| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २५ साउन २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन (२०७९)का लागि तोकिएको मिति कुन हो ? 

    वि.सं. २०७९ मङ्सिर ४

–    मन्त्रिपरिषद्को २०७९ साउन १९ को बैठकले दुवै तहको विधायिकी निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको। 

–    आमनिर्वाचनबाट २७५ प्रतिनिधि सभा (१६५ प्रत्यक्ष र ११० समानुपातिक) सदस्य निर्वाचित हुनेछन्। त्यसैगरी प्रदेश सभातर्फ सातवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५३० सदस्य निर्वाचित हुनेछन् ।

–    निर्वाचनको मिति घोषणासँगै आयोगले साउन १९ गतेसम्म नामावली सूचीकृत गराएका नागरिकलाई मात्रै मतदाता नामावलीमा सूचीकृत गर्नेछ। निर्वाचन मिति घोषणापश्चात् साउन २० देखि नामावली सङ्कलन स्थगित भएको छ ।

–    निर्वाचन आयोगले काठमाडौँ उपत्यकाका अतिरिक्त पाँच जिल्लामा अनलाइन नामावली दर्ता पहिलो पटक सुरु गरेको।

२.    गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८÷७९ का लागि भएको कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदनअनुसार कुन जिल्ला प्रशासन कार्यालय सर्वोत्कृष्ट बनेको छ ?

    गुल्मी 

–    गुल्मी जिल्ला प्रशासन कार्यालय ९७.७५ प्रतिशत अङ्कका साथ पहिलो स्थान हासिल गर्न सफल भएको।

–    कार्यासम्पादन सम्झौताका छवटा विषयगत क्षेत्र शान्तिसुरक्षा र अपराध मूल्याङ्कन, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन रहेका ।

–    कार्यसम्पादन मूल्याङ्कनमा प्रथम पाँच स्थानमा रहन 

सफल जिल्ला। 

    गुल्मी – ९७.७५ प्रतिशत

    अर्घाखाँची – ९७ प्रतिशत

    नवलपरासी पूर्व – ९६.७५ प्रतिशत

    रुकुम पश्चिम – ९६ प्रतिशत

    डडेलधुरा र हुम्ला – ९५ प्रतिशत

३.    उदयपुर, सप्तरीलगायत जिल्लाका एक हजारभन्दा बढी घर डुबानमा पर्ने गरी कोसी नदीमा बाढी कहिले आएको हो ?

    वि.सं. २०७९ साउन (झन्डै साढे तीन दशकपश्चात् बाढीका कारण कोसी नदीले धार परिवर्तन गरिबहँदा थुप्रै बस्ती डुबानमा परेका।)

४.    सरकारले ४० माइक्रोभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगलाई कहिलेदेखि देशभरि नै कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ?

    वि.सं. २०७९ भदौ ७ (यससम्बन्धमा यसअघि पनि विभिन्न प्रयास हुँदै आएका।)

५.    सन् २०२२ जुलाई ८–३१ सम्म सञ्चालित कोपा अमेरिका फेमेनिना च्याम्पियनको उपाधि जित्न सफल राष्ट्र कुन हो ?

    ब्राजिल

–    सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा घरेलु टोली कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलको महिला फुटबल टिम आठौँ पटक कोपा अमेरिका फेमेनिना च्याम्पियन बनेको । योसमेत ब्राजिलले लगातार चौथो पटक कोपा अमेरिका फेमेनिनाको उपाधि उचालेको ।

–    प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको।

६.    होलसेल बैङ्किङ अवार्ड तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्डबाट सम्मानित हुने बैङ्क कुन हो ?

    एसबीआई बैङ्क

–    सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्सले होलसेल बैङ्किङ अवार्डअन्तर्गत सो अवार्ड प्रदान गरेको।

–    एबीएफ होलसेल बैङ्किङ अवार्ड उत्कृष्ट एवं भरपर्दो 

बैङ्किङ सेवा तथा सुविधा प्रदान गर्ने बैङ्कलाई प्रदान गरिने सो संस्थाले जनाएको।

७.    हालै खोटाङको मात्तिमविर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प कहिले गयो ?

    वि.सं. २०७९ साउन १५

–    खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प जाँदा केही घरमा क्षति पुगेको।

–    खोटाङसँगै आसपासका जिल्ला भोजपुर, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत काडमाडौँ उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो।

–    भूकम्पका कारण कुनै मानवीय क्षति एवं पशु चौपायाको क्षति नभएको।

८.    वि.सं. २०७९ मा महानगर प्रमुखहरूको सम्मेलन कहाँ सम्पन्न भयो ?

    पोखरा

–    सम्मेलन वि.सं. २०७९ साउन १४–१५ सम्म सञ्चालन भई सम्पन्न भएको।

–    सम्मेलनले सात बुँदे ‘पोखरा घोषणापत्र’ जारी गरेको। 

–    २०८० सालको सम्मेलन भरतपुर महानगरपालिकाले आयोजना गर्ने सहमति भएको।

–    सम्मेलनले महानगरहरूबीच पारस्परिक सम्पर्क–सञ्जाल प्रवद्र्धन गरी आपसी सहयोग र सहकार्यका लागि ‘महानगर मञ्च नेपाल’ गठन गरेको । 

–    मञ्चद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजनासँगै यसका प्रतिबद्धता कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालयसमेतको आवश्यक प्रबन्ध गर्ने सहमति भएको ।

९.    सरकारले २०७९ साउनमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति कायम भएको जनाएको छ ?

    ४.१ प्रतिशत

–    आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र भएको जनाइएको।

–    यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो।

–    सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ।

१०.    नेपाली स्याटेलाइट नेपाली स्याट–१ अन्तरिक्षमा कति दिन रहेर खस्यो ? 

    ८४१ दिन

११.    सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा फिफाले एसियाबाट कति टोलीको कोटा निर्धारण गरेको छ ?

    आठ

१२.    अनौपचारिक सेवा केन्द्रद्वारा २८औँ प्रकाश मानव अधिकार पुरस्कार (२०७९ साउनमा) कसलाई प्रदान गरियो ?

    दलिया मुक्ति अभियन्ता राजुराम भुल (पुरस्कार राशि ः रु. ५० हजार)

–    राजुराम भुल वि.सं. २०६४ मा सम्पन्न हलियाको प्रथम सम्मेलनबाट गठित राष्ट्रिय हलिया मुक्त महासङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

–    उहाँको अगुवाइमा देशव्यापी रूपमा सञ्चालन गरिएको आन्दोलनको प्रभावस्वरूप २०६५ भदौ २१ गते सरकारले हलियाका माग सम्बोधन गर्दै हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो ।

१३.    यूएनओले अन्तर्राष्ट्रिय पोषण दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ? 

    सन् २०१६–२०२५    

१४.    भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कुन हुने भएको छ ?

    हङ्गेरीको ‘विज एयर’ 

–    सन् २०२२ अक्टोबर ३० देखि अवुधावी–भैरहवा (सातामा तीन दिन) उडान गर्न विज एयरले अनुमति मागेको।

–    युरोपेली देश हङ्गेरीको ‘अल्ट्रा लो कस्ट’ एयरलायन्स विज एयरले मध्यपूर्व एसियाको दुवईलाई हव (आधार) बनाएर उडान गर्दै आएको।

–    २०७९ जेठ २ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ।

–    यात्रुको चाप राम्रो भएपछि जजिराले सन् २०२२ सेप्टेम्बर १५ देखि दैनिक एक उडान गर्ने भएको।

१५.    नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले उत्कृष्ट इन्जा खोजी पत्रकारिता पुरस्कार कसलाई प्रदान ग-यो ?

    पत्रकार गजेन्द्र बुढाथोकी (सन् २०२२ जुलाईमा) 

–    अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई करिब सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले उनलाई सो पुरस्कार प्रदान गरिएको जनाइएको ।

–    त्यस्तै बौद्धिक पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई प्रदान गरिएको।

१६.    नेपालसँग दौत्य सम्बन्ध कायम भएको १७७औँ राष्ट्र कुन हो ?

    ट्रिनिडाड एन्ड टोवागो (सन् २०२२ जुन १६)

१७.    गण्डकी प्रदेशको संसद्बाट नेपालको चुच्चे नक्सा कहिले पारित गरियो ?

    वि.सं. २०७९ साउन १४

–    (प्रदेश सभा नियमवलीको अनुसूची ८ मा रहेको प्रदेश सभाको प्रतीक चिह्न (लोगो)मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरिएको ।)

१८.    युरो महिला फुटबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

    इङ्ग्ल्यान्ड

–    इङ्ग्ल्यान्डले सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा जर्मनीलाई २–१ ले हराएर सो उपाधि जितेको ।

–    इङ्ग्ल्यान्डको महिला फुटबल टिमले प्रमुख प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

१९.    संयुक्त राष्ट्रसङ्घमा हालसम्म सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ? 

    रुस (१२० पटक, सन् २०२२ फेब्रुअरीसम्म), दोस्रो ः अमेरिका 

२०.    राष्ट्रसङ्घीय महासभाले रुसलाई मानव अधिकार परिषद्बाट कहिले हटाएको हो ? 

    सन् २०२२ अप्रिल ७ 

२१.    हाल नेपाल सरकारबाट वैदेशिक रोजगारीका लागि खुला गरिएका राष्ट्र कति रहेका छन् ? 

    १११

–    वैदेशिक रोजगारीका लागि खुला गरिएको १११औँ राष्ट्र सर्विया हो। 

–    यससम्बन्धी निर्णय वि.सं. २०७९ वैशाख १२ अर्थात् सन् २०२२ अप्रिल १ मा भएको। 

–    वैदेशिक रोजगारीका लागि खुला गरिएको ११०औँ राष्ट्र उज्वेकिस्तान हो। 

२२.    अन्तरिक्षमा हिँड्ने पहिलो चिनियाँ महिला को हुन् ? 

    वाङ यापिङ

२३.    मुलुकभर हाल कति कारागार छन् ?

    ७४ 

–    वि.सं. २०७९ असारसम्मको तथ्याङ्कअनुसार देशभरका ७४ कारागारमा २६ हजार २४० कैदी बन्दी रहेका।

–    कैदी बन्दीमध्ये सवैभन्दा धेरै (२७ प्रतिशत, ७११८) बलात्कार मुद्दाका रहेका।

–    त्यस्तै कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाका ५,४४६, लागूऔषध मुद्दाका ४८४४, चोरी मुद्दाका २५६९, सवारी ज्यान÷अङ्गभङ्ग मुद्दाका ९४५, मानव बेचबिखन मुद्दाका ७३२ एवं अन्य मुद्दाका ४५८६ कैदी बन्दी रहेका । 

–    अपराध न्यूनीकरणका लागि दण्ड दिने सिद्धान्तअनुरूप कारागारको व्यवस्था भएको। यस अवधारणाअनुरूप संसारकै पहिलो कारागार सन् १६२५ मा बेलायतमा बनेको ।

–    नेपालमा पहिलो पटक वि.सं. १९७१ मा कारागार (हालको केन्द्रीय कारागार) स्थापना गरिएको।

–    विश्वमै अपराध नियन्त्रणका लागि मूलतः दण्डात्मक र सुधारात्मक दुई दृष्टिकोण कार्यान्वयनमा रहेका। अभियुक्तलाई बन्दी बनाउने, जरिवाना भराउनेदेखि मृत्युदण्ड दिनेसम्मका कार्य अपराध नियन्त्रणको दण्डात्मक विधि हुन् तर यो विधि नै अपराध नियन्त्रणको अन्तिम विकल्प होइन । सुधारात्मक विधि उत्तम भए पनि धेरै मुुलुकमा यो विधि लागू भएको पाइँदैन ।

२४.    कतार विश्वकप फुटबलको अफिसियल बल कहिले सार्वजनिक गरिएको हो ? 

    सन् २०२२ मार्च ३०

–    (एडिडास कम्पनीद्वारा निर्माण गरिएको यस बलको नाम अल रिहला रहेको। जसको अर्थ दी जर्नी अर्थात् यात्रा रहेको।)

प्रस्तुतकर्ता : टङ्क के.सी.

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] २५ साउन २०७९, बुधबार
Share this