| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] ३ माघ २०८०, बुधबार

LoksewaGyan २७ माघ २०८०,शनिबार

१. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

 विसं २०८३

– सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।

– २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायतका कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्ष पछि धकेलिएको हो ।

– नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउने छन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।

– सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो । 

– राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो । 

– सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ । 

– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको पेरुङे डाँडामा ७५० रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ । 

 

२. विश्व बैङ्कले सन् २०२४ जनवरीमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

 ३.९ प्रतिशत

– विश्व बैङ्कले गत आवमा नेपालले १.९ 

प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको 

अनुमान गरेको छ । आगामी वर्ष भने नेपालमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैङ्कको प्रक्षेपण छ । 

– सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत एवं दक्षिण एसियाको ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । 

– सन् २०२३ मा विश्वको औसत आर्थिक वृद्धिदर २.६ प्रतिशत र सन् २०२२ मा ३ प्रतिशत थियो । 

– दक्षिण एसियामा यस वर्ष सबैभन्दा बढी आर्थिक वृद्धिदर भारत (६.४ प्रतिशत) र दोस्रोमा बङ्गलादेश (५.६ प्रतिशत) को हुने प्रक्षेपण रहेको छ ।

 

३. क्युआर कोड प्रयोगमा ल्याउने पहिलो नेपाली बैङ्क कुन हो ?

 नबिल बैङ्क

विभिन्न सेवा पहिले सुरुवात गर्ने 

एटिएम कार्ड : एभरेस्ट बैङ्क 

व्रmेडिट कार्ड : हिमालयन बैङ्क

इन्टरनेट बैङ्किङ : कुमारी बैङ्क

एसएमएस मोबाइल बैङ्किङ : लक्ष्मी बैङ्क

मल्टी करेन्सी कार्ड :सेन्चुरी बैङ्क

रोबोटको प्रयोग : एसबिआई बैङ्क

 

४. विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को औपचारिक रूपमा स्थापना कहिले भएको हो ?

 सन् १९९५ जनवरी १

 

५. विश्वव्यापी आतङ्कवाद सूचकाङ्क २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

 ३६ औँ

 

६. चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटर (एक्स) ले आफ्नो लोगो कहिले परिवर्तन गरेको हो ?

 सन् २०२३ जुलाई

– साबिकको निलो चरालाई प्रतिस्थापन गरी अङ्ग्रेजी अक्षर ‘एक्स’ कायम गरिएको छ ।

 

७. गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुनुहुन्छ ?

 विनोद राई (२०८० पुस)

– जितसँगै उहाँले २० लाख नगदसहित पुरस्कार प्राप्त गर्नुभएको छ । 

– प्रतियोगितामा मकरबहादुर योन्जन फस्र्ट रनरअप, कुमारप्रयास राई सेकेन्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप घोषित हुनुभएको छ । 

 

८. फ्रान्सका सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा चयन हुने राजनीतिकर्मी को हुन् ?

 ग्रेब्रियल याटाल (३४ वर्षीय)

– राष्ट्रपति इमानुयल म्याव्रmोले सन् २०२४ जनवरी ९ मा नयाँ सरकारको प्रमुखमा याटालको नाम घोषणा गरेका हुन् । 

– उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए ।

– फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट फाबियस प्रधानमन्त्री भएका थिए ।

 

९. नेपालमा एजेन्डा–२१ कार्यक्रम सुरुवात गरिएका जिल्ला कुन कुन हुन् ?

 दाङ, सुर्खेत, कैलाली

 

१०. कोशी प्रदेशको प्रदेश सभामुखमा को चयन भएका छन् ?

 अम्बरबहादुर विष्ट (विसं २०८० पुस २४)

– प्रदेश सभाका समानुपातिक सांसद विष्ट सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेसमेतको समर्थनमा सर्वसम्मत सभामुख चयन हुनुभएको हो । 

– तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउन २०८० यता कोशी प्रदेश सभामुखविहीन थियो ।

 

११. भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?

 मजलिस

 

१२. ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

 नेपाल पुलिस क्लब

– नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको ।

– प्रतियोगितामा गण्डकीले आर्मीलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

– प्रतियोगितामा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । 

– उदीयमान खेलाडी पहल गहतराज चुनिनुभएको छ । त्यसै गरी पुलिस क्लबकै रविन नगरकोटी बेस्ट ब्लकर, एपिएफका हेमन्त मल्ल बेस्ट स्पाइकर, गण्डकीका जीवन सुनार बेस्ट सर्भर, पुलिस क्लबका भीम गाह बेस्ट लिबेरो र पुलिस 

क्लबकै इम रानामगर बेस्ट सेटर घोषित 

हुनुभएको छ । 

– उपाधि विजेता नेपाल पुलिसले सिल्डसहित एक लाख रुपियाँ, उपविजेता एपिएफले ५० हजार र तेस्रो हुने गण्डकीले २५ हजार रुपियाँ प्राप्त गरेका छन् । 

– १० टोली सम्मिलित सो प्रतियोगिता विसं २०८० पुस २०–२६ सम्म वीरेन्द्रनगरमा सञ्चालन भएको थियो ।

 

१३. सरकारले कुन फलपूmललाई राष्ट्रिय फलपूmल घोषणा गर्ने तयारी गरेको छ ?

 सुन्तला 

– सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को व्यवस्था अनुसार सुन्तलालाई राष्ट्रिय फलपूmल घोषणा गर्ने विषयमा तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको ।

– फलफुल विकास केन्द्रले २०७६÷७७ मा गरेको अध्ययन अनुसार नेपालमा २६ हजार ५९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । सो अध्ययन अनुसार नेपालमा सुन्तला खेतीको अवस्था 

 

१४. मिस इको इन्टरनेसनल नेपाल २०२४ घोषित हुने युवती को हुनुहुन्छ ?

 फ्लाविया महर्जन

– विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

– आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० भन्दा बढी देशका इको सुन्दरीको सहभागिता रहने छ । 

 

१५. डेनमार्कमा राजकुमार फ्रेडरिक आन्द्रे हेनरिक त्यहाँको नयाँ राजा कहिले बनेका हुन् ?

 सन् २०२४ जनवरी १४

– ८३ वर्षीय महारानी मार्गरेथ द्वितीयाले आधिकारिक रूपमा सिंहासन छाडेपछि उनका छोरा फ्रेडरिक राजा बनेका हुन् ।

– जनवरी १४ मा महारानी मार्गरेथले सिंहासन त्यागेको घोषणा गर्दै त्यागपत्रमा हस्ताक्षर गरेकी थिइन् । यससँगै प्रधानमन्त्री मेटे फ्रेडरिकसनले राजकुमार फ्रेडिरिक दसौँलाई नयाँ राजा घोषणा गरेका थिए ।

– महारानी मार्गरेथ द्वितीयाले सन् १९७२ जनवरी १४ मा आफ्ना श्रीमान् राजा फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन् । ५२ वर्षपछि महारानीले सिंहासन त्यागेकी हुन् ।

– बेलायतकी एलिजावेथ द्वितीयापछि मार्गरेथ युरोपमा सबैभन्दा लामो समय शासन गर्ने दोस्रो शासक हुन् । 

१६. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

 राजेन्द्र विक्रम शाह

 

१७. भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्दछ ?

 जिम्बाबे र जाम्बिया

१८. फ्रान्ज बेकेनबाउर कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

 फुटबल 

– जर्मन फुटबलका चर्चित खेलाडी तथा प्रशिक्षक बेकेनबाउरको सन् २०२४ जनवरी ७ मा निधन भयो ।

– खेल कौशल र नेतृत्व क्षमताका कारण उनलाई ‘डेर कैजर’ (जसको अर्थ जर्मन भाषामा सम्राट् ) उपनाम बाट चिनिन्थ्यो । 

– बेकेनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानका रूपमा र १९९० मा प्रशिक्षकका रूपमा विश्वकप जितेका थिए । यो उपलब्धि हासिल गर्ने बेकेनबाउरसँगै ब्राजिलका मारियो जागालो र फ्रान्सका डिडियर डेसक्याम्प्स मात्रै हुन् । 

– जर्मनीका लागि १०३ खेल खेलेका बेकेनबाउरले एक फुटबल खेलाडीका रूपमा प्रायः प्रतिष्ठित प्रतियोगिता जितेका छन् ।

१९. राष्ट्रिय लेखक पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

 साहित्यकार बैरागी काइँला 

– नेपाल राष्ट्रिय लेखक सङ्घद्वारा प्रदान गरिने पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

– हरेक वर्ष वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाइन्छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]   ३ माघ २०८०, बुधबार
Share this