| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १० माघ २०८०, बुधबार

LoksewaGyan २७ माघ २०८०,शनिबार

१.    जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर्‍ यो ?

    सन् २०२४ जनवरी २०

–    मानवरहित यान चन्द्रमामा अवतरण भएको जाक्साले जनाएको छ ।

–    अवतरणपश्चात् चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार ब्याट्रीको रिचार्ज हुन नसकेपश्चात् यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बिर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधि भइरहेको जाक्साले जनाएको छ ।

–    स्लिमको अवतरणसँगै अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ ।

२.    फिफा सर्वश्रेष्ठ फुटबलर–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ?

    पुरुष तर्फ : लियोनल मेसी र महिला तर्फ : 

आइतावा बोनमती 

३.    सशस्त्र प्रहरीमा डिएसपी बढुवा हुन कुन विषयमा पोस्ट ग्य्राजुएट डिप्लोमा अनिवार्य गरिएको छ ?

    विपत् व्यवस्थापन 

–    सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुन सुरक्षा तथा विपत् व्यवस्थापन अध्ययनमा पोस्ट ग्य्राजुएट डिप्लोमा गर्नुपर्ने भएको छ ।

–    इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन पोस्ट ग्य्राजुएट डिप्लोमा इन सेक्युरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।

–    यसअघि सशस्त्र प्रहरीमा डिएसपीमा बढुवाका लागि कम्पनी कमान्ड एन्ड स्टाफ कोर्स (सिसिएसी) राखिएको थियो । यस पटकबाट भने कम्पनी कमान्ड र विपत् व्यवस्थापन दुवै कक्षा एकै पटक भइरहेको छ ।

४.    ‘मैले छिचोलेका कुइनेटा’ नामक कृतिका लेखक को हुनुहुन्छ ?

    डा. मुकेशकुमार चालिसे

५.    ट्राभल वेबसाइट ट्रिप एडभाइजरद्वारा प्रकाशित विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मध्ये पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

    काठमाडौँ

६.    काठमाडौँ महानगरपालिकाले वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली कुन ठाउँमा निर्माण गरेको छ ?

    बालाजु

–    यो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।

–    बर्खाको पानी बगेर खेर जाने र हिउँदमा पानीको अभाव हुने हुँदा यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिएको हो ।

–    तीव्र सहरीकरणका कारण अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय बर्षात् छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिक रूपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ । 

७.    नेपाली गायन जगत्का उज्ज्वल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?

    विसं २०८० माघ ५

–    उहाँका ‘सपना भुलाइ सारा आँसु पिएर जाउ’, 

‘आँखैमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे, घायल यो दिल के हाँस्थ्यो’, ‘नेपाल मेरो तिमीलाई’ लगायतका गीत चर्चित छन् । उहाँले नेपाल भाषाका पनि थुप्रै गीत गाउनुभएको छ ।

–    वनस्पतिशास्त्रमा एमएस्सी गर्नुभएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रही २०६१ सालमा सहसचिव पदबाट अवकाश हुनुभएको थियो ।

–    उहाँले यही माघ १ गते मात्रै गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिएको धुस्वाँ सायमी सिर्जना पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्टलगायत प्रख्यात पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँका विभिन्न कृतिसमेत प्रकाशित छन् । 

–    उहाँका दुई छोरी र एक छोरा छन् । 

८.    असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले युगान्डातर्फ प्रस्थान गर्नु भयो ?

    विसं २०८० माघ ४ (माघ ७ मा स्वदेश फिर्ता)

९.    पहिलो साक्षर घोषित प्रदेश कुन हो ?

    बागमती प्रदेश (दोस्रो : गण्डकी)

–    बागमती प्रदेश साक्षर घोषित : विसं २०७८ असोज ११

–    गण्डकी प्रदेश साक्षर घोषित : विसं २०७८ असोज २४

१०.    हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

    ९८ औँ 

११.    हाल राष्ट्रसङ्घको स्थायी प्रतिनिधिमा को रहनुभएको छ ? 

    लोकबहादुर थापा

–    उहाँ पन्ध्रौँ स्थायी प्रतिनिधि हुनुहुन्छ । 

–    यसअघि राष्ट्रसङ्घको प्रतिनिधि अमृतबहादुर थापा हुनुहुन्थ्यो । 

–    नेपालको पहिलो स्थायी प्रतिनिधि ऋषिकेश शाह हुनु भयो । 

१२.    बुकर पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ?

    पाउल लिन्च (आयरल्यान्ड)

–    ‘प्रोफेट सङ्ग’ उपन्यासका लागि यो अवार्ड प्रदान गरिएको हो । 

–    सन् १९६९ बाट प्रदान गर्न थालिएको यस पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ ।

१३.    जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

    माल्दिभ्स

१४. नेपाली स्याटेलाइट ‘नेपाली स्याट १’ कति दिन अन्तरिक्षमा रहेर पृथ्वीमा खसेको थियो ?

    ८४१ दिन

१५.    कँगो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ए, क्लेड टु बी कुन रोगका भेरिएन्ट हुन् ?

    मङ्की पक्स

१६.    महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?

    विसं २०७९ असोज १४

१७.    कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ? 

    सन् २०२३–२०२७

१८.    अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार–२०२३ बाट सम्मानित हुने नेपाली को हुनुहुन्छ ?

    डा. घनश्याम ज्ञवाली

१९.    राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

    माघ १

–    नवौँ राष्ट्रिय योग दिवस (२०८०) को नारा : गरौँ योग – रहौँ निरोग 

–    विसं २०७२ साउन २८ को मन्त्रीपरिषद् बैठकले माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

–    सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो । 

२०.    ७५ औँ संस्करणको एमी अवार्ड–२०२४ मा ‘आउट स्ट्यान्डिङ ड्रामा’ को उपाधि जित्न सफल फिल्म कुन हो ?

    सक्सेसन 

–    अवार्ड समारोहमा फिल्म सक्सेसन र द वियरले सर्वाधिक छ÷छ अवार्ड जितेका छन् ।

–    आउटस्ट्यान्डिङ ड्रामा : सक्सेसन 

–    उत्कृष्ट अभिनेता : म्याथु म्याकफेडेन (सक्सेसन) 

–    उत्कृष्ट निर्देशक : मार्क माइलड (सक्सेसन) 

–    प्रमुख अभिनेता : काइरन कल्किन (सक्सेसन)

–    प्रमुख अभिनेत्री : सारा स्नोक (सक्सेसन)

–    उत्कृष्ट लेखन : जेसी आमस्ट्र««ङ (सक्सेसन)

–    आउटस्ट्यान्डिङ कमेडी सिरिज : द वियर 

–    लेखन र निर्देशन : क्रिस्टोफर स्टोरर (द वियर)

–    प्रमुख अभिनेता : जेरेमी एलिन ह्वाइट 

–    प्रमुख अभिनेत्री : आयो एडिविरी 

–    सहअभिनेता : इबोन मोस बाचाराच 

२१.    महानगरपालिका हुनका लागि कति जनसङ्ख्या हुनुपर्ने प्रावधान छ ?

    पाँच लाख

–    कम्तीमा पाँच लाख स्थायी बासिन्दा, 

–    पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा एक अर्ब रुपियाँ,

–    कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशत पक्की भएको,

–    विशेषज्ञसहितको अस्पताल, कम्तीमा १०० शय्याको एक अस्पतालसहित कम्तीमा ५०० शय्याको अस्पताल सुविधा, 

–    अन्तर्राष्ट्रिय सभाहल तथा अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रदर्शनी स्थल,

–    सङ्ग्रहालय भएको, प्राविधिक शिक्षालय भएको, 

–    अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा भएको, 

–    अन्य सहरी सुविधा भएको,

२२.    त्रिभुवन विश्वविद्यालयको पहिलो कुलपति को हुनु भयो ?

    कान्तिराज्यलक्ष्मीदेवी शाह

–    (पहिलो उपकुलपति : सुवर्णशमशेर जबरा)

२३.    पन्ध्रौँ योजनामा उल्लिखित दीर्घकालीन लक्ष्य अनुसार विसं २१००/०१ सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति पुर्‍ याउने लक्ष्य रहेको छ ?

    १२,१०० अमेरिकी डलर 

२४.    आदिकवि भानुभक्त पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

    प्राध्यापक घनश्याम कँडेल (पुरस्कार राशि : एक लाख २५ हजार रुपियाँ)

२५.    नेपालमै पहिलो पटक पोथी हात्तीको शल्यक्रिया गरी बच्चाको जन्म कहिले गराइयो ? 

    विसं २०७९ फागुन २५

–    सौराहाको खोरसोरमा अवस्थित हात्ती प्रजनन केन्द्रमा गण्डकीकली नामक ढोईको शल्यक्रिया गरी बच्चा जन्माइएको हो । 

–    छावाको नाम विजयगज राखिएको थियो । 

२६.    विदेशमा बस्ने नेपालीलाई ध्यानमा राखी निःशुल्क टेलिमेडिसन सेवाको सुरुवात कहिले गरिएको हो ?

    विसं २०७९ चैत १५

प्रस्तुतकर्ता : टङ्क केसी

श्रोत: गोरखापत्र

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]   १० माघ २०८०, बुधबार
Share this