| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २८ मंसिर २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.     प्रतिष्ठित अमेरिकी आर्थिक म्यागेजिम फोब्र्सद्वारा सन् २०२२ डिसेम्बरमा सार्वजनिक विश्वका शक्तिशाली महिलाको सूचीको पहिलो स्थानमा रहन सफल महिला को हुन् ?

- उर्सुला भोन डेर लिएन (युरोपेली आयोगकी अध्यक्ष )

 

सो सूचीअनुसार उत्कृष्ट दस स्थानमा रहन सफल महिलाहरू :

–    उर्सुला भोन डेर लिएन (अध्यक्ष, युरोपेली आयोग)

–    क्रिस्टाइन लागार्ड (अध्यक्ष, युरोपेली केन्द्रीय बैङ्क)

–    कमला ह्यारिस (उपराष्ट्रपति, सं. रा. अमेरिका)

–    मेरी वारा (सिइओ, जनरल मोटर्स)

–    अविगेल जोन्सन (प्रेसिडेन्ट–सीईओ, फिडेलिटि इनभेस्टमेन्ट)

–    मेलिन्डा गेट्स (सह–संस्थापक विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन), जिओर्जिया मेलोनी (प्रधानमन्त्री, इटाली)

–    कारेन लिन्थ (सिइओ, सिभिएस हेल्थ)

–    जुली सुइट (सिइओ, एक्सेन्चर)

–    जेन फ्रेजर (सिइओ, सिटी ग्रुप)

 

२.    आदिवासी जनजाति पुनमगर समुदायको कला, संस्कृति एवं परम्पराको संवद्र्धन गर्ने उद्देश्यका साथ सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?

-    म्याग्दी (वि.सं. २०७९ मङ्सिर)

 

 - म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित इको टे«कमा सङ्ग्रहालय स्थापना गरिएको।

-  पुर्खाले दैनिक जीवनयापन गर्नका लागि प्रयोग गरेका सामग्री, स्थानीय कला, संस्कृतिबारे नयाँ पुस्ताका लागि खोज अनुसन्धान गर्न सङ्ग्रहालयले सहयोग पुग्ने विश्वास गरिएको।

-  सङ्ग्रहालयमा परम्परागत सामग्री, पोसाक, हातहतियार, भाँडा, गहना, पुराना पुस्तक र धातुका सिक्का पनि अवलोकनका लागि राखिएको।

 

३. आँखाको उपचारसँग सम्बन्धित ‘रुइतेक्टोमी’ सँग सम्बन्धित चिकित्सक को हुन् ?

-      डा. सन्दुक रुइत 

-  ख्याति प्राप्त आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले यो विधिको विकास गरेका।

-  यो आँखा उपचारका सन्दर्भमा प्रयोग हुने एक शल्यक्रिया विधि हो, जुन सरल र कम खर्चिलो मानिन्छ। 

 

४.    नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार हाल पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर (प्रति एक लाख जीवित जन्ममा) कति कायम भएको छ ?

-   २१ (वि.सं. २०७९ मङ्सिर २३ मा सार्वजनिक)

 

५.     पहिलो सत्यमोहन जोशी साहित्य सिरपा (पुरस्कार)–११४३ कसलाई प्रदान गरियो ?

-   फणिन्द्रराज बज्राचार्य

 - सो पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको।

- वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको तेह्रौँ पुण्यतिथिका दिन कात्तिक ११ गते सो पुरस्कार स्थापना गरिएको।

 

६.    रामसार महासन्धि कहिले पारित भएको हो ? 

-     सन् १९७१ फेब्रुअरी २ (रामसार, इरान)

 

-  यो महासन्धि सन् १९७५ डिसेम्बर २१ देखि लागू भएको। 

-  प्रधान कार्यालय :  ल्यान्ड (स्विट्जरल्यान्ड)

-  नेपालले सन् १९८७ डिसेम्बर १७ मा यस महासन्धिलाई पारित गरेको। नेपालले सन् १९८८ अप्रिल १७ मा यस महासन्धिको सदस्यता प्राप्त गरेको। 

 

७.     महालेखा परीक्षकको कार्यालयद्वारा लेखापरीक्षण एवं वित्तीय अनुशासनको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कति वर्षे कार्ययोजना अघि सारिएको हो ?

-      छ वर्षे (वि.सं.२०७४–२०८०)

  (कार्ययोजनाले सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयतामा अभिवृद्धि हुने, सरकारी कोषको अधिकतम सदुपयोग हुन गई मुद्राको सार्थकता सुनिश्चित हुने र देशको शासकीय व्यवस्थामा अनियमितता, खराब प्रवृत्तिसँग जुध्न सक्ने क्षमता वृद्धि हुनेलगायतका लक्ष्य लिएको ।)

 

८.    विश्वमा हाल अतिकम विकसित राष्ट्र कति रहेका छन् ?

-   ४६

[ विश्वमा हाल सबैभन्दा बढी अतिकम विकसित राष्ट्रहरू अफ्रिका (२३ राष्ट्र) र दोस्रो बढी एसिया (नौ राष्ट्र) महादेशमा रहेका। त्यस्तै, अमेरिकी क्षेत्रमा एक (हाइटी) र ओसेनिया क्षेत्रमा तीन राष्ट्र रहेका ।

 एसियाली राष्ट्रहरू :  नेपाल, भुटान, बङ्गलादेश, अफगानिस्तान, कम्बोडिया, इस्ट टिमोर, लाओस, म्यानमार र यमन ]

 

विकासशील मुलुकमा स्तरोन्नति भएका पछिल्ला पाँच राष्ट्र : 

- केप भर्डे सन् २००७

- माल्दिभ्स सन् २०११

- समोआ सन् २०१४

- इक्वेटोरियल गिनी सन् २०१७

- भानु आटु सन् २०२०

 

९.     फ्रान्सको राज्य क्रान्तिपछि त्यहाँको शासन सत्ता कसले सम्हालेका थिए ?

-  नेपोलियन बोनापार्ट

 

१०.     कुन सन्धिपश्चात् युरोपेली आर्थिक समुदाय युरोपेली सङ्घमा परिणत भएको हो ?

-     म्यास्ट्रिच सन्धि 

 

११.    यु–१८ अन्तर्राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता कहिले र कहाँ आयोजना गरिएको हो ?

-     सन् २०२२ डिसेम्बर १०–११, नेपाल

प्रतियोगितामा पुरुषमा आठ (नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बङ्गलादेश, भारत, चाइनिज ताइपेइ र मलेसिया लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका) र महिलामा पाँच टिम (नेपाल, भारत, युएई, मलेसिया र थाइल्यान्ड राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका) को सहभागिता रहेको । 

 

१२.    जिपलाइनमा साइकल कुदाएर साहसिक खेल प्रस्तुत गर्ने नेपाली को हुन् ?

-  अजित बराल (पोखरा)

 

[ - विश्व साइकल यात्री अजित बराल पर्वतको कुश्मामा रहेको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन हार्नेस 

- जिपलाइनमा साइकल कुदाएर विश्व कीर्तिमान कायम गरेको दाबी गरेका छन्।

- अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा नगरेको उनले बताएका।

- हालसम्म विश्वका ७० भन्दा बढी देश साइकलबाट नै यात्रा गरेका बरालले धेरैवटा विश्व कीर्तिमानसमेत कायम गरेका छन्। ]

 

१३.    भुटानको राष्ट्रिय भाषा जोङ्खा हो भने माल्दिभ्सको राष्ट्रिय भाषा कुन हो ?

-    दिवेही

 

१४.    हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?

-     स्नायु प्रणाली

 

१५.    अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को स्थापना कहिले भएको हो ? 

-   सन् १९०४ मे २१

 

[- फ्रान्सका जुल्स रिमेटको सक्रियतामा फिफाको स्थापना भएको। 

- यसको आदर्श वाक्य ‘फर दि गेम फर दि वल्र्ड’ रहेको। 

- यसको प्रधान कार्यालय स्विट्जरल्यान्डको जुरिचमा रहेको। 

- हालका अध्यक्ष :  जियानी इन्फान्टिनो (सन् २०१६ फेब्रुअरी २६ देखि)

- फिफा वल्र्ड कपको सुरुवात सन् १९३० बाट भएको। 

- फिफा वल्र्ड कप प्रत्येक चारचार वर्षमा आयोजना हुने। 

- पहिलो फिफा वल्र्ड कप सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको। प्रथम फिफा वल्र्डकपको उपाधि उरुग्वेले जितेको थियो भने अर्जेन्टिना उपविजेता बनेको थियो।  

- फिफाले सन् १९९१ बाट महिला वल्र्डकप आयोजना गर्न थालेको। ]

 

१६.    आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?

-    सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा) 

 

[ -    नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको।

  -   यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको। सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको। ] 

 

१७.    विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

-   अमेरिका 

 

१८.     युनेस्कोको विश्व सम्पदा समितिले काठमाडौँ उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट कहिले हटाएको हो ?

-   सन् २०२१ जुलाई 

 

[ - सन् २०२१ जुलाई १७ देखि २१ सम्म चलेको समितिको बैठकले उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउने निर्णय गरेको।

- युनेस्कोले भूकम्पलगतै सन् २०१५ मा उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो।

- युनेस्कोमा हाल १९४ सदस्य राष्ट्र रहेका। साथै कार्यसमिति २१ सदस्यीय रहेको। ] 

 

१९.    राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?

-   वि.सं. २०७८ वैशाख २

    (नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोसिलो आहारका लागि दिगो कृषि’ रहेको।)

 

२०.     नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ?

-  वि.सं. २०७७ फागुन २२ 

[ - कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको। 

सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको।

युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको। ] 

 

२१.     Association of National numbering Agencies -ANNAको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ? 

-   सन् २०१६ जुन २३

 

[- अन्नाले धितो बजारको विश्वसनीयता विकासमा कार्य गर्दै आएको।

यसको मुख्यालय जर्मनीमा रहेको। ] 

 

२२.     राउटे समुदायलाई स्थायी परिचयपत्र प्रदान गर्न कहिलेदेखि सुरु गरिएको हो ?

-   वि.सं. २०७५ असार ३०, गुराँस गाउँपालिका, दैलेख

 

२३.     नेपालकै ठूलो विद्युतीय सव–स्टेसन कहाँ रहेको छ ?

-     धनुषाको ढल्केबर 

 

[ - चार सय केभीको यो सव–स्टेसन वि.सं. २०७७ माघ १९ मा उद्घाटन गरिएको।

- यो सव–स्टेसन निर्माण सकिएपश्चात् ढल्केवर मुजफ्फरपुर लाइनसहित सञ्चालनमा आएको।

- यो सव–स्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ४००÷२०० केभी रियाक्टर जडान गरिएको। 

- चार सय केभी सव–स्टेसनबाट करिब नौ सय मेगावाट विद्युत् चार सय केभी र २२० केभीमा आदानप्रदान गर्न सकिने।

- यो सव–स्टेसन नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको। ] 

 

२४.    प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

-     दोलखा

 

[ –    सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सातवटा अद्भूत र आकर्षक कुण्ड रहेका। 

–    सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमाजस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको। ] 

 

२५.     काठमाडौँ उपत्यकाको खानेपानीसम्बन्धी व्यवस्थापनको जिम्मा कुन संस्थालाई दिइएको छ ?

-    केयुकेएल (काठमाडौँ उपत्यका खाानेपानी कं. लि.)

    (२०६४ फागुन १ देखि विधिवत् रूपमा सञ्चालित )

 

२६.     सार्क राष्ट्रमा आपत्कालीन खाद्य सङ्कट टार्न खाद्य बैङ्क कहाँ स्थापना गरिएको छ ?

-    कोलम्बो, श्रीलङ्का

 

२७     संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगले नेपालसम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धी पारित गरेको प्रस्तावलाई के भनिन्छ ?

-    आइटम १९

   

प्रस्तुतकर्ता : टङ्क के.सी. 

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] २८ मंसिर २०७९, बुधबार
Share this