| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] ४ जेठ २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ?

    मोहन सिटौला (पुरस्कार राशिः रु.२ लाख)

–    (नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि : रु. १ लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)

 २.     बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

    वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)

३.     उत्तम शान्ति पुरस्कार –२०७८ कसलाई प्रदान गरियो ?

    सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)

–    (उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)

४.     २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

    हेटौंडास्थित गुम्बाडाँडा

–    बौद्ध धर्मगुरु लोमसाङ नांगेलद्वारा  सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको ।

–    ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँद्नुभएको ।

–    २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका । नेपाल  र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको ।

–    गुम्बाडाँडा हेटांैडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने ।

–    पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको ।

५.     वि.सं. २०७९ वैशाखमा सम्पन्न विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुने कलाकार को हुन् ?

    गीतकार विश्ववल्लभ (पुरस्कार राशिः रु.१ लाख) 

–    (गायिका तारा थापा विन्ध्यवासिनी साधना सम्मान पुरस्कार राशी ःरु. ५० हजार) बाट सम्मानित भएकी ।)

६.     नेपालमा पहिलो स्थानीय तह निर्वाचन कहिले भएको थियो ?

    वि.सं. २००४ जेठ २९

–    म्युनिसिपालिटी गोश्वाराले काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन सम्पन्न गरेको थियो ।

–    त्यो बेला उम्मेदवार छान्दा २५ वर्ष पुगेका लोग्नेमानिसलाई मात्र छान्ने र सो छान्ने मानिसहरूमा पनि २१ वर्ष नाघिसकेका लोग्नेमानिसहरूले मात्र भोट गर्न पाउने प्रावधान रहेको ।

७.     सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था परीक्षणका रूपमा कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?

    वि.सं. २०७९ जेठ १

–    यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुने ।

–    कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह् साढे ४ बजेसम्म हुने ।

–    दशैँ र तिहारका सार्वजनिक बिदावाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुुसार सेवा प्रवाह गराउनुपर्ने राजपत्रमा उल्लेख गरिएको । सार्वजनिक संस्थामा सेवा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमनलगायतका रहेका ।

८.     ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?

    भूमध्ये रेखा

९.     नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?

    बाग्लुङ

१०.     नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?

    राष्ट्रिय खनिज नीति, २०७४ 

११.     राष्ट्रिय कलाश्री सम्मान –२०७८ कसलाई प्रदान गरियो ?

    साहित्यसाधक परशु प्रधान 

–    राष्ट्रिय कलाश्री पुरस्कार शब्दशिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको ।

–    ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।

–    बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया  राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूकर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको ।

१२.     वेदव्यासको जन्मस्थल एवं तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ?

    पणेना (अर्घाखाँची) 

१३.     भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन कहिले गरिएको हो ?

    वि.सं. २०७९ जेठ २

–     काठमाडौँबाट गएको नेपाल वायुसेवा निगमको न्यारो बडी (३२०) को विमानलाई स्वागत गरी प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा औपचारिक रूपमा विमानस्थलको उद्घाटन गरिएको ।

–    औपचारिक उद्घाटन भएसँगै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आएको ।

–    बुद्धजयन्तीका अवसरमा उद्घाटन गरिएको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्धिको ढोकाका रूपमा हेरिएको ।

–    तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुवाती लक्ष्यअनुसार तत्कालीन प्र.म. सुशील कोइरालाद्वारा २०७१ सालमा शिलान्यास गरिएको थियो । 

–    २०७२/७३  देखि निर्माण सुरु भएको यो विमानस्थल एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब लागतमा निर्माण सम्पन्न भएको ।

–    विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएसँगै इन्स्ट्रमेन्टल ल्याण्डिङ सिस्टमजडित  यो विमानस्थलमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुन नसकेका जहाजसमेत अवतरण हुनसक्ने । त्यस्तै, रनवेलगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजले नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्थाको समेत 

अन्त्य भएको ।

–    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल काठमाडौँमा जहाज अवतरणका लागि ११ किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा यो विमानस्थलमा ६ किलोमिटर भिजिबिलिटी भए पनि जहाज सहजै अवतरण हुनसक्ने ।

–    हाललाई विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरण आफंैले गर्नेछ भने ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले गर्ने ।

–    यस विमानस्थलमा पहिलो व्यावसायिक उडान नेपाल वायुसेवा निगमको न्यारो बडी ३२० ले गरेको ।

–    यसअघि २०७९ वैशाख १५ गते निगमको वाइड बडी (३३०) विमानले परीक्षण उडान गरेको ।

१४.     संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा नेपाल कतिऔँ स्थानमा छ ?

    दोस्रो 

१५.     राष्ट्रिय कविता महोत्सव–२०७८ मा प्रथम स्थान हासिल गर्न सफल कवि स्रष्टा को हुन् ?

    कविता राई (कविताः देशको नक्सा)

१६.     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’ को उद्घाटन कहिले गरियो ?

    वि.सं. २०७६ फागुन ८

 १७.     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिलेदेखि सुरु भएको हो ?    

    सन् १९९१

१८.     तेस्रो राष्ट्रिय लघुवित्त सम्मेलन कहाँ सम्पन्न भएको हो ?

    काठमाडौँ

–    सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको ।

–    सम्मेलनले  तीन मुख्य समस्या गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै अगाडि बढ्ने सङ्कल्प गरेको ।

१९.     नेपालमा डिजिटल भिसा प्रणलीको सुरुवात कहिलेदेखि भएको हो ?

    वि.सं. २०७८ असार १४

२०.     हाल नेपालको भन्सार प्रशासनमा आसिकुडा प्रविधिको कुन भर्सन प्रचलनमा छ ?

    आसिकुडा वर्ड

२१.     आसिकुडा प्रविधिको पछिल्लो भर्सन ‘आसिकुडा वर्ड’ को सुरुवात कुन भन्सार कार्यालयबाट कार्यान्वयनमा ल्याइएको हो ?

    मेची भन्सार कार्यालय

२२. नेपालमा व्यक्तिगत घटना दर्तालाई कहिलेसम्ममा शतप्रतिशत बनाउने उद्देश्य राखिएको छ ?

    सन् २०२४ 

२३.     भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड–२०२२ बाट सम्मानित नेपाली वृत्तचित्र कुन हो ?

    जोगी द गड अफ नाइट 

–    दक्षिण भारतको पुडुचेरीमा आयोजित मोख्खो इन्टरनेसनल फिल्म फस्टिभलमा जोगी द गड नाइट उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बन्न सफल भएको ।

–    यस्तै, भुटानको ड्रक इन्टरनेशनल फिल्म फेस्टिभलमा उक्त वृत्तचित्रले आउटस्ट्याण्डिङ अचिभमेन्ट अवार्ड जितेको ।

–    यसअघि पनि नेपालमा आयोजना भएको काठमाडौँ सर्ट फिल्म फेस्टा तथा सोसल मिडिया फिल्म अवार्डमा सो वृत्तचित्र उत्कृष्ट वृत्तचित्र बनेको । 

–    पूर्वी नेपाललगायत देशका विभिन्न स्थानमा फेरीप्रथा अझै पनि चलिआएको । जोगी जातका पुरुषले साउन, कात्तिक र चैतमा विभिन्न गाउँमा गई रातको समयमा घरघरमा पुगी शङ्ख बजाएर फेरी लगाउने गरेका ।  

२४.     मानव विकास सूचकाङ्कको प्रतिपादन कसले गरेका हुन् ?

    अर्थशास्त्री महबुब उलहक

२५.     आयुर्वेदका प्रवर्तक को हुन ?

    धन्वन्तरि 

–    नेपालमा कात्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिएको ।

–    वि.सं. २०५६ देखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको । 

२६.     आयुर्वेद कुन वेदको उपवेद हो ?

    अथर्ववेद 

२७.     प्रोटोकल १८ केसँग सम्बन्धित छ ?    

    मानव अधिकार

२८.     कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

    राजवंशी 

२९.     नेपालमा पहिलोपल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?

    वि.सं. २०७५ असार २०

–    (‘नसर्ने रोगमा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित पहिलोपटक सो दिवस मनाइएको ।)

३०.     आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको हो ?

    काठमाडौँ उपत्यका 

प्रस्तुतकर्ता : टङ्क के.सी.

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]  ४ जेठ २०७९, बुधबार
Share this