| बन्ने होइन त अधिकृत ?? |      

नोट | आजको खबर #27

LoksewaGyan ३१ जेष्ठ २०७८,सोमबार

•    आईएमएफले २०२१ मा विश्व अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ  ?
                          ६ प्रतिशत
         सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
•     २०७७ चैत २० को मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय गरेके छ ?
                    लक्ष्मण हुमागार्इं ।
•     २०७७ चैत्र २२ (२०२१ अप्रिल ४) मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा को नियुक्ति भएका छन् ?        
 कुबेतका अब्दुल्लाह अलमुताइरी
•    उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । 
•    यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए ।
•    २बाइस वर्ष लगाएर बनाइएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा पहिलोपटक वितरण सुरु कहिले गरियो ?  
विसं २०७७ चैत १५
•    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा वितरण गर्ने योजना बनाएको ।
•     मेलम्चीबाट प्राप्त १७ करोड लिटर पानी र काठमाडौँ उपत्यकाको भूमिगत पानी आठ करोड लिटर गरी जम्मा दैनिक २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्नेछ ।
•    काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ ।
•    दोस्रो परियोजनाअन्तर्गत याङ्ग्री र लार्केखोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ कारोड लिटर पानी उपत्यकामा आउनेछ ।
•    नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी वायुसेवा कम्पनीहरूले नेपाली आकाशमा उडान गर्दा दूरसञ्चार सेवा उपयोग गर्न पाउनेसम्बन्धी निर्णय कहिले गरेको हो ?
                       विक्रम संवत् २०७७ चैत ९ 
•    नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सो सेवा उपलब्ध गराउने निर्णय भएको
•    अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)बाट अनुमतिप्राप्त एयरलायन्सले सो सुविधा प्राप्त गर्ने
•    नेपालका आन्तरिक वायुसेवाप्रदायकले भने यस्तो सुविधा उपलब्ध गराउन पाउने छैनन् ।
•    दूर सञ्चार प्राविधिकरणका अनुसार नेपाली आकाशमा प्रवेश गर्ने र नेपाली आकाश हुँदै बाहिरिने अवस्थामा नेपालको सीमाभित्र एयरलायन्सहरूले इन्टरनेट उपभोग गर्न सक्नेछन् । 
•    १० हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरणको तयारी चरणमा रहने र उक्त उचाइभन्दा कम अवस्थामा इन्टरनेट उपलब्ध गराउँदा स्थानीय दूरसञ्चार सेवाप्रदायकको सेवामा असर पर्न सक्ने भएकाले यो उचाइ कायम गरिएको । 
•    सन् २०२१ मार्च ५ मा नाइजेरियाको एक जेलबाट कति कैदीहरु भागेका छन् ? 
              एक हजार आठ सय
•    पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् ।
•    सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका बीबीसीले जनाएको छ ।
•    प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
•    जनावरका लागि पनि कोरोना खोप बनाउने पहिलो देश कुन हो ?  
                            रुस
•    सन २०१९ को अत्यमा चीनमा पत्ता लागेको यो भाइरस जनावरबाट मान्छेमा सरेको दावी सहितको रिपोर्ट विश्व स्वास्थ्य संगठनले निकालेको छ 
•    रुसले जनावरका लागि कोरोनाविरुद्धको खोप विकास गरेको जानकारी रुसी अधिकारीहरुलाई उद्धृत गर्दै सिन्हवाले खबर दिएको छ ।
•     रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको भनी निष्कर्ष निकालेको सिन्हवाले जनाएको छ ।  
•     उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेको जानकारी दिएको छ । 
•    परीक्षणले यो खोप जनावरका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
•    ‘यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ’ यही अप्रिलदेखि यसको प्रयोग पनि सुरु भएको छ । 
•    २०७७ चैत्र १८ (२०२१ मार्च३१) मा प्रकाशित प्रतिवेदन अनुसार विश्व बैंकले चालु आर्थिक वर्षमा   नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कति प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ?
 २.७ प्रतिशतले
•    विश्व बैंकले अर्को आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपणसमेत गरेको छ ।
•    रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । 
•    ‘आउँदो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ’, प्रतिवेदनमा भनिएको छ । 
•    आर्थिक वर्ष २०७६/०७७ मा भने नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।
•    कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ । 

By:Rajendra Rawat

Share this