| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १ कात्तिक २०८०, बुधबार

LoksewaGyan २७ माघ २०८०,शनिबार

१.    सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? 

    विसं २०८० असोज ३०

–    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको । 

–    नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको । 

–    २०८० कात्तिक १ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने । 

२.    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने प्रक्षेपण गरेको छ ?

    ०.८ प्रतिशत

–    आइएमएफले गत अप्रिलमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । आइएमएफले सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको ।

–    सन् २०२३ मा नेपालमा मूल्य वृद्धि ७.८ प्रतिशत रहने आइएमएफले जनाएको ।

–    सन् २०२३ अक्टोबरमा आइएमएफद्वारा गरिएको नयाँ प्रक्षेपण अनुसार सन् २०२३ मा एसियाको आर्थिक वृद्धि ४ प्रतिशत रहने । त्यसै गरी सन् २०२४ मा ४.२ प्रतिशत हुने आइएमएफले जनाएको ।

३.    विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ ?

    अक्टोबर १०

–    सन् २०२३ को नारा – मानसिक स्वास्थ्य ः विश्वव्यापी मानव अधिकार 

४.    सेवाग्राहीहरूको सर्वोपरि हितका लागि नागरिक बडापत्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?

    बेलायतका प्रम जोन मेजर 

–    विश्वमा नागरिक बडापत्रको सुरुवात सन् १९९१ जुलाई २२ मा बेलायतबाट भएको । 

–    नेपालमा नागरिक बडापत्रको प्रयोग विसं २०५६ देखि सुरु भएको ।

–    नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको सुरुवात विसं २०७० वैशाख २ देखि भएको ।

५.    एटिएम मेसिनको आविष्कार कसले गरेका हुन् ?

    जोन सेफर्ड बारोन

–    एटिएम मेसिनको सुरुवात सन् १९६७ देखि भएको हो ।

–    बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलो पटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको थियो । 

–    सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा चार अङ्कको पिन नं. प्रचलनमा रहेको छ । 

–    नेपालमा पहिलो पटक एभरेस्ट बैङ्कले एटिएम प्रयोगमा ल्याएको हो । 

६.    इतिहासमै पहिलो पटक प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता कहिले गरियो ?

    विसं २०७६ साउन १५

–    नेपालको राजनीतिक तहमा इतिहासमै पहिलो पटक प्रधानमन्त्री र मन्त्रीबिच कार्यसम्पादन सम्झौता भएको ।

–    दिगो विकासको लक्ष्य पूरा गरी सन् २०३० भित्र देशलाई मध्यम आय भएको मुलुकका रूपमा रूपान्तरण गर्न सो खालको सम्झौता भएको बताइएको ।

–    सम्झौता अनुरूप कार्यप्रगति भए, नभएको प्रधानमन्त्री कार्यालयले हेर्ने साथै कार्यसम्पादनका आधारमा पुरस्कृत र दण्डित गर्न सकिने प्रावधानसमेत रहेको ।

७.    राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?

     बडाकाजी

–    (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, पहिदार र नौसिन्दा रहेका ।)

८.    प्राचीन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलको सुरुवात कहाँबाट भएको हो ?

     ग्रिसकै एथेन्सबाट 

९.    संयुक्त राष्ट्रसङ्घीय खगोल युनियनद्वारा आफ्नो सयौँ वार्षिकोत्सवका अवसरमा सौर्यमण्डलबाहिर रहेको एक तारालाई के नामकरण गरिएको छ ?

    सगरमाथा (सन् २०१९ डिसेम्बर १७ मा)

–    ज्म्ज्ञण्ण्ठठठ सङ्केतयुक्त सो तारा सूर्य जस्तै आकृतिको रहेको ।

–    १७२ प्रकाश वर्ष टाढा रहेको सो तारा १.२ अर्ब वर्ष पुरानो रहेको अनुमान ।

–    त्यसै गरी राष्ट्रसङ्घीय खगोल युनियनले ज्म्ज्ञण्ण्ठठठ ुद्यु सङ्केतयुक्त एक ग्रहलाई लालीगुराँस नामकरण गरेको ।

–    सो ग्रह वृहस्पतिभन्दा १.१६ गुना ठुलो रहेको ।

–    उक्त ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३८४ दिन लाग्ने ।

–    सो ग्रहमा जीवको सम्भावना नरहेको ।

१०.    कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

    किलिमञ्जरो

–    अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटीय गन्तव्य पनि हो ।

–    यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको ।

–    यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने ।

११.    प्राचीन युद्ध अभ्यासको अभिनयका रूपमा पञ्चेबाजाको तालमा हतियार देखाई नाचिने नाच कुन हो ?

    सरायँ नाच

–    खुँडा, खुकुरी, भाला, तरबारलगायतका विभिन्न घरेलु, हतियार देखाएर नाच्ने गरिएको सरायँ नाच सुरक्षाको दृष्टिकोणले हाल काठका हतियार, रुमाल, मयुरका प्वाँख र पूmलका साथ नाच्न थालिएको ।

–    यो नाच विशेष गरी गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङलगायतका पहाडी जिल्लामा प्रचलनमा रहेको । यो क्षेत्रमा विशेष गरी विजयादशमीदेखि पूर्णिमासम्म सरायँ नाच आयोजना गर्ने गरिएको । 

१२.    ग्लोबल हङ्गर इन्डेक्स २०२३ अनुसार विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

    ६९ औँ

–    भोकमरी सूचकाङ्क सूचीमा पहिलो स्थानमा बेलारुस रहेको ।

–    कुल १२५ देशको तथ्याङ्क रहेको सो सूचकाङ्कको अन्तिम स्थानमा मध्यअफ्रिकी गणतन्त्र रहेको ।

–    सन् २०२२ मा ८१ औँ स्थानमा रहेको नेपालले सुधार गर्दै यस वर्ष ६९ औँ स्थानमा आइपुगेको ।

–    विश्वमा सबैभन्दा कम भोकमरी भएको देश ः बेलारुस

–    विश्वमा सबैभन्दा बढी भोकमरी भएको देश ः मध्य अफ्रिकी गणतन्त्र

१३.    नेपाल–चीनबिच अन्तरसंसदीय सहयोग सम्झौता कहिले भएको हो ?

    विसं २०७९ भदौ २६ 

१४.    विश्वको सबैभन्दा ठुलो सौर्य टेलिस्कोप सेट बनाउने मुलुक कुन हो ?

    चीन 

१५.    अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

    सन् २०२३ मार्च ५–९, दोहा, कतार

१६.    थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?

    सन् १८४७ फेब्रुअरी ११ 

–    उनको जन्म अमेरिकाको ओहायो राज्यमा भएको । 

–    ग्रामोफोन, विद्युत् बल्ब, चलचित्र क्यामेरा, प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक थोमस अल्भा एडिसन हुन् । 

–    टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग गर्ने वैज्ञानिक एडिसन हुन् । 

–    हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिकका रूपमा एडिसनलाई चिनिन्छ । 

–    थोमस अल्भा एडिसनको मृत्यु सन् १९३१ अक्टोबर १८ मा भएको । 

१७.    नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले भएको हो ?

    विसं २०७५ फागुन १

१८.    फोहोर शून्य अभियान सञ्चालन गरिएको राष्ट्रिय निकुञ्ज कुन हो ?

    चितवन राष्ट्रिय निकुञ्ज

१९.    ‘मैले देखेको नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?

    हर्क गुरुङ

२०.    पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले भएको हो ?

    सन् १९३०

–    पहिलो विश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा भएको ।

–    सो प्रतियोगितामा १३ राष्ट्रको सहभागिता रहेको । 

–    फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पु¥याइएको । 

–    सन् २०२६ को वल्र्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या ः ४८ । 

२१.    नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च नेपालद्वारा नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण कहिले गर्ने भएको हो ?

    सन् २०२३ डिसेम्बर २३

–     नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सन् २०२२ मा सम्पन्न भएको ।

२२.    १०/१०/१० अभियान केसँग सम्बन्धित रहेको छ ?

    जलवायु परिवर्तन

२३.    नेपालमा वन्यजन्तुको डिएनए परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?

     खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोेगशाला

–    नेपालमा वन्यजन्तुको डिएनए परीक्षणको सुरुवात विसं २०७४ पुस ४ देखि भएको ।

–    मान्छे र वन्यजन्तुको डिएनए परीक्षण गरिने (एउटै प्रयोगशालामा) यो दक्षिण एसियामै पहिलो प्रयोगशालाका रूपमा रहेको ।

२४.    संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

    सन् १९९८ 

–    संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।

–    हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

२५.    संयुक्त राष्ट्रसङ्घको कति औँ महासभाबाट नेपाल पहिलो पटक राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा निर्वाचित भएको हो ?

     ७२ औँ 

–    संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित अफगानिस्तान, कतार र पाकिस्तान निर्वाचित भएका ।

–    नेपाल सर्वाधिक १६६ मतका साथ चयन हुन सफल भएको । 

–    निर्वाचित सदस्य राष्ट्रहरूको कार्यावधि सन् २०१८ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म (तीन वर्ष) रहेको ।

–    मानव अधिकार परिषद्मा ४७ सदस्य राष्ट्र रहने प्रावधान ।

२६.    विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

    सतार

–    (बिसखेला पर्व चौर वा खेल मैदान वरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आपूmतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आपूmतिर तानेर विष झार्न सक्छ, त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ । सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेष गरी झापा जिल्लामा प्रचलनमा छ ।)

    प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] १ कात्तिक २०८०, बुधबार
Share this