| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] ६ भदौ २०८०, बुधबार

LoksewaGyan ६ भाद्र २०८०,बुधबार

१. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ?

 स्पेन

– इङ्ग्ल्यान्डलाई १–० गोल अन्तरले हराएर स्पेनले सो उपाधि जितेको ।

– महिला फुटबल विश्वकपमा स्पेन तेस्रो सहभागितामा नै उपाधि जित्न सफल भएको ।

– पुरुष र महिलातर्पm विश्वकप ट्रफी उचाल्ने जर्मनीपछि स्पेन दोस्रो राष्ट्र बनेको ।

– प्रतियोगितामा स्विडेन तेस्रो तथा अस्ट्रेलिया चौथो बनेको । 

विश्वकप सङ्क्षेप

– सञ्चालन मिति : सन् २०२३ जुलाई २०–अगस्ट २०

– आयोजना ; अस्ट्रेलिया र न्युजिल्यान्ड (संयुक्त रूपमा)

– सर्वश्रेष्ठ खेलाडी : एटेना बोनमती (स्पेन)

– गोल्डेन बुट : हिनाटा मियाजामा (जापान, पाँच गोल)

– उत्कृष्ट गोलकिपर : मेरी इयप्र्स (इङ्ग्ल्यान्ड)

– उदीयमान खेलाडी : साल्मा पारालुवेलो (स्पेन)

– फेयर प्ले अवार्ड : जापान

 

२. सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर कति पु¥याएको छ ?

 रु. १७,३००

– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार २०८० साउन १ बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको ।

– यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ रहेको थियो । 

– अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता छ हजार ४८० रुपियाँ गरी १७ हजार ३०० रुपियाँ पु¥याइएको । यसअघि आधारभूत पारिश्रमिक नौ हजार ३८५ र महँगी भत्ता ५,६१५ रुपियाँ रहेको थियो ।

– श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको । यसअघि यो ५७७ रुपियाँ थियो ।

– आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ (यसअघि ७७ रुपियाँ रहेको) रुपियाँ प्रतिघण्टा पुगेको ।

– चिया बगानका श्रमिकको मासिक पारिश्रमिक रु. १३,८९३ (यसअघि १२,०८१ रहेको) । चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक ६६ रुपियाँ (यसअघि ५७ रुपियाँ) पुगेको । 

– यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।

–  श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई/दुई वर्षमा निर्धारण हुने व्यवस्था गरेको छ ।

– श्रम ऐन, २०७४ लागु भएपछि पहिलो पटक विसं २०७५ मा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको थियो । 

 

३. नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुद्रास्फीति कति रहेको छ ?

 ७.७४ प्रतिशत

–  अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो ।

 

४. राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० अनुसार विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्कमा नेपालको स्कोर आगामी पाँच वर्षमा कति पु¥याउने लक्ष्य छ ?

 ६०

 

५. योगमाया राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 पवन आलोक

 

६. फादर अफ हिमालयन स्टडिज भनी कसलाई चिनिन्छ ?

 ब्रायड हड्सन

 

७. अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३ को आयोजना कहाँ गरिने भएको छ ?

 दुबई (युएई)

– आयोजना मिति : विसं २०८० फागुन १–३ गतेसम्म

 

८. नेपाल राष्ट्र बैङ्कका अनुसार २०८० असार मसान्तसम्म प्रत्येक नेपालीको भागमा ऋणभार कति पुगेको छ ?

 रु. ७६,०६९

– नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपियाँ पुगेको ।

– तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपियाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपियाँ रहेको ।

– आव २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण 

– आव २०७७/७८ मा रु. १७ खर्ब ३५ अर्ब दुई करोड र 

आव २०७८/७९ मा रु. २० खर्ब १० अर्ब १३ करोड

 

९. नेपालका सामानहरू सबैभन्दा बढी निकासी हुने राष्ट्र कुन हो ?

 भारत

 

१०. नेपालमा पानी जहाज कार्यालयको स्थापना कहिले गरिएको हो ?

 विसं २०७५ फागुन २ (एकान्तकुना, ललितपुर)

 

११. एसियन अवार्डको फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३ बाट सम्मानित हुने नेपाली को हुन् ?

  विनोद चौधरी

– एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्दै आएको । 

 

१२. पद्मश्री साहित्य पुरस्कार–२०७९ को छनोटमा परेका पाँच कृति कुन–कुन हुन् ?

 सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ 

– यसअघि प्रतिष्ठानले १८० पुस्तकमध्येबाट १५ वटा पुस्तक छानेर उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये पाँच पुस्तक सर्टलिस्टमा 

परेका । यसैमध्येबाट एक पुस्तकले पद्मश्री पुरस्कार प्राप्त गर्ने । 

– प्रतिष्ठानले २०६३ देखि पद्मश्री पुरस्कार प्रदान गर्दै आएको ।

 

१३. नेपालले बिप्पा सम्झौता गरेका देशको सङ्ख्या कति रहेको छ ? 

 ६

–  दोहोरो कर मुक्ति सम्झौता गरेका देशको सङ्ख्या ११ रहेको ।

१४. नेपालले बिप्पा र दोहोरो करमुक्ति सम्झौता गरेका मुलुक कुन–कुन हुन् ?

 भारत र मौरिसस

 

१५. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२३ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

 ११० औँ

– सन् २०२१ मा नेपाल ११७ औँ स्थानमा रहेको । प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार न्यूनीकरणमा झिनो सुधार गरेको देखिएको । 

– नेपालले सन् २०२२ मा ३४ अङ्क प्राप्त गरेको, जुन सन् २०२१ को भन्दा एक अङ्क बढी हो । 

– प्रतिवेदन अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने राष्ट्र डेनमार्क रहेको छ भने सूचीको अन्तिम स्थानमा अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया (१८० औँ) रहेको ।

१६. नेपालमा स्वास्थ्य बिमा कार्यक्रम कहिलेदेखि लागु भएको हो ?

 विसं २०७२ चैत २५

 

१७. नेपालमा टिप्पणी उठाई निर्णय गर्ने पद्धतिको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २००८

 

१८. विश्वको सबैभन्दा अग्लो होटल कुन हो ?

  जे होटल (चीन)

– चीनको साङ्घाईमा रहेको यो होटल ६३२ मिटर 

अग्लो रहेको ।

– यो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको ।

 

१९. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

 अर्थमन्त्री

 

२०. मेरो भ्वाइस युनिभर्स–२०२३ को उपाधि जित्ने प्रतिभा को हुन् ?

  प्रितम राई (पुरस्कार : रु. एक करोड)

– सिक्किमका राईले नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि जितेका । 

– त्यसै गरी मेरो डान्स युनिभर्सको उपाधि खुसी कार्कीले जितेकी । 

मेरो भ्वाइस युनिभर्स

– विजेता : प्रितम राई, भारत (पुरस्कार : रु. एक करोड)

– फस्र्ट रनर्स अप : शिशिर ठटाल, भारत (पुरस्कार : रु. ३० लाख)

– सेकेन्ड रनर्स अप : शरद हुमागाईं, नेपाल (पुरस्कार : रु. २० लाख) 

– थर्ड रनर्स अप : परेश राई, नेपाल (पुरस्कार : रु. १० लाख)

– फोर्थ रनर्स अप : साइराज खाती, भारत (पुरस्कार : रु. पाँच लाख)

मेरो डान्स युनिभर्स 

– विजेता : खुसी कार्की (पुरस्कार : रु. एक करोड)

– फस्र्ट रनर्स अप : देवी गर्बुजा मगर, बेल्जियम (पुरस्कार : रु. ३० लाख)

– सेकेन्ड रनर्स अप : मिङमा डी लेप्चा, भारत (पुरस्कार : रु. २० लाख)

– थर्ड रनर्स अप : स्वस्तिक परियार, नेपाल (पुरस्कार : रु. १० लाख)

– फोर्थ रनर्स अप : नेसन सुस्लिङ मगर, नेपाल (पुरस्कार : रु. पाँच लाख)

समूह नृत्यतर्फ 

– विजेता : नेपाल प्रहरी (पुरस्कार : रु. २० लाख)

– फस्ट रनर्स अप : धरान नृत्य कला प्रतिष्ठान (पुरस्कार ; रु. १० लाख)

– सेकेन्ड रनर्स अप ; भारती कल्चरल ग्रुप (पुरस्कार : रु. पाँच लाख)

 

२१. युनेस्कोको विश्व सम्पदा समितिले काठमाडौँ उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट कहिले हटाएको हो ?

 सन् २०२१ जुलाई 

– सन् २०२१ जुलाई १७ देखि २१ सम्म चलेको समितिको बैठकले उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउने निर्णय गरेको ।

– युनेस्कोले भूकम्पलगत्तै सन् २०१५ मा उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो ।

– युनेस्कोमा हाल १९४ सदस्य राष्ट्र रहेका । साथै कार्यसमिति २१ सदस्यीय रहेको ।

 

२२. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

   माल्दिभ्स

– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

प्रस्तुतकर्ता : टङ्क केसी  

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] ६ भदौ २०८०, बुधबार
Share this