| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २६ असोज २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    पद्मश्री पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

    केशवराज ज्ञवाली (कथा सङ्ग्रह : अर्को भोर)

२०७९ असोज २३ मा ज्ञवालीलाई सो अवार्ड प्रदान गरिएको। 

त्यस्तै पद्मश्री साधना सम्मान माया ठकुरी र पद्मश्री गौरव सम्मान चिकित्सक सन्दुक रुइतलाई प्रदान गरिएको। 

तीनवटै पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको। 

२.    सन् २०२२ अक्टोबरमा अमेरिकामा आएको शक्तिशाली समुद्री आँधीलाई के नामकरण गरिएको छ ? 

    इयान

(यस आँधीले फ्लोरिडा राज्यमा ठूलो भौतिक क्षति पु-याएको।)

३.    नेपाल हरित हाइड्रोजन सम्मेलन–२०२२ कहिले सम्पन्न भएको हो ? 

     वि.सं. २०७९ असोज २४–२५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, एनआरएनए फाउन्डेसन, एमआइटी फाउन्डेसन, विन्ड पावर नेपाललगायतको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलन नेपालमा हरित हाइड्रोजन उत्पादनको प्राविधिक ज्ञान हस्तान्तरण, लगानीका सम्भावना एवं नीतिगत व्यवस्थापनलगायतका विषयमा केन्द्रित रहेको। 

सम्मेलनको नारा : ‘नेपाल हरित हाइड्रोजन सम्मेलन ः पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको। 

नेपालमा आ.व. २०७८/७९ देखि वर्षायाममा विद्युत् खेर जाने अवस्था आउन थालेपछि हाइड्रोजन उत्पादनको बहसले व्यापकता पाउन थालेको हो। विश्वव्यापी नवीनतम प्रविधिका रूपमा इलेक्ट्रोलाइसिस प्रणाली विकसित र परिस्कृत बन्दै जानु, खनिज इन्धनका कारण जलवायु परिवर्तनका असरहरू प्रबल हुँदै जानुले पनि यसको औचित्य पुष्टि गर्दै गएको छ। त्यस्तै रासायनिक मल कारखाना, यातायात तथा उद्योग कारखानाका लागि आवश्यक पर्ने शक्तिशाली इन्धनको स्रोतका रूपमा हाइड्रोजनले व्यापकता पाउँदै जानुले पनि हाइड्रोजन उत्पादनतर्फ नेपालको ध्यान आकृष्ट हुन 

थालेको हो। हाइड्रोजन उत्पादनलाई सम्भव बनाउन भन्दै ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा नेपाल आयल निगमले पनि ग्लोबल ग्रिन ग्रोथसँग ज्ञान साझेदारीको समझदारी गरेका छन्। 

नेपालले पेरिस जलवायु सम्झौता–२०१६ लाई अनुमोदन गर्नुका साथै सन् २०२० मा सेकेन्ड नेसनल डिटरमाइन्ड कम्युनिकेसन (एनडीसी) लक्ष्य पेस गरेको छ। गतवर्ष कोप–२६ मा सहभागी हुँदै नेपालले सन् २०४५ सम्ममा कार्बन तटस्थ बन्ने प्रतिबद्धता जनाइसकेको छ। 

४.    विश्वकै ठुलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

    सन् १९०१ 

अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको।

नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा 

प्रदान गरिने। 

यो पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले पाउन सक्ने।

५.    सन् २०२२ मा अर्थशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ? 

    तीन अमेरिकी अर्थशास्त्री बेन एस बर्नान्के, डग्लस डायमन्ड र फिलिप डाइबविग

बैङ्क तथा वित्तीय संस्थामा सङ्कट र त्यस्तो अवस्थामा वित्तीय संस्थाको भूमिकाबारे गरिएको अध्ययनलाई सम्मान गर्दै उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको।

भौतिकशास्त्र ः अलिआँ आस्पेक्ट (फ्रान्स), जोन एफ क्लाउसर (अमेरिका र एन्टोन जेइलिङ्गर (अस्ट्रिया)। 

–    रसायनशास्त्र : क्यारोलिन बेर्टोजी (अमेरिका), मोर्टेन मेल्डल (डेनमार्क) र के. बेरी सार्पलेस (अमेरिका) (क्लिक केमिस्ट्री र बायोर्थोगोनल केमिस्ट्रीको विकासका लागि।)

–    चिकित्साशास्त्र : स्भान्टे पेबोह (जन्म : स्विडेन, 

हाल : जापान) (मानव प्रजातिको विकासक्रमसम्बन्धी कार्य गरेबापत।)

–    साहित्य : एनी एर्नक्स 

–    शान्ति : एलेस विलियाट्स्की (बेलारुसी मानव अधिकारकर्मी), मेमोरियल (रसियन मानव अधिकारवादी संस्था) र सेन्टर फर सिभिल लिवर्टिज (युक्रेनको मानव अधिकारवादी संस्था) (युद्ध अपराध, मानव अधिकार उल्लङ्घन एवं शक्ति दुरुपयोगको अभिलेखीकरणका लागि।)

६.    भारतका प्रभावशाली नेता मुलायमसिंह यादवको निधन कहिले भएको हो ? 

    सन् २०२२ अक्टोबर १०

भारतमा नेताजी उपनामले समेत चिनिने यादव उत्तरप्रदेशमा तीन पटक मुख्यमन्त्री र एक पटक केन्द्रीय मन्त्रीसमेत बनेका। 

यादवले सन् १९९२ अक्टोबर ४ मा समाजवादी पार्टी स्थापना गरेका। यादवको जन्म सन् १९३९ नोभेम्बर २२ मा भएको। 

७.    नेपाल प्रहरीले मुलुकका ७७ वटै जिल्लामा लागू हुने गरी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कहिलेदेखि सुरु गरेको हो ?

    वि.सं. २०७५ कात्तिक ११

८.    विश्व बैङ्कले नेपालका सडक कालोपत्रे गर्न भिœयाएको प्रविधिलाई के भनी चिनिन्छ ? 

    ओटासिल प्रविधि

९.    सर्वसाधारण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन् ?

    मोहनशमशेर

 

१०.    सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ? 

    बझाङ

११.    पृथ्वीजस्तै आकार र तापक्रम रहेको दाबी गरिएको रोस १२८ वी नामक ग्रह पत्ता लगाउने खगोलविद् को हुन् ? 

    क्यालिफोर्नियाका फ्रान्क एल्मोर रोस

सन् २०१७ मा पत्ता लागेको सो ग्रह हाम्रो सौर्यमण्डल प्रणालीबाट ११ प्रकाश वर्ष टाढा रहेको वैज्ञानिकले बताएका। 

उक्त ग्रहमा एलियन नामक जीव हुन सक्ने वैज्ञानिकले अनुमान गरेका। 

हालको प्रविधिअनुसार सो ग्रहसम्म पुग्न झन्डै एक लाख ४१ हजार वर्ष लाग्ने वैज्ञानिकको ठम्याइ रहेको। 

सो ग्रहले रेड ड्वार्फ नामक तारालाई परिक्रमा गरिरहेको खगोलविद्ले बताएका। 

१२.    सरकारले कुन दशकलाई शैक्षिक सबलीकरण दशकका रूपमा घोषणा गरेको छ ?

    वि.सं. २०७६–२०८५

१३.    नेपालमा पहिलो पटक निर्यात दिवस कहिले मनाइयो ?

    वि.सं. २०७३ पुस २२ 

(निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषद्द्वारा नेपाल निर्यात परिषद्को स्थापना भएको मितिलाई आधार मान्दै सो 

दिवस मनाइएको ।)

१४.    सरकारले प्रदेश र स्थानीय तहबीच बहुआयामिक नेटवर्क निर्माण गर्ने उद्देश्यका साथ स्थानीय तहको केन्द्रदेखि प्रदेशको राजधानीसम्म सडक सञ्जाल जोड्ने कार्यको थालनी कहिलेदेखि गर्ने उल्लेख गरेको छ ? 

    आ.व. २०७९/८०

प्रदेशदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल निर्माण भएपछि तीनै तहको भौतिक र आर्थिक विकासका आधार तयार हुने विश्वास गरिएको। 

आ.व. २०७९/८० मा सुरु गरिने उक्त कार्यक्रम चार वर्षभित्र सम्पन्न गर्ने योजना तय गरिएको। 

विभागका अनुसार २०७९ असोजसम्म दुई सयवटा स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोडिन बाँकी रहेको, जसमा प्रदेश १ मा ५४ वटा स्थानीय तहको १०७९, मधेशमा २५ वटा पालिकाको १३९, बागमतीको ३२ वटा पालिकाको ५०९, गण्डकीको ११ वटा पालिकाको ८७, लुम्बिनीको ३० वटा पालिकाको २५३, कर्णालीका २२ वटा पालिकाको २९७ र सुदूरपश्चिम प्रदेशको २६ वटा पालिकाको ४७२ किलोमिटर गरी दुई हजार ९३६ किलोमिटर पक्की सडक सञ्जालले जोडिन बाँकी रहेको स्थानीय पूर्वाधार विभागले जनाएको । २१ वटा पालिकामा भने कच्ची सडक पनि पुग्न नसकेको । 

स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोडिएपछि स्थानीय तहको केन्द्रदेखि प्रदेशको राजधानीसम्म लिङ्केजहुने, एक स्थानमा उत्पादन भएको वस्तु÷सामान अर्को स्थानमा पु¥याउन सहज हुने, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधिको क्षेत्रमा भएका ज्ञान तथा सीप आदानप्रदान भई अन्तरस्थानीय तहबीचको अन्तरआबद्धतामा सहज हुने विश्वास गरिएको । 

प्रदेशको राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोड्ने कार्यले स्थानीय तहको सदरमुकामदेखि प्रदेशको राजधानीसम्म बहुआयामिक नेटवर्ककको आधार बन्ने। 

सडक सङ्घ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा निर्माण गर्न लागिएको। 

१५.    नेपालको संविधानअनुुसार राष्ट्रिय सभाका सदस्यको पदावधि गणना कुन मितिबाट सुरु हुने प्रावधान छ ?

    राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट 

१६.    बागमती प्रदेश सरकारले प्रदेशस्तरीय घुमफिर वर्ष २०७९/८० मनाउने घोषणा कहिले गरेको हो ? 

    वि.सं. २०७९ असोज १८

चितवनको पर्यटकीय नगर सौराहाबाट प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा घुमफिर वर्षको औपचारिक घोषणा गरिएको। 

घुमफिर वर्षमा प्रदेशका महìवपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदामा सौराहा, मेघौली, मकवानपुरगढी, चित्लाङ, इन्द्रसरोवर, गोसाइँकुण्ड, लामटाङ, शैलुङ, कालिञ्चोक, गौरीशङ्कर हिमाल, पाँचपोखरी, पशुपतिनाथ, गुह्येश्वरी, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, रुवीभ्याली, स्वयम्भू, नुवाकोट दरबार, सिन्धुलीगढी, हरिहरपुरगढी, नगरकोट, पनौती, धुलिखेललगायत सम्पदालाई महìवपूर्ण गन्तव्यका रूपमा परिचित गराउँदै ती गन्तव्यमा पर्यटक लैजाने योजना रहेको बताइएको । साथै प्रदेशका महìवपूर्ण पर्यटकीय स्थललाई १० वटा हिल स्टेसन र १० वटा नमुना गन्तव्यका रूपमा घोषणा गरी योजनाबद्ध पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन गरिने बताइएको । 

१७.    नेपालको वर्तमान संविधानअनुसार ‘सङ्घीय एकाइ’ भन्नाले के बुझिन्छ ?

    सङ्घ, प्रदेश र स्थानीय तह 

१८.    अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को स्थापना कहिले भएको हो ?

    सन् १९०४ मे २१ 

यसको प्रधान कार्यालय स्विट्जरल्यान्डको ज्युरिचमा रहेको।

पहिलो फिफा विश्वकप सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको।

फिफाको आदर्श वाक्य ‘फर द गेम, फर द बल्र्ड’ रहेको।

हाल फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो रहेका।

१९.    नेपालले विश्व फुटबल महासङ्घ (फिफा)को सदस्यता कहिले प्राप्त गरेको हो ?

    सन् १९७३ 

२०.    सारस प्रजनन केन्द्र कहाँ रहेको छ ?

    कपिलवस्तु

नेपालमा सबैभन्दा बढी सारस पाइने जिल्ला कपिलवस्तु हो।

सारसलाई किसानको साथी भनेर पनि चिनिन्छ।

२१.    सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

    नेपाल पिक

२२.    सामाजिक सेवा दिवस कहिले मनाइन्छ ? 

    असोज ६

वि.सं. २०७९ असोज ६ मा ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान’ भन्ने मूल नाराका साथ ४३औँ सामाजिक सेवा दिवस मनाइएको । 

वि.सं. २०३४ असोज ६ मा समाज कल्याण परिषद्को स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष असोज ६ का दिन यो दिवस मनाउँदै आइएको। 

२३.    प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको जन्म कहिले र कहाँ भएको थियो ?

    सन् १९४२ जनवरी ८, बेलायत

ब्ल्याक होलको विस्फोटबाट ब्रह्माण्डको उत्पत्ति भएको अवधारणा प्रस्तुत गरेका, जसलाई ‘हकिङ रेडिएसन’ भनी चिनिने।

ब्रह्माण्डसम्बन्धी उनको चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ (सन् १९८८ मा प्रकाशित) एक करोडभन्दा बढी प्रति बिक्री भइसकेको।

उनी ‘मोटर न्युरोन’ नामक स्नायुसम्बन्धी रोगबाट पीडित (२१ वर्षको उमेरदेखि) बनेका।

उनको निधन सन् २०१८ मार्च १४ मा भएको।

उनका कृतिहरू

अ ब्रिफ हिस्टोरी अफ टाइम (१९८८)

ब्ल्याक होल एन्ड बेबी युनिभर्स (१९९३)

द युनिभर्स इन अ नटसेल (२००१)

अन द सोल्जर अफ जाएन्ट्स (२००२)

गड क्रिएटेड द इन्टिगर्स (२००५)

द ग्रान्ड डिजाइन (२०१०)

द ड्रिम द्याट स्टफ इज मेड (२०११)

माई ब्रिफ हिस्टोरी (२०१३)

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] २६ असोज २०७९, बुधबार
Share this