| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २० भदौ २०८०, बुधबार

LoksewaGyan २७ माघ २०८०,शनिबार

१.    हेलो सरकारको विस्तारित २४ घण्टे सेवाको उद्घाटन कहिले गरियो ? 

    विसं २०८० भदौ १७

–    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हेलो सरकारको विस्तारित सेवाको उद्घाटन गरिएको ।

–    नागरिकले गुनासो गर्ने ‘प्लेटफर्म’ हेलो सरकार विभिन्न उतारचढावबिच चौबिसै घण्टा सञ्चालनमा आएको । 

–    २०६८ कात्तिक १७ देखि सञ्चालनमा रहेको हेलो सरकार लामो समययता निष्क्रिय अवस्थामा रहेको थियो । 

–    यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने ।

–    फोन, इमेल, फेसबुक, ट्विटर, ह्वाट्स एपलगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने ।

–    गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पढाइ समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था । 

–    तत्काल समस्या समाधानका लागि ¥यापिड रेस्पोन्स टिम । 

–    तीन सिफ्टको कार्यतालिका बनाई सोही अनुरूप कर्मचारी व्यवस्थापन गरिएको ।

–    सरकार र नागरिकबिचको सम्बन्धलाई घनीभूत बनाउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सव्रिmय तथा सशक्त बनाउने अवधारणासाथ हेलो सरकार सञ्चालन गरिएको ।

२.    बिपी कोइराला स्मृति ट्रस्टले बिपी कोइराला साहित्य सम्मान पुरस्कार–२०८० कसलाई प्रदान गर्यो ?

    साहित्यकार डा. राजेन्द्र विमल (जनकपुर), पुरस्कार राशि रु. १०१०००।– 

–    त्यस्तै बिपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रुपन्देही) लाई प्रदान गरिएको । यस पुरस्कारको राशि रु. ५१ हजार रहेको ।

३.    ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यु सर्भिसेस अवार्ड’ बाट सम्मानित नेपाली बैङ्क कुन हो ?

    नबिल बैङ्क लिमिटेड 

४.    बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा को निर्वाचित भएका छन् ?

    नेपाली क्रिकेट  टोलीका पूर्वकप्तान पारस खड्का 

    विभिन्न प्रदेशका प्रादेशिक क्रिकेट ट सङ्घ अध्यक्ष

    कोशी प्रदेश : सर्वजित पाण्डे

    मधेश प्रदेश : सुनिलकुमार महासेठ

    बागमती प्रदेश : पारस खड्का

    गण्डकी प्रदेश : सञ्जयकान्त सिग्देल 

    लुम्बिनी प्रदेश : सञ्जय गुरुङ

    कर्णाली प्रदेश : पदम खड्का 

    सुदूरपश्चिम प्रदेश : वासुदेव जोशी 

५.    नेपाल–चीनबिचको सबैभन्दा पुरानो तातोपानी नाका कहिलेदेखि सर्वसाधारणका लागि खुला गरियो ?

    विसं २०८० भदौ १५

–    २०७२ को विनाशकारी भूकम्पपछि यो नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । २०७६ जेठ १६ मा नाका एकतर्फी रूपमा पुनः सञ्चालनमा आयो । मानव आवतजावत र निर्यातका लागि खुल्न 

सकेको थिएन । २०८० वैशाख १८ देखि आयात 

र निर्यात हुने गरी दुईतर्फी रूपमा सञ्चालनमा 

आयो तर त्यसपछि पनि मानव आवतजावत भने खुला थिएन ।

–    हाललाई स्थानीय सिन्धुपाल्चोकवासीका लागि मात्रै खुला गरिएको नाका अन्यका हकमा व्रmमशः खुला गरिने चिनियाँ पक्षले बताएको ।

६.    हमास प्यालेस्टाइनको विद्रोही समूह हो भने खमेर रुज कुन देशको विद्रोही समूह हो ?

    कम्बोडिया 

७.    शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले कति अवधिभित्र उमेर, नाम र जात सच्याउन पाइने व्यवस्था भएको छ ?

    पाँच वर्ष

–    विसं २०८० भदौ ६ को मन्त्रीपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका ।

–    यसअघि प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको मात्र थियो । 

८.    चीनले नयाँ नक्सा कहिले जारी गरेको हो ?

    सन् २०२३ अगस्ट २१

–     नयाँ नक्सामा भारत विभाजनअघिको कास्मिरको उत्तरी भाग अक्साईलाई चीनको भूगोलभित्र समेटिएको । 

–    त्यसै गरी यसअघि झैँ दक्षिण चीन सागरको पूरा क्षेत्र पनि चीनको भूमिका रूपमा देखाइएको छ । साथै नयाँ नक्सामा ताइवानलाई पनि समेटिएको छ ।

–    चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा समेटिएको छैन । 

–    अरुणाञ्चल र अक्साई चीन क्षेत्रमा बेइजिङको भारतसँग विवाद छ भने दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनका अतिरिक्त फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाईलगायत दक्षिणपूर्वी मुलुकको पनि दाबी रहेको छ ।

९.    एमसीसी परियोजना कहिलेदेखि कार्यान्वयन अर्थात् इन्ट्री इनटु फोर्स (इआइएफ) मा गएको हो ?

    विसं २०८० भदौ १३

–    अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट कोषको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.७ करोड डलर लगानीका तीन परियोजना कार्यान्वयनमा प्रवेश गरेका । 

–    एमसिसीसँगको पूर्वसम्झौता अनुसार कार्यान्वयन सुरु भएको पाँच वर्ष अर्थात् २९ अगस्ट, २०२८ भित्र परियोजना सम्पन्न गर्नुपर्ने उल्लेख । 

–    सो सन्दर्भमा भदौ १३ मा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरेन अल्फोर्डबिच ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश’ सम्बन्धी पत्र आदानप्रदान भएको ।

–    तोकिएको अवधिभित्र यस अन्तर्गतका परियोजनाको निर्माण नसकिए बाँकी काम नेपाल सरकारले आफ्नै लगानी गर्नुपर्ने ।

–    चार प्रसारण लाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमी सडकखण्ड मर्मत गर्ने गरी २०१७ सेप्टेम्बरमा अमेरिकासँग सम्झौता भएको । जुन सम्झौता २०७८ फागुन १५ (२७ फेब्रुअरी २०२२) मा 

संसद्बाट अनुमोदन भएसँगै कार्यान्वयनको ढोका खुलेको थियो ।

    एमसिसी अन्तर्गत बन्ने आयोजना

–    लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा (११७ किमी), रातामाटे–न्यु दमौली (९० किमी), न्यु दमौली–न्यु बुटवल (९० किमी) र न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड (१८ किमी) गरी ४०० केभी डबल सर्किट क्षमताको ३१५ किमी लामो चार प्रसारण लाइन बनाइने, जहाँ ८५६ वटा टावर बन्ने । 

–    यसै गरी रातामाटे, दमौली र नवलपरासी पश्चिम भुमहीमा ४००–४०० केभी क्षमताका सबस्टेसन निर्माण गरिने ।

–    महेन्द्र राजमार्गमा भालुवाङदेखि पश्चिमतर्फको ७७ किमी खण्ड विशेष रूपमा मर्मत गरिने ।

१०.    जी–७ सम्मेलन–२०२३ कहाँ सम्पन्न भएको हो ?

    जापान

–    सम्मेलन सन् २०२३ मे १९–२१ सम्म भएको । 

–    जी–७ राष्ट्रहरू अन्तर्गत अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटाली र जापान रहेका । 

–    जी–७ समूहमा विश्वको जनसङ्ख्याको १० प्रतिशत तथा अर्थतन्त्रमा ३० प्रतिशत हिस्सा रहेको ।

११.    अल्पविकसित राष्ट्रहरूको ५ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

    सन् २०२३ मार्च ५–९, कतारको दोहा 

–    सम्मेलनको थिम : फ्रम पोटेन्सियल टु प्रोस्परिटी 

–    सम्मेलन प्रत्येक १०/१० वर्षमा आयोजना गरिने ।

–    हाल अल्पविकसित राष्ट्रहरूको सङ्ख्या ४६ रहेको । अल्पविकसित मुलुकमा विश्वको करिब १४ प्रतिशत जनसङ्ख्या बसोबास गर्ने ।

१२.    भारतले सूर्यलक्षित मिसन यान पहिलोपल्ट कहिले प्रक्षेपण गरेको हो ?

    सन् २०२३ सेप्टेम्बर २

–    भारतले सूर्यको अध्ययनका लागि आदित्य–एल १ मिसन लन्च गरेको ।

–    यो भारतको सूर्य मिसन हो । नासा र युरोपियन युनियनले यसअघि नै सूर्यलक्षित मिसन यान प्रक्षेपण गरिसकेका । 

–    भारतले पठाएको यान पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्ने छ । यो पृथ्वी र चन्द्रमाबिचको दूरीको चार गुना बढी हो तर सूर्य र पृथ्वीको दूरीको यो १ प्रतिशत मात्रै हो । पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किलोमिटर रहेको छ । 

–    आदित्य–एल १ लाई आफ्नो गन्तव्यमा पुग्न करिब चार महिना लाग्ने जनाइएको ।

१३.    अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने प्रावधान छ ?

    अर्थमन्त्री

१४.    एग्रिकल्चर गेम रियालिटी सोका रूपमा घोषित रियालिटी सो कार्यव्रmम कुन हो ?

    रिभोलुस्नरी एग्रिकल्चर वार (२०८० भदौ १५ मा)

–    ई–स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यव्रmमको परिकल्पना गरेको जनाइएको । 

–    कृषि उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधार बनाएर ई–स्क्वायर प्रालिले गेम रियालिटी सो गर्न लागेको ।

–    सोमा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्रविधिक सहभागी हुने । किसान भन्नाले कुनै पनि कृषि पेसामा व्यावसायिक रूपले आबद्ध व्यक्ति भनी परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले बिएस्सी एग्रिकल्चर वा सोसरह पढेका व्यक्ति भनी परिभाषित गरिएको छ । 

–    सोलाई शैलेश कँडेलले निर्देशन दिने तथा मास्टर होस्टका रूपमा अभिनेता राजेश हमाल रहने । त्यस्तै जजका रूपमा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहने ।

१५.    डोल्पामा हालै भेटिएको ताल कुन हो ?

    कुन्ख्येन फालक ताल

–    यो ताल ५१९० मिटर उचाइमा रहेको पालिकाको दाबी रहेको ।

–    तिलिचोभन्दा यो ताल २७१ मिटर अग्लो स्थानमा रहेको । त्यस्तै मनाङमै अवस्थित सिङ्गर तालभन्दा १८८ मिटर अग्लो स्थानमा रहेको ।

–    गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ ५११ मिटर र चौडाइ ३१३ मिटर देखिएको स्थानीय जनप्रतिनिधिले बताएका । 

–    स्थानीयले जानकारी दिएपछि जनप्रतिनिधिसहितको टोली पहिलो पटक तालको प्रवर्धनका लागि उक्त स्थानमा पुगेको थियो । 

–    पालिकाले विश्वकै अग्लो स्थानमा अवस्थित तालका रूपमा प्रमाणीकरणका लागि सरकारसँग आग्रह गरेको । 

१६.    नेपाल सरकारले आयात–निर्यात कार्यलाई सहज बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको पोर्टल कुन हो ?

    नेपाल ट्रेड 

१७.    नेपाल ट्रस्टको स्थापना कहिले भएको हो ?

    विसं २०६४ मङ्सिर ६

–    राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको नाममा रहेको सम्पत्तिको व्यवस्थापन एवं सञ्चालन गर्ने उद्देश्यका साथ यसको स्थापना गरिएको ।

–    नेपाल ट्रस्टको संरक्षक प्रधानमन्त्री हुने,

–    अध्यक्षसहित सात सदस्यीय सञ्चालक समितिको अध्यक्षमा प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री रहने ।

–    हाल नेपाल ट्रस्ट ऐन, २०६४ र नेपाल ट्रस्ट नियमावली, २०६५ प्रचलनमा रहेको ।

१८.    आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

    सन् २०२१ जनवरी २२

–    संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको ।

–    यस सन्धिमा १२० भन्दा बढी मुलुकले समर्थन जनाएका ।

–    नेपालका तर्फबाट सन् २०१७ मा आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धिउपर समर्थन जनाउँदै हस्ताक्षर भएको ।

१९.    नेपाल विश्व पर्यटन सङ्गठनको सदस्य कहिले बनेको हो ?

    सन् १९७५ 

–    विश्व पर्यटन सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको ।

–    यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको ।

प्रस्तुतकर्ता: टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] २० भदौ २०८०, बुधबार
Share this