| चर्चित प्रशिक्षक तथा पुस्तक लेखकहरुबाट असोज १० देखि नयाँ कक्षाहरु हुदैछन् |      

नोट | आजको खबर #30

LoksewaGyan ४ असार २०७८,शुक्रबार

 

१.    पुनर्मित धरहराको उद्घाटन कहिले भयो ?  २०७८ बैशाख ११ गते शनीवार
    उद्घाटन गर्ने : प्र. म. केपी ओली(धरहराको २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टीका साथ)  
    जमिन : ४२.२ रोपनी क्षेत्रफलमा 
    धरहरा पुनर्निर्माणको शिलान्यास :  प्रधानमन्त्री ओलीले २०७५ पुस १२ मा गरेका
    तला :  बाहिरबाट ११ तला (भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको)
    उचाई  :जमीनबाट ८३.८५ मिटर  (गजुर सहित)
    बार्दली : २० औं तला बाहिर (२ दशमलव ५ मिटर चौडाईको)
    शिवलिङ्ग : २२ औं तलामा (पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको)
    गजुर : ३३० किलोको (९५ तोला तीन लाल सुनको जलप), २०७८ बैशाख ८ गते राखिएको
    पुरानो नाम : मिनार (सुरुमा : "भिमसेन स्तम्भ" भनिन्थ्यो)
    वास्तुकला :  मुगलशैली
अन्य जानकारी 
l    १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए । 
l    उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ । 
l    त्यतिवेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो । त्यसपछि पुनर्निर्माण गरेर ९ तला बनाइउको थियो  । 
l    २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको विनाशकारी भूकम्पले उक्त ९ तले धरहरा पूर्णरूपले नष्ट भएको थियो ।
l    गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको
l    २०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो
l    धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ ।
l    १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
२.    २०७८ बैशाख ११ गते मनाइएको लोकतन्त्र दिवस कतिऔं हो ?  १५ औं
     विसं २०६३ वैशाख ११ गते दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।
    विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोक्न थालेका थिए । आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बनेपछि आम मानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्दै गएको थियो ।
    माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो । जनआन्दोलनको माग २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना, निरंकुश राजतन्त्रको अन्त्यलगायत थियो ।
    लोकतन्त्र स्थापना भएपछि जेठ ४ गतेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । त्यसलाई नेपाली विशेषताको ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।

३.    मुर्चुङ्गा कुन समुदायमा प्रचलित बाजा हो ?    किराँत
    विशेषगरी, किराँतीहरूको बसोबास रहेका जिल्लाहरूमा मुर्चुङ्गा प्रचलित बाजा हो । जसमा भोजपुर, संखुवासभा, ओखलढुंगा, उदयपुर, झापा, पाँचथर, धनकुटा, इलाम, खोटाङ, सुनसरी, तेह्रथुम आदि जिल्ला पर्दछन् ।
    यसलाई ओठ खोलेर तल्ला–माथिल्ला दाँतमा अड्याई औंलाको सहायताले बजाइन्छ । जसको स्वर, ताल कर्णप्रिय सुनिन्छ । सानो आकारको भएका कारण सुरक्षाका लागि यसलाई मालिङ्गोबाट बनेको खोलमा राख्ने गरिन्छ ।
    फलामको पातलो पाता पिटेर मुर्चुङ्गा बनाइन्छ । वरिपरि फलाम वा पित्तल प्रयोग गरिएको हुन्छ । जुन चारपाटे र धारिलो बनाइएको हुन्छ । बीचमा फलामको एउटा पातलो (जिब्री) प्रयोग गरिएको हुन्छ ।
४.    विश्व औलो (मलेरिया) दिवस २०२१ को नारा के हो ?  “शून्य औलोको लक्ष्यमा पुग्दैछौ”
    मनाइने दिन : प्रत्येक वर्ष अप्रिल २५ 
    मनाउन सुरु : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो ।
    औलो नेपालमा सन् १९८० को दशकमा महामारीको थियो ।
    सरकारको लक्ष्य : सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ ।
    विश्वको लक्ष्य : दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म औलो रोगलाई अन्त्य गर्नुपर्ने लक्ष्य रहेको ।
     सार्ने जीव : स्त्री जातिको ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।
    रोग गराउने कारक परजीवी :  प्लाज्मोडियम
o    प्लाज्मोडियमको पनि भाइभेक्स, फाल्सिपेरम, मलेरी र ओभेल गरी चार उपजातिहरू छन्
o    संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ
o    औलो प्रभावित क्षेत्रमा फाल्सिपेरम उपजातिका प्लाज्मोडियमहरूको बाहुल्य छ भने अन्य क्षेत्रमा प्लाज्मोडियम भाइभेक्स नै प्रमुख कारक परजीवी हो ।
    यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् ।
औलो रोगका लक्षण
    बेस्सरी टाउको दुख्नु
    वाकवाकी हुनु, बान्ता हुनु
    हात–खुट्टा, जोर्नी दुख्नु
    थकान तथा कमजोरी महसुस हुनु
    शरीरमा रगतको कमी हुनु
    ज्वरो आउनु

Share this