| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      

समसामयिक भाग -१६

संकलन/लेखन- राजेन्द्र रावत २९ श्रावण २०७८,शुक्रबार

  • अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को नारा के हो ? ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ 
  • संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा 
  • नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।
  • सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।
  • सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।
  • नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

 

  • १३ औं साफ च्याम्पियनसिपफुटबल प्रतियोगिता कहाँ हुने भएको छ ? माल्दिभ्समा हुने
        • निर्णय: २०७८ साउन २५ गते
        • कहिले: सन् २०२१ अक्टोबर १ देखि १३ (असोज १५–२७)
        • साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका
        • भारतले अहिलेसम्म सर्वाधिक ७ पटक साफ उपाधि जित्दा नेपाल भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

 

  • मिस नेपाल नर्थ अमेरिका-२०२१ को भएकी छन् ? गरिमा ज्ञवालीलाई
  • फस्टरनर अप याङ्गछेन लामा
  • सेकेन्ड रनरअप शुभेच्छा निरौला
  • अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका 
  • ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा धेरै पदक जित्ने राष्ट्र कुन हो ? अमेरिका, ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक
  • चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य पदक 
  • (२७) स्वर्ण पदक जितेको जापानले १४ रजत र १७ कास्य जित्यो ।
  • टोकियो ओलम्पिकमा यो वर्ष ८३ टोलीले फाइनलमा स्थान बनाएका थिए । त्यस्तै, ४३ टोली पोडियममा उपस्थित थिए ।
  • फाइनल पुगेका ८३ मध्ये २३ मुलुकले मात्रै स्वर्ण पदक जिते । यस्तै, टोकियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ ३ विश्व कीर्तिमान, १२ ओलम्पिक कीर्तिमान, २८ एरिया रेकर्ड्स र १५१ राष्ट्रिय कीर्तिमान बने ।
  • ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ ।

नेपालको ओलम्पिक यात्रा

  • नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा नै आयोजना गरिएको १८औँ ओलम्पिकमा सहभागिता जनाएको हो। सो ऐतिहासिक सहभागितामा नेपालका भुपेन्द्रबहादुर केसी र गङ्गाबहादुर थापाले (म्याराथन), नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा (बक्सिङ) मा प्रतिस्पर्धा गर्नुभएको थियो। आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो ओलम्पिक भए पनि नेपालले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको १५औँ ओलम्पिकमा पर्यवेक्षकको रूपमा भाग लिइसकेको थियो। सन् १९६८ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न १९औँ ओलम्पिकमा नेपालले भाग लिएन। त्यसपछि नेपालले लगातार ओलम्पिकमा सहभागिता जनाएको छ
  • १८ बर्ष माथिका सबैलाइ  खोप लगाउने पहिलो जिल्ला कुन हो ? मनाङ (दोस्रो : मुस्ताङ)
  • मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज कहिले भएको हो ? वि.सं. २०७८ श्रावण १९ गते
  • मन्त्रिपरिषद्‍‌ बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको
  • केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए। २०७७ माघ १५ देखि जिल्लामा समेत उक्त आयोग गठन गरिएको थियो।
  • भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को आधारमा उक्त आयोग गठन गरिएको थियो। 
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा कहिले गरेका हुन् ? वि.सं. २०७८ साउन १९ गते
  • – उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेको ।
    – उनको नेतृत्वमा नेपाली टोलीले एकदिवसीय मान्यता पाउनुका साथै टी–२० विश्वकपसम्म पुगेको ।
  • सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग-यो ?  डा. विश्व पौडेल (२०७८ साउन १२)
  • दक्षिण एसियाकै पहिलो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास कहिले गरियो ?  वि.सं. २०७८ साउन १४
    – सुरुङमार्ग निर्माण भएको १०४ वर्षपछि सम्पदाहरूको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जीर्णोद्धार सुरु गरिएको । मर्मत सम्भारको अभावमा जीर्ण ऐतिहासिक एवं पुराताìिवक महìवको सो सुरुङमार्ग वि.सं. १९७४ मा निर्माण
    भएको थियो ।
    – सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा निर्मित सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष
    लागेको थियो ।
    – मकवानपुर र बारा जिल्लाको सिमानामा अवस्थित चुरे पहाडलाई खोपेर सुरुङमार्ग निर्माण गरिएको छ ।
    – वि.सं. २०२०–२१ सम्म यही सुरुङमार्ग भएर जिपलगायतका साना सवारी आवतजावत गर्थे ।
    – साढे दुई मिटर चौडा र तीन मिटर उचाइको सो सुरुङमार्गको लम्बाइ ५०० मिटर छ ।
  • वि.सं. २०७८ श्रावण २८ गते लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त हुने व्यक्ति को हुन् ?  कुलप्रसाद केसी
  • नेपाल वुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ कहिले नियुक्त भए ? वि.सं. २०७८ श्रावण २५(पदबहाली श्रावण २७ गते भएको)
  • सामुदायिक वन दिवस २०७८ को नारा केहो ? " सामुदायिक वनको सम्पत्ति: समृद्धि, संस्कृति र प्रकृति" (यो दिवस श्रावण २५ मा प्रत्येक वर्ष मनाइन्छ ।)
  • विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले सन् २०२१ अगस्ट १२ मा सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपाल कतिऔं स्थानमा रहेको छ ? १६८ औँ 
  • नेपाल पाएको अङ्क ९७२
  • यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो ।
  • नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ ।
  • नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५ औँ स्थानमा छ भने माल्दिभ्स १५८ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८ औँ स्थानमा छ भने भूटान १८७ औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८ औँ स्थानमा रहँदा श्रीलङ्का २०५ औँ स्थानमा छ ।
  • बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।  
  •  द  भ्वाइस अफ नेपाल सिजन ३ को विजेता को बनेका छन् ? किरण गजमेर
  • राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ? विसं २०६५ वैशाख २२
  • (सूचनाको हकसम्बन्धी ऐन–२०६४ मा सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था भएबमोजिम सो आयोग गठन गरिएको
  • संयुक्त राष्ट्र सङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’ का रूपमा मनाउने निर्णय गरिएको छ ? सन् २०२१–२०३०
  • सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरेको छ ?  वि.सं. २०७६–२०८५
  •  नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ? विसं २०७८ साउन १
    – सङ्गठनको चेन अफ कमान्डलाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुुनःसंरचना कार्यान्वयनमा ल्याइएको
    – नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्डको व्यवस्था लागू गरिएको। कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काडमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा कमान्ड लागू गरिएको
    – यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरिएको
    – नयाँ संरचना लाग भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काडमाडौँ उपत्यकाको एउटा गरी आठवटा पृतना साउन १ गतेदेखि खारेज भएका
    – राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच २०८७ लाई आधार मानेर सङ्गठनको पुुनःसंरचना गरिएको
    – नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुुर्खेत र उपत्यकामा एउटा सैनिक कमान्ड स्थापना गरिएको
    – उपत्यका कमान्डको मुख्यालय नारायणहिटीपरिसरमा कायम गरिएको
    – नयाँ कमान्डको स्थापनासँगै कमान्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीमातहतमा गण तथा गुुल्म रहने
    – सैनिक कमान्डको स्थापनापछि जङ्गी अड्डाका केही अधिकार कमान्ड हेडक्वार्टरमा प्रत्यायोजन हुने
    – आर्मी मुख्यालयले रणनीतिक र राष्ट्रिय महŒवका सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने, सैनिक कमान्ड मुख्यालयले अपरेसनल कार्य गर्ने र बाहिनीअन्तर्गतका गण र गुल्मले ‘ट्याक्टिकल’ काम गर्नेगरी नेपाली सेनाको काम अगाडि बढ्ने
  • नेपाली आधुनिक कलाका वरिष्ठ कलाकार उत्तम नेपाली (कर्माचार्य)को निधन कहिले भएको हो ? वि.सं. २०७८ साउन ६ (८४ वर्षको उमेरमा)
  • जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?  माल्दिभ्स ।
    – (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

Share this