| बन्ने होइन त अधिकृत ?? |      

वस्तुगत [गोरखापत्र] ७ मंसिर २०७९, बुधबार

LoksewaGyan ११ पुष २०७९,सोमबार

१.    ६८ वर्षपश्चात् सुपरमुन कहिले देखियो ?

-     वि.सं. २०७३ कात्तिक २९ (सन् २०१६ नोभेम्बर १४)

(वि.सं. २००५ पछि २०७३ कात्तिक २९ मा पृथ्वीको सर्वाधिक नजिक आइपुगेको चन्द्रमा ‘सुपरमुन’ सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको।)

 

२.    ‘सबैका लागि शिक्षा’ विषयक विश्व सम्मेलन कहिले र कहाँ भएको थियो ?

-     सन् १९९०, थाइल्यान्डको जोम्टिनमा 

 

३.    नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?

-      वि.सं. २०७६ जेठ ६

‘डिजिटल पूर्वाधार समृद्धिको आधार : हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको।

अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने।'

 

४.    जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य सङ्कट रोक्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने स्रोत के लाई मानिएको छ ? 

-      बीउ बैङ्क

- अनुसन्धानकर्ताहरूले विश्वका हरेक पाँचमध्ये दुई खाद्य प्रजाति लोप हुने जोखिममा रहेको जनाएका। 

- हाल पृथ्वीमा कम्तीमा दुई लाख खाद्य प्रजाति रहेका।

- राम्रो खालका बीउ बैङ्कहरू कृषिमा जलवायु सङ्कटको नकारात्मक प्रभाव कम गर्न महत्वपूर्ण हुने। 

- विश्वमा हाल झन्डै एक हजार सात सय बीउ बैङ्क वा जिन बैङ्क रहेका। 

 

५.    कुनै मन्त्रालय वा विभागले गर्ने भनी स्पष्ट नतोकिएको काम कुन मन्त्रालयले गर्छ ?

-     गृह मन्त्रालय

 

६.    दुर्लभ प्रजातिको मौरी ‘पुत्का’ कहाँ पाइने गरेको छ ?

-      इलाम 

- सामान्य तापक्रममा बस्न रुचाउने पुत्का अन्य मौरीजस्तो आक्रामक हुँदैन।

- जङ्गलमा रुखको प्वालमा बस्ने यो प्रजातिको मौरीले शत्रुबाट बच्न घारबाट दुई–तीन मिटर लामो डोरी आकारको टुटी बनाएर त्यहीँबाट आवतजावत गर्ने गर्छ।

- औषधिका रूपमा प्रयोग हुँदै आएको पुत्काको मह सामान्य अमिलो हुने गर्छ। एउटा पुत्काको घारबाट एक पटकमा अधिकतम दुई सय मिलिलिटरसम्म मात्र मह निकाल्न सकिन्छ। पुत्काको मह प्रतिलिटर २० हजार रुपियाँ सम्ममा बिक्री हुने गर्छ।

- अन्य मौरीको जस्तो गरेर गोला छुट्ट्याएर नयाँ घारको विकास गर्न नसकिने भएका कारण पुत्का लोप हुने अवस्थामा पुगेको। जङ्गलमा प्वालमा बस्ने पुत्कालाई कतिपय ठाउँमा रुख नै काटेर घरमा राखेर पालिने गरेको।

- इलामको नाम यही प्रजातिको मौरीबाट भएको बताइन्छ। लेप्चा भाषामा ‘इ’को अर्थ पुत्का र ‘लाम’को अर्थ पाइने ठाउँ भन्ने हुन्छ।

 

७.    नेपालमा चीनतर्फको इन्टरनेट सेवा कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?

-     वि.सं. २०७४ पुस २८ (सन् २०१८ जनवरी १२)

 

- वि.सं. २०७४ पुस २८ मा नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिङ्कको औपचारिक रूपमा व्यावसायिक शुभारम्भ गरिएको।

- रसुवाको केरुङ हुँदै चाइना टेलिकम्युनिकेसनसँगको सम्झौताअनुरूप नेपालमा पहिलो पटक चीनतर्फको इन्टरनेट सञ्चालनमा ल्याइएको।

- भारततर्फको भन्दा यो इन्टरनेट ८० प्रतिशत तीव्र रहेको जनाइएको।

 

८.    पानामास्थित एक ल फर्मबाट चुहावट भएका एक करोड १० लाखभन्दा बढी दस्तावेज (कर छली) सँग सम्बन्धित घटनालाई के भनी चिनिन्छ ?

-     पानामा पेपर्स

- करछलीसँग सम्बन्धित दस्तावेज सन् २०१६ अप्रिल ५ मा सार्वजनिक भएको।

- अन्तर्राष्ट्रिय कन्सोर्टियम इन्भेस्टिगेटिभ जर्नालिस्टद्वारा पानामा पेपर्स काण्ड भण्डाफोर गरिएको।

 

९.    प्याराडाइज पेपर्स नामबाट चिनिने ट्याक्स हेभनमा लुकाएर राखिएको सम्पत्तिसँग सम्बन्धित घटना कहिले सार्वजनिक भएको हो ?

-     सन् २०१७ नोभेम्बर ५

(बेलायतकी महारानी एलिजाबेथ द्वितीयासहित विश्वका ठूला कम्पनीहरूद्वारा ट्याक्स हेभनमा सम्पत्ति लुकाएको कर छलीसँग सम्बन्धित दस्तावेजलाई अन्तर्राष्ट्रिय खोज पत्रकार समूहद्वारा सार्वजनिक गरिएको।)

 

१०.    विश्वकै पुरानो टेनिस कोर्ट कुन हो ?

-     लन्डनस्थित ह्याम्टन टेनिस कोर्ट

- द रोयल कोर्ट अफ लन्डन पनि भनिने यो कोर्ट सन् १५२६ देखि १५२९ को बीचमा बनेको हो। 

- बेलायतका हेनरी आठौँले आफ्नी रानी अने बोलेयलाई उपहारस्वरूप यो टेनिस कोर्ट बनाएको इतिहासमा उल्लेख छ।

 

११.    सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनााउने घोषणा कहिले गरेको हो ?

-      वि.सं. २०७५ फागुन १

१२.    हिमालपारिको जिल्ला मनाङको सिङ्गरखर्कमा रहेको कजिन सारा ताल समुद्र सतहबाट कति उचाइमा अवस्थित छ ? 

-     ५००२ मिटर 

- मनाङको चामे गाउँपालिकाअन्तर्गत सिङ्गरखर्कमा अवस्थित यस तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ छ सय मिटर रहेको।

- केही महिनाअघि पत्ता लागेको यो तालको उचाइ तिलिचोको भन्दा बढी पाइएपछि अब यो ताल विश्वकै सर्वाधिक उचाइमा रहेको ताल बन्न पुगेको। अहिले सर्वाधिक उचाइमा रहेको तिलिचो ताल समुद्री सतहदेखि ४९१९ मिटर उचाइमा अवस्थित रहेको ।

- यो ताल तिलिचोभन्दा उचाइमा रहेकोबारे सरकारको आधिकारिक निकायबाट पुष्टि हुन भने बाँकी रहेको।

- विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको तिलिचो तालको अलावा मनाङमा गङ्गापूर्ण ताल, डोना ताल, ठुलागी ताललगायतका ताल रहेका।

 

१३.    स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा गैरसंवैधानिक भएको फैसला सर्वोच्च अदालतले कहिले गरेको हो ?

-      वि.सं. २०७६ कात्तिक १

- स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक (तलब तथा ज्याला) पाउने गरी प्रदेश–१ बाहेकका प्रदेश सभाले बनाएको कानुन संवैधानिक इजलासले खारेज गरिदिएको। संविधानको धारा २२० को उपधारा ८ र २२७ मा स्थानीय तहका जनप्रतिनिधिले सुविधा मात्रै लिन पाउने व्यवस्था रहेको तर सो व्यवस्थाको गलत व्याख्या गरी प्रदेश सभाले जनप्रतिनिधिको सुविधाबारे ऐन बनाएको भन्दै अधिवक्ता लोकेन्द्रबहादुर ओलीद्वारा भदौ १ मा रिट दायर गरिएको थियो ।

- इजलासले प्रदेशद्वारा निर्मित सुविधासम्बन्धी ऐनका सबै अनुसूची बदर हुने फैसला गरेको। 

- स्थानीय तहका जनप्रतिनिधिले यातायात, अनुगमन सञ्चारलगायत शीर्षकमा सुविधा लिन सक्ने तर मासिक पारिश्रमिक लिन नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरिएको।

 

१४.    नेपालको कुन संरक्षण परियोजना विश्वकै उत्कृष्ट बन्न सफल भएको छ ?

    ध्वाँसे चितुवा संरक्षण परियोजना (सन् २०१९ अक्टोबर)

( यसअघि उत्कृष्ट पाँचमा पर्न सफल भएको यो परियोजना सबैभन्दा बढी मत प्राप्त गर्दै उत्कृष्ट बनेको युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसनले जनाएको।)

 

१५.    नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा कहिले गरिएको हो ?

-      वि.सं. २०७६ आश्विन १३

- नेपाल वि.सं. २०७६ असोज १३ मा दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषित भएको।

- ७५३ स्थानीय तह र ७७ जिल्ला खुला दिसामुक्त भएपछि देशलाई खुला दिसामुक्त घोषणा गरिएको।

- नेपाल सरकारको सरसफाइ गुरुयोजना २०६८ ले नेपाललाई सन् २०१७ मा खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य तय गरेको। त्यसबीचमा भूकम्प, निर्वाचनलगायतका कारण शौचालय बनाउने कार्यमा बाधा आइप¥यो र सो लक्ष्य सन् २०१९ मा पूरा गर्ने गरी मिति सारिएको ।

- खुला दिसामुक्त मुलुक घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महìवपूर्ण राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा भएको।

- नेपालमा खुला दिसामुक्त घोषित पहिलो जिल्ला कास्की (२०६८ असार १०) र पछिल्लो जिल्ला भोजपुर (२०७६ असोज ४) रहेका।

- आश्विन पहिलो साता मात्रै ७७औँ जिल्लाका रूपमा भोजपुरलाई खुला दिसामुक्त घोषणा गरिएको।

 

१६.    कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

-     किलिमञ्जरो

- अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटीय गन्तव्य पनि हो।

- यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको।

- यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरण आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने।

 

१७.    सबैका लागि न्याय सुनिश्चित गर्ने मूल लक्ष्यसहित न्यायपालिकाको चौथो रणनीतिक योजना कहिलेदेखि लागू भएको हो ? 

   वि.सं. २०७६ साउन १ 

 

–    वि.सं. २०६१ देखि सुरु भएको योजनाबद्ध न्यायालय सुधार अभियानअन्तर्गत चौथो पञ्चवर्षीय रणनीतिक योजना लागू भएको यो योजना २०७६ असार ३१ मा सो योजना सार्वजनिक गरिएको। योजना वि.सं. २०८१ असार मसान्तसम्म कार्यान्वयनमा रहने ।

 

१८.    फुटबलका महान् हस्ती डिएगो म्याराडोनाको निधन कहिले भएको हो ?

   सन् २०२० नोभेम्बर २५

 

- खेलाडीका रूपमा उनले धेरै ठूला सफलता हात पारेका। आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउनेदेखि युरोपेली क्लब फुटबलबाट धेरै उपाधि जित्नेसम्मको सफलता हात पारेका।

- विश्व फुटबल महासङ्घ (फिफा)ले सन् २००० मा ब्राजिलका पेले सँगै उनलाई पनि शताब्दीकै उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरेको थियो। 

 

१९.    पर्यावरणीय संरक्षणका लागि ‘चिप्को आन्दोलन’ सञ्चालन गर्ने अभियन्ता को हुन् ?

-    सुन्दरलाल वहुगुणा

 

- भारतको गडवाल क्षेत्रमा वन फँडानीविरुद्ध उनले सन् १९७३ तिर यो आन्दोलन सञ्चालन गरेका।

- सकेसम्म रुख नकाट, रुख काट्ने नै भए पहिले हामीलाई समाप्त गरेर मात्र रुख काट भन्ने प्रतीकात्मक सन्देश दिने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको।

 

२०.    नेपाललाई कहिलेसम्म शून्य भोकमरी (जिरो हङ्गर) मुलुक बनाउने योजना छ ?

-     सन् २०२५ सम्म

(नेपाल सरकारद्वारा सन् २०१५ देखि शून्य भोकमरी (जिरो हङ्गर) अभियान अघि बढाइएको। सन् २०२५ सम्म भोकमरी शून्यमा झार्न सरकारले लिएको राष्ट्रिय रणनीतिलाई २०७२ फागुन ३० मा सार्वजनिक गरिएको । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमका लागि रु. दुई खर्ब ६६ अर्ब ७४ करोड खर्च लाग्ने जनाइएको।)

 

२१.    नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?

-      वीर अस्पताल (२०७३ साउन १३) 

- विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको।

- जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो।

 

२२.    सार्वजनिक खरिदसम्बन्धी कामकारबाही कहिलेदेखि विद्युतीय माध्यमबाट गर्न थालिएको हो ?

-      वि.सं. २०७२ साउन १ 

- सार्वजनिक खरिदसम्बन्धी कार्यविधिलाई अझ बढी पारदर्शी, विश्वसनीय र निष्पक्ष बनाउन विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) अवलम्बन गर्न थालिएको। 

- विद्युतीय खरिद प्रणाली लागू भइसकेपछि मुलुकभरका सबै सार्वजनिक कार्यालयमा खरिद प्रक्रिया एउटै पोर्टलबाट सञ्चालन हुने साथै यस पोर्टलको सञ्चालनसँगै (सार्वजनिक कार्यालयमा) ठेक्कापट्टामा हुने गरेको अनियमितता, ढिलोपन एवं अन्य धाँधली नियन्त्रण हुने विश्वास गरिएको। 

 

२३.    प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

-      दोलखा

 

–    सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सातवटा अद्भूत र आकर्षक कुण्ड रहेका। 

–    सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमाजस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको। 

 

२४.    ‘समर जङ्गकम्पनी’ स्थापना गर्ने राजा को हुन् ?

-     रणबहादुर शाह

 

–    राणाकालमा यसलाई चप्रासीको कम्पनी भनेर चिनिने।

–    भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महत्वका कार्यालयको सुरक्षाका लागि खटाएका। 

–    चन्द्रशमशेरले यसलाई सडक र राणाको दरबार निर्माण गर्ने काममा लगाएका।

 

२५.    आयुर्वेदका प्रवर्तक को हुन् ?

    धनवन्तरी 

- नेपालमा कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको।

- वि.सं. २०५६ देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको।    

 

 

श्रोत: गोरखापत्र
 

सम्पूर्ण प्रतिस्पर्धात्मक परिक्षाहरुको Live कक्षाहरु भईरहेका छन् 
सम्पर्क: 9848383263 / 9808145933

  • वस्तुगत [गोरखापत्र] ७ मंसिर २०७९, बुधबार
Share this