| बन्ने होइन त अधिकृत ?? |      

समसामयिक भाग `1

Loksewa Gyan
समसामयिक भाग `1

 

  • भाषा आयोगले प्रदेशगत रुपमा विभिन्न भाषाहरुलाई सरकारी कामकाजको भाषाका लागि सिफारिस कहिले गरेको हो ?   २०७८ भदौ २१
  • आयोगको गठन - २०७३ भदौ २३ गते
  • २०७३ भदौ २३ गते गठित आयोगले पाँच वर्षभित्र सरकारी कामकाजको भाषाको सिफारिस गर्ने मुख्य कार्यादेश पाएको थियो ।
  • आयोगले प्रदेश १ मा मैथिली र लिम्बूभाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको छ । यो प्रदेशमा नेपाली भाषा बोल्ने ४३ दशमलव ०७, मैथिली ११ दशमलव १९ र लिम्बू भाषाको ७ दशमलव ३१ प्रतिशत जनसंख्या रहेका छन् ।
  • प्रदेश २ मा मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रचलन गर्न सिफारिस गरेको आयोगले जनाएको छ । यो प्रदेशमा मैथिली बोल्ने ४५ दशमलव ३०, भोजपुरी बोल्ने १८ दशमलव ५८, बज्जिका १४ दशलमव ६५ र नेपाली भाषाका छ दशमलव ६७ प्रतिशत रहेका छन् ।
  • बागमती प्रदेशका लागि १८ दशमलव ३२ प्रतिशत वक्ता सङ्ख्या भएको तामाङ र १२ दशमलव ३० प्रतिशत वक्ता सङ्ख्या भएको नेवार भाषालााई कामकाजको भाषाका रुपमा सिफारिस गरिएको छ । यस प्रदेशमा नेपाली भाषाको वक्ता सङ्ख्या ५७ दशमलव ४२ प्रतिशत छ ।
  • गण्डकी प्रदेशका लागि नौ दशमलव ०३ प्रतिशत वक्ता सङ्ख्या रहेको मगर भाषा, सात दशमलव ८५ प्रतिशत वक्ता सङ्ख्या रहेको गुरुङ, सात दशमलव ०७ प्रतिशत वक्ता सङ्ख्या भएको भोजपुरीलाई सिफारिस गरिएको छ । यस प्रदेशमा ६७ दशमलव ८८ प्रतिशत नेपाली भाषाको वक्ता सङ्ख्या छ ।
  • लुम्बिनी प्रदेशका लागि १३ दशमलव १५ प्रतिशत वक्ता सङ्ख्या भएको थारु र ११ दशमलव ५२ प्रतिशत वक्ता सङ्ख्या रहेको अवधी भाषालाई सिफारिस गरिएको छ । यस प्रदेशमा नेपाली भाषाको वक्ता सङ्ख्या ५४ दशमलव ७० प्रतिशत छ ।
  • कर्णाली प्रदेशमा नेपालीबाहेक एकमात्र राष्ट्रभाषा रहेको मगर भाषालाई सिफारिस गरिएको छ । यहाँ मगर भाषाका वक्ता सङ्ख्या २ दशमलव २६ प्रतिशत छन् भने नेपाली भाषाको वक्ता सबैभन्दा उच्च सङ्ख्या ९५ दशमलव १४ प्रतिशत छ ।
  • सुदूरपश्चिम प्रदेशमा ३० दशमलव ४५ प्रतिशत वक्ता सङ्ख्या भएको डोट्याली र १७ दशमलव ०१ प्रतिशत वक्ता सङ्ख्या रहेको थारु भाषालााई सरकारी कामकाजको भाषाका रुपमा विकास गर्न सुझाव दिइएको छ । यस प्रदेशमा नेपाली भाषाको वक्ता सङ्ख्या ३० दशमलव १८ प्रतिशत छ ।
  •  
  • अफगानिस्तानमा तालिबानले घोषणा गरेको अन्तरिम सरकारको प्रधानमन्त्री को भएका छन् ?  मुल्लाह मोहम्मद हसन अखुन्द
  • सन् २०२१ सेप्टेम्बर ७
  • प्रधानमन्त्री -  मुल्लाह मोहम्मद हसन अखुन्द
  • उप-नेता(उपप्रधानमन्त्री)- मुल्लाह अब्दुल घानी बरादार
  • अन्तरिम मामिलामन्त्री  - सिरजुद्दिन हक्कानीलाई
  • रक्षामन्त्री - मोहम्मद याकुब ।
  • अर्थमन्त्री -हेदुतल्लाह बाद्री
  • विदेश मन्त्री - अमिर खान मुताक्की
  • शिक्षा मन्त्री- शेख मौलवी नूरुल्ला मुनिर

 

  • अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२१ को नारा के हो ? ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’
  • मनाइने दिन - सेप्टेम्बर ८

नेपालमा साक्षरता

  • हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव नौ प्रतिशत छ ।
  • १५ वर्षभन्दा माथिको समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत
  • १५ वर्षभन्दा माथिको महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ ।
  • मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् ।
  • कूल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ ।
  • हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, छ हजार ७३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय
  • हालै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार कहिले नेपाल आएकी हुन् ?   सन् २०२१ से.९  
  • उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुुक्स पनि आएका
  • एमसीसी सम्झौता अनुमोदन भए नेपालले ५० करोड डलर (करिब ५५ अर्ब रुपैयाँ) सहायता प्राप्त गर्नेछ । यो सहायतामा नेपालले थप १३ करोड डलर थप्नुपर्छ । यस हिसाबले एमसीए–नेपालले ६३ करोड अमेरिकी डलर खर्च गर्नेछ ।
  • प्रस्तावित रकमबाट लप्सीफेदी–बुुटवल–गोरखपुर हाइभोल्टेज प्रसारणलाइन विस्तार गर्ने लक्ष्य छ । ३१५ किलोमिटर लम्बाइको यो प्रसारण लाइनको क्षमता ४०० केभिए हुने बताइएको छ ।
  • यस्तै, दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म महेन्द्र राजमार्ग स्तरोन्नती (मुख्य काम कालोपत्रे) गर्न पनि एमसीसी परियोजनाको रकम खर्च हुनेछ । ७७ किलोमिटर सडकखण्डलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार विकास गर्न एमसीए–नेपालले अहिले डिजाइन गरिरहेको ।
  • केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका २०७८ भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्दै १२ औँ  जनगणना कहिलेदेखि कहिले सम्म हुने भएको छ ?  २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म
  • प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।
  • यसपटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्ने छ ।
  • हरेक १०/१० वर्षमा हुने जनगणना नेपालमा १९६८ सालमा शुरु भएको हो ।
  • हरितालिका तीज कुन तिथिमा पर्दछ ? भदौ कृष्ण तृतीया
  • नवौँ राष्ट्रिय विज्ञान दिवस २०७८ का लागि विज्ञान दिवस २०७८ को नारा के तय गरिरहेको छ ? ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’
  • असोज १ मा पर्दछ ।
  • पहिलोपटक २०७० मा मनाइएको ।
  • काठमाडौँ महानगरपालिका लाई कहिले ‘सांस्कृतिक सहर, साक्षर काठमाडौँ महानगर’ घोषणा गरिएको छ ?  २०७८ भाद्र २१
  • नेसनल जिओग्राफिक एक्सप्लोर अवार्ड–२०२१ प्राप्त गर्ने नेपाली को हुन् ? उत्तमबाबु श्रेष्ठ
  •  वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता श्रेष्ठले ४३ हजार डलर (करिब ५५ लाख रुपियाँ)को सो अवार्ड प्राप्त गरेका ।
  • अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले विशेषगरी नेपालको संरक्षण क्षेत्रको अनुसन्धानका लागि अनुसन्धान वृत्ति प्रदान गरेको । कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्र र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको छ ।
  •  राष्ट्र बैङ्कद्वारा वि.सं. २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भएको अनुमान छ ?  ४.०१ प्रतिशत
  • प्रतिवेदनअनुसार कृषि क्षेत्रको वृद्धिदर २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको ४.४३ प्रतिशत रहेको ।
  • कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको ।
  • आ.व. २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको ।
  •  टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागी हुने एक मात्र खेलाडी को हुन् ?  पलेशा गोवर्धन (गृष्मकालीन ओलम्पिक समाप्त भएको १५ दिनपछि ओलम्पिक आयोजक सहरले नै पाराओलम्पिक गर्नुपर्ने परिपाटी रहेको ।)
  • संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?  सन् २०२१ अगस्ट ३०
  • अफगानिस्तानमा बाँकी रहेका केही सेना अगस्ट ३० सम्म सबै फिर्ता गएको बताइएको । केही दिन अघिदेखि नै अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको । अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन सुरु गरेको थियो । अमेरिकी ट्विन टावरमा हमला गराएको भनी अलकायदा सङ्गठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि अमेरिकाले सो मिसन सुरु गरेको ।
  • विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाको ७४औँ वार्षिक बैठक आयोजना कहाँ भएको छ ? काठमाडौँमा (वि.सं. २०७८ भदौ २१–२५)  (नेपालले ११ वर्षपछि पुनः आयोजक राष्ट्रका रूपमा बैठक गर्ने अवसर प्राप्त गरेको ।)
  • एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ? ऐवी विग्डरसन –हङ्गेरी)
  • प्रखर क्षमता भएका गणितज्ञलाई प्रदान गरिने सो पुरस्कारको राशि झन्डै छ लाख युरो रहेको ।
  • यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिएको ।
  • सन् २००१ मा स्थापित यो पुरस्कार सन् २००३ देखि प्रदान गर्न थालिएको ।
  • पहिलोपल्ट यो पुरस्कार फ्रान्सका जिन पियरे सिरेलाई प्रदान गरिएको ।
  • चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?
  • सन् २०२१ जुलाई ८
  •  छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका ।
  • गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको ।
  •  पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने ।
  • अन्तर्राष्ट्रिय सहकारी दिवस २०२१ को नारा के हो ? रिविल्ड बेटर टुगेदर
  • जुलाई महिनाको पहिलो शनिबार मा मनाइन्छ ।
  • राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?  वि.सं. २०७८ वैशाख २

(नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोषिलो आहारका लागि दिगो कृषि’ रहेको ।)

  • नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? विसं २०७८ असार २९
  •  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको ।
  • नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको ।
  • सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको ।
  • विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ? एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया)
  • डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ ।
  •  ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको । उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।
  • देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ? विक्रम संवत् २०७८ असार २३
  • ६ वर्षअघि (२०७२ साउन २५) मालपोत कार्यालय कलङ्कीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि एक सय २६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि एक सय १८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन बाँकी आठ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको ।
  • कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको ।
  • यो प्रणली सुरु भएपश्चात् नै सर्वसाधारणले आफ्नो घर–जग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्वलगायत) मोबाइल एपमै हेर्न सक्ने ।
  • देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अब यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।