| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १ असार २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो ?

    वि.सं. २०७९ असार १

–    २०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको । 

–    सरकारले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षणका रूपमा लागू गरिएको बिदा जेठ १ देखि कार्यान्वयनमा आएको थियो । 

२.    नेपाल प्रहरीको इतिहासमा पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी बन्न सफल व्यक्तित्व को हुन्  ?

    पूजा सिंह

–    २०७९ जेठ २३ को मन्त्रिपरिषद्को बैठकले पूजा सिंहलाई एआईजीमा बढुवा गरेको ।

–    यसअघि प्राविधिकतर्फ महिला एआईजी भए पनि प्रशासनतर्फबाट भने महिला डीआईजीसम्म मात्र पुगेका । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डीआईजी भएका । 

–    २०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघमा डीआईजीमा बढुवा भएकी ।

३.    विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?

    जुन ७ 

–    सन् २०२२ को नारा : स्वच्छ सन्तुलित आहार : स्वस्थ जीवनको आधार 

–    सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्रसङ्घको महासभाले जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको ।

–    खाद्य स्वच्छता प्रत्याभूत गर्न नेपाल सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति – २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको ।

–    विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जुन १ देखि ७ सम्म सप्ताहव्यापी रूपमा समेत यो दिवस मनाइएको ।)

४.    नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट सम्मानित हुने कलाकार को को हुन् ?

    रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, वरिष्ठ जलतरङ्गवाधक मोहनप्रसाद जोशी, वरिष्ठ नृत्य निर्देशक विणा राजभण्डारी जोशी, वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया, वरिष्ठ सर्जक मोहनकृष्ण कार्की ढली, वरिष्ठ लोकसर्जक अमर विरही गुरुङ 

–    (पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको ।)

५.    विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ ?

    जुन ५ 

–    नेपालमा ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको । सन् २०२२ मा स्विडेनको स्टकहोममा सन् १९७२ मा भएको वातावरणसम्बन्धी सम्मेलनको स्वर्ण (५० वर्ष पुगेको अवसरमा) वार्षिकोत्सवसमेत मनाइएको ।

–    वातावरणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘ओन्ली अन अर्थ’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जिउन योग्य एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको ।

–    सन् १९७३ देखि यो दिवस मनाउँदै आइएको । 

६.    आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ?

    २२ (घाटामा रहेका संस्थान : १९ र कारोबार शून्य भएका संस्थान : २)

७.    अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ?

    मे २९

–     (सन् २०२२ को नारा : एभरेस्ट : पिक अफ द वल्र्ड, प्राइड अफ नेपाल)

८.    अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

    ३.६ प्रतिशत 

९.    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो ?

    वि.सं. २०७९ जेठ १५

–    तारा एयरको ९ एन एईटी जहाज दुर्घटना हुँदा तीन चालक दलसहित २२ जनाको ज्यान गएको ।

–    १५ गते बिहान १०ः१० बाट सम्पर्क विच्छेद भई मुस्ताङको आकाशमा हराएको सो विमान भोलिपल्ट थासाङ–२ को मानापाथी हिमालको फेद सानसुरे भीरमा भेटिएको थियो ।

१०.    सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला को हुन् ?

     राजकुमारी आस्मा वित्त थानी अल–थानी 

–    उनी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी । उनले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी । 

११.    फिल्म क्षेत्रको प्रतिष्ठित मानिएको कान्सफिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जित्न सफल नेपाली सर्ट फिल्म कुन हो ?

    लोरी

–    अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म लोरीले कान्स फिल्म फेस्टिभलमा पहिलो पटक सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड चुमेको ।

१२.    राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?

    जेठ १६ 

–    (वि.सं. २०७९ को नारा : महिलाको सम्मान : सभ्य समाजको निर्माण ।)

१३.    वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो ?

    २५६६औँ 

१४.    बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको उद्घाटन कहिले गरियो ?

    वि.सं. २०७९ जेठ २

–    चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको । 

–    पाँच हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ वैशाख १७ गते शिलान्यास भएको थियो ।

–    छाता शैलीमा निर्मित सम्मेलन केन्द्रमा मुख्य तीनवटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका रहेका ।

१५.    नाइटिङ्गेल नर्सिङ अवार्डबाट सम्मानित हुने नेपाली को हुन् ?

    नर्स विमला श्रेष्ठ 

–    उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी । 

–    यो पुरस्कार अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको ।

१६.    देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कहिले पूरा भएको हो ?

    वि.सं. २०७९ जेठ ५

१७.    सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?

    सर्लाही (११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह) 

–    सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश : प्रदेश १ (१३७) 

–    सबैभन्दा कम स्थानीय तह भएको प्रदेश :कर्णाली प्रदेश (७९)

–    दुई/दुईवटा उपमहानगरपालिका भएको जिल्लाको 

सङ्ख्या : तीन (सुनसरी : धरान र इटहरी, बारा :जितपुर र कलैया तथा दाङ :तुलसीपुर र घोराही)

१८.    क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?

    नेपालगञ्ज, बाँके

१९.    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ ?

    पाँच (बढीमा २१ वडा)

–    (नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने प्रावधान रहेको ।)

२०.    नेपालमा हाल कति प्रजातिका चरा भेटिएको अभिलेख छ ?

    ८९० 

–    हालै चितवनको गैडहवामा भेटिएको नयाँ प्रजातिको चरासँगै नेपालमा चराका प्रजातिको सङ्ख्या ८९० पुगेको । 

–    ‘चाइनिज पोन्ड हेरोन’ नामक प्रजातिको यो चरा चीन, भारत अनि भियतनाममा पाइने गरेको ।

–    सिमसार क्षेत्रमा बस्न रुचाउने यो चराले विशेषतः माछा, भ्यागुतालाई आफ्नो आहारा बनाउने गरको ।

२१.    अजर अमर सम्मान २०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

    माणिकरत्न स्थापित

२२.    मधुपर्क सम्मान (गद्य) २०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ ?

    पुरुषोत्तम बस्नेत 

–    उहाँले मधुपर्क प्रकाशनको सुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको ।

–    त्यस्तै मधुपर्क सम्मान (पद्य) २०७९ बाट गणेश रसिक सम्मानित हुनुभएको ।

–    उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित हुनुहुन्छ ।

–    त्यसैगरी मधुपर्क प्रतिभा सम्मान, २०७९ बाट युवा पुस्ताका सर्जक मोमिला जोशी सम्मानित हुनुभएको । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ । 

–    सबै पुरस्कारको राशि जनही ३५ हजार रुपियाँ रहेको ।

२३.    सन् २०२४ मा हुने ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?

    फ्रान्स

२४.    रगत नीलो हुने समस्या के को कमीका कारणले हुन्छ ?

     पाइरिडोक्सिन

२५.    नासाको ‘दाविन्ची प्लस’ र ‘वेरिटास’ मिसन केसँग सम्बन्धित छ ?

    शुक्र ग्रह मिसन

२६.    काठमाडौँमा आयोजित १०औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड जित्न सफल लघु फिल्म कुन हो ?

    घोस्ट अफ स्पेसटाइम (मोरक्को)

–    बुर्किनाफासोको आई अफ द स्ट्रोमले उत्कृष्ट फिल्मको अवार्ड जितेको । 

–    राष्ट्रियतर्फ कृषा चौलागार्इंको ऐना लघु फिल्म तथा माधवराज खरेलको कुइनेटोले उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको ।

–    कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी अवार्ड र जीवन पराजुलीले छायाँकारको अवार्ड जितेका ।

–    महोत्सवमा लघु फिल्म ऐनाबाट कृषाले क्रिटिक्सतर्फ निर्देशक र भूपेन्द्र अधिकारीले सम्पादकको अवार्ड जितेका । 

२७.    ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?

    जुन २३

प्रस्तुतकर्ता : टंक केसी

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]  १ असार २०७९, बुधबार
Share this