| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २८ वैशाख २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाख २२ गते सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार कुन प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण छ ?

    बागमती प्रदेश (६.७ प्रतिशत) 

–    प्रदेशगत आर्थिक वृद्धिदर एवं अर्थतन्त्रको आकार (आ.व. २०७८/७९ प्रक्षेपित) 

–    चालू आ.व.मा सबैभन्दा बढी आर्थिक वृद्धिदर बागमती प्रदेश (६.७ प्रतिशत) को हुने अनुमान रहेको ।

–    सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेमा दोस्रो स्थानमा गण्डकी प्रदेश (६.१७) रहेको ।

–    चालू आ.व.मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा रु. ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएको । यसमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेश (३६.९ प्रतिशत)को रहेको । 

–    विभागले चालू आर्थिक वर्षको छदेखि नौ महिनासम्मको तथ्याङ्क तथा सूचना र बाँकी अवधि सामान्य अवस्था रहने अपेक्षा गरी आर्थिक वृद्धिदरको अनुमान गरेको । 

–    विश्वमा प्रचलित विधि टप–डाउन एप्रोचमा आधारित भएर प्रादेशिक अर्थतन्त्रको आकार र आर्थिक वृद्धिदरको अनुमान गरिएको विभागले जनाएको ।

२.    राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा कहिले सार्वजनिक गरेको हो ?

     वि.सं. २०७९ वैशाख २४

–    लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको । आकाशे निलो आकृतिले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्साले ट्र्याक र परेवाको पखेटालाई दर्शाएको । चार धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको ।

–    मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको । 

–    छनोट भएको लोगो र मस्कट काठमाडौँको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको ।

–    खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको ।

–    खेलकुदको नारा सुयोग्यराज काफ्लेले तयार गर्नुभएको ।

३.    हाल नेपालमा वन क्षेत्रले ओगटेको हिस्सा कति रहेको छ ?

    ४४.७४ प्रतिशत

–    नेपालको कुल वन क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश : कर्णाली 

–    नेपालको कुल वन क्षेत्रमा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश : मधेस प्रदेश 

–    प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश : सुदूरपश्चिम प्रदेश

–    प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश :मधेस प्रदेश 

४.    नेपाल सरकारले नेसनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२२ कसलाई प्रदान ग-यो ?

    पङ्कज जलान 

५.    संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई कहिलेसम्ममा अल्पविकसितबाट मध्यम स्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ?

    सन् २०२६ 

६.    चीनको होङझाउ सहरमा तय गरिएको एसियाली खेलकुद प्रतियोगिता कति औँ संस्करण हो ?

    १९औँ (सन् २०२२ सेप्टेम्बर १०–२५ सम्म सञ्चालन गरिने भएको १९औँ एसियाड स्थगित भएको ।) 

–    चिनियाँ ओलम्पिक कमिटी, एसियाडको ओलम्पिक सहर र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)बीच सन् २०२२ मे ६ मा सम्पन्न बैठकले १९औँ एसियाड तत्कालका लागि स्थगित गरेको ।

–    बैठकले नयाँ मिति तय नगरेको ।

–    विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले चीनमा कोरोना सङ्क्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका । चीनले भने एसियाड स्थगित गर्नुका कारण नजनाएको ।

७.    ‘रातो कर माफ गर’ भन्ने आन्दोलन केसँग सम्बन्धित छ ?

    स्यानिटरी प्याडको मूल्य

८.    ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

    सुदूरपश्चिम प्रदेश 

९.    अफगानिस्तानमा ‘मस्को फम्र्याट डायलग’को आयोजना गर्ने राष्ट्र कुन हो ?

    रुस

१०.    हालै सगरमाथाको कति उचाइमा स्वचालित मौसम केन्द्र राखिएको छ ?

    ८८३० मिटर

–    चिनियाँ वैज्ञानिकको सगरमाथा आरोहण टोलीद्वारा सो केन्द्र स्थापना गरिएको ।

–    पृथ्वी शिखर मिसन २०२२ नाम दिइएको सो टोलीमा १४ सदस्य रहेका । टोलीका एक जना भने चिसोका कारण तल्लो आधार शिविरमा नै रहेका । 

–    सगरमाथामा रहेको मौसम केन्द्रले त्यहाँको वर्तमान मौसमी विवरणको जानकारीसँगै विश्वव्यापी तापक्रम वृद्धिको असर मूल्याङ्कन गर्न सघाउ पुग्ने विश्वास गरिएको ।

–    यसअघि सन् २०१९ मा त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग एवं अमेरिकास्थित नेसनल जिओग्राफीको संयुक्त पहलमा सगरमाथा क्षेत्र (८४३० मिटर उचाइ)मा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिएको थियो ।

११.    सन् २०२१ अक्टोबरमा सम्पन्न साफ च्याम्पियनसिप प्रतियोगिता कुन देशमा आयोजना गरिएको होे ?    

    माल्दिभ्स

१२.    ‘युद्ध साहित्य पुरस्कार २०७८’ कुन कृतिलाई प्रदान गरियो ?

    अफगानी रणमैदान (लेखक ; केदार सङ्केत)

१३.    सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

    वि.सं. २०७८ असार १४

–    भक्ति थापा राष्ट्रिय विभूति घोषित भएसँगै नेपालमा घोषणा गरिएका राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको ।

–    यिनले ७३ वर्षको उमेरमा नेपाल–अङ्ग्रेज युद्धमा मलाउँ किल्ला देउथल पोस्टको नेतृत्व गरेका । 

–    वि.सं. १७९९ मा लमजुङमा जन्मिएका थापाको निधन वि.सं. १८७२ वैशाख ६ मा देउथलमा भएको ।

१४.    नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?    

    मोहन कोइराला

१५.    मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?

    एन्जियोप्लास्टी 

१६.    नेपालमा पहिलो विद्युतीय राहदानी प्राप्त गर्ने व्यक्तित्व को हुनुहुन्छ ?

    सत्यमोहन जोशी

१७.    विश्वको पहिलो कृत्रिम बुद्धिबाट सञ्चालित समाचारवाचक रोबर्ट (आर्टिफिसियल इन्टेलिजेन्स–पावर्ड न्युज एङ्कर) कुन हो ?

    झाङ झोउ (चीन) 

१८.    जलविद्युत् उत्पादनका हिसाबले पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?

    गण्डकी प्रदेश 

१९.    ‘ग्रेट ग्रिन वाल प्रोजेक्ट’कहाँ कार्यान्वयनमा ल्याइएको छ ?

    अफ्रिकाको साहेल क्षेत्र

२०.    कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएको ‘सीसीएमसी’को पूरा रूप के हो ?

    कोभिड–१९ को–अर्डिनेसन एन्ड म्यानेजमेन्ट सेन्टर 

२१.    किराँत राई समुदायको प्रमुख चाड उधौली र उभौलीमा नाचिने प्रमुख नृत्य कुन हो ?

    साकेला 

२२.    राणाकालीन शिक्षा नामक पुस्तकका स्रष्टा को हुन् ?

    प्रकृति अधिकारी

२३.    सन् २०२३ मा वान डे इन्टरनेसनल वल्र्ड कप क्रिकेट प्रतियोगिता कहाँ हुने भएको छ ?

    भारत 

२४.    राष्ट्रिय सूचना आयोगले विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ कसलाई प्रदान ग-यो ?

    दुर्गा आचार्य (पर्वत), कैलाश माझी (सप्तरी), उमिद वागचन्द (कैलाली) र मनोज रौनियार (पर्सा)

–    विभागले उत्कृष्ट सूचना अधिकारी पुरस्कार सत्यनारायण हुजदार (उदयपुर), गोकर्णराज वाग्ले (तनहुँ), दुर्गाप्रसाद शर्मा (बागलुङ), निर्मल लामा (सिन्धुली) र राजु अर्याल (हेटौँडा)लाई प्रदान गरेको ।

–    उत्कृष्ट कर्मचारी पुरस्कार उपसचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायब सुब्बा हेमन्त रिजाललाई प्रदान गरिएको । 

२५.    नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?

    विराटनगर जुटमिल

२६.    राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप–२६’मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य राखेको घोषणा गरेको छ ?

    सन् २०४५

२७.    अर्ना गणना २०२१ अनुसार नेपालमा हाल कति अर्ना रहेका छन् ?

    ४९८

–    वि.सं. २०७८ वैशाखमा सार्वजनिक गरिएको अर्ना गणनाको विवरणअनुसार नेपालमा अर्नाको सङ्ख्या ४९८ रहेको ।

–    यसअघि सन् २०१४ को गणनामा नेपालमा अर्नाको सङ्ख्या ४४१ रहेको ।

–    कोसीटप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध रहेको ।

२८.    राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो पटक प्रतिनिधि सभा विघटन कहिले भएको हो ?

    वि.सं. २०७७ पुस ५ 

–    (दोस्रो पटक : २०७८ जेठ ८) 

२९.    हाइपरइन्फ्लेसन भन्नाले के बुझिन्छ ?

    अत्यधिक मुद्रास्फीति 

प्रस्तुतकर्ता : टंक के.सी.

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]  २८ वैशाख २०७९, बुधबार
Share this