| बन्ने होइन त अधिकृत ?? |      

बस्तुगत [गोरखापत्र] २०७८ असोज २

श्रोत:गोरखापत्र ६ आश्विन २०७८,बुधबार

१. नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल कहिले भित्रिएको हो ?
 वि.सं. २०७८ भदौ ३०
– भारतलाई आधार बनाएर विभिन्न देशमा कार्गो रेल सेवा सञ्चालन गर्दै आएको हिन्द टर्मिनल्सको उक्त रेल वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा प्रवेश गरेको ।
– यसअघि भारत सरकारको स्वामित्व रहेका भारतीय रेलवे कम्पनी र कन्टेनर कर्पोरेसन लिमिटेड (कनकोर) ले मात्र नेपालमा कार्गो रेलसेवा उपलब्ध गराउँदै आएका ।
– नेपाल–भारतबीच गत असार २५ गते भएको रेल सेवा सम्झौताको व्यवस्थाअनुसार भारतबाट निजी क्षेत्रको कार्गो रेलले प्रवेश पाएको ।
– निजी क्षेत्रको समेत कार्गो रेल ढुवानी सेवाको सुरुवातले नेपालको व्यापार प्रक्रियामा थप सहजीकरण हुने विश्वास गरिएको ।

२. मन्त्रिपरिषद्को २०७८ भदौ २९ को बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा कसलाई नियुक्त ग-यो ?
 केशव निरौला
– आयोगको उपाध्यक्षमा नेमेन्द्रहादुर खड्कालाई नियुक्त गरिएको ।
– यसअघि देवी ज्ञवालीको नेतृत्वमा गठित आयोगलाई सरकारले २०७८ साउन १९ मा खारेज गर्ने निर्णय गरेको ।

३. राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि न्यूनतम उमेर हदको प्रावधान कति रहेको छ ?
 ४५ वर्ष (राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि ५ वर्षको हुने ।)

४. न्यायपरिषद् र न्यायसेवा आयोग कति सदस्यीय हुने संवैधानिक प्रावधान छ ?
 ५/५ सदस्यीय

५. नेपाल र मौरिससबीच श्रम सम्झौता कहिले भएको हो ?
 सन् २०१९ जुन ११
– मौरिसस नेपालसँग श्रम सम्झौता गर्ने पहिलो अफ्रिकी राष्ट्र रहेको ।
– सम्झौता–पत्रमा नेपालको तर्फबाट गोकर्ण विष्ट र मौरिससको तर्फबाट सुदेश एस क्यालिर्चनले हस्ताक्षर गरेका ।
– हालसम्म नेपालसँग श्रम सम्झौता गर्ने राष्ट्रको सङ्ख्या ९ (कतार, बहराइन, युएई, मलेसिया, दक्षिण कोरिया, इजरायल, जापान, जोर्डन र मौरिसस) पुगेका ।

६. विश्व बैङ्कद्वारा प्रकाशित ‘डुइङ विजनेस रिपोर्ट–२०२०’ अनुसार उद्योग व्यवसाय सञ्चालनको सहजताको हिसाबले नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 ९४औँ

७. विश्व बैङ्कले कहिलेदेखि ‘डुइङ विजनेस रिपोर्ट’ प्रकाशित नगर्ने भएको छ ?
 सन् २०२१
– विश्वभरका प्रायः सबै देशको आर्थिक तथा व्यावसायिक सूचक समेटेर प्रकाशित गरिने उक्त प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठेपछि बैङ्कले प्रकाशन स्थगित गरेको ।
– खासगरी विश्व बैङ्कले सन् २०१८ र २०२० मा प्रकाशित गरेको डुइङ विजनेश प्रतिवेदनमा तथ्याङ्क तोडमोडको आरोप लागेको छ । सोही आरोपमाथि आन्तरिक अनुसन्धान गर्दै विश्व बैङ्कले अर्को प्रतिवेदन प्रकाशनमा रोक लगाउने निर्णय गरेको हो ।
– भविष्यमा व्यवसाय र लगानीको वातावरण पहिचान गर्न फरक किसिमले काम अगाडि बढाउने बैङ्कले स्पष्ट पारेको छ ।

८. टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन–२ को उपाधि जित्ने प्रतिभा को हुन् ?
 भरतमणि पौडेल (ताप्लेजुङ)
– पौडेलले उपाधिसहित कार र २५ लाख नगद प्राप्त गरेका ।
– सो प्रतियोगितामा भारतको सिक्किमका विक्की अग्रवाल फस्ट रनर्सअप तथा गोरखाका सन्तोष थापा सेकेन्ड रनर्सअप भएका ।

९. हेनेली पासपोर्ट इन्डेक्स–२०२१ अनुसार शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
 १०९औँ
– विश्वकै बढी बलियो (प्रभावशाली) पासपोर्ट भएका राष्ट्रहरूमा क्रमशः जापान (१९३ गन्तव्य), सिङ्गापुर (१९२ गन्तव्य), जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य), फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य), अष्ट्रिया, डेनमार्क (१८९ गन्तव्य) ।
– कमजोर पासपोर्र्टको सूचीमा रहेका राष्ट्रहरूमा अफगानिस्तान (२६ गन्तव्य), इराक (२८ गन्तव्य), सिरिया (२९ गन्तव्य), पाकिस्तान (३२ गन्तव्य), यमन (३३ गन्तव्य) ।

१०. नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
 फर्पिङ (काठमाडौँ)

११. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?
 सन् २०२० अक्टोबर १३
– नेपाल सन् २०२१–२०२३ सम्मको कार्याकालका लागि निर्वाचित भएको ।
– यसअघि नेपाल सन् २०१८–२०२० सम्मको कार्यकालका लागि निर्वाचित भएको ।
– यस परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेवियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ राष्ट्र गरी ४७ सदस्य रहने प्रावधान ।
– यस संस्थाको स्थापना सन् २००६ मार्च १५
मा भएको ।
– यसको प्रधान कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।

१२. विश्व व्यापार सङ्गठनको पहिलो महिला महानिर्देशक को हुन् ?
 एन्गोजी ओकोन्जो (नाइजेरिया)


– सन् २०२१ फेब्रुअरी १५ मा नियुक्त ओकोन्जोले सन् २०२१ मार्च १ देखि कार्यभार सम्हालेकी ।
– डब्लुटीओ महानिर्देशकको कार्यकाल ४ वर्षको हुने ।

१३. असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
 सन् १९६१ सेप्टेम्बर १–६, वेलग्रेड (युगोस्लाभिया)
– यसको १९आँै सम्मेलन सन् २०१९ अक्टोबर २५–२६ सम्म अजरवैजानको बाकुमा सम्पन्न भएको ।
– हाल यस संस्थाका सदस्य राष्ट्रको सङ्ख्या १२० रहेको । त्यसैगरी, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संस्था रहेका छन् ।

१४. ब्रिक्सको १३औँ सम्मेलन कहिले कहाँ सम्पन्न भएको हो ?
 सन् २०२१ मार्च २७, भारत
– (ब्रिक्सको १२औँ सम्मेलन सन् २०२० जुलाई २१–२३ सम्म रुसमा (भिडियो कम्फरेन्सद्वारा) सम्पन्न भएको ।)

१५. दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदी–बहिनी को हुन् ?

 रुविशा र एलिशा श्रेष्ठ

१६. ‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
 बागमती प्रदेश

१७. पशुपन्छीका लागि खोप उत्पादन गर्ने हेस्टर वायोसाइन्सेज प्रा.लि. को स्थापना कहाँ गरिएको छ ?
 काभ्रेपलाञ्चोक

१८. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
 अर्थमन्त्री

१९. बी–३ डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?
 अमेरिका
– सन् २०२१ जुन २१ मा बेलायतमा भएको जी–७ को बैठकमा अमेरिकाले पहिलोपल्ट यो अवधारणा अघि सारेको ।
– न्यून तथा मध्यम आय भएका मुलुकमा पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको ।
– चिनियाँ राष्ट्रपति सी जिन पिङद्वारा सन् २०१३ मा सार्वजनिक गरिएको बिआरआइ (द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ) को प्रतिस्पर्धी योजनाका रूपमा यो अवधारणा ल्याइएको ।

२०. संयुक्त राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
 १०

२१. नेपाल र बङ्गलादेशबीच द्विपक्षीय इनर्जी–कोअपरेसनसम्बन्धी समझदारी–पत्र (एमओयु)मा हस्ताक्षर कहिले भएको हो ?
 वि.संं. २०७५ साउन २५
– सम्झौता–पत्रमा नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने, दुई देशका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सह–सचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रुपजस्ता संयन्त्र बनाउने विषय समेटिएको ।
– समझदारी–पत्रमा नेपालका तर्फबाट तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदद्वारा हस्ताक्षर भएको ।

२२. संयुक्त राष्ट्रसङ्घअन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपीसीसी) को गठन कहिले गरिएको हो ?
 सन् १९८८

२३. नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
 वि.सं. २०७३
– नेपालमा वि.सं. २०१५ फागुन ७ मा पहिलो आमनिर्वाचन भएको सम्झनामा हरेक वर्ष फागुन ७ का दिन यो दिवस मनाउन थालिएको ।
– वि.सं. २०७७ फागुन ७ मा मनाइएको पाँचौँ निर्वाचन दिवसको नारा ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ रहेको । वि.सं. २०७६ मा ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ नाराका साथ यो दिवस मनाइएको ।

२४. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
 प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा
सञ्चालित कार्यक्रम

२५. सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
 साँफेबगर नगरपालिका (अछाम)

२६. फाइनान्सियल एक्सन टाक्स फोर्सको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
 साउदी अरब

२७. विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कतिऔँ कलानगरीका रूपमा घोषणा गरेको छ ?
 ३५औँ

२८. इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
 रिङ्गिट

२९. ‘माड्साव’ उपनामले चिनिने नेपाली साहित्यकार को हुन् ?
 मदनमणि दीक्षित

३०. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्यक्षेत्रमा कस्ता राज्य थिए ?
 चौबीसे राज्य
प्रस्तुतकर्ता : टङ्क केसी

  • बस्तुगत [गोरखापत्र] २०७८ असोज २
Share this