| बन्ने होइन त अधिकृत ?? |      

नेपालमा वन क्षेत्र बढ्यो ।

Loksewa Gyan
नेपालमा वन क्षेत्र बढ्यो ।

नेपालमा वन क्षेत्र बढ्यो ।

  • प्रतिवेदन सार्वजनिक : २०७९ बैशाख ९ गते
  • कति पुग्यो वन ?  ४१.६९ प्रतिशत (२०१४ मा ४०.३६ थियो ।)
  • काष्ठ तथा बुट्यान क्षेत्र :४.३८ प्रतिशत (२०१४ कै)
  • जम्मा प्राकृतिक स्रोत/वनले ढाकेको क्षेत्रफल ४६.०७ प्रतिशत 
  • सन् २००० मा कुल वन क्षेत्र ३९.९९ प्रतिशत (५९ लाख १५ हजार ५ सय १८ हेक्टर) थियो ।
  • सन् २०१४ को राष्ट्रिय वनस्रोत सर्वेक्षण (एफआरए) अनुसार वनको क्षेत्रफल ४०.३६ (५९ लाख ६२ हजार हेक्टर) थियो । त्यो बेला अन्य काष्ठ तथा बुट्यान क्षेत्र ४.३८ प्रतिशत (६ लाख ४८ हजार हेक्टर) थियो । वन क्षेत्र र काष्ठ/बुट्यान दुवै गरी ४४.७४ प्रतिशत ओगटेको थियो 
  • सन् २०१९ मा ४१.६९ प्रतिशत (६१ लाख ६६ हजार ७ सय ६६ हेक्टर) पुगेको 
  • अनुगमन र प्रकाशन : वन तथा वातावरण मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नापी विभाग, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र यूएसएआईडीलगायत सरोकारवाला निकायको सहकार्यमा
  • विधि : नेसनल ल्यान्डकभर मनिटरिङ सिस्टम’ को प्रयोग गरी २००० देखि सन् २०१९ सम्मको राष्ट्रिय, प्रादेशिक र भौगोलिक क्षेत्रको भू–क्षेत्र (ल्यान्ड कभर) को नक्सा तयार गरिएको
  • अध्ययनले कृषि क्षेत्र सन् २००० मा भन्दा घटेको देखाएको छ । कृषि क्षेत्र सन् २००० मा २६.३१ प्रतिशत (३८ लाख ९१ हजार ५ सय हेक्टर) रहेकोमा सन् २०१९ मा देशको कृषि क्षेत्र २४.२१ प्रतिशत (३५ लाख ८१ हजार ४७ हेक्टर) हुन आएको छ