| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

समसामयिक भाग -१३

LoksewaGyan १ श्रावण २०७८,शुक्रबार

समसामयिक भाग -१३

➖?✅✍️?

संकलन/लेखन- राजेन्द्र रावत

 

  • १४ औँ साग कहाँ हुने भएको छ ?  ?पाकिस्तान
  • ?२०२३ को मार्चमा
  • ?निर्णय सन् २०२१ जुलाई १२
  • ?दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सन्  २०२१ जुलाई १२ मा सम्पन्न भर्चुअल बैठकले १४औँ सागको मितिबारे निर्णय भएको हो ।
  • ?सन् २०१९ मा पाकिस्तानले १४औँ साग आयोजना गर्ने भनी झन्डा बोकेको थियो । तीन वर्षअघि काठमाडौंमा सम्पन्न १३औँ सागमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दरशथ रंशगालामा पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद हेसनलाई साग आयोजनाको झन्डा हस्तान्तरण गरेका थिए । 
  • ?पाकिस्तानका पाँच सहरमा साग आयोजना हुने निर्णय भएको छ । जसमध्ये लाहोरलाई मुख्य आयोजना सहरका रूपमा राखिएको छ । लाहोरसँगै फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोट सहआयोजक सहर हुनेछन् । 
  • ?पाकिस्तानसँगै नेपाल, भारत र बंगलादेशले तीन–तीन साग आयोजनाको अवसर पाएका छन् । श्रीलंकाले दुईपटक मात्रै साग आयोजना गरेको छ । अहिलेसम्म भुटान र माल्दिभ्सले साग आयोजना गरेका छैनन् । 
  • ?देशको नामको सुरुको अक्षरअनुसार साग आयोजक राष्ट्रले पालैपालो प्रतियोगिता आयोजना गर्छन् । पाकिस्तालने १९ वर्षपछि साग खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।

 

  • ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स अवार्ड २०२१’ प्राप्त गर्ने बैंक कुन हो ? ?नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
  • ?बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यसअघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो ।
  • ?युरो म्यागेजिनले वित्तीय क्षेत्रमा उत्कृष्ट बैंकलाई वार्षिक रुपमा प्रदान गर्दै आएको
  • ?सन् १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ ।

 

  • ३२ औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिता कहाँ हुँदै छ ? ?जापानको टोकियो
  • ?कहिले हुने š सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म
  • जम्मा दिन š १७ दिन
  • खेल हुने स्थान š ४२
  • जम्मा समावेश खेल š३३ खेल 
  • जम्मा पदक š३३९

➖?✅✍️?⛔️?३२ औँ गृष्मकालीन ओलम्पिक र नेपाल ➖?✅✍️?⛔️?

  • प्रतियोगिताको उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा बोक्ने š पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह
  • सन् २०१६ को रियो ओलम्पिकमा नेपालबाट झन्डा बोक्ने š जुडोकी फुपु ल्हामु
  • नेपालबाट खेल र खेलाडी सहभागी š चार खेलका पाँच खेलाडी
  • नेपालबाट सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी तथा पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह
  • हालै महान्यायाधिवक्तामा को नियुक्त भएका छन् ? ?खम्मबहादुर खाती
  • नियुक्त मिति : २०७८ असार ३१
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको  ।    
  • नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको ।  

 

  • केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन सर्बोच्चद्धारा कहिले बदर भयो ? ?वि सं २०७८ असार २८ गते
  • सर्बोच्च अदालतले विसं २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघठनको निर्णय बदर गर्दै विघठित प्रतिनिधिसभा पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको ।
  • सर्वोच्चले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसलासमेत सुनाएको 
  • सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक २०७८ साउन ३ गते अपरान्ह ५ बजेभित्र बोलाउन आदेश दिएको
  • देउवाले १४९ जनाको हस्ताक्षर रहेको भनी प्रधानमन्त्री पदमा गरेको दाबी वैधानिक देखिएकाले दुई दिनभित्र नियुक्त गर्नू भनी राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको ।
  • शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपनि राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। 
  • प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
  • नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्रीका रुपमा कहिले नियुक्त भएका हुन् ? ? वि.सं. २०७८ असार २९
  • नियुक्ति, पद तथा गोपनियताको सपथ  वि.सं. २०७८ असार २९ गते
  • मिति २०७८ असार २८ गते सर्बोच्च अदालतले विसं २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघठनको निर्णय बदर गर्दै विघठित प्रतिनिधिसभा पुनर्स्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
  • देउवा पहिलोपटक २०५२ भदौ २६, २०५८ साउन ७ गते दोस्रोपटक, २०६१ जेठ २१ गते तेस्रोपटक र चौथो पटक २०७४ जेठ २३ मा प्रधानमन्त्री भएका थिए ।
  • युरोकप फुटबल २०२० को विजेता राष्ट्र कुन हो ?  ?इटाली (३–२ गोल अन्तरले)
  • उपविजेता :  इङ्ल्यान्ड
  • तेस्रो:  स्पेन
  • चौथो : डेनमार्क
  • संस्करण  १६औं
  • खेल भएको मिति : सन् २०२१ जून ११ देखि जुलाई ११ सम्म ।
  • पहिलो खेल  इटाली र टर्कीबीच स्टाडियो ओलिम्पिकको रंगशालामा
  • आयोजना स्थल   यूरोपका विभिन्न ११ राष्ट्रका १२ सहरमा आयोजना
  • आयोजना हुने सहर  लन्डन, बाकु, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम, सेन्ट पिटस्बर्ग, बुखारेस्ट, म्युनिख र आम्स्ट्रडम
  • सहभागी भएका टिम संख्या  २४
  • कुल गोल १४२
  • सर्वाधिक गोल गर्ने क्रिस्टियानो रोनाल्डो र पत्रिक सचिक (५ गोल)
  • गोल्डेन बुट पाउने  क्रिस्टियानो रोनाल्डो
  • उनले यो प्रतियोगितामा पाँच गोल गरेरै राष्ट्रिय टिमबाट सर्वकालीन सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानमा बराबरी गर्न पनि सफल भए । रोनाल्डोले पोर्चुगलका लागि १०९ गोल गरेका छन् ।
  • प्लेअर अफ दि टुर्नामेन्ट घोषित इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा
  • सन् २०२० मा हुने यूरोकप कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको
  • यो खेल सन् १९६० मा फ्रान्सबाट सुरु भएको हो । स्पेन र जर्मनीले ३÷३ पटक जितेको छन् ।
  • यसअघिको सन् २०१६ को १५ औं यूरोकपको विजेता पोर्चुगल र उपविजेता फ्रान्स हुन् ।

 

  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि सिफारिस नयाँ औषधिको नाम के हो ?  ? ‘इन्टरलेउकिन—६
  • ⛔️कहिले  ? - सन् २०२१ जुलाइ ६         
  • ⛔️औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको
  • ⛔️डब्लुएचओले आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको ।

 

 

  • ज्याकोब जुमा कुन देशका राष्ट्रपति हुन् जसलाई हालै १५ महिनाको लागि जेल चलान गरिएको छ ? ?दक्षिण अफ्रिका
  • ⛔️उनी दक्षिण अफ्रिकाका चौथो निर्वाचित राष्ट्रपति हुन् ।
  • ⛔️सन् २०२१ जुन २९ मा अदालतले फैसला सुनाएर १५ महिना कैद तोकेको
  • ⛔️ज्याकोब जुमा दक्षिण अफ्रिकी इतिहासकै कारावासको सजाय भोग्ने पहिलो राष्ट्रपति बने ।
  • ⛔️दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको ।
  • ⛔️भ्रष्टाचारको छानविन गर्न गठित सरकारी आयोगलाई बयान नदिएको र असहयोग गरेको भन्दै उनी दोषी ठहर भएका ।
  • ⛔️सन २००९ देखी २०१८ सम्म राष्ट्रपति भएका ।
  • ⛔️सन् २०१६ मा उनलाई विभिन्न १८ भ्रष्टाचारका कान्डहरुमा अदालतले दोषी देखाएको थियो ।

 

 

 

  • चीनले दक्षिण एशियाली मुलुक संग मिलेर कहिले गरीबी निवारण र सहकार्य केन्द्रको स्थापना  गरेको हो ? ? सन् २०२१ जुलाई ८
  • ⛔️चीनले सार्कका सदस्यहरुसँग मिलेर कुन केन्द्रको स्थापना  गरेको हो ?  चीन–दक्षिण एसियाली मुलुक गरिबी उन्मूलन र सहकारी विकास केन्द्र
  • ⛔️जम्मा सदस्य कति छन् ?  चीनसहित  ६
  • ⛔️चीनले सार्कका कुन कुन सदस्यसँग मिलेर उक्त केन्द्रको गठन गरेको हो ? (५ सदस्य) नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तान 
  • ⛔️चीनले दक्षिण एसियाका  कुन कुन देशलाई  बाहिर राख्दै उक्त गरीबी केन्द्रको स्थापना गरेको हो ? (३ सदस्य)भारत, भुटान र माल्दिभ्स
  • ⛔️नेपालबाट सहभागी ? चीनका लागि नेपालका राजदूत महेन्द्र बहादुर पाण्डे
  • ⛔️उक्त केन्द्र स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा सहभागी र समर्थन ?  पाँचै देशका चीनस्थित राजदूतहरूको सहभागिता  र सबै मुलुकले यसको समर्थन गरेका 

 

  • कोपा अमेरिका, २०२१  को विजेता राष्ट्र कुन हो ? ?अर्जेन्टिना(१-० गोल अन्तरले)
  • ⛔️उपविजेता :  ब्राजिल
  • ⛔️तेस्रो : कोलम्बिया
  • ⛔️चौथो : पेरु
  • ⛔️संस्करण  : ४७ औं
  • ⛔️मिति : जुन १३ देखि जुलाइ ११, २०२१
  • ⛔️आयोजक : कनेम्बोल (दक्षिण अमेरिकी फुटबल प्रतियोगिता)
  • ⛔️खेलिएको स्थान : रियो द जेनेरिया, ब्राजिल
  • ⛔️पहिलो खेल : ब्राजिल र भेनेज्वेला (३–०)
  • ⛔️टिम संख्या : १०
  • ⛔️खेल संख्या :२८
  • ⛔️गोल संख्या : ६५
  • ⛔️सर्बोत्कृष्ट खेलाडी, ‘प्लेयर अफ द् टुर्नामेन्ट ः लियोनल मेस्सी
  • ⛔️धेरै गोल गर्ने ः लियोनल मेस्सी र लुइस डियाज (४÷४ गोल)
  • हालै  घरमै हत्या गरिएका हैटीका राष्ट्रपतिको नाम के हो ? ?जोभेनल मोइस
  • ⛔️सन् २०२१ जुलाई ७ मा
  • ⛔️उनले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रुपमा जिम्मेवार सम्हालेका थिए ।

 

  • बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन कहिले भयो ? ? सन् २०२१ जुलाइ ७ मा
  • ?९८ वर्षको उमेरमा उनको निधन भएको हो ।
  • ?११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।
  • ?करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।
  • ?सन् १९९७ मा उनलाई पाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो ।
  • चीनियाँ कम्प्युनिष्ट पार्टी तथा विश्वका राजनीतिक पार्टीहरुको सम्मेलन, २०२१ कहिले भएको हो ? ? सन् २०२१ जुलाइ ६                                
  • ?चीनियाँ कम्युनिष्ट पार्टी (सिपिसी ले नेपालसहित विश्वका १६० मुलुकका ५०० सय भन्दा बढी राजनीतिक दलका नेता र प्रतिनिधिहरुलाई भेला पारेर मंगलबार एक शिखर सम्मेलनको आयोजना गरेको ।                                      
  • ?भर्चुअल सम्मेलन गरेर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सय वर्षमा गरेको उपलब्धि र आगामी बाटोबारे जानकारी गराएको
  • ?यस अगाडि सन् २०१७ मा सिपिसीले विभिन्न देशका राजनीतिक दलका नेताहरुसँग उच्चस्तरका छलफल गरेको थियो र अहिलेको सम्मेलनलाई त्यसैको विस्तारित रुप भनिएको छ ।
  • ?सम्बोधनमार्फत सीले संसारका राजनीतिक दललाई निश्चित निम्न सन्देश दिन खोजेको ।
  •  सबै राजनीतिक दलसँग सहकार्य बढाउन चाहान्छौं
  • ?हाम्रो एजेन्डालाई साथ दिनुपर्योन
  • ?आफ्नो मुलुक अनुसारको मोडल विकास गरौं
  • ?चीनले अन्य मुलुकमा आधिपत्य खोज्दैन
  • ?गरिबी निवारणमा चिनियाँ मोडलबाट सिक

 

 

  • प्रधानमन्त्री ओलीद्धारा राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन कहिले भएको हो ? ?२०७८ असार २१
  • ✍️यससँगै राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने भएको ।
  • ✍️प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशीको उद्घाटन ।
  • ✍️करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन भएको ।
  • ✍️कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो जलविद्युत् आयोजनामा आज (असार २१)एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुने ।
  • ✍️आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य लिइएको छ ।  
  • ✍️आयोजनामा कुल ६ वटा युनिट छन् । जसबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुने ।
  • ✍️तर सुरुमा एउटा युनिटबाट मात्रै विद्युत् उत्पादन हुने छ । ११ वर्षपछि आयोजनाको निर्माण कार्य सकिएको हो ।
  •  २०७८ असारसम्म मुलुकका कति जिल्ला साक्षर घोषित भएका छन् ? ?- ५४ (२०७८ असार २३)
    (अछाम साक्षर घोषित हुने ५४औँ जिल्ला रहेको।)
  • देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ? ? विक्रम संवत् २०७८ असार २३
  • ✍️६ वर्षअघि (२०७२ साउन २५) मालपोत कार्यालय कलङ्कीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि एक सय २६ वटै मालपोत कार्यालयमा लागू भएको। यसअघि एक सय १८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन बाँकी आठ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको
  • ✍️कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको
  • ✍️यो प्रणली सुरु भएपश्चात् नै सर्वसाधारणले आफ्नो घर–जग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्वलगायत) मोबाइल एपमै हेर्न सक्ने
  • ✍️देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अब यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने
  • पारवहनका लागि नेपाली रेलले वीरगन्ज र विराटनगरदेखि कोलकाता/हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ? ? विसं २०७८ असार २५
    (नेपाल र भारतबीच संशोधित रेलसेवा सम्झौताअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेलसेवासमेत उपयोग गर्न सकिने भएको। यसअघि निश्चित कम्पनीबाट सञ्चालित रेलसेवामात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको।)
  • ‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ? ? विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित)
    ✍️योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको
    ✍️मन्त्रिपरिषदको विसं २०७६ माघ २० को बैठकले राना थारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको
    ✍️राना थारू विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने
  • विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२१ मे २७ मा जारी गरेको नयाँ वरियतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ? ?१७१औँ ।
    ✍️नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा रहेको ।

Share this