| बन्ने होइन त अधिकृत ?? |      

समसामयिक भाग -१५

संकलन/लेखन- राजेन्द्र रावत १६ श्रावण २०७८,शनिबार

१.    विश्व बाघ दिवस २०२१ को नारा के हो ?

 ‘बाघको अस्तित्वः मानवको दायित्व’ अर्थात "Their Survival is in our hands"
•    विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।
•    सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको छ । मन्त्रालयले पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ मा गरेको थियो । उक्त गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।
•    नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१ र सन् २०१३ मा १९८ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ ।
•    विश्वको सन्दर्भमा सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या रहेको थियो ।

२.    सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपतिबाट उदघाटन कहिले भएको हो ?

२०७८ साउन १३ गते
•    सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका
•    युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो ।
•    सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको

•    नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहास रहेको छ ।


३. हालै ल्याटिन अमेरिकी देश पेरुको राष्ट्रपति को भएका छन् ?

पेद्रो कास्टिलो
•    सन् २०२१ जुलाइ २८ मा सपथ ।
•    ल्याटिन अमेरिकी देश पेरुको
•    वापमन्थी नेता पेद्रो कास्टिलो (स्पेनिस उच्चारणमा कास्टियो)
•    कास्टिलो देशको सर्वोच्च पदमा पुग्ने पेरुकै पहिलो किसान हुन् ।
•    दि गार्जियनका अनुसार उनले आफ्ना प्रतिद्वन्द्वीलाई ४४,२६३ भोटले पराजित गरे । एक करोड ८८ लाख बढी मतदाताले भोट हालेको पेरुमा यो ठूलो अन्तर भने हैन ।


४.    भूउपग्रहबाट पहिलोपटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो ?

मुस्ताङ 


५.    नेपाल सहायता समूहको गठन कहिले भएको हो ?  

सन् १९७६ 


६.    सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

पिगन


७.    नेपालमा विद्युत् सङ्केतबाट ट्राफिक नियन्त्रण गर्न कहिलेदेखि थालिएको हो ?  

विसं २०२३ 


८.     नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?  

विसं २०६१ माघ ४, वीरगन्ज 


९.    नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?

जेठ १५ 
– (संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको ।)


१०.    नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?

चिनियाँ प्रोफेसर वाङ हङ वेई ।

 

११.    ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२० मा सुशासनको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

११७औँ ।
– विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) समेत गरी छवटा संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सूची तयार गरेको ।

 

१२.    आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२० नोभेम्वर ११–१५, हनोई (भियतनाम)
– (यस संस्थाको ३६औँ सम्मेलन पनि हनोइमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)


१३.    विश्वकै सबैभन्दा अग्लो किशोर बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल को हुन् ?

रेन केयू (चीन) ।
– उनले आफ्नो १४औँ जन्मदिन गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउँदै मनाए । उनको उचाइ ७ फिट ३.२ इन्च छ ।


१४.    नेपालमा कृषक परिचयपत्र प्रदान गर्ने कार्यको सुरुवात कुन जिल्लाबाट गरिएको हो ?

बागलुङ ।


१५.    मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ ?  

चोभार, काठमाडौँ ।
– एक सय टन तौलको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो प्रस्तर मूर्ति रहेको ।
– ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा उनीसहित आठ कलाकारद्वारा आठ वर्ष लगाई यो मूर्ति तयार गरिएको ।
– यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको । करिब ३७ रोपनी क्षेत्रफलमा आकर्षक पार्कसमेत निर्माण गरिने ।


१६.    अरब राष्ट्रहरूबीच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

सन् १९४५ मार्च २२ ।
– (यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)


१७.    भाषा आयोगले राष्ट्रपतिसमक्ष बुझाएको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनअनुसार थपिएका दुई भाषा कुन–कुन हुन् ?

मारेक याक्खा र नावा शेर्पा ।
– यसअघि आव २०७५÷०७६ को प्रतिवेदनअनुसार थप भएका छ भाषा ः १. राना थारू (कैलाली), नार फु (मनाङ), ३. चुम (स्यार) गोरखा, ४. नुब्री (लार्के) गोरखा, ५. पोइके (डोल्पा) र ६. सेराके (सेके) मुस्ताङ हुन् ।
– २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ रहेकोमा पछि थप भएका आठसहित हाल जम्मा भाषाको सङ्ख्या १३१ पुगेको ।


१८.    युनेस्कोको सहयोगमा वार्के फाउन्डेसनद्वारा प्रदान गरिने ग्लोबल टिचर प्राइज–२०२० बाट सम्मानित व्यक्तित्व को हुन् ?

रणजितसिंह डिस्ले (भारत), पुरस्कार राशि १० लाख अमेरिकी डलर ।

 

१९.    हिउँदे याममा पहिलोपटक माउन्ट के टुको सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?

नेपाली टोली (सन् २०२१ जनवरी १६) ।
– सेभेन समिट ट्रेकिङका छाङदावा शेर्पा नेतृत्वको टोली माउन्ट केटुको चुचुरोमा पुगेको ।
– केटु हिमालको उचाइ ८,६११ मिटर रहेको ।
– केटु हिमाल आरोहणलाई निकै कठिन तथा खतरनाक आरोहणका रूपमा लिने गरिन्छ ।


२०.    ‘राना थारू’लाई आदिवासी÷जनजाति सूचीमा समावेश कहिले गरिएको हो ?

विसं २०७७ जेठ ५ ।
– योसँगै आदिवासी, जनजातिको सूचीमा सूचीकृत सङ्ख्या ६० पुगेको ।
– राना थारूलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न मन्त्रिपरिषद्ले विसं २०७६ माघ २० मा निर्णय गरेको थियो ।

Share this