| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १० साउन २०८०, बुधबार

LoksewaGyan ११ श्रावण २०८०,बिहीबार

१. सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 

 सिङ्गापुर

– सो सूची अनुसार नेपाल ९९ औँ स्थान (३८ राष्ट्रमा पहुँच) मा रहेको छ । 

सूचीमा अग्रस्थानमा रहेका राष्ट्रहरू

२. २०८० असारमा प्रदान गरिएको हेमबहादुर मल्ल सम्मान–२०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

 भानुप्रसाद आचार्य

– त्यस्तै २०७७ सालको हेमबहादुर मल्ल सम्मान गोरक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिएको छ ।

– सम्मानको राशि जनही दुई लाख रुपियाँ रहेको छ ।

 

३. काठमाडौँ उपत्यकाभित्र द्रुत बस सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ?

 विसं २०८० असोज १

– भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले विसं २०८० साउन ४ मा सो निर्णय गरेको हो ।

– यातायात व्यवस्था विभागको टोलीले तयार पारेको कार्ययोजना अनुसार ‘डेडिकेटेड लेन’ मा (बस ¥यापिड ट्रान्जिट–बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन गरिने छ ।

– पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुने छ ।

 

४. केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्ने नेपालको पहिलो राजनीतिक पार्टी कुन हो ?

 नेपाली कांग्रेस (विसं. २०८० साउन)

– सामाजिक सञ्जालबाट लाइभ गरेरै पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसाल्ने कांग्रेस पहिलो पार्टी बनेको छ ।

– यस पद्धतिले पार्टीलाई जनताप्रति थप जिम्मेवार बन्न सहयोग पुग्ने जनाइएको छ । 

 

५. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा इटालीको चारदिने भ्रमण कहिले भएको हो ?

 विसं २०८० साउन ६–९

– संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा भाग लिने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डद्वारा सो भ्रमण गरिएको हो ।

– ‘युनाइटेड नेसन्स फुड सिस्टम : २०२३ स्टकिङ मोमेन्ट’ नामक सम्मेलनमा नेपाल सरकारका तर्पmबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमा सम्बोधन गर्नुभएको थियो । 

 

६. आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ? 

 विसं २०८० साउन ७

मौद्रिक नीतिका प्रमुख व्यवस्था

– विस्तृत मुद्रा प्रदाय १२.५ प्रतिशत, 

– बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने लक्ष्य,

– अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्दै नीतिगत दरलाई ०.५ बिन्दुले घटाई ६.५ प्रतिशत कायम,

– बैङ्कदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम,

– बैङ्किङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने,

– पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाखबाट वृद्धि भई दुई करोड,

– बैङ्क तथा वित्तीय संस्थाको सुझावसमेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरवलोकन गरिने,

– प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिले समस्यामा परेका ऋणीहरूको कर्जा पुनर्संरचना गर्न बैङ्क तथा वित्तीय संस्थाले अवलम्बन गर्नुपर्ने उपाय र प्रव्रिmयालाई समावेश गरी स्ट्रेस्ड लोन रिजोलुसन फ्रेमवर्क जारी गरिने,

– वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर पुनः मूल्याङ्कन गर्ने र बैङ्क तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयन गरिने,

– नेपाल लेखामान अनुसार ‘एक्सपेक्टेड क्रेडिट लस्ट मोडल’ कार्यान्वयनका लागि आवश्यक नीति तर्जुमा गरिने,

– तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरवलोकन गरिने,

– प्राइभेट इक्विटी फन्ड/भेञ्चर क्यापिटलमा बैङ्क तथा वित्तीय संस्थाले गर्ने,

– लगानीलाई सहजीकरण गर्न लगानीसम्बन्धी व्यवस्थामा पुनरवलोकन हुने,

– वित्तीय गहिराइ मापनका लागि बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, बिमा, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषसहितका गैरबैङ्किङ वित्तीय संस्थाको वासलात समावेश गरी वित्तीय सर्वेक्षण गरिने,

– सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार पुनरवलोकन गरिने,

– लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन हुने,

– भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराउँदै आएकोमा अब २५०० डलरसम्म उपलब्ध गराउने,

– केन्द्रीय बैङ्क विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाइने,

– विकास बैङ्कलाई पनि वाणिज्य बैङ्कसरह पुँजी कोष कायम गर्न लगाइने,

– हवाई सेवा प्रदायकहरूलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्क विदेशमा भुक्तानी गर्दा नियामक निकायको स्वीकृति र तोकिएका कागजातको आधारमा एक लाख डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम वाणिज्य बैङ्कहरूमार्फत पठाउन सकिने,

– कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपियाँमा भुक्तानी गर्न सकिने व्यवस्था हट्ने,

 

७. सडक र प्रतिभा नामक कृति (कथा सङ्ग्रह) का सर्जक पारिजात हुनुहुन्छ भने मान्छेभित्रका योद्धाहरू नामक कृतिका सर्जक को हुनुहुन्छ ?

 झमक घिमिरे

 

८. लिच्छवि कालमा नगर एवं व्यापारिक केन्द्रका रूपमा विकास भएको बस्तीलाई के भनिन्थ्यो ?

 द्रङ्ग

 

९. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को स्थापना कहिले भएको हो ?

 विसं २०३९ मङ्सिर २०

 

१०. नेपाल र भारतबिच भएको सन् १९५० को सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गर्नुभएको थियो ?

 मोहन शमशेर (भारतको तर्फबाट : चन्द्रेश्वर 

नारायण सिंह)

 

११. ‘ए हाउस फर मिस्टर विश्वास’ र ‘इन अ फ्री स्टेट’ नामक कृतिका सर्जक को हुनुहुन्छ ?

 भीएस नयपाल

– उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नयपाल (सर विद्याधर सुरजप्रसाद नयपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो ।

– सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताउनुभएको थियो । 

 

१२. नेपालमा ‘होमस्टे’ सेवा कहिलेदेखि सुरु भएको हो ?

 विसं २०६७ भदौ १ 

 

१३. कोनकाकाफ गोल्डकप फुटबल प्रतियोगिता २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ? 

 मेक्सिको

– मेक्सिकोले पानामालाई १–० गोल अन्तरले हराउँदै नवौँ पटक उपाधि चुमेको छ ।

– कोनकाकाफ प्रतियोगिताको उपाधि सर्वाधिक नौ पटक जित्ने मेक्सिको एक्लो राष्ट्र बनेको छ । 

– प्रतियोगिता अमेरिका र क्यानडामा संयुक्त रूपमा सन् २०२३ जुन २४ देखि जुलाई १६ सम्म सञ्चालन भएको हो ।

 

१४. एक मुख दस रुख अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?

 छायाँनाथ रारा नगरपालिका (मुगु)

– नगरपालिकाभित्र पहिरो प्रभावित क्षेत्रको रोकथाम तथा हरित नगर बनाउने उद्देश्यका साथ छायाँनाथ रारा नगरपालिकाले यो अभियान सञ्चालन गरेको हो । 

– वृक्षरोपण अभियान शुभारम्भ भएसँगै अब प्रत्येक नागरिकले अनिवार्य आफ्नो गाउँटोल तथा सार्वजनिक स्थलमा १० वटा रुख लगाउनुपर्ने छ । 

 

१५. नेपालमा सामाजिक सुरक्षा कर कुन आवदेखि लिन सुरु गरिएको हो ?

 आव २०६६/६७

 

१६. हिल स्टेसन अफ नेपाल भनी कुन ठाउँलाई चिनिन्छ ? 

 शैलुङ (दोलखा)

 

१७. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

 रोबोट परी 

– निर्माणकर्ता : इन्जिनियर (पाइला टेक्नोलोजी)

– प्रयोग गर्ने संस्था : एसबिआई बैङ्क

– प्रयोगमा ल्याउन थालिएको :  विसं २०७४ असारदेखि

 

१८. साउथ एसियन फेडरेसन (साफ) गेमलाई कहिलेदेखि साउथ एसियन गेम्समा रूपान्तरण गरिएको हो ?

 सन् २००६ (१० औँ दक्षिण एसियाली खेलकुद)

 

१९. कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ ?

 औद्योगिक क्रान्ति

 

२०. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

 प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

 

२१. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ? 

 पिण्ड 

– (वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)

प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]   १० साउन २०८०, बुधबार
Share this