| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १० असोज २०८०,बुधबार

LoksewaGyan २७ माघ २०८०,शनिबार

१.    राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

    आश्विन २

–    नेपाल सरकार, मन्त्रीपरिषद्बाट मिति २०८० जेठ ९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भए अनुसार हरेक वर्ष आश्विन २ गते शिक्षा दिवस मनाउन थालिएको ।

–    यस वर्ष (२०८०) को राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य ‘समावेशी र सिपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ रहेको । 

–    पहिलो शिक्षा दिवस २०३१ मा मनाइएको ।

–    पहिलो शिक्षा दिवसको नारा : शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस् । 

–    राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) का दिन मनाउन थालिएको थियो । 

२.    एसिया कप क्रिकेट, २०२३ को सञ्चालन मिति कुन हो ?

    सन् २०२३ अगस्ट ३०–सेप्टेम्बर १७

–    आयोजक राष्ट्र ः पाकिस्तान र श्रीलङ्का संयुक्त रूपमा 

–    विजेता ः भारत (उपविजेता ः श्रीलङ्का) 

–    यससँगै भारत एसिया कपमा आठौँ पटक च्याम्पियन बनेको । भारतले यसअघि १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । गत संस्करणमा श्रीलङ्का च्याम्पियन बनेको थियो ।

–    फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५.२ ओभर खेल्दै ५० रनमा अलआउट भएको थियो । जवाफमा भारतले ६.१ ओभरमै ५१ रन बनाएर जित हासिल गरेको थियो ।

–    फाइनल खेलका म्यान अफ द म्याच : मोहमद सिराज (भारत) 

–    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी : भारतीय स्पिनर कुलदीप यादव 

–    एसिया कपमा नेपालले पहिलो पटक (सन् २०२३ मा) सहभागिता जनाएको थियो । नेपालले प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा ग¥यो । पहिलो पटकको सहभागितामै नेपालले प्रभावशाली प्रदर्शन गरी मन जित्न सफल भएको । 

३.    साइबर सुरक्षा फर्म थ्रेटनिक्सको आयोजनामा ह्याकरको सम्मेलन ‘थ्रेटकन थ्रेटकन २०२३’ कहिले सम्पन्न भएको हो ?

    विसं २०८० भदौ २५–२७

४.    एसियाली विकास बैङ्क (एडिबी) द्वारा सन् २०२३ सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

    ४.३

–    गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धिदर रहेकोमा चालु आवमा सुधार हुने प्रक्षेपण एडिबीको रहेको ।

–    नेपाल सरकारद्वारा भने चालु बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको । 

–    एडिबीका अनुसार मुद्रास्फीति ६.२ प्रतिशत हुने ।

–    सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको ।

५.    नेपालमा पहिलो पल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?

    विसं २०७५ असार २०

–    (नारा : नसर्ने रोगमा प्राकृतिक चिकित्सा)

६.    नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (बिबिएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ?

    विसं २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०)

–    संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको सन्दर्भमा राष्ट्रसङ्घले प्रस्ताव गरेको यस सम्झौतामा पराराष्ट्रमन्त्री प्रकाशशरण महतद्वारा हस्ताक्षर भएको ।

–    यो सम्झौताले सन् २०३० सम्ममा ३० प्रतिशत जमिन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यको उपलब्धिलाई सहज बनाउने राष्ट्रसङ्घले जनाएको । 

–    यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० तारिखदेखि सन् २०२५ को सेप्टेम्बर २० तारिखसम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको ।

–    नेपालले सम्झौतामा हस्ताक्षर भएको दिनमा नै हस्ताक्षर गरेको । 

७.    सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक फिफा वरीयतामा नेपाल कति औँ स्थानमा रहेको छ ?

    १७५ औँ

–    शीर्ष पाँच स्थानमा रहेका राष्ट्रहरू : अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इङ्ग्ल्यान्ड र बेल्जियम ।

    दक्षिण एसियाली राष्ट्रहरूको स्थिति

    भारत : १०२ औँ

    माल्दिभ्स : १५५ औँ

    नेपाल : १७५ औँ

    भुटान : १८४ औँ

    बङ्गलादेश : १८९ औँ

    पाकिस्तान : १९७ औँ

    श्रीलङ्का : २०२ औँ

८.    भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट कहिले पारित भएको हो ?

    सन् २०२३ सेप्टेम्बर २०

–    अब माथिल्लो सदन राज्य सभाबाट पनि विधेयक पारित हुनुपर्ने छ । 

–    महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुने छ । 

–    लोकसभाको ५४३ सिटमध्ये १८१ सिट महिलाका लागि आरक्षित हुने छन् । 

–    भारतमा यससम्बन्धी विधेयक सन् १९९६ मा ल्याइएको थियो, तथापि पारित हुन सकेको थिएन । 

९.    भैरव पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

    हास्यव्यङ्ग्यकार मुन पौडेल 

–    पुरस्कार राशि : एक लाख ११ हजार १११ रुपियाँ

–    भैरव वाङ्मय पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिएको । पुरस्कार राशि ः एक लाख एक हजार १११ रुपियाँ

–    भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिएको । यस पुरस्कारको राशि ५१ हजार १११ रुपियाँ रहेको ।

१०.    रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा कहिलेदेखि सुरु भएको हो ?

    विसं २०८० असोज ३

–    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा बस ¥यापिड ट्रान्जिट (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको । रत्नपार्कस्थित शान्ति वाटिकाबाट 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाद्वारा उद्घाटन भएको । 

–    सडक विभागको द्रुत बस सञ्चालनका लागि डेडिकेटेड लेन छुट्याइएको ।

११.    इन्डोप्यासिफिक क्षेत्रका सेनाप्रमुखहरूको सम्मेलन–२०२३, कहाँ आयोजना गरियो ?

    नयाँ दिल्ली, भारत (१३ औँ संस्करण)

–    भारतीय र अमेरिकी सेनाको संयुक्त आयोजनामा सन् २०२३ सेप्टेम्बर २५–२७ सम्म ।

–    सम्मेलनको शीर्षक ‘शान्तिका लागि एकै साथ : हिन्द प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व’ ।

–    सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, इन्डोनेसिया, जापान, मलेसिया, ब्रुनाई, कम्बोडिया, कोरिया, मङ्गोलिया, म्यानमार, न्युजिल्यान्डलगायतका देशहरूबाट प्रधान सेनापति सहभागी भएका ।

–    नेपालबाट प्रधान सेनापति प्रभुराम शर्माको सहभागिता रहेको । 

१२.    क्यानडाको थिङ्क ट्याङ्क फेजर इन्स्टिच्युटद्वारा जारी प्रतिवेदन अनुसार स्वतन्त्र अर्थतन्त्रसम्बन्धी विश्वव्यापी सूचीमा नेपाल विश्वमा कति औँ स्थानमा रहेको छ ?

    १०३ औँ

–    प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः स्विट्जरल्यान्ड, न्युजिल्यान्ड र अमेरिका रहेका ।

१३.    गोपालदास पत्रकारिता पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

    निर्मला शर्मा

–    पुरस्कार राशि ः एक लाख ५१ हजार रुपियाँ रहेको ।

–     त्यस्तै एक लाख १० हजार रुपियाँ राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका दमन राईलाई 

प्रदान गरिएको ।

१४.    ‘जीवन्त सम्बन्ध’ नामक पुस्तकका लेखक को हुन् ?

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल (२०८० असोज ५ मा लोकार्पण) 

१५.    एसियाली खेलकुद प्रतियोगितामा नेपाल कहिलेदेखि सहभागी हुँदै आएको हो ?

    सन् १९५१ (पहिलो एसियाडदेखि नै)

–    सन् १९५१ मा नयाँ दिल्लीबाट सुरु भएको एसियाडदेखि नै नेपाल निरन्तर रूपमा सहभागी हुँदै आएको ।

–    नेपालले हालसम्म एसियाडमा दुई रजत र २३ कांस्य पदक हासिल गरेको । नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १० औँ संस्करणमा पहिलो पटक पदक जितेको । तेक्वान्दोका विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्री एवं बक्सिङका दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जितेका । 

–    नेपाललाई एसियाडमा पहिलो रजत सन् १९९८ को १३ औँ बैङ्कक एसियाडमा (तेक्वान्दोकी सविता राजभण्डारी) प्राप्त भएको । सोपश्चात् सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८ औँ एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको ।

–    एसियाडमा लगातार दुई पटक कांस्य पदक प्राप्त गर्ने खेलाडी – दीपक विष्ट (सन् २००२ को बुसान र २००६ को दोहा एसियाड) । 

१६.    प्रतिष्ठित ‘युएन ह्युमन राइट्स प्राइज, २०२३’ बाट सम्मानित हुने नेपाली संस्था कुन हो ?

    मानव सेवा आश्रम (केन्द्रीय कार्यालय : हेटौँडा)

१७.    राहदानी विभागका अनुसार कहिलेसम्ममा सबै नेपालीको हातमा ई–पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ ?

    सन् २०३०

१८.    राष्ट्रकवि माधव घिमिरे पुरस्कार–२०८० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

    प्राडा वासुदेव त्रिपाठी

–    मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक घोषणा गरेको एक लाख राशिको सो पुरस्कार राष्ट्रपति पौडेलद्वारा त्रिपाठीलाई प्रदान गरिएको । 

–    राष्ट्रकवि घिमिरे परिवारद्वारा स्थापित अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्सेनि सो पुरस्कार प्रदान गर्ने । 

१९.    मध्यपहाडी लोकमार्गमा सबैभन्दा बढी भाग पर्ने जिल्ला कुन हो ?

    बागलुङ

२०.    २०७९ सालको पद्मश्री साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?

    समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदी (उपन्यास : मनु)

–    यसै गरी पद्मश्री साधना सम्मान कलाकार दुर्गा बराल (बात्स्यायन) लाई प्रदान गरिएको ।

–    पद्मश्री गौरव पुरस्कार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिएको ।

–    तीन वटै पुरस्कारको राशि तीन/तीन लाख रुपियाँ रहेको ।

–    प्रदान गर्ने संस्था : खेमकला हरिकला समाज कल्याण प्रतिष्ठान । 

२१.    विश्वमा हाल गैँडाको सङ्ख्या कति रहेको छ ?

    २७ हजार

–    आइयुसिएनसहितका संरक्षण निकायले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वमा गैँडाको सङ्ख्या २७ हजार पुगेको । 

–    पछिल्लो समय गैँडा संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम हुनुका साथै संरक्षणसम्बन्धी कानुनलाई प्रभावकारी ढङ्गले अघि बढाइएकाले गैँडाको सङ्ख्यामा सुधार आएको ।

    हाल गैँडाको सङ्ख्या : २७,००० (पहिले : २६,२७२)

    सेतो गैँडा (हाल) : १६,८०३ (पहिले : १५,९४२)

    कालो गैँडा (हाल) : ६,४८७ (पहिले : ६,१९५)

    सुमात्रान गैँडा : ८०

    नेपाल र भारतमा : ४,०००

–    सिकारीको आक्रमण र वासस्थानको क्षति गैँडा संरक्षणको चुनौतीका रूपमा रहेको । २० औँ शताब्दीमा एसिया र अफ्रिकामा गैँडाको सङ्ख्या लगभग पाँच लाख थियो ।

–    पछिल्लो एक दशकमा केही प्रजाति पहिलो पटक पुनरुत्थानसमेत भएका । दुई प्रजाति जाभान र सुमात्रान भने लोप हुने अवस्थामा रहेका । विश्वमा यसअघि गैँडाको सङ्ख्या २६,२७२ रहेको अनुमान ।

प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] १० असोज २०८०,बुधबार
Share this