| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] चैत २०७९, बुधबार

LoksewaGyan ११ श्रावण २०८०,बिहीबार

१.    ९५औँ संस्करणको प्रसिद्ध ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि जित्ने चलचित्र कुन हो ?

    एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स 

–    यस फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि र निर्देशनसहित सात विधामा सर्वाधिक ओस्कार चुमेको । 

–    यस फिल्ममा एक चिनियाँ अमेरिकी लाउन्ड्री व्यवसायको मालिकको कथा र उसको लेखापरीक्षकको सङ्घर्षको कथावस्तु समेटिएको । 

    ओस्कार अवार्ड विजेता : २०२३

    सर्वोत्कृष्ट   चलचित्र : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स

    सर्वोत्कृष्ट   अभिनेता : ब्रेन्डन फ्रेजर (द ह्वेल) 

    सर्वोत्कृष्ट  अभिनेत्री : मिसेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स)

    सर्वोत्कृष्ट   सहायक अभिनेता : के ह्यु क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स)

    सर्वोत्कृष्ट   सहअभिनेत्री : जेमी लिक्रुटिस (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स)

    सर्वोत्कृष्ट   निर्देशक : डेनियल क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स)

    सर्वोत्कृष्ट   मौलिक पटकथा : डेनियल सिनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स)

    सर्वोत्कृष्ट   सम्पादक : पल रोजर्स (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स)

    सर्वोत्कृष्ट   मौलिक गीत : फिल्म आरआरआरको नाटु नाटु बोलको गीत

    सर्वोत्कृष्ट   ध्वनि : फिल्म टपगन माभेरिक 

    सर्वोत्कृष्ट   एडप्टेड स्क्रिन : फिल्म वुमन टकिङ 

    सर्वोत्कृष्ट   भिजुअल इफेक्ट :अवतार– द वे अफ वाटर 

    सर्वोत्कृष्ट   अन्तर्राष्ट्रिय फिचर फिल्म, छायाङ्कन, ओरिजिनल स्कोर र प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट 

    सर्वोत्कृष्ट   डकुमेन्ट्री सर्ट फिल्म र मेकअप तथा हेयर स्टाइल ः द एलिफेन्ट ह्विस्पर्स 

    सर्वोत्कृष्ट   कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर वाकान्डा फरेभर 

    सर्वोत्कृष्ट   डकुमेन्ट्री फिचर फिल्म : नाभाल्नी 

    सर्वोत्कृष्ट   एनिमेटेड फिचर फिल्म : पिनोचियो 

    सर्वोत्कृष्ट  लाइभ एक्सन सर्ट फिल्म : एन आइरिस गुड ब्वाइ

२.    नेपाल राष्ट्र बैङ्कले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?

    वि.सं. २०७९ फागुन २८ 

–    अन्तिम ऋणदाता सुविधालाई राष्ट्र बैङ्कले नियमित मौद्रिक औजारजस्तै लागू गर्ने गरी सो व्यवस्था कार्यान्वयनमा ल्याएको ।

–    यो विनियमावलीअनुसार अब तरलता सङ्कटको अवस्थामा बैङ्कहरूले राष्ट्र बैङ्कबाट ऋण लिन सक्नेछन् । इजाजत पत्र प्राप्त संस्थाले अन्तरबैङ्क बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैङ्किङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋण दायित्वका रूपमा राष्ट्र बैङ्कले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु पनि विनियमावलीको उद्देश्य रहेको ।

–    अन्तिम ऋणदातासम्बन्धी नीतिगत व्यवस्था, २०६७ खारेज गरिएको ।

३.    नेपालले एकदिवसीय क्रिकेट खेलमा विकेटका आधारमा पहिलो पटक विपक्षी टोलीमाथि सर्वाधिक विकेटको जित कहिले हात पारेको हो ?

    सन् २०२३ मार्च १३

–    आईसीसी पुरुष विश्व कप क्रिकेट लिग–२ अन्तर्गत मार्च १३ मा नेपालले पपुवान्युगिनीमाथि ९ विकेटको जित निकालेको । 

–    त्यस्तै विश्वकप लिग–२ अन्तर्गत मार्च १२ मा नेपालले युएईमाथि १७७ रनको फराकिलो जित निकालेको थियो । एकदिवसीय खेलमा नेपालले कुनै पनि राष्ट्रविरुद्ध सबैभन्दा फराकिलो जितअन्तर निकालेको यो पहिलो पटक हो ।

४.    गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शीतल निवासबाट कहिले बिदाइ हुनुभएको हो ?

    वि.सं. २०७९ फागुन २९

–    लगातार दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पूरा गरी फागुन २९ मा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जिम्मेवारी हस्तान्तरण गरी उहाँ शीतल निवासबाट बिदा हुनुभएको । 

–    भण्डारी वि.सं. २०७२ कात्तिक ११ गते पहिलो पटक र २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको ।

५.    हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको हो ?

    सन् २०२३ मार्च १७

–    युक्रेनमा युद्ध अपराधको आरोपमा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरिएको । 

–    अन्तर्राष्ट्रिय अदालतले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरिएको बताएको ।

–    आईसीसी सदस्य देशका सरकारको सहयोगबिना आरोपितहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना भने न्यून रहेको । 

–    रुस आईसीसीको पक्ष राष्ट्र नभएकाले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश रुसमा कार्यान्वयन हुने आधार नभएको तर यसले पुटिनको अन्तर्राष्ट्रिय यात्रामा भने असर पर्न सक्ने । 

–    अमेरिका पनि आईसीसीको पक्ष राष्ट्र नरहेको । 

६.    पानी सङ्कट न्यूनीकरण गर्ने उपायको खोजी गरी त्यसलाई कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ राष्ट्रिय पानी सम्मेलनको आयोजना कहिले गरियो ?

    वि.सं. २०७९ चैत ५–६ (सन् २०२३ मार्च १९–२०)

–    (विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपाललगायतको सहयोगमा ‘वर्षात्को पानी सङ्कलन : पानी सुरक्षण र जलवायु परिवर्तनका असरहरूको सम्बोधन’ विषयक दुई दिवसीय सम्मेलन सम्पन्न भएको ।)

७.    नेपालको कर्मचारीतन्त्रमा अवकाशपछि पेन्सन दिने व्यवस्था कसको पालादेखि सुरु भएको हो ?

    जुद्ध शमशेर

८.    तीनजुरे–मिल्के–जलजलेलाई लालीगुँरासको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?

    वि.सं. २०५५ 

 

९.    फ्राइडे फर फ्युचर कार्यक्रमको अभियन्ता को हुन् ?

    ग्रेटा थर्नवर्ग 

१०.    चितवन राष्ट्रिय निकुञ्जमा गैँडा संरक्षणका लागि सञ्चालन गरिएको अभियानलाई के भनी चिनिन्छ ?

    स्विप अपरेसन 

११.    नेपालमै पहिलो पटक गणित पार्कको स्थापना कहाँ गरिएको छ ?

    बूढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुल 

–    पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारी सन् २०२३ मार्च १४ मा उक्त पार्क स्थापना गरिएको । 

–    गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकतामा परिवर्तन ल्याई गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुवात गरिएको । यहाँ निजी, सार्वजनिक जुनसुकै विद्यालयका विद्यार्थीले पनि पार्क अवलोकन गरेर गणित पढ्न सक्ने बताइएको ।

१२.    चीनद्वारा कृत्रिम सूर्यको सफल परीक्षण कहिले गरिएको हो ?

    सन् २०२२ जनवरी १

१३.    रेमन म्यागासेसे पुरस्कार–२०२२ बाट सम्मानित व्यक्तित्व को–को हुन् ?

    गेरी बेन्चेघिव (इन्डोनेसिया), बर्नाडेटे जे. माड्रिड (फिलिपिन्स), तादासी हात्तोरी (जापान) र सोथियारा छिम (कम्बोडिया)

–    फिलिपिन्सका पूर्वराष्ट्रपति रेमन म्यागासेसेको सम्झनामा सन् १९५७ मा स्थापित यो पुरस्कार सन् १९५८ देखि प्रदान गर्न थालिएको । 

–    एसियाको नोबल पुरस्कार भनेर पनि चिनिने यो पुरस्कारको राशि ५० हजार अमेरिकी डलर रहेको ।

–    रेमन म्यागासेसे पुरस्कारबाट सम्मानित हुने पहिलो नेपाली महेशचन्द्र रेग्मी (सन् १९७७) हुन् ।

    हालसम्म रेमन म्यागासेसे पुरस्कार प्राप्त गर्ने नेपाली :

–    महेशचन्द्र रेग्मी (सन् १९७७)

–    भारतदत्त कोइराला (सन् २००२)

–    डा. सन्दुक रुइत (सन् २००६)

–    महावीर पुन (सन् २००७)

–    शक्ति समूह (सन् २०१३)

१४.    दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन कहिले सम्पन्न भएको हो ?

    वि.सं. २०७९ असोज ४–५

–    वन तथा वातावरण मन्त्रालयद्वारा इसिमोड, यूएनडीपी, डब्लूडब्लूएफ नेपाललगायत संस्थासँग मिली अन्तर्राष्ट्रिय पर्वतीय वर्षको अवसर पारी सो सम्मेलन आयोजना गरिएको ।

–    पर्वतीय क्षेत्रका मुद्दामा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न कोप–२७ को पूर्वसन्ध्यामा सम्मेलन आयोजना गरिएको ।

१५.    डब्लूएचओको पछिल्लो अध्ययनअनुसार हाल विश्वका कति राष्ट्रमा हैजा महामारीको जोखिम रहेको छ ?

    ४३ 

–    हाल विश्वका २२ देश हैजाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै डब्लूएचओले झन्डै एक अर्ब जनसङ्ख्यामा झाडापखालाको जोखिम 

रहेको जनाएको । 

–    डब्लूएचओको ग्लोबल ओभरभ्युअनुसार पछिल्ला वर्षहरूको तुलनामा सन् २०२२ यता विश्वभर नै हैजाबाट ठूलो मात्रामा जनसङ्ख्या प्रभावित 

भइरहेको देखिएको ।

–    सन् २०३० सम्ममा विश्वव्यापी रूपमा नियन्त्रणमा ल्याउने लक्ष्य राखिएको हैजा महामारी हाल जनस्वास्थ्यका लागि विश्वव्यापी खतरा रहेको डब्लूएचओले जनाएको । 

–    सन् २०१७ मा विश्वव्यापी हैजा नियन्त्रण रणनीतिले एक दशकमा ९० प्रतिशत हैजा नियन्त्रणमा ल्याउने लक्ष्य राखेको थियो ।

१६.    नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रको सङ्ख्या कति पुगेको छ ?

    १७८ 

–    १७८औँ राष्ट्र मलावी रहेको । 

–    मलावीसँग २०२३ फेब्रुअरी १६ मा दौत्य सम्बन्ध कायम भएको ।

१७.    हाल लिखु नाम गरेका गाउँपालिका कति रहेका छन् ?

    ४ (सुनकोशी नाम गरेका गाउँपालिका तीनवटा रहेका ।)

१८.    ‘फ्रम थर्ड वल्र्ड टु फस्र्ट’ नामक कृतिका लेखक को हुन् ?

    ली क्वान यु 

१९.    नेपाल र बेलायतबीच श्रम सम्झौता कहिले भएको हो ?

    वि.सं. २०७९ भदौ ६ (सन् २०२२ अगस्ट २२) 

–    नेपाल र बेलायतीबीच जीटुजी मोडलमा सम्झौता भएको ।

–    योसँगै नेपालसँग श्रम सम्झौता भएका मुलुकको सङ्ख्या १० पुगेको । 

    हालसम्म श्रम सम्झौता भएका राष्ट्रहरू 

प्रस्तुतकर्ता : टंक के.सी.

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]     चैत २०७९, बुधबार
Share this