| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २७ पुस २०७९, बुधबार

LoksewaGyan २७ पुष २०७९,बुधबार

१. २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप–२०७९ को उपाधि कसले जित्यो ?

 सङ्कटा क्लब 

वि.सं. २०७९ पुस २३ मा पोखरा रङ्गशालामा भएको फाइनलमा सङ्कटाले पाहुना टोली भुटनिज युथ स्पोर्टस् 

क्लब अमेरिकालाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको । यससँगै सङ्कटाले दोस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको ।

सहारा क्लब पोखराको आयोजनामा भएको २२औँ संस्करण प्रतियोगिताको उपाधिसँगै विजेता सङ्कटाले १२ लाख रुपियाँ पुरस्कार हात पारेको । त्यस्तै उपविजेता भुटनिज युथले छ लाख रुपियाँ हात पारेको ।

प्रतियोगितामा सङ्कटा क्लबका कप्तान सुनील बल सर्वोत्कृष्ट खेलाडी घोषित भएका ।

२. गाईको प्रतिमासहितको स्तम्भ कहाँ निर्माण गरिएको छ ?

 गाईघाट (त्रियुगा न.पा., उदयपुर)

राष्ट्रिय जनावर गाई (सँगै बाच्छो रहेको)को प्रतिमासहित निर्मित सो स्तम्भ २०७९ पुस २३ मा अनावरण गरिएको ।

३. २०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनपश्चात् सङ्घीय संसद्को पहिलो बैठक कहिले सम्पन्न भयो ?

 वि.सं. २०७९ पुस २५

४. गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा ‘प्रुभिङ फ्लाइट’ कहिले भएको हो ?

 वि.सं. २०७९ पुस २४ 

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा पुस २४ मा तारा एयरले सफल परीक्षण उडान गरेको । 

क्याप्टेन सन्दीप शाह नेतृत्वको टोलीले तारा एयरको ट्विनअटर जहाज काठमाडौँबाट रेसुङ्गा विमानस्थलमा अवतरण गराई प्रुभिङ फ्लाइट गरिएको हो । 

विमानस्थल निर्माणको परिकल्पना २०३९ सालमा भए पनि २०६३ सालमा शिलान्यास भएको थियो । २०७१ सालबाट नियमित कार्य भएर २०७५ सालमा धुले धावनमार्गमा 

परीक्षण उडान हुँदै अहिले पक्की धावनमार्गमा ‘प्रुभिङ’ उडान भएको हो ।

कुल ३३ करोड रुपियाँको लागतमा निर्माण गरिएको यो विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको । १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल 

समुद्र सतहदेखि एक हजार ५२६ मिटरको उचाइमा अवस्थित रहेको । विमानस्थलमा २०७५ जेठ २५ गते धुले परीक्षण उडान भएको थियो । 

५. पब्जी मोबाइल विश्वकप–२०२३ मा नेपालले कुन स्थान हासिल गरेको छ ?

 द्वितीय

इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टोलीले द्वितीय स्थान हासिल गरेको ।

प्रतियोगितामा तुर्किसको एसटुजी टोली १९० अङ्क 

प्राप्त गर्दै विजेता बनेको । नेपालको डीआरएसले १५८ अङ्क प्राप्त गरेको ।

६. त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कहिले गर्ने निर्णय गरेको छ ?

 वि.सं. २०७९ चैत ५

७. काठमाडौँ जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने प्रमुख सेवामा ‘टाइम कार्ड’ लागू गर्ने व्यवस्था कहिलेदेखि गरेको हो ?

 वि.सं. २०७९ पुस २१

जिल्ला प्रशासन कार्यालयले हाल दस प्रकारका सेवामा टाइम कार्ड लागू गरेको हो ।

प्रशासन कार्यालयले नागरिकतादेखि मुद्दा पैmसलासम्ममा टाइम कार्डको व्यवस्था लागू गरेको ।

टाइम कार्ड व्यवस्था लागू भएपछि सबै कागजात पूरा गरिसकेपश्चात् १५ मिनेटमै राहदानी, ३० मिनेटमा राष्ट्रिय परिचयपत्र तथा एक घण्टामै नागरिकता पाउने व्यवस्था गरिएको कार्यालयले जनाएको ।

त्यस्तै सबै कागजात पूरा गरी राजस्व बुझाएपछि ३० मिनेटमै संस्था नवीकरण गर्ने पनि कार्यालयले जनाएको । साथै ६० दिनमा मुद्दाको फैसला दिने गरी कार्य गरिने कार्यालयले जनाएको ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले एक साताअघिदेखि नै राहदानी र राष्ट्रिय परिचयपत्रका सेवामा टाइम कार्डको व्यवस्था लागू गरेको र यो व्यवस्था क्रमशः अन्य सेवामा पनि विस्तार गर्ने जनाएको ।

८. दशौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

 वि.सं. २०७९ पुस २३–२५, बनेपा (काभ्रे)

सम्मेलनको नारा ‘बुद्धको उपदेश अनुसरण गरौँ, चित्तलाई परिशुद्ध गरौँ’ रहेको ।

वि.सं. १९९४ मा धम्मालोक भन्ते तथा अमृतानन्द भन्तेहरूद्वारा स्वयम्भूमा ज्ञानमाला भजन खलः स्थापना गरी सुरु भएको अभियान देशभर विस्तारित भएको । वि.सं. २०५१ चैत १८ मा नेपाल राष्ट्रिय ज्ञानमाला समिति स्थापना भएको ।

बदलिँदो समाज, युवापुस्तामा घट्दै गएको धर्म र संस्कृतिप्रतिको चाहनालाई बढावा दिँदै बुद्धको ‘बहुजन हिताय बहुजन सुखाय’को नीति पालना गराउन कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको ।

९. बागमती प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ? 

 शालिकराम जम्कट्टेल

जम्कट्टेल वि.सं. २०७९ पुस २५ मा उक्त पदमा नियुक्त भएका । उनी यसअघि २०७४ मा बनेको पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । ४२ महिना मन्त्री भएपछि नेकपा विमाजनसँगै बाहिरिएका उनी तीन महिनापछि नै एकीकृत समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा १५ महिना आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । 

१०. ग्लोबल आईएमई र बैङ्क अफ काठमाडौँ आपसमा मर्ज भई एकीकृत कारोबारको सुरुवात कहिलेदेखि भएको हो ? 

वि.सं. २०७९ पुस २५

मर्जरपछि ग्लोबल आईएमई बैङ्कको नामबाट एकीकृत कारोबार सुरु भएको । 

मर्जरसँगै पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आईएमई बैङ्क लिमिटेड देशकै सबैभन्दा ठूलो बैङ्क बनेको । 

मर्जरपश्चात् बैङ्कको सम्पत्ति पाँच खर्ब पाँच अर्ब, कुल पुँजी ५७ अर्ब र चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपियाँ पुगेको । त्यस्तै कुल निक्षेप चार खर्ब र कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको बैङ्कले जनाएको । 

ग्लोबल आईएमई बैङ्क लिमिटेडमा २१ वटा बैङ्क तथा वित्तीय संस्था आपसमा गाभिएर सबैभन्दा ठूलो संस्था बनेको हो । यस बैङ्कमा हालसम्म पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छवटा फाइनान्स कम्पनी समाहित भएका हुन् । 

११. २३ दशमलव ५ डिग्री उत्तरी अक्षांश रेखालाई के भनिन्छ ? 

कर्कट रेखा

२३ दशमलव ५ डिग्री दक्षिणी अक्षांश रेखालाई मकर रेखा भनिन्छ । 

६६ दशमलव ५ डिग्री उत्तरी अक्षांशलाई सुमेरु वृत्त र ६६ दशमलव ५ डिग्री दक्षिणी अक्षांशलाई कुमेरु वृत्त भनिन्छ । 

१२. नेपाल संवत्को थालनी कसले गरेका हुन् ? 

शङ्खधर साख्वा 

नेपाल संवत्को थालनी वि.सं. ९३६ (११३५ वर्षपहिले)मा शङ्खधर साख्वाले गरेका हुन् । 

विक्रम संवत्को थालनी राजा विक्रम आदित्यले गरेका हुन् । यो संवत् इस्वी संवत्भन्दा ५७ वर्ष अघि छ । 

ग्रेगोरियन क्यालेन्डरअन्तर्गत प्रचलित संवत् इस्वी संवत् हो; जसअनुसार जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाउने गरिन्छ । 

चन्द्रपात्रोअनुसार तिथिका आधारमा विभिन्न पर्व मनाइने हुँदा नयाँ वर्ष पनि तिथिकै आधारमा मनाइन्छ भने सौर्य पात्रोअनुसार गतेका हिसाबले पर्वहरू मनाइने हुँदा नयाँ वर्ष पनि निश्चित गतेमा नै मनाउने गरिन्छ । 

१३. ब्रेल लिपिका आविष्कारक लुई ब्रेलको जन्म कहाँ भएको हो ?

फ्रान्स

दृष्टिविहीनले लेखपढका लागि प्रयोग गर्न सक्ने ब्रेल लिपिका आविष्कारक लुई ब्रेल हुन् । 

सानो उमेरमै आँखाको ज्योति गुमाउन पुगेका ब्रेलले १५ वर्षकै उमेरमा सन् १८२४ मा यो लिपिको विकास गरेका थिए । 

सन् १८०९ जनवरी ४ मा फ्रान्समा जन्मिएका लुई सन् १८५२ अगस्ट ६ मा ४२ वर्षको उमेरमा यस संसारबाट सदाका लागि बिदा भएका । 

१४. लामो समयका लागि कम ब्याजदरमा प्राप्त हुने ऋणलाई के भनिन्छ ? 

 सफ्ट लोन

१५. प्रभु बैङ्क र सेन्चुरी कमर्सियल बैङ्कबीच मर्ज भई एकीकृत कारोबारको सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. २०७९ पुस २६

दुई बैङ्क एकआपसमा गाभिएपश्चात् प्रभु बैङ्कको नामबाट एकीकृत कारोबार भएको ।

 

१६. विश्व व्यापार सङ्गठनलाई कसको उत्तराधिकारी संस्था मानिन्छ ? 

 GATT

१७. पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ ? 

 जियोथर्मल ऊर्जा

 

१८. सहकारीको अवधारणा कहिले र कुन देशबाट आएको हो ? 

 सन् १७६१, स्कटल्यान्ड

 

१९. भुओ पर्व कहाँ प्रचलनमा रहेको छ ?

 हुम्ला

हुम्लाबासीले परम्परादेखि नै मनाउँदै आएको ‘भुओ’ पर्व सल्लाका झरोको (लोस्टो) राँको बालेर गाउँको सार्वजनिक स्थान (चौपारी)मा मनाउने गरिन्छ ।

स्थानीय पहिरनमा सजिएका पुरुषले रातभरि चुट्किला गीत गाएर जाग्राम बस्दै सो पर्व मनाउँदै आइएको ।

मानिस मृत्यु नभएका प्रत्येक घरबाट सल्लाको झरो बालेर पुरुष भुओ पर्व मनाउन र साथै गाउँको सार्वजनिक स्थानमा गएर गीत गाउँदै नाच्ने काम धुुमधामका साथ हुने गरेको । मृत्यु भएको घरमा जुठो लागेको भन्दै उक्त घरबाट भने पर्व मनाउन जाने गरिँदैन । 

सार्वजनिक स्थानमा गाउँका पुरुष जम्मा भएर नाचगान गर्ने र त्यसपछि भुओ मनाउने स्थानमा गएर पूजापाठ गर्ने गरिन्छ ।

त्यसअघि पुरुष आ–आफ्नो कुटुम्ब पर्ने छिमेकीको छोरी चेलीसँग पानी माग्ने र छोरी चेलीले घरको छतबाट पानी छर्ने कार्य हुन्छ । यसलाई भसी माग्ने भनिन्छ । पानीले भिजेपश्चात् गाउँबासीले दाउरा जम्मा गरेर आगो बालेको स्थानमा गएर आगो ताप्ने गरिन्छ । त्यसपछि रातभर आगो ताप्दै नाचगान गरी रात बिताउने र बिहान सबेरै नुहाएर आफन्त तथा मान्यजनको घरघरमा गएर ढोगभेट गर्ने प्रचलन रहेको छ । भुओ खेल्न गएका पुरुष ढोगभेट गर्न आफन्तको घरघरमा जाने र सगुनपात खुवाउने चलन पनि रहेको छ ।

 

२०. सापेक्षतावादको सिद्धान्त पत्ता लगाउने वैज्ञानिक को हुन् ? 

 अल्बर्ट आइन्सटाइन

 

२१. गण्डकी प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ? 

 खगराज अधिकारी

वि.सं. २०७९ पुस २५ मा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका । अधिकारीले सोही दिन पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका । 

 

२२. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ? 

 रवीन्द्रनाथ टैगोर (भारत) 

 

२३. एउटा कागजमाथि सिक्का राखेर कागजलाई तान्दा कागज मात्र आई सिक्का जहाँको तहीँ रहनु न्युटनको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?

 पहिलो नियम

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] २७ पुस २०७९, बुधबार
Share this