| नयाँ कक्षाहरु आजैदेखि JOIN गर्नसक्नुहुन्छ ❣ नयाँ भर्नाको लागी सम्पर्क: 9848383263/9808145933 #loksewagyan सबै course मा eBook नि:शुल्क छन् है आजै join गर्न सक्नुहुन्छ ❣ |       | बन्ने होइन त अधिकृत ?? |      

नोट | आजको खबर #31

LoksewaGyan ५ असार २०७८,शनिबार

भूकम्पमा परी मर्ने राजा को हुन् ?  
अभय मल्ल
    नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबाररका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । 
    त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आवीस्कार नभएका कारण कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । 
    तर क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको बताउँदै आएका छन् । 
    सोही भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाण्डु उपत्यकाको एकतिहाई जनसंख्या प्रभावित भएको थियो । काठमाण्डुका सर्वसाधारणले १५ देखि एक महिनासम्म सहर छाडेका थिए । एक महिनासम्म पटकपटक भूकम्का धक्काहरु महसुस गरिएको थियो । धैरै घर, मन्दिर र पुरतात्विक सम्पदा ध्वस्त भएका थिए ।
    नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । त्यतिबेला काठमाण्डुमा राजा त्रिभुवन विक्रम शाह राजा थिए । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८.4 रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पा¥यो ।
    उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाण्डु उपत्यकामा मात्र करिब चार हजार ५ सय जनाले ज्यान गुमाए । ९५ हजार मानिस घाइते भए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
    काठमाण्डु उपत्यका झण्डै तहसनहस भएको थियो । धरहराको आधा भाग त्यतिबेलै भत्किएको हो । घण्टाघर पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले मुलुकका ९५ प्रतिशत स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । झण्डै ५० प्रतिशत पुल भत्किए । सात लाख बढी मानिस घरबारविहीन भए ।
२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । भूकम्पका कारण हजारौं घरबारबिहीन भएका छन् । भूकम्पले एतिहासिक धरहरा ढल्यो  । 
दुर्लभ अर्ना(जङ्गली भैँसी) गणना २०२१ अनुसार हाल अर्नाको संख्या कति रहेको छ ?
  ४९८ वटा  
•    प्रत्येक दुई वर्षमा गणना गरिन्छ ।
•    २०७७ चैत्र पहिलो  साताबाट सुरु गरिएको
•    नतिजा सार्वजनिक :२०७८ बैशाख १२ गते
•    नेपालमा अर्ना पाइने स्थान : नेपालको श्रीलंका भनेर चिनिने कोशीटप्पु वन्यजन्तु आरक्ष 
•    यसभन्दा अघि : सन् २०१८ को गणनामा ४४१ वटा अर्ना रेकर्ड गरिएको थियो
•    सन् २०२१ मा सन् २०१८ को गणनामा भन्दा करिब १३ प्रतिशतले अर्नाको संख्या वृद्धि भएको 
•     अनुसार ४९८ मध्य 
•    २२१ वटा वयस्क भाले, 
•    १६२ वटा वयस्क पोथी, 
•    ४८ वटा अर्ध वयस्क, 
•    दुई÷ तीन वर्षको बच्चा ३५ वटा, 
•    एक देखि दुई वर्षको बच्चा ३२ वटा भेटिएका छन् ।
अन्य जानकारी
•    जङ्गली भैँसी (अर्ना ) विश्वमा निकै दुर्लभ मानिन्छ । यो वन्यजन्तु प्राकृतिक बासस्थानमा नेपाल, भारत, भूटान, कम्बोडिया र थाइल्याण्डमा मात्र पाइने गरेको छ ।
•    विश्वभरी अर्ना पाइने मुलुकाको संख्या हेर्दा नेपालमा यसको संख्या दोस्रो ठूलो झुण्ड मानिन्छ । सबैभन्दा बढी भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा पाउने गरेको छ ।
•    नेपालमा कोशी टप्पुमा मात्र यसको बासस्थान भएकोले बि. सं २०३२ सालमा यसको बासस्थानलाई समेटेर कोशी टप्पु वन्यजन्तु आरक्ष घोषणा गरी संरक्षणका काम भइरहेको छ । 
•    २०३२ सालमा अर्नाको संख्या जम्मा ६३ वटा मात्र रहेको थियो । हाल आरक्ष घोषणा भएपछि यसको संख्या वृद्धि भएको हो ।
•    पश्चिम तराईतिर पनि यसको बासस्थान विकास गर्ने उद्देश्यले वि. सं २०७३ सालमा चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्नाको स्थानान्तरण गरी विशेष खालको बासस्थान निर्माण गरि राखिएका छन् भने दुई वटा अर्ना ललितपुरस्थित सदर चिडियाखानामा राखिएका कुरा प्रमुख संरक्षण अधिकृत रामले बताउनुभयो ।
•    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार संरक्षित प्रजाति, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार महासन्धीको अनुसूची ४ मा सूचीकृत तथा आइयूसीएनको अति संकटापन्न सूचीमा पनि यो वन्यजन्तु राखिएको छ ।


९३ औं ओस्कारमा उत्कृष्ट चलचित्रको उपाधि प्राप्त गर्ने चलचित्र कुन हो ?
 'नोम्याडल्यान्ड' 
•    क्लोई चाउ निर्देशित 'नोम्याडल्यान्ड' ९३ औं ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको । चाउले निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिलाको इतिहास बनाएकी छिन् ।
•    क्याथरिन बिगोलोपछि ओस्कार जित्ने उनी दोस्रो महिला निर्देशक हुन् । यही फिल्मबाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा 'द फादर'बाट एन्थोनी होप्किन्सको अभिनेतातर्फको अवार्ड उचाले । यजङ उङले 'मिनारी'बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको 'एनोदर राउन्ड' अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भयो ।
•    यसअघि सन् २०१० को ओस्कारमा 'हर्टलकर' फिल्मका लागि क्याथरिन बिग्लोले उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी थिइन्। 
•    यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले हात पारेकी छन्। पुरस्कार पाएसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने उनी दोस्रो महिला बनेकी छन्। अमेरिकाको लस एन्जलसमा भएको समारोहमा पुरस्कार स्वीकार गर्दै चाओले यो अवार्ड आफूलाई प्रेरणा दिनेहरूलाई समर्पण गर्ने बताइन्।
उत्कृष्ट फिल्म : नोम्याडल्यान्ड
निर्देशक: क्लोई चाउ (नोम्याडल्यान्ड)
उत्कृष्ट अभिनेता: एन्थोनी होप्किन्स (द फादर)
उत्कृष्ट सह-अभिनेता: ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)
उत्कृष्ट अभिनेत्री : फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)
उत्कृष्ट सह-अभिनेत्री: यजङ उङ (मिनारी)
एनिमेटेड फिचर फिल्म :सोल
सिनेम्याटोग्राफी :म्यांक
कस्ट्युम डिजाइन: मा रेनिज ब्ल्याक बटम
डकुमेन्ट्री फिचर: माई अक्टोपस टिचर
डकुमेन्ट्री सर्ट सब्जेक्ट: कलेट
फिल्म सम्पादन: साउन्ड अफ मेटल
अन्तर्राष्ट्रिय फिचर फिल्म: एनोदर राउन्ड (डेनमार्क)
मेकअप एण्ड हेयर स्टाइलिङ: मा रेनिज ब्ल्याक बटम
संगीत:सोल
गीत: फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसाया)
प्रोडक्सन डिजाइन: म्यांक
सर्ट फिल्म (एनिमेटेड): इफ एनिथिङ ह्यापेन्स आइ लभ यु
सर्ट फिल्म (लाइभ एक्सन):द टु डिस्टेन्ट स्ट्रेन्जर्स
ध्वनि: साउन्ड अफ मेटल
भिजुअल इफेक्ट्स: टेनेट
नेपालको विविध पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको औपचारिक सुरुवात कहिले गरिएको हो ? 
विक्रम संवत् २०७८ वैशाख ६ 
–सुरुवाती लगानी १० अर्ब भएको सो कोषमा नेपाल सरकारको ५ प्रतिशत हिस्सा रहेको ।

सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?   
हास्य कलाकार मदनकृष्ण श्रेष्ठ 
२०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ? 
  नेपाल 
– वैशाख ११ गते त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि चुमेको ।
– नेपालले घरेलु मैदानमा पहिलोपटक सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन पाँचको उपाधि जितेको थियो । सो प्रतियोगिता ५० ओभर फम्र्याटको रहेको थियो ।
– नेपालले समग्रमा दुईभन्दा बढी टोली सहभागी रहेको टी–२० शृङ्खला जितेको यो पहिलोपटक हो ।
– यो जित अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपालले अहिलेसम्म प्राप्त गरेको फराकिलो (रनका आधारमा) अन्तरको जित हो । यस्तै, २३८ रनको योगफल नेपालले कुनै पनि विपक्षीविरुद्ध बनाएको ठूलो योगफल पनि हो । यसअघि नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुुटानविरुद्धको खेलमा २३६ रनको योगफल बनाएको थियो । उक्त खेलमा भुटान १४१ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सविरुद्धको यो खेलको योगफल र जितको अन्तरले त्यसलाई पछि पारेको हो ।
– आफ्नो डेव्यु खेलमै लगातार तीनसहित चार अर्धशतक प्रहार गरेका नेपालका प्रारम्भिक व्याट्सम्यान कुशल भुर्तेल त्रिदेशीय टी–२० शृङ्खलाको सर्वोत्कृष्ट खेलाडी चुनिएका ।
– यस प्रयिोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सको सहभागिता रहेको ।
 पहिचान सम्मान कोषले ‘पहिचान सम्मान’बाट कसलाई सम्मानित ग¥यो ? 
खगेन्द्र सङ्ग्रौला (२०७८ मा)  
(राशी : चार लाख दुई हजार दुई रुपियाँ तथा ताम्रपत्रसहित) ।
नइ चन्द्रधन पुरस्कार–२०७७ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? 
प्रा.डा. दीर्घराज घिमिरे 
– त्यस्तै, नइ कीर्तिनिधि पुरस्कारबाट कमल थापा, नई भूपालदुर्गा पुरस्कारबाट प्रा.डा. राजेन्द्र विमल, नइ देरुनिख सुकीर्ति पुरस्कारबाट नीर शाह, नइ ईश्वर बल्लभ पुरस्कारबाट वसन्तकुमार चौधरी सम्मानित भएका ।
– पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको ।
साँखुस्थित बज्रयोगिनीको जात्रा कति दिन मनाइन्छ ? 
९ दिन
•    शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नौ दिनसम्म मनाइन्छ ।
•    जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी तथा चैत्यलाई बज्रयोगिनी मन्दिरको आशनबाट निकाली जात्रा सहित साँखु शहरमा ल्याइन्छ । स्थानीयका अनुसार शंखदेवको पालादेखि चलिआएको यो जात्रा लाई गुँ बिहारका नवौं पुस्ताका पुजारी जोगदेवले स्थापना गरिदिएको मणिशैल महावर्दान कथामा उल्लेख गरेएको पाइन्छ ।


धार्मिक, पर्यटकीय एवम् जैविक विविधताका हिसाबले महŒवपूर्ण बर्जुताल कहाँ रहेको छ ?
सुनसरी 
जटिलरोग पहिचान गर्न सक्ने पारमाणविक प्रयोगशाला (मलिकुलर ल्याब) कुन अस्पतालमा सञ्चालनमा ल्याइएको छ ? 
मीनभवनस्थित सिभिल अस्पताल 

महिलाले महिलाले बोलेको सुन्ने तर पुरुषले बोलेको नसुन्ने रोगलाई के भनी चिनिन्छ ?
 रिभर्स स्लोप हियरिङ लस (चीनमा देखिएको)

Share this