| बन्ने होइन त अधिकृत ?? |      

मेलम्चीको उद्घाटन २०७८ चैत्र २९ गते

Loksewa Gyan
मेलम्चीको उद्घाटन  २०७८ चैत्र २९ गते

 

मेलम्चीको उद्घाटन

  • २०७८ चैत्र २९ गते
  • खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगेर आयोजनाको सुरुङमा पानी पठाएर उद्घाटन गरेका
  • यो मेलम्ची खानेपानी आयोजनामा भएको नवौं उद्घाटन हो ।

 

मेलम्ची खानेपानी आयोजनाको कहिले–कहिले कस्ले गरे उद्घाटन 

  1. २०७४ साल चैत २९ गते मेलम्ची खानेपानी आयोजना सुरुङ ब्रेक थ्रुको उपराष्ट्रपति नन्दबहादुर पुनले सुरुङभित्रै उद्घाटन गरेका थिए ।
  2. २०७६ चैत ३ गते खानेपानी मन्त्री बिना मगरले पहिलोपटक सुरुङमा पानी पठाएर परिक्षण कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
  3. २०७७ असार २१ गते सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्विच थिचेर मेलम्ची सुरुङमा पानी परिक्षणका पठाई उद्घाटन गरेका थिए । विना पूर्व तयारी र आवश्यक सावधानी नअपनाउँदा २०७७ असार ३० गते सुरुङको ढोका फुटेर उत्पन्न भएको बाढीमा परि आयोजनाका काम गर्ने २ कर्मचारीले ज्यान गुमाएका थिए ।
  4. २०७७ फागुन १० गते तत्कालीन खानेपानी मन्त्री मणी थापा, सहरी विकास मन्त्री रामवीर मानन्धर, सांसद शेरबहादुर तामाङ् लगायतले एकैसाथ स्विच थिचेर मेलम्चीको सुरुङमा पानी पठाई उद्घाटन गरेका थिए । 
  5. २०७७ फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलबाट स्विच थिचेर मेलम्चीबाट काठमाडौं आइपुगेको पानीको उद्घाटन गरेका थिए ।
  6. २०७७ चैत १५ गते केयुकेएल चावहिल महाङ्काल शाखाले सुरुङबाट ट्याङ्कीमा जम्मा भएको पानी बितरण प्रणालीमा पठाउन ट्याङ्कीको भल्भ खोलेर उद्घाटन भएको थियो । केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महाङ्कल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकसाथ उद्घाटन गरेका थिए ।
  7. २०७७ चैत २० गते काठमाडौंंको भृकुटीमण्डपमा भव्य कार्यक्रमबीच राष्ट्रपति बिद्या भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी थिइन् ।
  8. २०८८ चैत १९ गते खानेपानी मन्त्री उमाकान्त चौधरीले बाढीले क्षति पु¥याएको संरचना मर्मतपछि मेलम्चीको डाइभर्सन सुरुङमा पानी पठाउन शुभारम्भ गरेका थिए ।
  9. र २०७८ चैत २९ गते खानेपानी मन्त्री उमाकान्त चौधरीले सुरुङमा परिक्षणका लागि पानी पठाई उद्घाटन गरेका छन् ।