सगरमाथा (८,८८४ मिटर)
- सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्डका सर एडमण्ड हिलारीले गरेका हुन् । यो आरोहणसँगै नेपालमा व्यवसायीक रुपमा हिमाल आरोहण सुरु भयो ।
यालुङ खाङ (८,५०५ मिटर)
- यो हिमालको सफल आरोहण १९७० को दशकमा भएको हो । सन् १९७३ मे १४ मा दुई जना जापानी नागरिक उतका अगेटा र Takao Matsuda ले पहिलो पटक यालुङ खाङ हिमाल सफल आरोहण गरेका थिए ।
चो-यु (८,२०१ मिटर)
- यो हिमाल १९८४ फेबुअरी १२ तारिखमा पोल्यान्डका दुई नागरिक Maciej Berbeka and Maciej Pawlikowski ले पहिलो पटक आरोहण गरेका हुन्
धौलागिरी (८,१६७ मिटर)
- धौलागिरी हिमाल सन् १९६० मे १३ तारिखमा स्वीट्जरल्यान्डका नागरिक Ernest Forrer ले पहिलो पटक सफल आरोहण गरेका हुन्
मनास्लु (८,१६३ मिटर)
- मनास्लु हिमाल सन् १९५६ मे ९ तारिखमा जापानीज र भारतीय नागरिक Toshio Imanishi and Gyaltsen Norbu Sherpa ले पहिलो पटक आरोहण गरेका थिए ।
अन्नपूर्ण-१ (८,०९१ मिटर)
- यो हिमाल सन् १९५० जुन ३ तारिखमा फ्रान्सका दुई जना नागरिक Maurice Herzog and Louis Lachenal लिे पहिलो पटक सफल आरोहण गरेका हुन् ।
मकालु (८,४६३ मिटर)
- मकालु हिमालमा सन् १९५५ मे १५ तारिखमा फ्रान्सकै नागरिकले पहिलो पटक सफल आरोहण गरेका थिए । फ्रान्सैली दुई नागरिक Jean Couzy and Lionel Terray ले पहिलो पटक आरोहण गरेका हुन् ।
लोत्से (८,५१६ मिटर)
- लोत्से हिमाल सन् १९५६ मे १८ मा स्वीट्जरल्याण्डका दुई नागरिक Ernst Reiss and “ritz Luchsinger ले पहिलो पटक आरोहण गरेका हुन् ।
कञ्चनजंघा (८,५८६ मिटर)
- यो हिमालमा सन् १९५५ मे २५ मा यूकेका दुई नागरिक George Christopher Band and Joe Brown ले पहिलो पटक आरोहण गरेका थिए ।