| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] १६ कात्तिक २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    ब्राजिलको नयाँ राष्ट्रपतिमा निर्वाचित हुने राजनीतिज्ञ को हुन् ?

    लुइज इनासियो लुला दा सिल्भा (सन् २०२२ अक्टोबर ३०)

नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९ प्रतिशत मत प्राप्त गरेका। 

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए।

२.        नवौ“ राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ?

    वि.सं. २०७९ असोज २८ देखि कात्तिक ३, गण्डकी प्रदेश

सञ्चालित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन वि.सं. २०७९ असोज २८ मा पोखरा रङ्गशालामा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा भएको। 

–    काठमाडौँपछि पोखरा दोस्रो पटक घरेलु खेलकुदको दुई संस्करण आयोजना गर्ने सहर बनेको। यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता वि.सं. २०४० मा पोखरामा सम्पन्न भएको। २०७७ सालमा हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना र अन्य विविध कारणले ढिला आयोजना हुन पुगेको। 

कुल खेल ः ३६

मस्कट ः लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग।

लोगो ः माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको। आकाशे नीलो आकृतिले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको तथा रातो रङको चार धर्साले ट्र्याक र परेवाको पखेटालाई दर्शाएको। चार धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको। चन्द्र–सूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै  टिमको प्रतिनिधित्व गरेको । 

नारा ः ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको। सो नारा सुयोग्यराज काफ्लेले तयार गर्नुभएको।

राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा वि.सं. २०७९ वैशाख २४ मा सार्वजनिक गरेको। लोगो र मस्कट काठामाडौँको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको।

झण्डोत्तोलन ः महेश्वरजङ्ग गहतराज (युवा तथा खेलकुदमन्त्री) 

दीप प्रज्वलन ः टीकाबहादुर बोगटी

शपथ ः खेलाडीको तर्फबाट सुशील गुरुङ र रेफ्री, जज र निर्णायकको तर्फबाट टहलसिंह थापा

सहभागी टोली ः ११ 

    १. नेपाली सेना, २. नेपाल पुलिस, ३. एपीएफ,    ४. प्रदेश नं. १, ५. मधेश प्रदेश,  ६. बागमती प्रदेश,

    ७. गण्डकी प्रदेश, ८. लुम्बिनी प्रदेश, ९. कर्णाली प्रदेश,    १०. सुदूरपश्चिम प्रदेश, ११. एनआरएनए

–    राष्ट्रिय खेलकुद परिषद्ले सुरुमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेल खेलाउने भनेको थियो तर आठ जिल्लामा मात्रै प्रतियोगिता भएको। पुरुष क्रिकेट काठमाडौँ र सुटिङ खेल ललितपुरमा भएको।

–    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा त्रिभुवन आर्मी क्लब अग्रस्थानमा रही रनिङ ट्रफी प्राप्त गरेको। राष्ट्रिय खेलकुद प्रतियोगितामा यस पटकदेखि रनिङ सिल्ड प्रदान गर्न थालिएको। सुन र चाँदीजडित रनिङ सिल्ड तीन संस्करण लगातार जित्नेले आफ्नो बनाउन सक्ने प्रावधान राखिएको ।

प्रतियोगितामा ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य पदक गरी कुल २१९ पदकसहित एपीएफ दोस्रो र ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्यसहित कुल १९५ पदक जित्दै पुलिस तेस्रो बनेका। 

नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई आठ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको। 

व्यक्तिगत स्पर्धामा बागमती प्रदेशकी शिक्षा नापितले फेन्सिङतर्फको स्पर्धामा पहिलो स्वर्ण जितेकी। 

सबैभन्दा कान्छो खेलाडी ः रितिका बुमी (सात वर्ष २२ दिन, पौडी, सुदूरपश्चिम)

सबैभन्दा बढी उमेरका खेलाडी ः धनबहादुर घले (६१ वर्ष चार महिना, स्क्वास, प्रदेश १)

सबैभन्दा धेरै स्वर्णपदक विजेता ः डुवाना लामा (पौडी, नौ स्वर्ण)

एथलेटिक्सकी जयरानी थारूले पाँच इभेन्टमा पाँचवटामै स्वर्ण पदक जितेकी। 

भारोत्तोलनकी तारादेवी पुनले चौथो राष्ट्रिय खेलकुदबाट नवौँसम्म स्वर्ण पदक जित्ने कीर्तिमान बनाएकी। 

आर्मीले कबड्डीमा पुरुष र महिलातर्फ उपाधि रक्षा गरेको छ। पुरुष फाइनलमा लुम्बिनी प्रदेशलाई र महिलातर्फ नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको। 

पुरुष फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मीलाई सडन डेथमा हराउँदै स्वर्ण पदक जितेको। 

महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जितेको। 

पुरुष भलिबलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको। 

पदक तालिका

नवौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक डोपिङ परीक्षण गरिएको। राष्ट्रिय खेलकुदमा यसअघिका कुनै पनि संस्करणमा डोपिङ परीक्षण गरिएको थिएन। 

नवौँ खेलकुदमा प्रतिस्पर्धाका क्रममा दुर्घटनामा परी निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदकले सम्मान गर्दै उनको सालिक निर्माण गर्ने निर्णय गरिएको। 

बाबुछोरीसँगै कोर्टमा ः नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसको मिक्स इभेन्टमा बाबु अभिषेक कार्की र छोरी आभाना कार्की सहभागी भएका। 

पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटर दूरी पूरा गर्दै स्वर्ण जितेका हुन्। त्यस्तै त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले दुई घण्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक र एपीएफका सन्तोषविक्रम विष्टले दुई घण्टा ३० मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक हासिल गरेका । 

महिला म्याराथनमा एपीएफकी वृन्द्राधन श्रेष्ठले दुई घण्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण, आर्मीकी विश्वरूपा बुढाले ३.००.३५ सेकेन्डमा पार गरी रजत र नेपाल पुलिस क्लबकी रेखा विष्टले तीन घण्टा एक मिनेट ३५ सेकेन्डमा पार गर्दै कांस्य पदक जितेकी। 

प्रतियोगिताको दसौँ संस्करण वि.सं. २०८१ मङ्सिर २–९ सम्म कर्णाली प्रदेशमा तोकिएको। 

३.    भारतीय राष्ट्रिय कङ्ग्रेस पार्टीको अध्यक्षमा चयन हुने राजनीतिज्ञ को हुन् ? 

    मल्लिकार्जुन खड्गे

सन् २०२२ अक्टोबर १७ मा भएको निर्वाचनमा ८० वर्षीय खड्गेले कुल मतको ८४ प्रतिशत मत प्राप्त गरेका। प्रदेश कङ्ग्रेसबाट चुनिएर आएका प्रतिनिधिले गरेको मतदानमा खड्गेले प्रतिस्पर्धी शशी थरुरलाई भारी मतले पराजित गरेका। 

खड्गे अब सोनिया गान्धीका उत्तराधिकारी हुनेछन्। सन् २०१७ मा सोनियाले पार्टी अध्यक्षको जिम्मेवारी छोरा राहुल गान्धीलाई दिएकी थिइन् तर सन् २०१९ मा भएको आमनिर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै राहुलले अध्यक्षबाट राजीनामा दिएपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन्। 

भारतको दक्षिणी राज्य कर्नाटकका दलित समुदायका खड्गे लामो समयदेखि राजनीतिमा छन्। सन् १९४२ मा बिदर जिल्लामा जन्मेका उनी छिमेकी जिल्ला गुलबर्गामा हुर्किएका थिए। 

४.    मनोरम गिडी ताल कहाँ रहेको छ ? 

    जुम्ला

प्रकृतिको वरदान मनोरम गिडी ताल जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको। 

पहाडैपहाडको खोँचमा रहेको यस तालको वरिपरि जङ्गल रहेको। 

तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिने र तालबाटै खोलाको नामकरण भएको ठानिने। गिडीखोला जुम्लाका विभिन्न ठाउँ हुँदै तिला नदीमा मिसिने।

५.    सन् २०२२ अक्टोबरमा इराकको राष्ट्रपतिमा चयन हुने राजनीतिज्ञ को हुन् ? 

    अब्दुल लाटिफ रसिद

६.    नेपाल प्रहरीले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट कसलाई सम्मानित ग¥यो ? 

    पूर्वएआईजी राजेन्द्रबहादुर सिंह (वि.सं. २०७९ असोज मसान्त)

७.    इटालीको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुन सफल नेत्री को हुन् ? 

    जर्जिया मेलोनी (शपथ ः सन् २०२२ अक्टोबर २२)

दक्षिणपन्थी युरोपेली सङ्घ र आप्रवासन विरोधी ब्रदर्स अफ इटाली पार्टीकी नेत्री मेलोनीको नियुक्ति युरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र र ब्रदर्स अफ इटालीका लागि ऐतिहासिक घटना हो। सो दल कहिल्यै सरकारमा थिएन। 

युरोपेली सङ्घको सदस्य इटाली युरोपको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा रहेको । 

८.    बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यकालको प्रधानमन्त्री को हुन् ?

    लिज ट्रस (सन् २०२२ सेप्टेम्बर ६–अक्टोबर २५)

लिज ट्रसले डेढ महिना पदमा रही बेलायतको इतिहासमा सबैभन्दा थोरै समय प्रधानमन्त्री रहने इतिहास बनाएकी छन् । 

ट्रसले राजीनामा दिने क्रममा आपूm न्यून कर, उच्च आर्थिक वृद्धिको भिजन लिएर प्रधानमन्त्री बनेको तर अहिलेको परिस्थितिमा पार्टीबाट जुन म्यान्डेट लिएर निर्वाचित भएको हो, त्यो कार्यान्वयन हुन सक्ने अवस्था नभएपछि राजीनामा दिएको बताएकी छन्। 

ट्रसले नेतृत्व प्रतिस्पर्धाका क्रममा वाचा गरेका नीति समेटेर सन् २०२२ सेप्टेम्बर २३ मा एक मिनिबजेट ल्याएकी थिइन् तर बजेट घोषणालगत्तै देशको वित्तीय बजारमा गिरावट आउन थालेपछि नै उनको दिनगन्ती सुरु भएको बताइन्छ। 

९.    मानवशास्त्री डा. ओम गुरुङको निधन कहिले भएको हो ?

    वि.सं. २०७९ असोज ३१

त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र तथा समाजशास्त्र विभागका पूर्वप्रमुख गुरुङले नेपाल आदिवासी जनजाति महासङ्घमा पूर्वमहासचिवका रूपमा रहेर पनि कार्य गरेका। 

१०.    वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको निधन कहिले भएको हो ? 

    वि.सं. २०७९ असोज ३०

शताब्दीकै कला, साहित्य र संस्कृतिका अध्येता, अनुसन्धानकर्ता सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो। 

वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा पिता शङ्करराज र माता राजकुमारी जोशीका ज्येष्ठ सुपुत्रका रूपमा उहाँको जन्म भएको थियो। 

१९ वर्षको उमेरमा १४ वर्षीया राधादेवीसँग बिहे गर्नुभएका जोशीका ९८ वर्षीया पत्नी राधादेवी शाक्यसहित तीन छोरा र तीन छोरी रहेका छन्।

उहाँ मन्दिरका टुँडालको काष्ठकला, काठमाडौँ उपत्यकाको बौद्ध र हिन्दु धर्मको अन्तरसम्बन्ध, नेवार सभ्यताको प्राचीनता र गहिराइ, पाटन दरबार क्षेत्रका समुदायको उत्पत्ति, कर्णाली भेगको लोकसंस्कृति, ऐतिहासिक व्यक्तित्व अरनिकोका अन्वेषणकर्ता एवं थुपै्र सूचना र ज्ञानका स्रोत हुनुहुन्थ्यो। 

जोशीले संस्कृति, सम्पदा नै भएन भने राष्ट्रको प्रतिष्ठा, सभ्यता, कसरी जीवित रहन्छ ? राष्ट्र कसरी समृद्ध बन्दछ भन्ने धारणा राख्नुहुन्थ्यो। 

वि.सं. २०१५ सालमा पुरातत्व विभागको पहिलो निर्देशकमा नियुक्त हुनुभएका जोशी प्राचीन प्रस्तर कलाका ज्ञाता हुनुहुन्थ्यो। 

इतिहासको अनुसन्धान मिथ्या र किंवदन्तीमा नभई प्रमाणमा आधारित हुनुपर्छ भन्ने उहाँको राय थियो। तथापि समाज र संस्कृतिको उत्पत्तिमा मिथ्या र किंवदन्तीको पनि महत्व हुन्छ भन्ने कुरा उहाँ सम्झाउनुहुन्थ्यो।

जोशी तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति हुनुहुन्छ। जोशीले वि.सं. २०१३ मा पहिलो पटक हाम्रो लोकसंस्कृति कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो। उहाँले नेपाली राष्ट्रिय मुद्राका लागि वि.सं. २०१७ तथा कर्णाली लोकसंस्कृति नामक ग्रन्थका लागि (संयुक्त रूपमा) २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।

उहाँ न्युजिल्यान्ड भ्रमण गर्ने पहिलो नेपाली नागरिक हुनुहुन्थ्यो। 

जोशी विद्युतीय राहदानी प्राप्त गर्ने पहिलो नेपाली, जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित हुने पहिलो नेपाली नागरिक हुनुहुन्छ।

नेपाल सरकारबाट ९६ वर्षको उमेरमा वाङ्मय शताब्दी पुरुषको उपाधि प्राप्त गर्नुभएका जोशीले काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधिसमेत प्राप्त गर्नुभएको। 

उहाँ सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, उज्ज्वल कीर्तिमान राष्ट्रदीप, पद्मश्री साधना सम्मान, आदिकवि भानुभक्त पुरस्कार लगायतका विभिन्न पुरस्कार तथा पदवीबाट समेत सम्मानित हुनुभएको छ। 

११.    प्रसिद्ध सात गाउँले जात्रा कहाँ प्रचलित छ ?

    कीर्तिपुर

१२.    कास्कीका नौवटा ताल रामसार सूचीमा कहिले सूचीकृत भएका हुन् ?

    वि.सं. २०७२ माघ १९ (सन् २०१६ फेब्रुअरी २)

१३.    प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी प्युठानमा पर्छ भने कागबेनी कहाँ पर्छ ?

    मुस्ताङ

१४.    कुन देवतालाई पारसनाथ भनिन्छ ?

    पशुपतिनाथ

१५.    भारती खरेल स्मृति पुरस्कार २०७९ कसलाई प्रदान गरियो ? 

    वासुदेव त्रिपाठी

त्यसैगरी भारती खरेल स्मृति पुरस्कार २०७७ र २०७८ क्रमशः वरिष्ठ गीतकार किरण खरेल र माइती नेपालका संस्थापक अनुराधा कोइरालालाई प्रदान गरिएको। 

पुरस्कार राशि ५१ हजार रुपियाँ रहेको। 

१६.    पञ्चमहाभूत भन्नाले के–केलाई बुझाउँछ ?

    पृथ्वी, जल, तेज, वायु र आकाश

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] १६ कात्तिक २०७९, बुधबार
Share this