| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १७ जेठ २०८०, बुधबार

LoksewaGyan ११ श्रावण २०८०,बिहीबार

१.    विसं २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? 

    रु. १७ खर्ब ५१ अर्ब ३१ करोड

    बजेट :  सङ्क्षिप्त झलक

    कुल बजेट :  १७ खर्ब ५१ अर्ब ३१ करोड

    चालु :  ११ खर्ब ४१ अर्ब

    पुँजीगत :  तीन खर्ब दुई अर्ब

    वित्तीय व्यवस्थापन :  तीन खर्ब सात अर्ब

    राजस्व :  १२ खर्ब ४८ अर्ब ६२ करोड

    वैदेशिक अनुदान :  ४९ अर्ब ९४ करोड

    वैदेशिक ऋण :  दुई खर्ब १२ अर्ब ७५ करोड

    आन्तरिक ऋण :  दुई खर्ब ४० अर्ब

    प्रदेश र स्थानीय तहलाई अनुदान

    वित्तीय समानीकरण :  एक खर्ब ४६ अर्ब

    प्रदेश :  ५८ अर्ब ६७ करोड

    स्थानीय तह :  ८७ अर्ब ३५ करोड

    ससर्त अनुदान :  दुई खर्ब २७ अर्ब

    प्रदेश :  ३५ अर्ब ७२ करोड

    स्थानीय तह : एक खर्ब ९१ अर्ब

    समपूरक अनुदान : १३ अर्ब २७ करोड

    प्रदेश : छ अर्ब २२ करोड

    स्थानीय तह : सात अर्ब पाँच करोड

    विशेष अनुदान : १३ अर्ब २३ करोड

    प्रदेश : चार अर्ब ३६ करोड

    स्थानीय तह : आठ अर्ब ७२ करोड ९६ लाख

    राजस्व बाँडफाँट : दुवैलाई गरी एक खर्ब ७३ अर्ब ९२ करोड

बजेटका प्रमुख विशेषता

–    आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान 

–    मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राखिने

–    संसद् विकास कोष पुनः कार्यान्वयनमा ल्याइने

–    सामाजिक सुरक्षा भत्ता यथावत्

–     गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गरिने

–     औचित्य नभएका २० वटा संस्था खारेज

–    प्रोत्साहन भत्ता खारेज, नयाँ गाडी नकिन्ने, नयाँ भवन नबनाउने, आगामी वर्ष देशको सार्वभौम मूल्याङ्कन गर्ने

–    ‘वाटर फ्रम द हिमालय’ नामले ब्रान्डिङ गरी पानी निर्यात गरिने

–    फागुनभित्र बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिने

–    नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन गर्ने

–    सबै सरकारी भवन एकै डिजाइनका हुने, फरक डिजाइनलाई बजेट नदिने

–     नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, एक सय रुपियाँमा दर्ता गर्न सकिने

–     एक अर्बभन्दा बढीका कार्यव्रmममा अनुगमन समिति बनाउने

–     विद्यालयले दिवा खाजामा जङ्क फुड दिन नपाउने

–     ९८ प्रकारका औषधी निःशुल्क गरिने

–     आगामी आवमा लगानी सम्मेलन गर्ने

–    सूचना प्रविधिमा वैदेशिक लगानीको सिमा हट्यो

–    पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामको नाम महिला उद्यम ग्राम

–    ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई लालपुर्जा

–     वातावरणी मूल्याङ्कन प्रतिवेदन ३० दिनभित्र स्वीकृति दिइने

–     दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने

–     २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने

–     ३६ प्रकारका निर्यातमा प्रदान गरिँदै आएको 

अनुदानमा निरन्तरता

–    नागरिक उड्डयन प्राधिकरण टुक्रयाइने  र नेपाल वायुसेवा निगमको पुनर्संरचना

–    आगामी दुई वर्षभित्र शतप्रतिशत जनतामा विद्युत् सेवा पु-याइने

–     हुलाक बचत बैङ्क खारेज

–    सार्वजनिक संस्थानलाई कम्पनी ढाँचामा सञ्चालन गर्ने

–     रेमिट्यान्स बोन्ड जारी गर्ने, बैङ्क खातामा प्यान अनिवार्य

–    पथलैया, सिमरा, गण्डक हुँदै वीरगन्जसम्मको कोरिडरलाई बारा पर्सा औद्योगिक कोरिडोरका रूपमा विकास गरिने

–    थप १८ हजार चार सय हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गरिने

–     नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा 

थप गरिने, कुल विद्युत् उत्पादन तीन हजार छ सय मेगावाट पु¥याइने 

–     प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पु¥याइने

२.    गीतकार सङ्घ नेपालले ‘गीतकार वर्ष अमर भावना सम्मान, २०७९’ बाट कसलाई सम्मानित ग-यो ?

    दुर्गालाल श्रेष्ठ

–    सम्मानस्वरूप एक लाख ५१ हजार रुपियाँ र ताम्रपत्र 

प्रदान गरिएको ।

३.    सरकारले राष्ट्रिय शिक्षा दिवस कहिले मनाउने निर्णय गरेको छ ?

    असोज २

–    विसं २०८० जेठ ९ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको ।

–    अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ प्रमाणीकरण गरिएको मितिका आधारमा सो दिवस मनाउने निर्णय गरिएको ।

–    यसअघि अन्तर्राष्ट्रिय शिक्षा दिवस (सेप्टेम्बर ८ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवस मनाइन्थ्यो ।

४.    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणका व्रmममा कहिले त्यसतर्फ जाँदै हुनुहुन्छ ?

    विसं २०८० जेठ १७ (भ्रमण अवधि जेठ १७–२० सम्म)

५.    विसं २०८० जेठ ४ मा राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल, २०२३’ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

    मुना रिजाल

–    भरतपुर चितवनकी मुनाले आगामी सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

–    विश्वका ५५ देशका सुन्दरीहरूको सहभागिता रहने सो प्रतियोगितामा उहाँले नेपालको सम्पदा झल्कने सङ्क्षिप्त परिचयात्मक भिडियो प्रस्तुत गर्नुहुने छ ।

६.    फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले रुसको सदस्यता कहिले रद्द गरेको हो ?

    सन् २०२३ फेब्रुअरी

–    युक्रेनमा रुसले गरिरहेको सैन्य कारबाही एफएटिएफको आधारभूत सिद्धान्तविपरीत भएको सदस्यता रद्द गरेको हो ।

–    युक्रेन  युद्धका कारण अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । यसपछि रुसले आफ्नो अर्थतन्त्र कायम राख्न चीन, भारत, ताइवान जस्ता देशसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ । यदि एफएटिएफले रुसलाई कालो सूचीमा राखेमा यी देशलाई पनि रुससँग व्यापार जारी राख्न निकै कठिन हुने छ । यसले रुसी अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ ।

७.    विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरेको स्वास्थ्य पुरस्कार (सन् २०२३) प्राप्त गर्ने नेपाली संस्था कुन हो ?

    निक साइमन्स इन्स्टिच्युट

–    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा निक साइमन्स इन्स्टिच्युटले सो पुरस्कार प्राप्त गरेको हो ।

–    पुरस्कार राशि २० हजार डलर रहेको छ । 

–    विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष विश्वमा रहेका मानिसको स्वास्थ्य सुधार्न उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको छ ।

८.    मिस नेपाल वल्र्ड, २०२३ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

    श्रीच्छा प्रधान 

–    मिस नेपाल विजेता प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डिएचआई’ क्याटेगोरीमा पनि अवार्ड जित्नुभयो ।

–    रैना मजगैँयाले ‘मिस नेपाल अर्थ’ को उपाधि हात पार्नु भएको थियो ।

–    त्यस्तै प्रसिद्धि शाहले ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि जित्नु भयो ।

९.    सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो बझाङकी आरोही को हुनुहुन्छ ?

    सङ्गीता रोकाया 

–    साइपाल गाउँपालिका–४ की रोकाया छाउपडी प्रथा अन्त्यको सन्देशसहित विश्वको सर्वोच्च शिखर पुग्नुभएको हो । 

–    उहाँले विसं २०८० जेठ ३ मा सगरमाथा आरोहण गर्नुभएको थियो ।

१०.    बिमा समितिलाई कहिले ‘नेपाल बिमा प्राधिकरण’ मा रूपान्तरण गरिएको हो ?

    विसं २०७९ कात्तिक २२ (बिमा ऐन, २०७९ अनुसार)

११.    भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड, २०२३’ बाट सम्मानित नेपाली कलाकार को हुनुहुन्छ ?

    निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेतृ करिश्मा मानन्धर

–    लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दुवैलाई यो अवार्ड प्रदान गरिएको हो ।

–    भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फउन्डेसन’ ले यो अवार्ड प्रदान गरेको हो ।

१२.    विसं २०८० जेठमा काभा वुमन्स च्यालेन्ज कपमा नेपालले कुन स्थान हासिल गरेको हो ?

    तृतीय 

–    उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक तेस्रो स्थानमा सीमित बनेको ।

१३.    नेपाल हरित हाइड्रोजन सम्मेलन कहिले सम्पन्न भएको हो ?

    विसं २०७९ आश्विन २४–२५

–    (नारा : नेपाल हरित हाइड्रोजन सम्मेलन, पग्लँदै गरेको हिमालका लागि एन्टिडोट)

१४.    सातौँ कृषि गणना कहिले सम्पन्न भएको हो ?

    विसं २०७९ वैशाख ६ देखि जेठ १९ सम्म

१५.    काभ्रेको पनौती र ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने गोदावरी फुलचोकी वनलाई नयाँ संरक्षण क्षेत्र कहिले तोकिएको हो ?

    विसं २०७९ असार २

–    यससँगै नेपालमा संरक्षित क्षेत्रको सङ्ख्या सात पुगेको छ ।

–    विसं २०७९ जेठ ३१ को मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

१६.    नुवाकोटस्थित नेपालकै ठुलो सौर्य उत्पादनको सुरुवात कहिलेदेखि भएको हो ?

    विसं २०७९ भदौ १० (२५ मेवा)

१७.    विसं २०८० जेठ १४ मा सार्वजनिक आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति वटा छन् ?

    २५ वटा

–    ४४ वटा संस्थानमध्ये २५ वटा नाफामा रहेका छन् ।

१८.    आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार २०७९ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या कति रहेको छ ?

    ५३ लाख ४१ हजार १७८

–    जसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६४.६ प्रतिशत, व्यावसायिक लेखा नम्बर लिने ३४.९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत छ । 

–    यसै गरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता तीन लाख सात हजार ७१० पुगेको । 

–    अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख २० हजार २९२ पुगेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]  १७ जेठ २०८०, बुधबार
Share this