगले सहयोग गर्ने सबै कर्मचारी सहायक कर्मचारी हुन् ।  

  • कार्यालय प्रमुख तथा शाखा प्रमुखहरुलाई कार्यालयसँग सम्बन्धित विभिन्न कार्यमा जिम्मेवारीपूर्ण ढङ्गबाट आवश्यक सहयोग गर्ने कर्मचारीलाई सहायक कर्मचारी भनिन्छ ।
  • सहायक कर्मचारी नीजि सहायक, सम्पर्क सहायक र फाँटवाला गरी तीन प्रकार का हुन्छन् ।
  • कार्यालय सहायकका गुणहरुमा सुन्दर व्यक्तिगत आकृति भएको, आफू र आफ्नो कार्यकक्ष चिटिक्क पार्ने तथा सरसफाईमा ध्यान दिने,   समस्यासँग नआत्तिने र नहडवडाउने विवेशलि र संयम भई कार्य गर्न सक्ने,  मिठो वोलिवचन भएको लगायत गर्दछन् ।

यसरी,

सहायक कर्मचारीले गर्ने मुख्य कार्यमा दर्ता, चलानी, अभिलेख व्यवस्थापन लगायत पर्दछन् ।

 

 

 

४. कार्यालयमाबैठकसंचालनपछिनिर्णयअभिलेखन (Minuting)कसरीगरिन्छ? लेख्नुहोस्। (५)

 

माइन्युट लेखन

      बैठक/मिटिङ्ग सञ्चालन भइसकेपश्चात् त्यसको मूख्य एजेण्डा, बैठकको निर्णयहरु, उपस्थित पदाधिकारीहरुको विवरण सहितको लिखितम बैठकमा उपस्थित सम्पूर्ण व्यक्तिले प्रमाणित गरी अभिलेखाङ्कन गरिने लिखित अभिव्यक्ति नै माइन्यूट हो ।

निर्णय अभिलेखन (Minuting)गर्ने तरिका

        कार्यालयमा बैठक संचालन गर्दा छलफलका एजेण्डा जानकारी गराउने र कर्मचारुकिा पनि केही एजेण्डा भए समावेश गरी छलफलमा ल्याएर प्रस्तुत एजेण्डामा प्रयाप्त छलफल गर्ने र निर्णयमा पुग्नु पर्दछ । यसरी गरिएको निर्णय लेखन निम्नानुसार गर्नु पर्दछ ।

  • बैठक, मिति र स्थान, उपस्थित कर्मचारी अन्य आमन्त्रितको नाम, प्रस्ताव तथा निर्णय उल्लेख गरि माईन्यूट तयार गर्ने,
  • प्रस्ताव, छलफल र निर्णयलाई क्रमबद्ध रुपमा उल्लेख गर्ने,
  • निर्णयलाई प्रचलित ऐन कानूनसम्मत बनाउने,
  • निर्णय लेख्दा बीचबीचमा खाली ठाउँ नछोड्ने,
  • निर्णय लेख्दा अनावश्यक केरमेट नगर्ने, केरमेट भएमा त्यसको दायाँ बायाँ अध्यक्षले हस्ताक्षर गर्ने,
  • निर्णय लेखेको पानाको पुछारमा र दोश्रो पाना देखि शीरमा समेत कार्यालय प्रमुख(वैठकको अध्यक्ष) लगायत सबैको दस्तखत गराउने । कसैलाई निर्णय चित्त नबुझेमा सो कैफियत जनाई दस्तखत गर्ने ।
  • सहभागीहरूलाई निर्णय प्रतिलिपि वितरण गर्ने,
  • निर्णय सार्वजनिकिकरण तथा कार्यान्वयन गर्ने,
  • समय समयमा फलोअप गर्ने ।

अन्त्यमा,

      कार्यालयको वैठकलाई नतिजामुलक बनाउन निर्णय अभिलेखनको महत्वपूर्ण भूमिका हुन्छ ।  उल्लेखित उपायको अवलम्बन गरेमा कार्यालयको वैठकले प्रभावकारीता हाँसिल गर्ने देखिन्छ ।

 

 

५. कार्यालयमा सञ्चार भन्नाले के बुझिन्छ ? यसका साधनहरु उल्लेख गर्दै कार्यालय व्यवस्थापनमा सञ्चारको महत्व उल्लेख गर्नुहोस् । (३+२+५)

"Blood circulation of office"

कार्यालयमा सञ्चार

               एक कार्यालयवाट अन्य कार्यालय वा व्याक्ति, समूह वा निकायविच सूचना वा जानकारीको अधानप्रदान कार्यालयमा सञ्चार हो । यसलाई कार्यालयमा विभिन्न निर्णय, कार्यप्रक्रिया, कार्यविधी, कार्यहरु तथा अन्य संगठनका सूचनाहरु प्रसारीत गर्ने प्रक्रिया को रुपमा लिइन्छ ।

  • यसमा कार्यालय तथा सेवा प्रवाह सम्बन्धमा सूचना, विचार, अवधारणा,अभिमत, राय, खवर तथा भावना जस्ता सूचनामुलक कुरा पारस्परिक समझादारीको प्रयोजनका लागि प्रसारीत गरिन्छ ।
  • सञ्चार एउटा साधन हो, जसले प्रशासनिक प्रक्रियालाई सहज बनाउछ  र कार्यान्यन  पक्षलाई सुदृड गर्दछ ।

सञ्चारका साधनहरू

  • पत्रचाव्यहार
  • सूचना
  • परिपत्र
  • तोकआदेश
  • टेलिफोन,
  • मोबाइल
  • फ्याक्स
  • इमेल
  • इन्टरनेट
  • सामाजिक सञ्जाल ।
  • गुनासो व्यवस्थापन गर्न खडा गरिएका संयन्त्र ।

कार्यालय व्यवस्थापनमा सञ्चारको महत्व

  • कार्यालयको नीति निर्माण, योजना तर्जुमा एवं निर्णयका लागि भरपर्दो सूचना उपलब्ध गराउन‚
  • कार्यालयको काम कारवाहीलाई पारदर्शी एवं आवश्यकता अनुसार गोपनियता कायम गर्न‚
  • खोजेको बखत तुरुन्तै पाउने गरी अभिलेख  व्यवस्थापनलाई प्रभावकारी बनाउन,
  • समय, श्रम र साधन स्रोतको वचत गर्न,
  • नयाँ कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन,
  • कार्यालयको समग्र प्रगति प्रतिवदेन प्रणालीलाई व्यवस्थित गर्न,
  • कार्यमा प्रभावकारिता, नतिजामा शिघ्रता कायम गर्न,
  • कामको दोहोरोपना हटाउन,
  • सूचनाको संकलन, भण्डारण, प्रस्तुतीकरणलाई सहज बनाउन,
  • कार्यालय व्यवस्थापन लाई कुसल  बनाउन ।
  • कर्मचारी बीच सम्बन्ध सुमधुर नभएपनि बिना कुनै बाधा कार्यालय सञ्चालन गर्न
  • e-Governance  द्वारा सुशासन प्रवद्र्धन गर्न ।
  • अन्तर निकाय समन्वय कायम गर्न,
  • संगठनका क्रियाकलापहरुको प्रचार प्रसार गर्न,
  • सेवा प्रवामा नागरिक  सहभागिता अभिवृद्धि गर्न,

निष्कर्ष

        सञ्चारलाइ कार्यलयको सक्तसञ्चारको रुपमा लिइन्छ ।  यसले कार्यलय कार्यविधिलाई सरल र सहज बनाउन भूमिका खेल्दछ । अत, यसवाट लाभ लिनको लागि  प्रभावकारी व्यवस्थापन सुचना प्रणालीको कार्यन्वयन गर्नुपर्र्ने देखिन्छ। 

६. सेवाग्राहीको गुनासो व्यवस्थापन सन्दर्भमा नेपालमा भएको कानूनी व्यवस्था बारे उल्लेख गर्दै गुनासो व्यवस्थापनमा देखा पर्ने समस्याहरु के के हुन सक्छन् ? लेख्नुहोस् ।(४+६)

‘सुन्ने र सुधार्ने कार्य’

गुनासो व्यवस्थापन

                 संगठनमा प्राप्त गुनासो सम्बन्धमा जवाफदेही हुनु, सेको समयमानै समाधान खोज्नु तथा आगामी दिनमा त्यस्ता गुनासा नआउने तर्फ सचेत रहनु नै गुनासो व्यवस्थापन हो ।

नेपालमा गुनासो व्यवस्थापनको लागि गरिएका कानूनी व्यवस्थाहरु

  • नेपालको संविधानले संविधानले सव्च्छ, निष्पक्ष सार्वजनिक प्रशासनको परिकल्पना गरेको,
  • चालु योजनाले शासन विकास र सेवा प्रभावहमा सरोकारवालना को सहभागितामा जोड दिएको,
  • चालु आ.व. २०७९/८० को बजेटले आम नागरिकका सन्तुष्टिमा जोड दिएको,
  • सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली २०६५ ले कार्यसम्पादनका आधार तथा अख्तियार गर्ने नीतिवारे स्पस्ट पारेको साथै सार्वजनिक सुनुवाई गर्ने व्यवस्था गरेको,
  • हेलो सरकार कार्यकक्ष सञ्चालन निर्देशिका, २०६८ ले गुनासो व्यवस्थापनमा आधुनिकतामा जोड दिएको ,
  • सरकारी निकायद्धारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५ ले सामाजिक संजालमार्फत गुनासो फर्छो६ गर्नमा जोड दिएको ।
  • सरकारी निकायको वेवसाईट निर्माण तथा व्यवस्थापन सम्बन्धिी निर्देशिका, २०६८ ।
  • गुनासो सम्बोधन तथा ब्यबस्थापन कार्यविधि, २०७२ ले  प्राथमिकताका आधारमा गुनासालाई उच्च प्राथमिकता, प्राथमिकता प्राप्त(मध्यम), साधारण गुनासो भनि वर्गिकरण गरेको साथै गुनासो फर्छौट गर्ने समयावधि तोकोको ।
  • स्थानीय तह तथा विभिन्न निकायका गुनासो व्यवस्थापन कार्यविधिहरु ।

गुनासो व्यवस्थापनमा देखा पर्ने समस्याहरु

         नेपालमा गुनासो व्यवस्थापन सम्बन्धमा नीतिगत, कानूनी, संस्थागत तथा कार्याक्रमगत व्यवस्था गरिएको छ। यद्धपी, सेवाग्राहीको गननासो व्यवस्थापनमा निम्न समस्या देखा परेका छन् ।

  • गुनासो व्यवस्थापन कार्यविधको प्रभावकारी कार्यान्वयन नभएको,
  • गुनासो व्यवस्थापनमा उच्च प्रशासनिक प्रतिवद्धताको व्यवहारिका कार्यानवयन नभएको,
  • गुनासो व्यवस्थापनि गर्ने सम्बन्धमा कार्यालय तथा निकायमा आवश्यक स्रोत तथा बजेटको कमी रहेको,
  • निकायहरु विच समन्वयको कमी रहेको,
  • गुनासो व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग तथा परिचालन नभएको,
  • सरोकारवाल जनताको सहभागितामा गुनासो व्यवस्थापन नभएको,
  •  सेवा प्रदायक सभ्य, शिष्ट, नम्र तथा मर्यादित ढंगले प्रस्तुत नहुने गरेको,
  • सेवाग्राही तथा सरोकारवाला सबैसँग परिपक्क र विश्वसनीय आचरण र व्यवहार नभएको।

निष्कर्ष

          सेवाग्राहीको गुनासो व्यवस्थापन सम्बन्धमा उल्लेखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक स्रोतसाधनको प्रवन्ध मार्फत सर्वसाधारण जनताको ईच्छा, आकाङ्क्षाको सम्बोधन गर्नु आवश्यक देखिन्छ।

 

७‍‍. मौलिक हक भनेको के हो ? मौलिक हक कार्यान्वयनमा देखा परेका समस्याहरु लेख्नुहोस्। (२+३)      

संवैधानिक अधिकार : मौलिक हक

मौलिक हक

               देशको मूल कानून संविधानमा व्यवस्था भएका हकहरु नै मौलिक हक हुन । यसलाई संवैधानिक अधिकार समेत भन्निछ । मौलिक हकको हनन् भएमा उपचार सम्बन्धी व्यवस्था पनि संविधानमा  नै हुन्छ ।

  • मौलिकहक राज्यको चाहना वा क्षमताको आधारमा उपलब्ध गराइन्छ।
  • नेपालको संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था रहेको छ।

मौलिक हक कार्यान्वयनमा देखा परेका समस्याहरु

  • संविधानले ऐन बमोजिम भन्न ऐनले तोकिएबमोजिम भन्नु र तोकिए बमोजिमको व्यवस्था हालसम्म पनि हुन नसक्नु ।
  • मोलिक हकको कार्यान्वयनमा राज्यको स्रोत साधन अपुग हुनु (जस्तैः हरेक नागरिकलाई रोजगारी छनौटको अवसर ।
  • मौलिक हक कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्टनहुँदा एक अर्कोमा पन्छाउने प्रवृत्ति बढ्दै जानु ।
  • राजनीतिक इच्छाशक्तिको अभाव देखिँदा न्यायपालिकाले कार्यान्वयनका लागि आदेश दिई रहने अवस्था रहिरहनु ।
  • मौलिक हकहरूमा दोहोरोपना हुनु, (जस्तै: सामाजिक न्यायको हक रसामाजिक सुरक्षाको हक)
  • मौलिक हकहरूको कार्यान्वयनको सम्बन्धमा नागरिक स्तरमा पर्याप्तबहस पैरवी गर्दै सचेतीकरण गर्न नसकिनु ।
  •  नागरिकले अधिकार खोज्ने तर नागरिक कर्तव्य पालना नगर्ने प्रवृत्तिबढ्दै जानु ।

अत,

      मौलिक हकहरूको गुणात्मक कार्यान्वयन मार्फत लोकतान्त्रिक एवं नागरिकमैत्री शासनको प्रतिफल सर्वसाधारण सम्म पुर्याउनु पर्ने देखिन्छ ।

 

 

८. निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् । (५)

निर्वाचन आयोग

      संविधान र संघीय कानूनको अधीनमा राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने स्वतन्त्र संवैधानिक अंग निर्वाचन आयोग हो । निर्वाचन आयोगको स्थापना २००८ कार्तिक २६ मा भएको हो ।

  • नेपालको संविधानको भाग २४ को धारा २४५ मा निर्वाचन आयोगको गनवारे व्यवस्था रहेको छ । जसमा  जना प्रमुख निर्वाचन आयुत्तः र ४ जना निर्वाचन आयुत्तः हुने व्यवस्था रहेको छ।

निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार

      नेपालको संविधानको धारा २४६ मा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा देहाय बमोजिमको व्यवस्था रहेको छ ।

(१) निर्वाचन आयोगले यस संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नेछ। निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्ने ।

 (२) निर्वाचन आयोगले यस संविधान र संघीय कानून बमोजिम राष्ट्रिय महत्वको विषयमा जनमत सँग्रह गराउनेछ।

(३) राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय निर्वाचन आयोगले गर्ने ।

(४) निर्वाचन आयोगले आफ्नो काम, कर्तव्य र अधिकारमध्ये कुनै काम, कर्तव्य र अधिकार प्रमुख निर्वाचन आयुक्त, कुनै निर्वाचन आयुक्त वा सरकारी कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्नेगरी प्रत्यायोजन गर्न सक्ने।

(५) निर्वाचन आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि संघीय कानूनबमोजिम हुने ।

अत, 

       अवधिक निर्वाचनलाई स्वच्छ, निश्पक्ष तथा भयरहित रुपमा सम्पन्न गरि लोकतान्त्रिक व्यवस्थालाई सार्थक बनाउने स्वतन्त्र संवैधानिक निकाय निर्वाचन आयोग हो ।

 

 

९.  नागरिकका दायित्व भन्नाले के बुझिन्छ ? नागरिकले के कस्ता दायित्व निर्वाह गर्नु पर्दछ ?  साथै,  राज्यको दायित्व वारे लेख्नुहोस् । (४+४+२)

नागरिकले देश र समाजप्रति पालना गर्न कर्तव्य

नागरिकका दायित्व

      कुनैपनि देशका नागरिकले पालना गर्नुपर्ने संवैधानिक, कानुनी तथा  नैतिक कर्तव्यको समग्रता नागरिकको दायित्व हो । नागरिकले राज्यले प्रदान गरेको अधिकार उपभोग गर्नुको साथै राज्यले तोकेको दायित्व पनि निर्वाह गनुपर्ने हुन्छ ।

नागरिकले निर्वाह गर्नुपर्ने दायित्व

क) सवैधानिक दायित्व

  • नेपालको संविधानको धारा ४८  अनुसार प्रत्येक नागरिकका कर्तव्य÷दायित्व देहाय बमोजिम हुनेछन् –
  • राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
  • संविधान र कानूनको पालना गर्नु,
  • राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
  • सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।

ख) कानूनी दायित्व

  •  देशको संविधान तथा ऐन कानून प्रति जानकार वन्ने र इमान्दारीपूर्वक पालना गर्ने,
  • राज्य सञ्चालनका लागि सक्षम प्रतिनिधी छनौट गर्न मतदानमा भाग लिने,
  • राज्यलाई तिर्नु पर्ने कर तथा अन्य राजश्व इमान्दारिता पूर्वक वुझाइ योग्य नागरिकको पहिचान दिने ।

ग) नैतिक/अन्य दायित्व

  • राष्ट्रिय झाण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गान र राष्ट्रको लागि वलिदान गर्ने सहिदहरुप्रति सम्मान गर्ने,
  • लोकतान्त्रीक मूल्य र मान्यताको सम्मान गर्ने,
  • मानव अधिकार प्रति सम्मान गर्ने,
  • सवैप्रति समभाव राख्ने (जस्तैः आमाबुवाको सम्मान गर्ने । )
  • श्रमको सम्मान गर्ने,
  • वर्दि विनाको प्रहरीको भूमिका निर्वाह गर्ने  ।
  • समाजले स्थापित गरेका परम्परागत सकारात्मक मुल्य मान्यताको सम्मान गर्ने ।

राज्यको दायित्व

      नेपालको सविधानको धारा ५२ मा राज्यको दायित्व सम्बन्धि व्यवस्था रहेको छ । जसलाई निम्नानसार उल्लेख गरिएको छ ।

      नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्र्धन, राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ।

 

१०. सकारात्मक सोच भन्नाले के बुझ्नुहुन्छ? सकारात्मक सोचमा प्रभाव पार्ने तत्वहरू के के हुन्? लेख्नुहोस्।  (+५)

“Be mindful, Be grateful, Be positive, Be true, Be kind”

सकारात्क सोच

       कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनु सकारात्मक सोच हो । सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ ।

  • सकारात्कम कार्यका क्षेत्रहरू पहिचान गर्ने, आफैलाई स्व–मुल्यङ्कन गर्ने, सदैव मुस्कान छाउने, स्वस्थ जीवनशैली पालना गर्ने, असल मानिसहरूको मात्र संगत गर्ने तथा मनमा सकारात्मक कुरा खेलाउनु नै सकारात्मक सोचको आधार हो ।
  • कर्मचारी र सेवाग्राहीको सकारात्मक सोचले सेवा प्रवाह प्रक्रिया छिटो, छरितो तथा गुणस्तरी वनाउछ ।
  • पछिल्लो समय सकारात्मक सोचलाई सार्वजनिक प्रशासन तथा व्यवस्थापनमा सदाचार, नैतिकता तथा व्इवसायिकता विकास गर्ने औजारको रुपमा लिने गरिएको छ ।
  • नेपालको सार्वजनकि प्रशासनमा समेत सकारात्मक सोचको विकास गर्नको लागि कर्मचारुलिाई सेवा सुविधाको वृद्धि, अध्यान भ्रमण लगायतका अवसरहरु प्रदान गर्ने गरिएको छ ।
  • त्यैगरी, निजामती कर्मचारीलाई सेवा प्रवेश तथा सेवाकालिन तालिम, योग ध्यानको अवसर लागयतका मध्यामवाट समेत सकारात्मक सोच वृद्धिमा जोृड दिइएको छ । 

सकारात्मक सोचमा प्रभाव पार्ने तत्वहरू

क) व्याक्तिगत, पारिवरिक एव आन्तरिक तत्वहरु

  • पारिवारिक अवस्था तथा घरको वातावरणः 
  • पोषण र सिकाइको अवस्था,
  • ध्यान, योग,व्यायाम तथा निद्राको संयोजन,
  • बोली र व्यवहारमा एकरूपता, 
  • समाज, विद्यालय, तथा विश्वविध्यालयवाट प्राप्त शिक्षा  तथा चेतनाको अवस्था,
  • नियमित स्वास्थ परिक्षणको अवस्था ।

ख) कार्यालय वातावरण सम्बन्धीत वाह्य तत्वहरु

  • सेवा प्रवाह सम्बन्धमा गरिएका व्यवस्था तथा प्रक्रिया,
  • सदाचार प्रवद्र्धनको अवस्था,
  • तालिम तथा क्षमता विकासको अवसर,
  • उत्प्रेरणा  तथा बनोवलको अवस्था,
  • मौद्रिक तथा गैरमौद्रिक सुविधाको उपलव्धता ।

निष्कर्ष

       सकारात्मक सोच सफल जीवनको आधार हो । यसले मानिसलाई स्वस्थ, तन्दुरुस्त बनाई लक्ष्य हाँसिल गर्न सहयोग गर्दछ । उल्लेखित तत्वलाई ध्यनमा राख्दै अगाडी वढेमा मानिसको व्यक्तिगत तथा सामाजिक जीवनले सार्थकता पाउने देखिन्छ ।

 

 

११. A र B लेएउटा काम कमश: 18 दिन र 24 दिनमा गर्न सक्छन्।A रB दुवै मिली काम गरेको केही दिनपछि A ले काम गर्न छोड्छ र बाँकी काम B ले 3 दिनमा पूरा गर्छ भने A ले कति दिनसम्म मिलेर काम गरेको रहेछ? पत्ता लगाउनुहोस्। (५)

Soln:

         (मानौ)A र  B  मिलि x दिन काम गरेका रहेछन् ।

यहाँ, प्रश्नानुसार,

                 A ले 18 दिनमा 1 काम गर्न सक्छ।

                 A ले 1 दिनमा 118काम गर्न सक्छ ।

त्यस्तै,

         B ले 24 दिनमा 1 काम गर्न सक्छ ।

         B ले 1 दिनमा 124 काम गर्न सक्छ ।

अब,

(A + B)मिली 1 दिनमा ( 118+124)काम गर्न सक्छन ।

                              = (1×4 +1×3)72काम गर्न सक्छन ।

                              = 772कामगर्न सक्छन ।

अत,

(A+B)ले xदिनमा  772×xकाम गर्दछन् ।

                         = 7x72कामगर्न सक्छन ।

यहाँ,

         अन्तिमको 3 दिन B एक्लैले काम गरेकोरहेछ।

त्यसैले,

B को 3 दिनको काम = (124×3) = 324काम

प्रश्नअनुसार,

         A र B दुवै मिली xदिन गरेको काम + B एक्लैको 3 दिन काम = 1

or,7x72+ 324 =1

   or,7x×1+3×372=1

or,7x+972=1

 or,   7x+9=72

or,7 x=72-9

or,x = 637

x =  9 दिन

त्यसैले, A र B मिली 9 दिन काम गरेका रहेछन्।

 

 

१२. रू 5000 साँवाको वार्षिक 10% व्याजदरले 3 वर्षमा हुने वार्षिक चक्रिय र साधारण व्याजबीचकोअन्तर निकाल्नुहोस् । (५)

 

Soln:

प्रश्नअनुसार,

        साँवा (P) = रु.5000

        समय (T) = 3 बर्ष

        ब्याजदर (R) = 10%

अब,

        साधारण ब्याज (S.I.) = PTR100

                     =(5000× 3 ×10)100

                            = Rs. 1500

फेरि,

        चक्रिय ब्याज (C.I.) =P[(1 + R100))T-1]

                            = 5000 [(1 + 10100)3- 1]

                            =5000[ (1 + 110) 3-1]

                            = 5000[ (1110)3-1]

                            = 5000[(13311000 - 1) ]

                            = 5000× (1331-1000)1000

                            = 5 ×331

                            = रु. 1655

फेरी,

चक्रिय ब्याज र साधारण ब्याज विचको अन्तर= C.I. - S.I.

                                   =रु.1655-रु.1500

                                   = रु.155

त्यसैले, 3 बर्षमा हुने चक्रिय र साधारण ब्याजविचकोअन्तर रु. 155 रहेछ ।

 

 

 

१३.   ab=5 6भए, 5a-2b6a+2b को मान निकाल्नुहोस् । (५)

 

Soln:

   यहाँ,

        ab = 56

 

    or,  a = 5b6

प्रश्नअनुसार,

                  =  (5a-2b)(6a+ 2b)

                   =  (5×5b6 -2b)(6×5b6+ 2b)                              [a = 5b6राखेको]

                   = (25b6 – 2b)(5b+2b)

                   =(25b-2b×66)7b

                   = (25b-12b6)7b

                   =  (13b6)7b

                   = 13b6×17b

                   =13b6×17b

                   =1342

त्यसैले,5a-2b6a+2b को मान=1342हेछ ।

 

 

१५.  एउटा टेलिभिजन रू 60000 मा बेच्दा 20 प्रतिशत नोक्सान हुन्छ । 12 प्रतिशत नाफा कमाउन उक्त टेलिभिजन कतिमा बेच्नुपर्दछ? पत्ता लगाउनुहोस् । (५)

 

Soln:

प्रश्नअनुसार,

        वि. मु (SP) = रु.60000

        घाटा(L)  = 20%

        क्र. मु. (CP) = ?

सुत्र अनुसार,

    क्र. मु. (CP) =(SP× 100)(100-L%)/

                =60000 x 100(100-20)

                = 60000 × 10080

                = 60000 × 54

        = 15000 × 5

                = रु.75000

फेरि,

    क्र. मु (CP) = रु. 75000

    नाफा (P) = 12%

    वि. मु. (SP) = ?

अब, सुत्रअनुसार,

वि. मु.(SP) =  CP ×(100 + P%)100

                = 75000 × (100+12)100

                = 75000 × 112100

                = रु.84000

त्यसैले,

उक्त टेलिभिजनमा 12% नाफा कमाउनरु. 84000 मा बेच्नुपर्दछ ।

 

 

१६. टेलिफोनको मासिक 100कल सम्म न्यूनतम महसुल रु 180 तिर्नुपर्छ । त्यसपछि प्रत्येक कलको रु. 2 थप दस्तुर बुझाउनुपर्दछ। यदी 370 कल फोन गरेको रहेछ भने सेवा शुल्क 10% र VAT 13% सहित जम्मा कति बुझाउनु पर्ला (५)

 

Soln:

प्रश्नअनुसार,

        जम्मा फोन कल = 370 कल

                        = (100 + 270) कल [न्यूनतमकलसंख्यारजम्माकलसंख्याछुट्याएको]

महसुल= 180 + 270 × 2      [ ∴270 भन्दावढीकलकोप्रतिकलरु 2 लाग्नेभएकाले।                                  =180+540

                        = रु. 720

अब,

    10% सेवा शुल्क सहितको शुल्क = 720 + 720 को 10%[सेवाशुल्क10% लाग्नेभएकाले।     

                                = 720 + 720 × 10100

                                = 720 + 72

                                = रु. 792

फेरिप्रश्नअनुसार,

13% VAT सहितको शुल्क      = रु. 792 + 792 को 13%

                                = 792 + 792 × 13100

                                = 792+10296100

                                = 792+102.96

                                = रु.894.96

त्यसैले,

370 कल फोन गरेको सेवा शुल्क र VAT सहित जम्मा टेलिफोन महसुल = रु. 894.96 बुझाउनुपर्छ ।

सफलताको शुभकामना

 

 

Share this