
के हो त ब्ल्याक बक्स ?
- ब्ल्याक बक्स खासमा एक रेकर्डर हो ।
- यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ ।
- विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ ।
- ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ ।
विमानको कुन भागमा अथवा कहाँ हुन्छ ब्ल्याक बक्स ?
- सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन ।
- ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म की समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।
ब्ल्याक बक्सको रोचक तथ्य
- रोचक त के भने ब्ल्याक बक्सको रंग कालो हुँदैन ।
- यो सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफर्डआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।
सुन्तला रंगको डिब्बाको नाम कसरी रहन गयो ब्ल्याक बक्स ?
- एक बैठकमा एक पत्रकारले यो बक्सलाई ‘ब्ल्याक बक्स’ भनेपछि यही नाम प्रचलनमा आएको हो ।
- सायद त्यतिबेला यो बक्स जलेर कालो भएकोले उनले यसो भनेका थिए तर पछि यही नाम नै प्रचलित भयो र सुन्तले रंगको डिब्बालाई ब्ल्याक बक्सको नामले चिन्न थालियो ।