| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १५ भदौ २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ? 

    सन् २०२१ जुलाई ८

–    छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका। 

–    गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको। 

–    पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने। 

२.    २०७९ सालको युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ? 

    मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान)

–    यो पुरस्कार राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको। 

–    राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा स्थापित यस पुरस्कारको राशि रु. ४२,०००।– रहेको। 

३.    रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलो पटक कुन आवधिक योजनामा ल्याइएको हो ? 

    १५औँ

–    सरकारले २०७६ फागुन १९ मा १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) पारित गरेको। 

–    पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा गरिबीको दरलाई ११ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको।

–    यस आवधिक योजनाका लागि आर्थिक क्षेत्रका ३९, सामाजिक क्षेत्रका ३४, पूर्वाधार क्षेत्रका ४०, लोकतन्त्र र सुशासनका १०, अन्तरसम्बन्धित दुई, रूपान्तरणकारी १८ र राष्ट्रिय गौरवका २२ आयोजनालाई अनुमोदन गरिएको ।

–    यस योजनामा रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलो पटक अङ्गीकार गरिएको।

–    यस योजनामा सुख र समृद्धिका छुट्टाछुट्टै सूचकसमेत निर्धारण गरिएको जसमा सुखका छ र समृद्धिका चार सूचक तय गरिएको।

–    पञ्चवर्षीय योजनाले २५ वर्षे दीर्घकालीन सोचसहितका लक्ष्यसमेत निर्धारण गरेको।

४.    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?

    समृद्ध मुलुकका लागि स्वस्थ नागरिक

–    (मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको।)

५.    लिच्छविकाल र मल्लकालमा शिक्षाको माध्यम भाषा कुन थियो ?

    संस्कृत

६.    कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

    राजेन्द्रविक्रम शाह

७.    सम्पूर्ण सरकारी कार्यालयमा निशाना छापको प्रचलन कहिलेदेखि लागू भएको हो ?

    वि.सं. २०१९ पुस १ 

–    (हाल प्रचलनमा रहेको नयाँ निशाना छाप वि.सं. २०६३ पुस १५ देखि कार्यान्वयनमा ल्याइएको।)

८.    जेनेटिक इन्जिनियरिङ (Genetic Engineering)  लाई अर्को के पनि भनिन्छ ?

    DNA technology

९.    नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

    मल्ल कालमा

१०.    नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

    वि. सं. २००२ असोज १

–    नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थए। 

–    पहिलो पटक रु. एक सय, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो।

–    सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए।

११.    गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?

    सन् १९५५ अगस्ट २७

–    (विश्वमा भएका विविध कीर्तिमानहरू उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्त २७ मा बेलायतको लन्डनमा भएको ।)

१२.    कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ? 

    लिग अफ नेसन्स

१३.    नेपाली सिक्काको इतिहासमा पहिलोपल्ट अङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?

    वि.सं. २०६३ साउन (१ रुपियाँको सिक्का)

१४.    नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?

    उत्तरी गोलाद्र्ध

१५.    ‘प्रोक्सिमा बी’ के हो ?

    पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकूल रहेको ठानिएको एक ग्रह 

–    (प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ। यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा छ ।)

१६.    अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ?

    वि.सं. २०७७ माघ १३

–    भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका तीन दर्जनभन्दा बढी निकाय आबद्ध हुनेछन्। यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आपूmसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक फरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ । भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुँडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ । कागज बोकेर यी सबै निकायमा पुग्नुपर्ने बाध्यतालाई हटाएर डिजिटल प्रणालीबाट सबै काम सम्पन्न गर्ने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागिएको हो । 

१७.    राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले भएको हो ?

    वि.सं. २०७६ माघ २६

१८.    शारदा पत्रिका सर्वप्रथम कहिले र कसको सम्पादकत्वमा प्रकाशित भएको थियो ? 

    वि.सं. १९९१ फागुन, रिद्धिबहादुर मल्ल

१९.    नेपालमा चिया खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो ? 

    वि.सं. १९२०, इलाम

२०.    नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?    

    मोहन कोइराला

२१.    हिमालपारिको जिल्ला मनाङको सिङ्गरखर्कमा रहेको कजिन सारा ताल समुद्र सतहबाट कति उचाइमा अवस्थित छ ? 

    ५००२ मिटर 

–    मनाङको चामे गाउँपालिकाअन्तर्गत सिङ्गरखर्कमा अवस्थित यस तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ छ सय मिटर रहेको।

–    केही महिनाअघि पत्ता लागेको यो तालको उचाइ तिलिचोकोभन्दा बढी पाइएपछि अब यो ताल विश्वकै सर्वाधिक उचाइमा रहेको ताल बन्न पुगेको। अहिले सर्वाधिक उचाइमा रहेको तिलिचो ताल समुद्री सतहदेखि ४९१९ मिटर उचाइमा अवस्थित रहेको ।

–    यो ताल तिलिचोभन्दा उचाइमा रहेकोबारे सरकारको आधिकारिक निकायबाट पुष्टि हुन भने बाँकी रहेको।

–    विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको तिलिचो तालको अलावा मनाङमा गङ्गापूर्ण ताल, डोना ताल, ठुलागी ताललगायतका ताल रहेका।

२२.    हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलावी सहर भनी कुनलाई चिनिन्छ ?

    वालिङ

–    (त्यसैगरी सेल्फी सहर भनी धनकुटा, फ्री वाईफाई नगर भनी मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर भनी देवचुली र सुनवललाई चिनिने।)

२३.    नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?

    वीर अस्पताल (२०७३ साउन १३) 

–    विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको।

–    जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो।

२४.    सार्वजनिक खरिदसम्बन्धी कामकारबाही कहिलेदेखि विद्युतीय माध्यमबाट गर्न थालिएको हो ?

    वि.सं. २०७२ साउन १ 

–    सार्वजनिक खरिदसम्बन्धी कार्यविधिलाई अझ बढी पारदर्शी, विश्वसनीय र निष्पक्ष बनाउन विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) अवलम्बन गर्न थालिएको। 

–    विद्युतीय खरिद प्रणाली लागू भइसकेपछि मुलुकभरका सबै सार्वजनिक कार्यालयमा खरिद प्रक्रिया एउटै पोर्टलबाट सञ्चालन हुने साथै यस पोर्टलको सञ्चालनसँगै (सार्वजनिक कार्यालयमा) ठेक्कापट्टामा हुने गरेको अनियमितता, ढिलोपन एवं अन्य धाँधली नियन्त्रण हुने विश्वास गरिएको । 

–    वि.सं. २०७० भदौ ३ गते विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) पोर्टलको शुभारम्भ भएको थियो भने सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौँ वार्षिकोत्सवका अवसरमा सिङ्गल पोर्टलमा आधारित यस प्रणालीको पोर्टल डिस्प्ले मोडेलको उद्घाटन गरिएको थियो । 

२५.    ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?

    रणबहादुर शाह

–    राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिने।

–    भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महत्वका कार्यालयको सुरक्षाका लागि खटाएका। 

–    चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका।

२६.    संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

    सन् १९९८ 

–    संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन्।

–    हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका।

२७.    दुई मुलुकबीचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस–दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?    

    दसगजा क्षेत्र

–    दुई देशबीच कसैको पनि अधिकार क्षेत्रभित्र 

नपर्ने मानिएको चौडाइमा दसगज बराबर हुँदै लम्बिएको सीमा क्षेत्र,

–     यस क्षेत्रमा दुवै देशको कानुन र प्रशासन लागू नहुने प्रावधान,

–     सीमारेखालाई सुरक्षित राख्न दसगजा क्षेत्रको प्रबन्ध गरिएको हो। दसगजा भूमिमा कसैले बसोबास गर्न नहुने, आवाद भोगचलन गर्न नहुने अर्थात् मानवरहित एवं आवादविहीन हुनुपर्ने अन्तर्राष्ट्रिय नियम छ । यही कारणले गर्दा दसगजा क्षेत्रलाई मानवविहीन जमिन भनिएको ।

२८.    एसिया प्रशान्त क्षेत्रका १५ राष्ट्रद्वारा ‘आरसीईपी’ नामक व्यापारिक सम्झौता कहिले गरिएको हो ?

    सन् २०२० नोभेम्बर १५

–    सम्झौता गर्नेमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसमेत रहेका।

–    युरोप, अमेरिका र मेक्सिकोबीच पनि यस्तै प्रकृतिको व्यापारिक सम्झौता गरिएको।

आरसीईपीको धारणा चीनले ल्याएको।

प्रस्तुतकर्ता : टंक के.सी.  

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] १५ भदौ २०७९, बुधबार
Share this