| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १७ असोज २०८०,बुधबार

LoksewaGyan २७ माघ २०८०,शनिबार

१.    बलिउड फिल्म नगरीको सबैभन्दा प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के अवार्ड–२०२३ कसलाई प्रदान गरियो ?

    अभिनेतृ वहिदा रहमन

–    अभिनय र नृत्यको खानी वहिदालाई बलिउडमा सुन्दर अभिनेत्रीको उपमा दिइन्थ्यो ।

–    उनले यसभन्दा अघि भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड, पद्मश्री अवार्ड, पद्म विभूषणलगायत दर्जनौँ पुरस्कार जितेकी । 

२.    नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ कहिले जारी गरेको हो ?

    विसं २०८० असोज ७

–    राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा उक्त सिक्का सार्वजनिक गरिएको ।

–    राष्ट्र बैङ्कको बबरमहलस्थित टक्सार महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का निकालेको ।

–    १० ग्राम सिक्काको एक हजार छ सय रुपियाँ र २५ ग्राम सिक्काको चार हजार रुपियाँ मूल्य निर्धारण गरिएको । 

–    दुवै सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको । 

–    दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।

३.    नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपैयाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न कहिलेदेखि रोक लगाएको हो ?

    विसं २०८० असोज ९

–    भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन÷लैजान सकिने ।

–    भारत भ्रमणका लागि नगद २५ हजार रुपियाँसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने । 

४.    मदन पुरस्कार–२०७९ बाट सम्मानित साहित्यकार को हुन् ?

    विवेक ओझा (ऐँठन नामक औपन्यासिक 

कृतिका लागि)

–    यसै गरी २०७९ सालको जगदम्बाश्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको ।

५.    माल्दिभ्सको नयाँ राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?

    मोहम्मद मुइज्जु (सन् २०२३ सेप्टेम्बर)

–    प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सका नेता मुइज्जुले ५४ प्रतिशत मतसहित जित हासिल गरेका ।

–    कार्यकाल सुरु ः सन् २०२३ नोभेम्बर १७

६.    भारतको टेलिभिजन रियालिटी सो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को उपाधि जित्ने नेपाली को हुन् ?

    समर्पण लामा 

–    ट्रफी चुम्दै उनले १५ लाख भारु नगदसहितका पुरस्कार जितेका । 

७.    १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–२० खेलमा ९ बलमै अर्धशतक प्रहार गरी अन्तर्राष्ट्रिय टी–२० मा विश्व कीर्तिमान कायम गर्ने नेपाली क्रिकेटर को हुन् ?

    दीपेन्द्र सिंह ऐरी

–    उनले मङ्गोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक बनाएका । १० बलमा ८ छक्काको सहयोगमा ५२ रन बनाएका ।

–    यसअघि भारतका युवराज सिंहले टी–२० 

मा इङ्गल्यान्डविरुद्ध १२ बलमा ५० रनको रेकर्ड राखेका थिए ।

–    त्यसै गरी कुशल मल्लले अन्तर्राष्ट्रिय टी–२० मा ३४ बलमै शतक बनाएर विश्व कीर्तिमान कायम गरेका । यसअघि यो रेकर्ड संयुक्त रूपमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेश विव्रmमासेखरको नाममा थियो । उनीहरूले समान ३५ बलमा शतक बनाएका थिए । कुशल मल्लले ९ छक्का र ६ चौकाको मद्दतमा शतक पूरा गरेका थिए । नेपालका लागि टी–२० आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका । 

–    सर्वाधिक (३१४) रनको कीर्तिमानी योगफल पनि नेपालले बनाएको । यसअघि २३ फेब्रुअरी, २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८/३ को रेकर्ड राखेको ।

–    नेपालले मङ्गोलियालाई २७३ रनले हराउँदै अहिलेसम्मकै फराकिलो अन्तरको जित निकालेको । यसअघि ३० अगस्ट, २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । 

–    नेपालले सर्वाधिक छक्का (२६) प्रहारको रेकर्ड पनि बनाएको । यसअघि २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध, अफगानिस्तानले आयरल्यान्ड र वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का प्रहार गरेका । 

–    तेस्रो व्रिmकेटका लागि उच्चतम साझेदारी ः कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल (१९३ रन) । यसअघि सन् २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले तेस्रो व्रिmकेटका लागि वेस्टइन्डिजविरुद्ध १८४ रनको साझेदारी गरेका । 

–    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३१४ रनको योगफल बनाएको 

थियो भने प्रत्युत्तरमा मङ्गोलिया १३.१ ओभरमा ४१ रनमै समेटियो । 

८.    सन् २०२३ सेप्टेम्बरमा सपन्न साफ यू–१९ फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

    भारत

–    भारतले पाकिस्तानलाई ३–० ले हराएर साफ यू–१९ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको । २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो ।

९.    “म मरे मुलुक डुब्ने छैन तर भीमसेन थापा म¥यो भने मुलुक डुब्ने छ” भनी अभिव्यक्ति दिने राजा को हुन् ?

    रणबहादुर शाह

१०.    राष्ट्रिय सुरक्षित गर्भपतन दिवस कहिले मनाइन्छ ?

    असोज १०

–    नवौँ (२०८०) को नारा ः सुरक्षित गर्भपतन अधिकारको निम्ति ः निरन्तर सहकार्य, ऐक्यबद्धता र न्याय 

–    २०५९ साल असोज १० गते तत्कालीन मुलुकी 

ऐनको ११ औँ संशोधितमार्पmत महिलाले गर्भपतन अधिकारको कानुनी प्रत्याभूति पाएको दिनको 

सन्दर्भमा हरेक वर्ष असोज १० गते यो दिवस मनाउन थालिएको ।

११.    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीनको औपचारिक भ्रमण कहिले सम्पन्न भयो ? 

    विसं २०८० असोज ६–१३

–    सो सन्दर्भमा सेप्टेम्बर २५ मा नेपाल र चीनबिच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर ।

–    चीनको राष्ट्रिय विकास र सुधार आयोग तथा 

नेपालको राष्ट्रिय योजना आयोगबिच सहकार्यका 

लागि सम्झौता । 

–    नेपालले उत्तर पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबिच आदान प्रदान ।

–    चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबिच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता । 

–    हरित तथा न्यून कार्बन विकासका लागि 

सहकार्य गर्ने विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबिच हस्ताक्षर ।

–    कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्नेसम्बन्धी सहमति ।

–    सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्य समूह गठन गर्ने विषयमा सहमति ।

–    नेपालबाट चीनमा औषधी उत्पादनका लागि वनस्पतिसम्बन्धी प्रोटोकलमा सहमति ।

–    प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति ।

–    विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता 

–    प्रकोप सामग्री मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबिच सहमतिपत्रमा हस्ताक्षर ।

१२.    राष्ट्रिय लेखक पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

    वैरागी काइँला

–    पुरस्कार राशि ः रु. एक लाख

१३.    काँडाका पूmलहरूका लेखक मनुजबाबु मिश्र हुन् भने नफुलेका पूmलहरूका लेखक को हुन् ?

    क्षेत्रप्रताप अधिकारी

१४.    विश्व शान्ति सूचकाङ्क २०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

    ७९ औँ

–    सूचीको उच्च स्थानमा रहेका राष्ट्रहरू ः आइसल्यान्ड, डेनमार्क, आयरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रिया

–    सबैभन्दा अशान्त मुलुकहरू ः अफगानिस्तान, यमन, सिरिया, दक्षिण सुडान, कङ्गो

    दक्षिण एसियाली राष्ट्रहरूको स्थिति

    भुटान ः १७ औँ

    नेपाल ः ७९ औँ

    बङ्गलादेश ः ८८ औँ

    श्रीलङ्का ः १०७ औँ 

    भारत ः १२६ औँ 

    पाकिस्तान ः १४६ औँ

१५.    नेपालको पहिलो महिला प्रदेश प्रमुख को हुन् ?

    अनुराधा कोइराला

    पहिलो महिला प्रदेश प्रमुख – अनुराधा कोइराला

    पहिलो महिला मुख्यमन्त्री – अष्टलक्ष्मी शाख्य

    पहिलो महिला उपकुलपति – भूषण श्रेष्ठ (सुदूरपश्चिम विश्वविद्यालय)

    पहिलो महिला डेपुटी गभर्नर – निलम तिम्सिना ढुङ्गाना

    मदन पुरस्कार विजेता – पारिजात 

१६.    PEN International को स्थापना कहिले भएको हो ?

    सन् १९२१

–    PEN को पूरा रूप Poets, Essayists and Novelists  रहेको । 

–    यस संस्थाको स्थापनामा योगदान गर्ने क्याथेरिन एमी डाउसन स्कट र जोन गयाल्सवर्दी रहेका ।

–    यसको मुख्यालय लन्डनमा रहेको ।

–    यस संस्थाले लेखकहरूबिच सहयोग र सामीप्यता बढाउने कार्य गर्ने ।

१७.    नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?

     विसं १९०८

–    राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका ।

–    प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्दे प्रेस भनिएको ।

–    यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरिएको ।

१८.    ‘रानाथारू’ लाई आदिवासी/जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?

     विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित)

–    योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको ।

–    मन्त्रीपरिषद्को विसं २०७६ माघ २० को 

बैठकले रानाथारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको ।

–    रानाथारू विशेष गरी कैलाली र कन्चनपुर जिल्लामा बसोबास गर्ने ।

१९.    विश्व बसोबास दिवस कहिले मनाइन्छ ? 

     अक्टोबर महिनाको पहिलो सोमबार

–    (सन् २०२३ को नारा : समृद्धि एवं पुनर्लाभयुक्त सहर : उत्थानशील अर्थतन्त्रको आधार ।)

२०.    नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो ?

    नवलपरासीको त्रिवेणीधाम

२१.    अत्यधिक सन्तान उत्पादन, बाँच्नका लागि सङ्घर्ष, प्राकृतिक छनोट, परिवृत्ति र वंशज, नयाँ जातिको उत्पत्तिसम्बन्धी क्रम विकासको सिद्धान्तका प्रतिपादक को हुन् ?

     चाल्र्स डार्विन

प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] १७ असोज २०८०,बुधबार
Share this