| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

समसामयिक ज्ञान भाग -१

LoksewaGyan ९ बैशाख २०७८,बिहीबार

लोकसेवा ज्ञान -भाग १

?/fh]Gb| /fjt : Rajendra Rawat

 

 

 

  • आईएमएफले २०२१ मा विश्व अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ  ?

                          Ä६ प्रतिशत

 

  • सन् २०२१ मा ६ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
  • आईएमफले गत जनवरीमा महिनामा गरेको बेलायत र विश्व अर्थतन्त्रसम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो ।
  • आईएमफको अर्धवार्षिक वर्ल्ड इकोनोमिक आउटलुक  (डब्लूईओ) मा कोरोना भाइरसविरुद्धको खोप अभियान, चुनौतीका बीच व्यवसायको निरन्तरता र अमेरिकामा कोरोनाको प्रभावबाट माथि उठ्न जो बाइडेनले छुट्याएको १.४  ट्रिलियन अमेरिकी डलरको प्याकेजका कारण विश्व अर्थतन्त्रममा व्यापक सुधार हुने बताइएको छ ।
  • यसअघि अक्टोबरमा आईएमफले सन् २०२१ मा ५.२ र सन् २०२२ मा ४.२ प्रतिशतले विश्व अर्थतन्त्र वृद्धि हुने बताएको थियो । त्यसपछि जनवरीमा आईएमएफले पुनः परिमार्जन गर्दै सन् २०२१ मा विश्व अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने बताएको थियो ।
  • कोरोना भाइरसका कारण सन् २०२० मा सबैभन्दा बढी प्रभावित भएको बेलायती अर्थतन्त्र सन् २०२१ र २२ मा भने माथि उठ्ने आईएमएफको अनुमान छ । यो वर्ष बेलायतको आर्थिक वृद्धि ५.३ प्रतिशत र सन् २०२२ मा ५.१ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । चालु र आगामी आर्थिक वर्षको पूर्वानुमान हेर्दा सन् २०२०–२० मा बेलायती अर्थतन्त्र जी–७ मुलुकमध्ये सबैभन्दा बलियो हुने देखिएको छ ।
  • त्यस्तै अमेरिकाको अर्थतन्त्र सन् २०२१ मा ६.४ र सन् २०२२ मा ३.५ प्रतिशतले वृद्धि हुने आईएमफको अनुमान छ ।
  • त्यस्तै आईएमफले आर्थिक वर्ष २०२१–२२ मा भारतको आर्थिक वृद्धिदर १२.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । यसअघि जनवरीमा आईएमएफले भारतको अर्थव्यवस्थामा ७.५ प्रतिशतको वृद्धि हुने बताएको थियो । त्यस्तै सन् २०२२ मा भारको अर्थतन्त्र ६.९ प्रतिशतले वृद्धि हुने देखिएको छ ।
  • त्यस्तै चीनको अर्थतन्त्र सन् २०२१ र २२ मा क्रमशः ८.४ प्रतिशत र ५.६ प्रतिशतले वृद्धि हुने पनि आईएफको अनुमान छ । त्यसैगरी न्यून आय र विकाशशील मुलुकको अर्थतन्त्र सन् २०२१ मा ४.३ प्रतिशत र सन् २०२२ मा ५.२ प्रतिशतले वृद्धि हुने आईएमएफको अनुमान छ ।

. बाइस वर्ष लगाएर बनाइएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा पहिलोपटक वितरण सुरु कहिले गरियो ?  ðविसं २०७७ चैत १५

  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा वितरण गर्ने योजना बनाएको
  •  मेलम्चीबाट प्राप्त १७ करोड लिटर पानी र काठमाडौँ उपत्यकाको भूमिगत पानी आठ करोड लिटर गरी जम्मा दैनिक २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्नेछ
  • काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ
  • दोस्रो परियोजनाअन्तर्गत याङ्ग्री र लार्केखोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ कारोड लिटर पानी उपत्यकामा आउनेछ

३. नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी वायुसेवा कम्पनीहरूले नेपाली आकाशमा उडान गर्दा दूरसञ्चार सेवा उपयोग गर्न पाउनेसम्बन्धी निर्णय कहिले गरेको हो ?
                      Ä विक्रम संवत् २०७७ चैत ९

  • नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सो सेवा उपलब्ध गराउने निर्णय भएको
  • अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)बाट अनुमतिप्राप्त एयरलायन्सले सो सुविधा प्राप्त गर्ने
  • नेपालका आन्तरिक वायुसेवाप्रदायकले भने यस्तो सुविधा उपलब्ध गराउन पाउने छैनन् ।
  • दूर सञ्चार प्राविधिकरणका अनुसार नेपाली आकाशमा प्रवेश गर्ने र नेपाली आकाश हुँदै बाहिरिने अवस्थामा नेपालको सीमाभित्र एयरलायन्सहरूले इन्टरनेट उपभोग गर्न सक्नेछन् ।
  • १० हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरणको तयारी चरणमा रहने र उक्त उचाइभन्दा कम अवस्थामा इन्टरनेट उपलब्ध गराउँदा स्थानीय दूरसञ्चार सेवाप्रदायकको सेवामा असर पर्न सक्ने भएकाले यो उचाइ कायम गरिएको ।

४. सन् २०२१ मार्च ५ मा नाइजेरियाको एक जेलबाट कति कैदीहरु भागेका छन् ?

                Ä एक हजार आठ सय

  • पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् ।
  • सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका बीबीसीले जनाएको छ ।
  • प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ

 

५. २०७७ चैत २० को मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय गरेके छ ?
                    Äलक्ष्मण हुमागार्इं ।

 

६. २०७७ चैत्र २२ (२०२१ अप्रिल ४) मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा को नियुक्ति भएका छन् ?        Ä कुबेतका अब्दुल्लाह अलमुताइरी

  • उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।
  • यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए ।
  • आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा पनि अब्दुल्लाहले नेपाली टिमको नेतृत्व गर्नेछन्।

 

७. इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी आईआईएफटी’ (स्कुल अफ फेसन ) ले आयोजना गरेको डिजाइनर प्रतियोगिता सिजन ३ को  सर्वोत्कृष्ट डिजाइनर को बनेकी छन्

                      Äक्युटी शाक्य

  • डिजाइनर प्रतियोगिता ड्रेस टु इम्प्रेस २०२१
  • फस्ट रनरअपको उपाधि उमा राइका मगर
  • राजनकुमार शाहले सेकेन्ड रनरअपको उपाधि

 

 

 

 

 

८.  फोर्व्सले सन् २०२१  मा सार्वजनिक गरेको अर्वपतिको सूचीमा पहिलो स्थानमा पर्न सफल अर्वपति को हुन् ?

            Ä अमाजोन कम्पनीका सीइओ ५७ वर्षका जेफ वेजोस, अमेरिका (१७७ विलियन अमेरिकी डलर)

  • अन्य दोश्रो देखि १० औं अर्वपतिहरुको सूचीमा :

                         

  • उक्त प्रतिवदेनअनुसार नेपालका विनोद चौधरी २१४१ स्थानमा परेका छन् ।

९.  जनावरका लागि पनि कोरोना खोप बनाउने पहिलो देश कुन हो ? 

                           Ä रुस

  • सन २०१९ को अत्यमा चीनमा पत्ता लागेको यो भाइरस जनावरबाट मान्छेमा सरेको दावी सहितको रिपोर्ट भर्खरै विश्व स्वास्थ्य संगठनले निकालेको छ
  • रुसले जनावरका लागि कोरोनाविरुद्धको खोप विकास गरेको जानकारी रुसी अधिकारीहरुलाई उद्धृत गर्दै सिन्हवाले खबर दिएको छ ।
  •  रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको भनी निष्कर्ष निकालेको सिन्हवाले जनाएको छ ।  
  •  उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेको जानकारी दिएको छ । 
  • परीक्षणले यो खोप जनावरका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
  • ‘यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ’ यही अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने जानकारी पनि दिइएको छ । 

१०.  २०७७ चैत्र १८ (२०२१ मार्च३१) मा प्रकाशित प्रतिवेदन अनुसार विश्व बैंकले चालु आर्थिक वर्षमा   नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कति प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ?

                  Ä२.७ प्रतिशतले

  • विश्व बैंकले अर्को आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपणसमेत गरेको छ ।
  • रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।
  • दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/०२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
  • ‘आउँदो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ’, प्रतिवेदनमा भनिएको छ ।
  • आर्थिक वर्ष २०७६/०७७ मा भने नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।
  • कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

११. बैतडीको सिगासमा पत्ता लागेको फलामखानीबाट फलाम उत्खननको कार्य कहिलेदेखि सुरु गरियो ?                     Ä विसं २०७७ चैत ८

. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो. ?

      Ä वि.सं. २०७७ पुस ६
खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने
यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने

 

१३. हाल विश्व व्यापार सङ्गठन (डब्लुटीओ) प्रमुखमा को हुनुहुन्छ ?

             Äएन्गोजी ओकोन्जोइबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया

  • उहाँ अफ्रिकाबाट डब्लुटीओको इतिहासमै पहिलो महिला प्रमुख हुनुभएको
  • ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको र उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।
  •  सन् १९९५ मा डब्लुटीओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौँ व्यक्ति हुनुभएको ।
  •  एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन

१४. नारायणहिटी दरबार संग्राहलयभित्र रहेको 'श्री सदन' सर्वसाधारणका लागि खुला

           Ä२०७७ मंसिर ६

  • नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरूका लागि खुला भएको ।
  • अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने ।
  • श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले तत्कालिन राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।
  • २०२३ सालमा बनेको यो सदन तीन तलाको छ। १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो। उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए। अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए। गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो।

१५. फुटबलका महारथी डिएगो म्याराडोनाको हृदयाघातका कारण कहिले निधन भएको हो ?

           Ä२५ नोभेम्बर २०२० मा (६० वर्षको उमेरमा)

  • उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए।
  • म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए।
  • आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।
  • व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए।
  • २ चोटिआर्जेन्टिनाको कप्तानका रूपमा विश्वकप फाइनलसम्म
  • ४ वटाविश्वकप फुटबलमा सहभागी
  • २ चोटिनापोलीलाई सिरी ए उपाधि

 

१६. हालै मञ्चमै झगडा परेपछि 'घाइते' हुने मिसेस श्रीलङ्काः उपाधि विजेता प्रतियोगी को हुन् ?

           Ä पुष्पिका डिसिल्भा

  • २०२१ अप्रिल ४ मा कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए।
  • तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन् । सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो।

 

१७. नेपालमा चीनबाट आएको भेरोसेल खोप लगाउन कहिलेदेखि सुरु भयो ?

                           Ä २०७७ चैत्र २५ देखि

१८.  सन् २०२१ अप्रिल ७ मा सार्वजनिक गरेको एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन अनुसार

पत्रकारलगायत दर्जनौँ व्यक्तिहरूलाई गलत सूचना फैलाएको वा कोभिड–१९ महामारीका सन्दर्भमा सरकारको आलोचना गरेको भन्दै  कति वेबसाइट बन्द गरिएको उल्लेख छ ?

           Ä३० भन्दा धेरै

  • एम्नेस्टी इन्टरनेशनलले बुधवार सन् २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो ।
  • जुलाईमा अग्रिम सूचना नदिइकनै चितवन निकुञ्जका अधिकारीहरूले दुई वटा घरमा आगो लगाउँदै र हात्ती प्रयोग गरी अन्य आठ वटा घर ध्वस्त पार्दै आदिवासी जनजाति १० चेपाङ परिवारलाई जबरजस्ती निष्कासन गरेको र देशैभरि अनौपचारिक रूपमा बसोबास गर्नेहरूलाई जबरजस्ती निष्कासन गरेको पनि प्रतिवेदनमा उल्लेख छ

 

१९. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले सम्पन्न भयो ?
           Äविसं २०७७ चैत ९ र १०

 

२०.  नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाको कार्यसमितीको लागि इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट कहिले निर्वाचन भएको हो ?

                     Ä २०७७ चैत्र २५

  • देशैभरबाट १३ हजार १ सयभन्दा बढी पत्रकारहरुले प्रत्यक्ष निर्वाचनमार्फत आफ्ना नेताहरु चुन्न मतदान गरेका हुन्,
  • कुल ९७ बुथमा मतदान भएको

Share this