| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] २३ कात्तिक २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१. राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’मा सहभागी हुने सन्दर्भमा आइसल्यान्डतर्फ कहिले प्रस्थान गर्नुभएको हो ? 

वि.सं. २०७९ कात्तिक २२

सन् २०२२ नोभेम्बर ८ देखि १० सम्म चल्ने फोरममा विश्वभरका महिला नेत्रीको सहभागिता हुने । 

सो अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल)ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गरेको । 

सन् २०१८ मा सुरु गरिएको फोरममा राजनीति, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडियालगायत क्षेत्रका महिला नेत्रीको वार्षिक जमघट हुने । यो लैङ्गिक समानता, सशक्तीकरण र महिला नेतृत्व अभ्यासबारे विचार आदानप्रदान गर्ने मञ्चका रूपमा रहेको ।

 

२. जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औँ संस्करण कोप–२७ कहाँ आयोजना गरिएको छ ? 

सार्म एल शेख (इजिप्ट)

जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्षको कोप–२५ सम्म आइपुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने विश्वास गरिएको । 

विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि उकासिँदै गएको घोषणा भइरहँदा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउने सम्बन्धमा सम्मेलन केन्द्रित रहेको । 

युरोपेली सांसदद्वारा जलवायु परिवर्तनको असरबाट बढी प्रभावित विकासोन्मुख राष्ट्रलाई ऋणको सट्टा अनुदानमा प्राथमिकता दिनुपर्ने प्रस्ताव पारित ।

जी सेभेन र ५५ वटा जोखिममा रहेका राष्ट्र सम्मिलित भी–२० समूहले जलवायु प्रकोपविरुद्ध ग्लोबल सिल्ड नामक अभियान सुरुवात गर्न सहमतिमा हस्ताक्षर गरेका । 

 

३. अरब लिगको ३१औँ शिखर सम्मेलन कहाँ र कहिले आयोजना गरियो ? 

अल्जेरियाको राजधानी अल्जियर्स, सन् २०२२ नोभेम्बर १

 

४. टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाई कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ? 

विराट कोहली, भारत

सन् २०२२ अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा सञ्चालित खेलका दौरान नोभेम्बर २ का दिन उनले बङ्गलादेशविरुद्धको खेलमा १६ रन बनाएपछि श्रीलङ्काली पूर्वकप्तान महेला जयवर्धनेको नाममा रहेको कीर्तिमान तोडेका ।

कोहलीले २५ खेलमा १०६५ रन बनाउन सफल भएका । 

टी–२० विश्वकपमा धेरै रन बनाउन सफल खेलाडी ः

– पहिलो : विराट कोहली, भारत – १०६५ रन (२५ खेल)

– दोस्रो : महेला जयवर्धने, श्रीलङ्का – १०१६ रन (३१ खेल)

– तेस्रो : क्रिस गेल, वेस्ट इन्डिज – ९६५ रन (३३ खेल)

– चौथो : रोहित शर्मा, भारत – ९२१ रन (३७ खेल)

– पाँचौँ : तिलकरत्ने दिल्सान, श्रीलङ्का – ८९७ रन (३५ खेल)

 

५. नेपालमा हालसम्म कति जनालाई राष्ट्रिय विभूति घोषणा गरिएको छ ? 

 १८

सरकारले घोषणा गरेका पछिल्ला पाँच राष्ट्रिय विभूति

– १८औँ : जयपृथ्वीबहादुर सिंह (२०७९ असार ६)

– १७औँ : भक्ति थापा (२०७८ मङ्सिर १४)

– १६औँ : महागुरु फाल्गुनन्द (२०६६ मङ्सिर १६)

– १५औँ : पासाङल्हामु शेर्पा (२०५९ वैशाख १०)

– १४औँ : शङ्खधर साख्वा (२०५६ मङ्सिर २)

 

६. चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि चयन हुने राजनीतिज्ञ को हुन् ? 

सी चिनफिङ (सन् २०२२ अक्टोबर १६–२२)

यससँगै महाधिवेशनले ११ जना महिलासहित २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । 

राष्ट्रपति सीले आफ्नो २०औँ पार्टी कङ्ग्रेसको प्रतिवेदनमा राष्ट्रिय कायाकल्पको लक्ष्य हासिल गर्न आगामी पाँच वर्षको समय निकै महìवपूर्ण हुने बताएका छन् । 

चीनको राजनीति र विश्व मानचित्रमा चीनको अवस्थितिलाई नयाँ युगमा प्रवेश गराउने होडमा रहेका सीले सोअनुरूप आफ्नो रणनीति कार्यान्वयन गर्न आउने पाँच वर्ष अधिक ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । यस हिसाबमा सीले आफ्नो तेस्रो कार्यकालमा सक्रिय विदेश नीतिलाई आक्रामक रूपमा निरन्तरता दिने र चीनलाई बाह्य शक्तिहरूले सिर्जना गर्न सक्ने सम्भावित समस्यालाई प्रतिरोध गर्न आन्तरिक शक्तिलाई थप सुदृढ बनाउने स्पष्ट देखिन्छ । यो परराष्ट्र र सुरक्षा नीति सीले अघि सारेको चिनियाँ सपना साकार पार्नमा केन्द्रित रहेको छ । 

चिनियाँ सपना साकार पार्ने दिशामा काम गरिरहँदा चीनले युद्ध, प्रभुत्व र उपनिवेश बनाउनेजस्ता पुराना नीति अख्तियार नगर्ने बरु आफ्नो बढ्दो आर्थिक, राजनीतिक र कूटनीतिक शक्ति र प्रभाव विश्व शान्ति र पारस्परिक विकासमा केन्द्रित गर्ने सीले बताएका छन् । 

सन् २०१२ मा सी चिनफिङ सत्तामा आउँदा चीनको कुल गार्हस्थ्य उत्पादन ५४ ट्रिलियन युआन थियो, जुन विश्वव्यापी अर्थतन्त्रको ११ प्रतिशत हो । त्यसको एक दशकपछि चीनको जीडीपी ११४ ट्रिलियन युआन छ, जुन विश्वव्यापी अर्थतन्त्रको १८.५ प्रतिशत हो । चीनको आर्थिक वृद्धि धेरै हदसम्म सी सत्तामा आउनुअघि लागू गरिएका नीतिहरूको परिणाम हो तर सी आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन भएपछिका पहिलो यस्ता चिनियाँ नेता हुन्, जसले स्पष्ट रूपमा चिनियाँ आर्थिक शक्तिलाई विश्वमा समग्र आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्न प्रयोग गरेका छन् । 

सी चिनफिङ नेतृत्वले चीनको परराष्ट्र नीतिमा देङ्ग सियाओ पिङको क्षमता लुकाउने र कम प्रोफाइलमा रहने सिद्धान्तलाई प्रतिस्थापन गरेर चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने र उपलब्धिका लागि प्रयासरत रहनुपर्ने नीति अघि बढाएको छ । 

सन् २०१२ मा कम्युनिस्ट पार्टीका महासचिव भएसँगै सीले राष्ट्रिय कायाकल्पलाई आफ्नो मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरेका थिए । यसका लागि दुई चरणको विकास योजना रहेको छ । जसअनुसार सन् २०३५ सम्ममा चीनको आधुनिक अर्थतन्त्रको जग निर्माण गर्ने प्राथमिक लक्ष्य छ भने दोस्रो चरण २०३५ देखि २०५० सम्म चीनलाई समुन्नत र पहिलो दर्जाको शक्तिराष्ट्र बनाउन केन्द्रित रहने भन्ने छ । 

महासचिव भएको एक वर्षपछि सीले विशाल युरेसिया महाद्वीपमा कनेक्टिभिटी सुधार गर्न महìवाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) घोषणा गरे । 

सीको नेतृत्वमा बेइजिङले एसियाली पूर्वाधार लगानी बैङ्क, सिल्क रोड फन्ड र न्यु डेभलपमेन्ट बैङ्कको पहल गरेको थियो । 

बेइजिङले सन् २०२१ र २०२२ मा क्रमशः ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) घोषणा ग¥यो । बीआरआई, जीडीआई र जीएसआईजस्ता कार्यक्रममार्फत चीन आफ्नो पहुँच र प्रभावलाई फराकिलो बनाउन र अन्तर्राष्ट्रिय समुदायमा नेतृत्वको भूमिका निर्वाह गर्ने इच्छाबाट प्रेरित देखिन्छ । 

प्रत्येक पाँच वर्षमा आयोजना हुने चिनियाँ सत्तारूढ दलको राष्ट्रिय कङ्ग्रेसको पछिल्लो संस्करणले सीलाई थप शक्ति प्रदान गरेको र उनी अब माओत्सेतुङपछिको बलियो नेता बनेको विश्लेषण गर्न थालिएको छ ।

सीले सन् २०१८ मा राष्ट्रपतिको दुई कार्यकालको सीमालाई खारेज गरेसँगै उनी आजीवन शक्तिमा रहने मार्ग प्रशस्त भएको थियो । 

सी अहिले चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, राष्ट्रपति र सशस्त्र सेना प्रमुखको पद संयोजक हुन् । उनलाई ‘प्यारामाउन्ट लिडर’ अर्थात् सर्वोच्च नेताका रूपमा पनि सम्बोधन गरिन्छ । 

 

७. प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये धेरै मतदाता भएको निर्वाचन क्षेत्र कुन हो ?

रामेछाप (कुल मतदाता ः एक लाख ८० हजार १०६)

निर्वाचन आयोगले वि.सं. २०७९ असोज ३१ मा सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार डेढ लाखभन्दा बढी मतदाता भएका निर्वाचन क्षेत्र १३ वटा रहेका । 

सबैभन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र : मनाङ (कुल मतदाता : ६७७९)

नोट : निर्वाचन क्षेत्र कायम गर्ने काम निर्वाचन आयोगको होइन । निर्वाचन क्षेत्र निर्धारण आयोगले २० वर्षमा एक पटक निर्वाचन क्षेत्र निर्धारणका लागि सिफारिस गर्छ । 

 

८. सरकारले कर्णाली प्रदेशका कति जिल्लाका विपत् प्रभावित स्थानीय तहको भौगोलिक क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ?

चार (जुम्ला, हुम्ला, मुुगु र कालीकोट)

मन्त्रिपरिषद्को वि.सं. २०७९ असोज २८ को बैठकले सो 

निर्णय गरेको ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन ती जिल्लालाई विपत् सङ्कटग्रस्त घोषणा गरिएको । 

 

९. राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग खन्ने कार्यको सुरुवात कहिलेबाट गरिएको हो ? 

वि.सं. २०७९ असोज २८

सुरुङ निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले कमलामाई नगरपालिका–२, कुसुमटारमा टनेल बोरिङ मेसिन (टीबीएम) जडान गरिसकेपछि सो सुरुङ खन्न सुरु गरिएको ।

भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको यो कम्पनीले त्यहाँ प्रयोग भएकै प्रविधि प्रयोग गरी टीबीएम मेसिनबाटै यो आयोजनाको निर्माण कार्य अघि बढाएको । 

आयोजनाका अनुसार सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेकका हिसाबले कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिन खोलामा खसालिने । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने । 

उत्पादित विद्युत् ३७.२ डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नवलपुर सबस्टेसनमा जोडिने । 

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्ला 

(हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत)को करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने योजना रहेको । 

आयोजना निर्माणका लागि करिब ४६ अर्ब लागत लाग्ने अनुमान गरिएको । 

आ.व. २०७७÷७८ बाट सुरु भएको आयोजना २०८२÷८३ सम्ममा सक्ने लक्ष्य रहेको । 

सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास वि.सं. २०७७ फागुन २० गते भएको । 

 

१०. नेपालको प्रतिनिधि सभा कति सदस्यीय हुने प्रावधान छ ?

२७५

नेपालको प्रतिनिधि सभामा देहायबमोजिम २७५ सदस्यहरू रहने व्यवस्था छ ः

नेपाललाई जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना सदस्य रहने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित १६५ सदस्य ।

सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० सदस्य ।

 

११. स्काइ वाक टावरको निर्माण कहाँ गरिएको छ ? 

इलामको कन्याम 

सो टावर मेची राजमार्गको कन्याम चिया बगाननजिकै रहेको । 

टावरमा सिँढीको सिरानमा चार मिटर चौडाइ र सात मिटर लम्बाइको सिसा राखिएको । 

यस टावरबाट नेपाल र भारतका विभिन्न दृश्यावलोकन गर्न सकिने । 

टावरमा एक पटकमा २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि हाल आठ जना मात्र चढाइने गरिएको । साथै प्रतिव्यक्ति शुल्क पाँच सय रुपियाँ तोकिएको । 

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] २३ कात्तिक २०७९, बुधबार
Share this