| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २७ भदौ २०८०, बुधबार

LoksewaGyan २७ माघ २०८०,शनिबार

१.    मोरक्कोमा २५ सयभन्दा बढी मानिसको ज्यान जाने गरी ठुलो भूकम्प कहिले गएको हो ?

    सन् २०२३ सेप्टेम्बर ८

–     पर्यटकीय नगरी मराकेसभन्दा ७१ किलोमिटर 

दक्षिण पश्चिम केन्द्रबिन्दु बनाई ६.८ म्याग्निच्युडको भूकम्प गएको ।

–    भूकम्पको केन्द्रबिन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी (१३०० भन्दा बढी) को ज्यान गएको ।

२.    अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? 

    सेप्टेम्बर ८

–    सन् २०२३ को नारा : दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्धन (प्रोमोटिङ लिटरेसी फर अ वल्र्ड इन ट्रान्जिसन ः बिल्डिङ द फाउन्डेसन फर सस्टेनेबल एन्ड पिसफुल सोसाइटिज)

–    नेपालमा राष्ट्रिय शिक्षा दिवस प्रत्येक वर्ष असोज 

२ मा मनाइने । 

३.    शक्तिशाली राष्ट्रहरूको समूह जी–२० को १८ औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

    सन् २०२३ सेप्टेम्बर ९ र १०, भारतको नयाँ दिल्ली

–    विश्वका २० ठुला अर्थतन्त्रको साझा प्लेटफर्मका रूपमा रहेको जी–२० को १८ औँ सम्मेलनको अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका ।

–    ‘एक पृथ्वी’ एक परिवार, एक भविष्य’ को विषयवस्तुमा सम्मेलन आयोजना भएको ।

–    सम्मेलनबाट अफ्रिकी युनियन पनि स्थायी सदस्य बनेको । अफ्रिकी युनियन ५५ देशको सङ्घ हो, जसमा विश्वको करिब १८ प्रतिशत जनसङ्ख्या बस्छन् ।

–    यस सम्मेलनको घोषणापत्रका सबै बुँदामा पहिलो पटक सबै राष्ट्रद्वारा पहिलो दिनमै सहमति कायम भएको ।

–    घोषणापत्रमा विश्व स्वास्थ्य, जलवायु परिवर्तन, व्यापार, विकास, डिजिटल अर्थतन्त्र र अन्तर्राष्ट्रिय सुरक्षालगायतका विषय समेटिएका ।

–    भारत र मध्यपूर्व युरोप जोड्ने मेगा इकोनोमिक कोरिडोरको घोषणा । कोरिडोरमा भारत, युएई, साउदी अरब, युरोपियन युनियन, फ्रान्स, इटाली, जर्मनी र अमेरिका सहभागी हुने । रेल र बन्दरगाह जस्ता नेटवर्कको निर्माण गरिने कोरिडोरले व्यापारलाई बढावा मिल्ने विश्वास लिइएको । 

–    चीनको बेल्ट एन्ड रोडसँग तुलना गर्दै यस कोरिडोरलाई महìवाकाङ्क्षी योजना मानिएको । 

४.    २०७९ सालको वासुदेव लुुइँटेल पुरस्कार कसलाई प्रदान गरियो ?

    चट्याङ मास्टर (कृष्णमुरारी ढुङ्गेल), २०८० भदौ

–    पुरस्कारको राशि रु. एक लाख ११ हजार १११ रहेको ।

–    त्यसै गरी वासुदेव लुइँटेल सम्मान चूडामणि रेग्मी र रमेश खकुरेललाई प्रदान गरिएको ।

५.    सातौँ राष्ट्रिय कृषि गणना २०७८ को नतिजा कहिले सार्वजनिक भएको हो ?

    विसं २०८० भदौ २१

–    नतिजा अनुसार ६२ प्रतिशत परिवार कृषि पेसामा संलग्न रहेका ।

–    देशभर ४१ लाख ३१ हजार कृषक परिवार रहेका ।

–    मुख्य कृषकमा पुरुषको हिस्सा ६७.६ प्रतिशत (२०६८ ः ८१.० प्रतिशत) र महिलाको हिस्सा ३२.४ प्रतिशत (२०६८ ः १९.० प्रतिशत) ।

–    १० वर्षमा तीन लाख सात हजार हेक्टर खेतीयोग्य 

जमिन घटेको ।

–    कृषियोग्य जमिन २२ लाख १८ हजार हेक्टर ।

–    १० वर्षमा आठ प्रतिशतले कृषक परिवार सङ्ख्या बढेको तथा जमिन १२ प्रतिशतले घटेको । 

–    प्रदेशगत हिसाबले सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कोशी प्रदेश ।

–    जिल्लागत रूपमा सबैभन्दा बढी कृषक परिवार भएको जिल्ला झापा ।

    विभिन्न कृषि गणनामा बाली सघनता :

    २०५८ः १.८३

    २०६८ः १.८५

    २०७८ः १.९१

–    सिँचाइ सुविधा प्राप्त कृषक परिवार : ७० प्रतिशत (२०६८ मा ६५ प्रतिशत) ।

–    बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर ।

–    पशुपालन गर्ने कृषक परिवार ३४ लाख पाँच हजार १४ (२०६८ ः ३३ लाख ५३ हजार ८५७) ।

–    कृषि कार्यका लागि ट्याक्टर प्रयोगमा ल्याउने जनसङ्ख्या ४० प्रतिशत, १६ लाख ३९ हजार (२०६८ ः २२ प्रतिशत, आठ लाख ४५ हजार) ।

–    कृषि प्रयोजनका लागि ऋण लिएका कृषक परिवार ११.७ प्रतिशत (२०६८ ः २१.८ प्रतिशत) ।

–    कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेका कृषक परिवार २६ प्रतिशत (२०६८ ः १६ प्रतिशत) ।

–    आफ्नै कृषि उपजबाट खान पुग्ने ४५ प्रतिशत ।

–    ४.४ प्रतिशत कृषकद्वारा कृषि बिमा ।

–    उन्नत बिउ लगाउने कृषक परिवार २२.२ प्रतिशत

–    विषादीको प्रयोग गर्ने कृषक परिवार २६.७ प्रतिशत

–    खसी, बोका, च्याङ्ग्रा करिब डेढ करोड, कुखुराको सङ्ख्या चार करोड ।

–    धानबाली लगाइएको जमिन १२ लाख १६ हजार ३८७ हेक्टर ।

–    मकै बाली लगाइएको जमिन पाँच लाख ५९ हजार ९०९ हेक्टर ।

–    गहुँ बाली लगाइएको जमिन छ लाख ५४ हजार १९४ हेक्टर ।

–    सिँचाइ सुविधा प्रयोग गर्ने कृषक बढी भएको प्रदेश मधेश ।

–    सिँचाइ सुविधा प्रयोग गर्ने कृषक बढी भएको जिल्ला बारा ।

–    आलुखेती सबैभन्दा बढी गरिने प्रदेश कोशी ।

–    आलु खेती सबैभन्दा बढी गरिने जिल्ला काभ्रे ।

–    जलवायु परिवर्तनबारे थाहा पाउने कृषकको सङ्ख्या 

५४ प्रतिशत ।

–    ५५ देखि ६४ वर्ष समूहका मुख्य कृषक १७.६ प्रतिशतले बढेर १८.३ प्रतिशत ।

–    ६५ वर्षमाथिका मुख्य कृषक ११.४ प्रतिशतबाट १३.७ प्रतिशत ।

–    २५ वर्षमुनिका मुख्य कृषकको हिस्सा ३.१ प्रतिशतबाट २.६ प्रतिशतमा सीमित ।

–    २५–३४ उमेर समूहका कृषक १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशत ।

–    ३५–४४ उमेर समूहका कृषक २६.७ प्रतिशतबाट घटेर २५.७ प्रतिशत ।

–    ४५–५४ उमेर समूहका कृषक ४५.१ प्रतिशतबाट घटेर २४.८ प्रतिशत । 

–    पहिलो कृषि गणना २०१८ मा भएको । कृषि गणना प्रत्येक १०–१० वर्षमा हुने । 

६.    संविधान सभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन कहिले भएको हो ? 

    विसं २०८० भदौ २६

७.    नेपाली–चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौँ–छिन्ताओ–काठमाडौँ उडान सेवा कहिले सुरु गरेको हो ?

    विसं २०८० भदौ २४ (सन् २०२३ सेप्टेम्बर १०)

८.    थाइल्यान्डमा गाँजा खेती तथा यसको बिव्रmी वितरणलाई वैधानिकता कहिले प्रदान गरिएको हो ?

    सन् २०२२ जुन ९

–    थाइल्यान्ड औषधीय एवं औद्योगिक प्रयोजनका 

लागि गाँजालाई अनुमति दिने एसियाकै पहिलो 

राष्ट्र बनेको ।

–    नसाका लागि सेवन गर्न भने प्रतिबन्ध कायम नै रहेको । 

–    चिकित्सकीय प्रयोगका लागि थाइल्यान्डले सन् २०१८ मै वैधानिकता दिएको थियो ।

९.    इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

    सन् १९६७ सेप्टेम्बर २७

१०.    महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

११.    कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

    वंशाणुगत परिवृत्ति

१२.    जनघनत्व भनेको के हो ?

    प्रतिवर्ग किलोमिटर क्षेत्रमा मानिसको बसोबास गर्ने मानिसको सङ्ख्या

–    जनगणना २०७८ अनुसार नेपालको जनघनत्व १९८÷वर्ग किमी रहेको ।

–    जनगणना २०७८ अनुसार जनघनत्व सबैभन्दा 

बढी भएको प्रदेश मधेश र सबैभन्दा कम भएको प्रदेश कर्णाली हो ।

–    जिल्लागत रूपमा सबैभन्दा बढी जनघनत्व भएको जिल्ला काठमाडौँ (५१६९ जना) र सबैभन्दा कम जनघनत्व भएको जिल्ला मनाङ (तीन जना) हो ।

१३.    मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायको सुरुवाती चरणमा रहेकालाई लक्षित गरी घोषणा गरिएको अभियान कुन हो ?

    स्टार्टअप नेपाल २०३०

–    सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्ष (सन् २०३०) भित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने अभियान सार्वजनिक गरेका ।

–    दिगो विकास लक्ष्य पूरा हुने अवधिभित्रै सो लक्ष्य पनि पूरा गर्ने गरी अभियान घोषणा गरिएकोे ।

–    अभियानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, नेदरल्यान्ड्सको पियुएम, इसिमोडलगायतका निकायको सहकार्य रहेको ।

१४.    दीर्घ साधना सम्मान–२०८० बाट सम्मानित कलाकार को हुन् ?

    अभिनेता शिव श्रेष्ठ

–    त्यस्तै दीर्घ साधना सम्मान– २०७८ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको । 

–    दुवै पुरस्कारको राशि रु. तीन लाख ७५ हजार रहेको ।

–    चलचित्र पुरस्कारतर्पm अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेतृ दिया मास्के (प्रकाश), निर्देशक निदेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाकार पुरुषोत्तम प्रधान (लप्पनछप्पन–२), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत भएका ।

१५.    मिस युनिभर्स नेपाल–२०२३ को उपाधि जित्ने प्रतिभा को हुन् ?

    जेन दीपिका ग्यारेट

–    प्रतियोगितामा गरिमा घिमिरे फस्ट रनरअप, बुद्धिसस सुनार सेकेन्ड रनरअप, शीताष्मा पोखरेल थर्ड रनरअप एवं अभिलाशा लम्साल फोर्थ रनरअप घोषित भएका ।

–    उपाधि विजेता दीपिकाले आगामी नोभेम्बरमा एलसाल्भाडोरमा हुने ७२ औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

१६.    हालसम्म नेपालका कति जिल्ला साक्षर घोषित भएका छन् ?

    ६४ (२०८० भदौ)

१७.    वामपन्थी नेता एवं अग्रज मानव अधिकारवादी टेकनाथ बरालको निधन कहिले भएको हो ?

    विसं २०८० भदौ १२

१८.    नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

    बिबिआइएन इनिसिएटिभ 

१९.    लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?

    विषयपति 

२०.    हाल नेपालका कति जिल्लामा राष्ट्रिय प्रणालीको विद्युत्को पहुँच पुगेको छ ? 

    ७६

–    कर्णाली प्रदेशको मुगुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएसँगै विद्युत्को राष्ट्रिय प्रणालीमा जोडिएका जिल्ला ७६ पुगेका । 

–    नेपाल विद्युत् प्राधिकरणले २०८० भदौ २४ देखि मुगुको गमगढीलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको । 

–    अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी रहेको । 

प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] २७ भदौ २०८०, बुधबार
Share this