| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] ८ असार २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ?

    कामिरिता शेर्पा (२६औँ पटक, २०७९ वैशाख)

–    उहाँले यसअघिको आफ्नै रेकर्ड तोड्नुभएको । 

–    विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पासाङ दावाले पछ्याइरहनुभएको । पासाङ दावाले एकै हप्तामा दुई पटक सगरमाथाको शिखर चुम्नुभएको । उहाँको यो २४औँँ र २५औँ पटकको सगरमाथा आरोहण हो ।

–    सोलुखुम्बुको नाम्चेबजारनजिकै पर्ने थिसो निवासी निग्मानुरु शेर्पाले पनि यसपालि २४आँै पटक आरोहण गर्नुभएको । निग्मानुरु विश्वमै धेरै पटक सगरमाथा चढ्ने आरोहीमा तेस्रो बन्नुभएको ।

–    यस्तै महिला आरोही ल्हाक्पा शेर्पा सगरमाथा १०औँ पटक पुग्न सफल हुनुभएको । सङ्खुवासभाकी ४८ वर्षीया ल्हाक्पा सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली महिला हुनुहुन्छ । 

–    फुर्वा तेञ्जिङ शेर्पाका आठ जना दाजुभाइ तथा दिदीबहिनी सबैले सगरमाथा आरोहण गरिसकेका । 

२.    काठमाडौँ उपत्यकाको बिजुली आपूर्ति दिगो र भरपर्दो बनाउन अत्यावश्यक मानिएको मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन कहिलेदेखि सञ्चालनमा आएको हो ?

    वि.सं. २०७९ असार २

–    योसँगै मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन सहज हुने भएको । 

–    कुलेखानी नचलेका बेला मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनमार्फत विद्युत्लाई काठमाडौँ हुँदै हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ थप विद्युत् प्रवाह गराउन सकिने । यो लाइन काठमाडौँ उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफलाइन हो ।

–    २२० केभी क्षमता भए पनि केही सबस्टेसनका संरचना बनिनसकेकाले हाललाई १३२ केभी क्षमतामा सञ्चालन गरिएको प्राधिकरणले जनाएको । काठमाडौँको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०÷१३२÷३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छन् । ती सबस्टेसनको अन्तिम चरणका थोरै काम बाँकी रहेको र सम्पन्न हुनासाथ यी प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको ।

–    यो प्रसारण लाइन निर्माण २०७३ भदौमा सुरु भएको ।

–    नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण गरिएको ।

३.    नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले सार्वजनिक भएको हो ?

    वि.सं. २०७७ पुस २

–    ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा सातवटा उद्देश्य रहेको । 

–    नीतिमा ११ रणनीति र ११५ कार्यनीति रहेको ।

–    जलस्रोत नीतिले कृषियोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पु-याउने, सर्वसुलभ रूपमा खानेपानी सेवा उपलब्ध गराउने, वर्षा र सुक्खायामबीचको जलविद्युत् उत्पादन क्षमताको भिन्नतालाई कम गर्न बहुउद्देश्यीय जलाशययुक्त तथा अन्तरजलाधार जल स्थानान्तरण आयोजनाको विकासलाई प्राथमिकता दिनेलगायतका कुरालाई विशेष जोड दिएको ।

४.    मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?

    मोटोरोला, अमेरिका (सन् १९७६ अप्रिल) 

५.    ‘ई–क्लास नेपाल’ एप कहिले सार्वजनिक गरिएको हो ?

    वि.सं. २०७७ मङ्सिर २३

–    यो एप सिकाइ सहज बनाउने उद्देश्यले तयार पारिएको ।

–    कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित यो एप शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा सार्वजनिक गरिएको ।

६.    अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट र होरस टटलद्वारा सन् १८६२ मा पत्ता लगाइएको पुच्छ«ेतारा कुन हो ?

    स्विफ्ट टटल

–    सन् १९९२ मा सूर्यको नजिक आएको यो पुच्छ«ेतारा अब सन् २१२५ मा आउने खगोलविद्ले जनाएका । 

–    हाल पृथ्वीको नजिक नरहेको यो पुच्छ«ेताराले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्न पुग्छन्, जसलाई उल्का वर्षा भनी चिनिन्छ ।

७.    आयात–निर्यात कार्य सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ? 

    नेपाल ट्रेड (नेपाल सरकारद्वारा ल्याइएको) 

८.    प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापनाका लागि चयन गरिएको ठाउँ कुन हो ?

    पाँचखाल (काभ्रे)

९.    राष्ट्रिय योजना आयोगद्वारा ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति कति सूचक तयार गरिएको छ ?

    समृद्धि : ३२ र सुख : २३ 

१०.    बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

    संस्थातर्फ : बीपी सङ्ग्रहालय (सुन्दरीजल) र व्यक्तितर्फ : पुरुषोत्तम बस्नेत 

–    त्यस्तै बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अन्य व्यक्तित्वमा साहित्यिक आख्यानतर्फ डा. धु्रवचन्द्र गौतम र काव्यमा डा. विष्णुविभु घिमिरेलाई सम्मान गरिएको ।

११.    वि.सं. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

    प्रियङ्कारानी जोशी

–    यस्तै मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ घोषित भएका । 

–    द हिडन ट्रेजरद्वारा आयोजित सो प्रतियोगिताका लागि २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । 

१२.    एसईई नेसनल २०२२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

    दृष्टि बस्नेत 

–    एसईईका विद्यार्थीबीच एभी इन्टरटेन्मेन्टको सहकार्यमा युहान इन्टरनेसनलद्वारा आयोजित प्रतिभा प्रदर्शन र सौन्दर्य प्रतियोगितामा दृष्टिले सो उपाधि जितेकी ।

–    प्रतियोगितामा प्रमिशा चौलागाईं फस्ट, लिपी दाहाल सेकेन्ड, मञ्जिता कुँवर थर्ड र सोनिका सुवेदी फोर्थ रनर्स अप भएका । 

१३.    नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

    सुमन सत्याल

१४.    इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

     ब्राउजर

१५.    जैविक विविधतासम्बन्धी महासन्धि कहिले पारित भएको हो ?

     सन् १९९२ 

१६.    नासाद्वारा पहिलो पटक मङ्गल ग्रहमा रकेट अवतरण कहिले भएको हो ?

     सन् २०१८ नोभेम्बर २६

–    इन्साइड ल्यान्डर नामक सो रकेट सन् २०१८ मे ५ मा प्रक्षेपण गरिएको थियो ।

–    ‘इन्साइड’ परियोजनाका प्रमुख टम हफम्यान हुन् । 

१७.    लोकसेवा आयोगको प्रतीक चिह्न (लोगो) कहिलेदेखि प्रचलनमा आएको हो ?

     वि.सं. २०७३ असार १

–     यस प्रतीक चिह्नका डिजाइनर माधव रेग्मी हुन् ।

–    प्रतीक चिह्नमा ‘योग्यता, निष्पक्षता, स्वच्छता’ नारा समावेश गरिएको ।

१८.    सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

    वि.सं. २०७९ असार ६ 

–    नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको ।

–    जयपृथ्वीबहादुर सिंह बझाङी राजा हुन् । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि लेखेका थिए । १९३४ भदौ ५ मा बझाङमा जन्मेका सिंहको वि.सं. १९९७ असोज १ गते निधन भएको थियो । 

–    जयपृथ्वीबहादुर सिंहसँगै नेपालका राष्ट्रिय विभूतिको सङ्ख्या १८ पुगेको ।

१९.    नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ? 

    मोहन सिटौला (पुरस्कार राशि ः रु. दुई लाख) 

 –     (नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि ः रु. एक लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)

२०.    बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

    वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)

२१.    उत्तम शान्ति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

    सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)

–    (उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)

२२.    २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

     हेटौँडास्थित गुम्बाडाँडा

–    बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलद्वारा सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको ।

–    ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँध्नुभएको ।

–    २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका ।

–    नेपाल र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको ।

–    गुम्बाडाँडा हेटौँडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने ।

–    पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको ।

२३.    राष्ट्रिय कलाश्री सम्मान – २०७८ कसलाई प्रदान गरियो ?

     साहित्यसाधक परशु प्रधान 

–    राष्ट्रिय कलाश्री पुरस्कार शब्दसिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको ।

–    ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।

–    बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको ।

२४.    मानव विकासको क्रममा सबैभन्दा छोटो अवधि कुन हो ?

    नवजात अवस्था 

२५.    मानव विकासको कुन अवस्थालाई आँधी र तुफानको अवस्था भनिन्छ ?

    किशोरावस्था 

२६.    नेपालमा केवरत जातिको बसोवास कहाँ रहेको छ ?

    मोरङ

–    यस जातिको आफ्नै केवरत मातृभाषा रहेको ।

–    यो जातिमा भूमि, रुख, पानी, सर्प, बालीनालीको पूजा गर्ने परिपाटी रहेको । यस जातिमा झारफुक, तन्त्रमन्त्र, लागलगानमा विश्वास गर्ने प्रचलन रहेको ।

–    विवाह तथा पितृकार्यमा आफ्नै जातिको बबाजीको उपस्थिति अनिवार्य मानिने ।

–    झैझगडा, चोरीडकैतीजस्ता अपराध नियन्त्रणका लाग ‘सोलोस बाइस’ नामक मुखिया संस्थाले न्याय सम्पादन गर्ने । जातीय सरदार र देमानहरू पनि रहने प्रावधान रहेको । 

–    नेपालमा केवरत जातिको जनसङ्ख्या करिब १५ हजार रहेको ।

–    आधिकारिक रूपमा यस जातिको पहिचान नभए तापनि केवरत छुट्टै जाति रहेको र जातीय पहिचानका लागि आवाज उठाउँदै आएको ।

२७.    ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?

     जुन २३

प्रस्तुतकर्ता : टंक के.सी.

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र]  ८ असार २०७९, बुधबार
Share this