| बन्ने होइन त अधिकृत ?? |      

क्वालिटी अफ डेथ एन्ड डाइङ इन्डेक्स २०२१

Loksewa Gyan
क्वालिटी अफ डेथ एन्ड डाइङ इन्डेक्स २०२१

विश्वका ८१ देशलाई जीवनको अन्तिम क्षणको आधारमा ए, बी, सी, डी, , एफ ग्रेड दिइएको छ । प्रतिवेदनमा ६ देशले मात्र ग्रेड पाएका छन् भने २१ देशले एफग्रेड पाएका छन् ।

सूचीको शीर्षमा कुन देशहरू छन् ?

अध्ययनका अनुसार यो सूचकांकमा बेलायत पहिलो स्थानमा छ। यसबाहेक आयरल्यान्ड, ताइवान, कोस्टारिका, दक्षिण कोरिया र अष्ट्रेलियाले पनि ग्रेड पाएका छन् । रिपोर्टका अनुसार यी देशहरूमा बस्ने मानिसहरूले आफ्नो अन्तिम दिनमा पनि राम्रो शारीरिक र मानसिक स्याहार पाउँछन् ।

कुन देशमा सबैभन्दा खराब

पाराग्वेलाई ८१औँ स्थानमा राखिएको छ किनकी यहाँका मानिसहरुले अन्तिमसम्म पनि आरामको सास फेर्न पाउदैनन् । बंगलादेश, लेबनान, हाइटी, ब्राजिल, सेनेगल, पोर्चुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेसिया, इथियोपिया र इराक पनि एफग्रेड सूचीमा छन् ।

यस सूचकाङ्कमा भारत डीग्रेडसहित ५९औँ स्थानमा छ । भारतबाहेक चीन, रुस, ग्रीस, इन्डोनेसिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोले पनि डीग्रेड पाएका छन् । अचम्मको कुरा, अमेरिका सीग्रेड हुँदा पनि ४७ औं स्थानमा छ। अमेरिकासँगै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, इजिप्ट, घाना, इजरायल, युगान्डा, डेनमार्क र नाइजेरिया पनि सीग्रेडमा परेका छन् ।