| बन्ने होइन त अधिकृत ?? |      

सन् २०२१ का महत्वपूर्ण ३२ घटना । जसले २०२१ लाई सम्झाइरहने छ ।

Loksewa Gyan
सन् २०२१ का महत्वपूर्ण ३२ घटना । जसले २०२१ लाई सम्झाइरहने छ ।

 

अमेरिकी संसद क्यापिटल हिलमा आक्रमण

  • जनवरी ६ मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु अमेरिकी संसद भवन क्यापिटल हिलभित्र प्रवेश गरेर तोडफोडमा मात्र उत्रिएनन्, प्रहरीसँगको झडपमा पाँचजनाको मृत्यु भयो भने दर्जनौं घाइते भए ।

म्यानमारमा सत्ताविप्लव : नेतृ सूकी हिरासतमा

  • फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै म्यानमारको जुन्ताले सत्ता नियन्त्रणमा लियो । सरकारको नेतृत्व गरेको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङसाङ सूकी र अन्य लोकतन्त्रवादी नेताहरुलाई पक्राउ गर्दै सेनाले अहिले शासन चलाइरहेको छ ।
  • राष्ट्रसंघका अनुसार सेनाले कू गरेयता सेनासँगको लडाइमा १३ सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने सयौं घाइते छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष

  • सन् १९४९ देखि चीनको सत्ता आएको चिनियाँ कम्युनिष्ट पार्टीले जुलाइमा स्थापनाको सयवर्ष मनाएको छ । सो अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशेष सम्बोधनमा राष्ट्रपति सी जिनपिङले चीनलाई आगामी शताब्दीको पहिलो विश्व शक्ति बनाउने उद्घोष गरे ।

अफगान सत्तामा तालिबानको पुनरागमन

  • अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान सरकारसँग सन् २०२० मा आफ्ना सेना फर्कने सहमतीसहितको घोषणा गरेका थिए ।
  • अमेरिकी नेतृत्वको फौजले काबुलबाट बाहिर धपाएको २० वर्षपछि तालिबान फेरि अफगानिस्तानको सत्तामा फर्कियो। तालिबानहरू १५ अगस्टमा काबुलको राष्ट्रपति भवन प्रवेश गरेका थिए। त्यहाँका राष्ट्रपति असरफ गनीले सुटुक्क देश छाडेर भागेपछि तालिबानहरू राष्ट्रपति भवनमा बन्दुकसहित घुसेका थिए।

कोप-२६ : कोइलाको प्रयोगलाई घटाउँदै लैजाने सहमती

  • राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) कोइलाको प्रयोगलाई घटाउने र पृथ्वीको तापक्रमलाई .५ डिग्रीभित्रै सीमित राख्न प्रयत्न गर्ने सहमती लगायतका घोषणापत्र जारी गर्दै सम्पन्न भयो ।
  • अन्तिम समयमा भारतको दबाबपछि कोइलाको प्रयोगलाई स्थगित नगरी चरणबद्धरुपमा घटाउँदै लैजाने सहमती कोप सम्मेलनमा भएको थियो ।
  • यो निर्णयले भारत, चीनजस्ता ठूला कार्बन उत्सर्जनलाई क्रमशः कोइलाको प्रयोग घटाउने र नवीकरणीय ऊर्जातर्फ लैजान मद्दत मिल्ने बताइएको छ । नेपालले पनि सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा लैजाने प्रतिबद्धता जनाएको छ ।

जर्मनीमा मर्केल शासनको अन्त्य

  • चान्सलर पदमा पुनः नलड्ने एंगेला मर्केलको घोषणापछि जर्मनीमा मर्केल युगको अन्त्य भयो । जर्मनीको राजनीतिक इतिहासमा सत्तासिन चान्सलरले पहिलोपटक पुनः निर्वाचित हुने कुरालाई अस्वीकार गरेको यो पहिलो घटना हो ।
  •  मध्यबामपन्थी दल (एसपीडी) उक्त चुनावमा ठूलो दलको रुपमा उदायो । संसदको ७३६ सिटमध्ये एसपीडीले २०६ सिट प्राप्त गरेको थियो ।
  • १५२ मतसहित क्रिस्चियन डेमोक्रेटिक युनियनले खराब प्रदर्शन गर्‍यो । नोभेम्बर २३ मा एसपीडी, एफडीपी र ग्रीन दलले संयुक्त सरकार बनाउने सहमती गरे । एसपीडीका नेता ओलाफ स्कोल्जले डिसेम्बर ८ मा जर्मनीको नयाँ चान्सलरको रुपमा नयाँ कार्यभार सम्हाले । उनी मर्केलको शासनमा अर्थमन्त्री समेत थिए । 

तीन यान मंगल ग्रहमा अवतरण, अन्तरीक्ष पर्यटनको ढोका पनि खुला

  • अमेरिकी अन्तरिक्ष नियोग नासा, चीन र युएईका तीन अन्तरीक्ष यानले गत फेब्रुअरी र केही साताको आसपासमा रातो ग्रहमा अवतरण गरे । सन् २०२० को जुलाइमा प्रक्षेपण गरेका तीनैवटा यान अहिले मंगलको सतह र कक्षमा छन् । नासाको पर्सिभिअरेन्स रोबोटले पानी र खनिजको अध्ययन र नमुना संकलन गर्दै हेलिकोप्टर समेत उडाएको थियो ।
  • चीनले झुरोङ नामक अर्बिटर, ल्यान्ड र रोबर पठाएर मंगल सतहमा पठायो । चीनले स्पेस भेहिकल पनि पठाएको छ र चीनले पानीको खोजी गर्नेछ । युएईको अर्बिटरको नाम चाहिँ एल अमल (आशा) हो । अरब मुलुकको तर्फबाट यो पहिलो मंगल मिस हो । यसले मंगलको जलवायु परिवर्तनको अध्ययन गर्नेछ । 
  • यसैबीच, नासाको पार्कर नामक यान पहिलोपटक सूर्यको वायुमण्डलभित्र प्रवेश गरेको छ । उच्च तातो र विकिरणबाट जोगिने गरी बनाइएको यो यानले सूर्यले कसरी काम गर्छ भनेर अध्ययन गर्नेछ । 
  • यसैबीच डिसेम्बरमा हब्बललाई विस्थापित गर्ने अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप लन्च गरिएको छ । नासा, युरोपेली अन्तरीक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले यसलाई निर्माण गरेका हुन् । यसले ब्रम्हाण्डको रहस्य पत्ता लगाउने विश्वास गरिएको छ ।
  • जुलाइमा भर्जिन ग्लाक्टिकका संस्थापक रिचर्ड ब्रान्सनले डेढघण्टा लामो समय अन्तरीक्षको किनारमा पुगे । उनीसँगै ब्लू ओरिजिनका अर्बपति जेफ बेजोस पनि अन्तरीक्ष पुग्ने पहिलो गैरव्यवसायिक अन्तरीक्षयात्री बने । सेप्टेम्बरमा इलोन मस्कको रकेट कम्पनी स्पेस–एक्सले सर्वसाधारण यात्रीलाई लिएर तीन दिने अन्तरीक्ष यात्रामा पठाएको थियो । यी तीन अर्बपतिले अन्तरीक्ष पर्यटनको ढोका समेत खोलिदिए ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि

  • नोभेम्बर २६ मा कोरोनाभाइरसकै अहिलेसम्म संक्रामक मानिएको भेरिएन्ट ओमिक्रोन दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको छ । अहिलेसम्म १२० भन्दा बढी मुलुकमा फैलिएको यो भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनको आपतकालिन बैठकले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।
  • विश्व सुन्दरी प्रतियोगिता, विश्व आर्थिक मंचको सम्मेलन लगायतका ठूला कार्यक्रम स्थगित भएका छन् । डिसेम्बर २८ सम्म विश्वभर ८.बिलियन मात्रा खोप लगाइएको छ ।

टोकियो ओलम्पिक विवादमा सुगाले दिए राजीनामा, बेइजिङ ओलम्पिकलाई कूटनीति बहिष्कार गर्ने अमेरिकाको घोषणा

  • जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको राजधानी टोकियोमा कोरोनाभाइरस महामारीको बीचमा गृष्मकालिन ओलम्पिक प्रतियोगिता सम्पन्न भयो । जुलाई २४, २०२० मा गर्ने भनिएको प्रतियोगिता भाइरस महामारीले पोस्टपोन्ड भएको थियो ।
  • जापानमा कोरोना संक्रमण ह्वात्तै बढ्यो । मुलुकको अर्थतन्त्र तहसनहस हुनुमा ओलम्पिक जिम्मेवार रहेको भन्दै जापानी नागरिक सडकमा उत्रिए । महामारी नियन्त्रण गर्नुको सट्टा बढाउने काम गरेको भन्दै नागरिकले प्रधानमन्त्री सुगाको राजीनामा मागे । विवाद चर्र्कैदै गएपछि अन्ततः सुगाले राजीनामा दिनुपर्‍यो ।
  • गत डिसेम्बर ६ मा अमेरिकाले बेइजिङमा हुने विन्टर ओलम्पिक प्रतियोगितालाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । क्यानडा, बेलायत र अष्ट्रेलियाले पनि कूटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । मानवअधिकार पालनामा चीन गम्भिर नभएको भन्दै उनीहरुले बहिष्कारको घोषणा गरेका हुन् । तर, चीनले चाहिँ बहिष्कारको उक्त घोषणा राजनीति प्रेरित रहेको बताएको छ ।

 

वर्ल्ड ट्रेड अर्गनाइजेसन प्रमुखमा अफ्रिकी महिला

  • वर्ल्ड ट्रेड अर्गनाइजेसन(डूब्लूटीओ)को नेतृत्वमा यस वर्ष पहिलो पटक अफ्रिकी मूलकी महिला प्रमुख बनिन् । नाइजेरियाको पहिलो महिला अर्थमन्त्री समेत रहेकी नोग्जी ओन्जो इवेला डब्लूटीओको पहिलो अफ्रिकी महिला महानिर्देशक बन्दै इतिहास रचिन् उनी नाइजेरियामा दुई पटक अर्थमन्त्री भएकी थिइन् 

पहिलो पटक करोडौं मूल्यमा डिजिटल आर्टको बिक्री

  • यो वर्ष पहिलो पटक डिजिटलमा निर्माण गरिएको एक तस्बिर करोडौं मूल्यमा बिक्री भएको छ । माइक विंकलम्यानको ‘एभ्रिडेज: द फस्र्ट ५००० डेज’ बेलायत क्रिस्टिज कम्पनीमा ६ करोड ९३ लाख डलरमा लिलामी गरिएको थियो । ५ हजार तस्बिरहरुको कोलाज रहेको यो आर्टको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत भएको थियो 

मानिसलाई आक्रमण गर्ने स्वचालित ड्रोन

  • आर्टिफिसियल इन्टिलिजेन्स(एआई)ले पहिले पटक द्वन्द्व ग्रस्त क्षेत्रमा गएर ड्रोन हमला भएको वर्षको रुपमा यो वर्ष चिनिएको छ । संयुक्त राष्ट्र संघले मान्यता दिएको त्यहाँका अन्तरिम सरकार र विद्रोही नेता खलिफा हफ्तारका सेनाबीच भइरहेको द्वन्द्वग्रस्त क्षेत्रमा टर्कीको सैन्य ठेकेदावरद्वारा निर्मित कोर्गु–२ ड्रोन त्यहाँ उपस्थित थियो । मानिसले दिने कमान्डका कारण लडाइमा ड्रोनहरु प्रयोग हुने गरेपनि एआई आपैंm द्वन्द्वग्रस्त क्षेत्रमा पुगेको यो घटना पहिलो भएको राष्ट्र संघले जनाएको छ 

नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहमा बनायो अक्सिजन

  • मंगल ग्रहमा रहको नासाको पर्सिभरेन्स रोभरले यो वर्ष त्यही अक्सिन उत्पादन गरेको छ मंगल ग्रहको वायुमण्डलबाट पर्सिभरेन्सले मोक्सी उपकरणका मद्दतमा अक्सिन उत्पादन गरेको हो । मार्स अक्सिजन इनसिटू रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट (एमओएक्सआईई) प्रविधिले मंगल ग्रहमा रहेको कार्बन डाआइक्साइडबाट अक्सिजन उत्पादन गर्छ । यो अनुसन्धानकै क्रममा भएकाले भविष्यमा मंगल ग्रहमा हुने ह्युमन मिसनमा यसले सहयोग पुग्ने बताइएको छ 

प्रयोगशालामा निर्मित हिराको व्यावसायिकरण

  • डेनमार्कको चर्चित ज्वेलरी कम्पनी पन्डोराले यो वर्ष खानीबाट उत्पादिन हिरा प्रयोग नगर्ने भन्दै कृत्रिम रुपमा उत्पादन सुरु गरेको छ । पान्डोरोले कृत्रिम रुपमा निर्माण गरेका ज्वेलरीहरु ब्रिटेनमा समेत बिक्री गरिएको थियो । सन् २०२२बाट यसले राम्रो व्यापार गर्ने बताइएको छ 

 मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसदमा निर्वाचित

  • यो वर्ष मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसद पदमा विजयी भएका छन् । मारिया क्लिमेन्ट गारसिया र साल्मा लिभाना मेक्सिकोको इतिहासमा सांसदमा निर्वाचित पहिलो तेस्रोलिंगीको रुपमा इतिहास रचे । त्यहाँको लोअर हाउसबाट सांसद निर्वाचित भएका हुन् । उनीहरु दुवै सत्तारुढ दलका सांसद पनि हुन् 

तिब्बतमा पहिलो पटक बुलेट रेल

  • चीनको स्वशासित क्षेत्रमा तिब्बतमा पहिलो पटक विद्युतबाट चल्ने बुलेट रेल यो वर्षको जुनदेखि सञ्चालनमा आयो । ५ अर्ब ६० करोड डलरको यो परियोजना अन्तर्गत तिब्बतको राजधानी ल्हासादेखि न्याङ्चीसम्मको रेलमार्ग जोड्छ 

नेशनल जिओग्राफीले पहिलो पटक नयाँ महासागर पत्ता लगायो

  • विश्व महासगर दिवसको अवसर पारेर यो वर्ष नेशनल जिओग्राफिक सोसाइटीले दक्षिण अन्र्टाकटिकलाई छिटो छिटो फेरो लगाउने छालहरु  रहेको पत्ता लगायो । सन् १९१५ देखि संसारमा नक्सा प्रकाशन गर्दै आएको यो संस्थाको उक्त कुरालाई वैज्ञानिकहरुले महासगरको रुपमा मान्यता दिए 

अन्तरिक्षमा पुग्ने पहिलो गैर अन्तरिक्षयात्री

  • अन्तरिक्षमा यसअघि वैज्ञानिक तथा अन्तरिक्षयात्रीहरु मात्रै जाने गर्थे । तर अब त्यो रहेन । यस वर्ष अर्बपति रिचार्ड ब्रान्सन आफ्नै कम्पनीद्वारा निर्मित यानबाट अन्तरिक्षको यात्रा गरे । उनको कम्पनी भजिर्न गालाक्टिकले निर्माण गरेको रकेटमार्फत उनी जुलाईमा अन्तरिक्ष पुगेका थिए । उनी अन्तरिक्ष पुगेको ९ दिनपछि एमाजोन तथा ब्लू ओरिजिनका मालिक जेफ बेजोस आफ्नै कम्पनीले निर्माण गरेको न्यू सेपहर्ड जहाजबाट अन्तरिक्षमा पुगे 

ब्ल्याक होल पछाडिबाट आएको प्रकाश

  • ब्ल्याक होलबाट प्रकाश पनि भाग्न सक्दैन । या भनौं कुनै चिज ब्ल्याक होलमा आए त्यो विलिन हुन्छ । यो वर्ष खगोलशास्त्रीहरु पहिलो पटक ब्ल्याक होलको पछाडिबाट प्रकाशहरु बंगिएर आएका थिए । यी प्रकाश पृथ्वीभन्दा ८ सय मिलियन प्रकाश वर्ष टाढा थिए । यसको विस्तृत अध्ययन सम्बन्धीको कुरा नेचर जर्नलमा प्रकासित छ । यो घटनाले पुन अल्बर्ट आइन्सिटाइनको सापेक्षताको सिद्धान्तलाई प्रमाणित गरिदिएको छ 

संसारको पहिलो थ्रीडी प्रिन्टबाट बनाइएको विद्यालय सञ्चालन

  • यो वर्ष संसारमा पहिलो पटक थ्री–डी प्रिन्टबाट निर्माण गरिएको नेचर जर्नलमा प्रकासित छ । यो वर्षो जुलाइमा यो विद्यालय सञ्चालनमा आएको हो । अफ्रिकाको मलावाईमा स्थापना भएको यो विद्यालय १४ वटा रुखबाट निर्माण गरिएको हो । बेलायतको एक विकास संस्था र स्वीस कम्पनीको साझेदारीमा यो विद्यालय स्थापना गरिएको हो 

 ग्रिनल्यान्डको उच्च स्थानमा वर्षा

  • वैज्ञानिकहरुले जलवायु परिर्तनको असरले पार्ने प्रभावबारे चेतावनी दिँदै आएका छन् । ग्रिनल्याान्डको ओरहण क्षेत्र नजिकै क्षेत्र समुद्री सतहदेखि करिब २ माइलमा वर्षा भयो ।
  • सन् १९८० देखि निगरानी गर्न थालिएयता पहिलो पटक ग्रिन ल्यान्ड क्षेत्रमा वर्षा भएको घटना रकेर्ड भएको हो । यो वर्षको अगस्टमा तापक्रम फ्रिज हुने लेभलभन्दा बढेपछि धेरै घण्टासम्म पानी परेको अमेरिकाको नेशनल स्नो एन्ड आइस डाटा सेन्टरले जनाएको छ 

एल साल्भोडर बिटक्वाइनलाई राष्ट्रिय मुद्रा बनाउने बन्यो पहिलो मुलुक

  • यो वर्षको सेप्टेम्बमार एल साल्भोडरले बिट क्वाइनलाई मान्यता दियो । विभिन्न आशंकका बाबजुत यो कानुन पास भएको थियो । अर्थ विज्ञहरुले बिट क्वाइनलाई मान्यता दिदा देशको अर्थ व्यवस्था असन्तुल हुन सक्ने चेतावनी दिएका छन् 

डाफर डान बने पहिलो पटक सीएफडीएको लाइफटाइम एचिम्भमेन्ट अवार्ड पाउने अस्वेत डिजाइनर

  • अमेरिकाको फेसन डिजाइनर काउन्सिलले सेप्टेम्बरमा अमेरिकी अस्वेत डिजाइनर डेनियल डे (डाफर डान)लाई सन् २०२१को लाइफ टाइम एचिम्भमेन्ट अवार्ड प्रदान गर्‍यो । हिप हपको क्षेत्रमा लक्जरी फेसन भित्र्याउने श्रेय उनलाई दिने गरिन्छ । उनले आफ्ना पसल हार्लेम मार्फत हिपहपमा महँगो फेसन भित्र्याएका थिए । फेसनमा ‘सोलो रनवे सो’ नगरी अवार्ड पाउने व्यक्ति पनि उनी परेका छन् 

चक्रवातभित्रको पहिलो ड्रोन फुटेज

  • सेप्टेम्बरमा आएको ‘चक्रवात साम’ आँधीभित्रको पहिलो ड्रोन फुटेज रर्केड भयो  क्याटागोरी–४को यो आँधि १२० माइल प्रतिघण्टाको रफ्तारमा अघि बढेको थियो । महासगरहरुमा ड्रोनमार्फत अनुसन्धान गर्ने सेलड्रोनका अनुसन्धानकर्ताले ड्रोनको यो फुटेजको मद्दतबाट आँधीहरु कसरी विकासित हुदै जाने भन्ने जानकारी हासिल हुने छ 

स्पेस–एक्सको अन्तरिक्ष पर्यटन

  • अमेरिकी कम्पनी स्पेस एक्सले पहिला पटक अन्तरिक्ष पर्यटनका लागि मानिसहरुलाई अन्तरिक्षमा लग्यो । इन्सिपिरेसन–४ मिसन नाम दिइएको यो मिसनमा ४ जना गैर अन्तरिक्षयात्रीहरुले ३ दिन पृथ्वीको कक्षमा ड्रागन क्याप्सुलमा सयर गरेका थिए ।

पहिलो पटक फिलिपिनो नागरिकलाई नोबल शान्ति पुरस्कार

  • फिलिपिनो पत्रकार मारिया रेसा नोबल शान्ति पुरस्कार पाउने पहिलो फिलिपिनो नागरिक बनिन् । फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई २०१८मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो ।
  • अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासमा उनलाई नोबल शान्ति पुरस्कारबाट पुरस्कृत गरिएको थियो । उनीसँगै रुसी पत्रकार डिमिट्री मुराटोभलाई संयुक्त रुपमा पुरस्कार दिइएको थियो 

स्वेज नहरमा पानीजहाज फस्दा विश्वकै महँगो ट्राफिक जा

  • विश्वकै व्यस्त व्यापारिक मार्ग इजिप्टको स्वेज नहरमा मार्च २३ मा मालवाहक पानीजहाज अड्किएपछि अवरुद्ध भयो। ६ दिनसम्म उक्त जलमार्ग अवरुद्ध हुँदा ६ देखि १० अर्ब अमेरिकी डलर बराबरको व्यापार रोकिएको समाचार संस्था रोयटर्सले जनाएको थियो। त्यति बेला यो नहरमा कम्तीमा ३६९ वटा पानीजहाज अड्किएका थिए। स्वेज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए।
  • ‘एभर गिभन’ नामक जहाज त्यहाँ अड्किएको थियो। करिब ४०० मिटर लामो तथा ५९ मिटर चौडाइ भएको मालवाहक पानीजहाज तेर्सो परेर अड्किएपछि एसिया र युरोप जोड्ने जलमार्ग ठप्प भएको थियो। पछि यसको पछाडिको भागलाई नहरको किनारातिर तानिएको थियो। त्यसका लागि १४ वटा डुंगाहरू प्रयोग गरिएको थियो 
  • अचानक आएको हावाहुरीका कारण विशाल पानीजहाज नहरमा तेर्सिएको थियो। दस वर्ष लगाएर सन् १९६९ मा निर्माण सम्पन्न भएको नहर १९३.३ किलोमिटर लामो छ। एसिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गबाट विश्वको १२ प्रतिशत व्यापार हुने गर्छ। 

उत्तर कोरियामा ११ दिनसम्म हास्न र किनमेलमा प्रतिबन्ध

  • उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं पुण्यतिथिको अवसरमा ११ दिनसम्म शोकको घोषणा गरिएको थियो। शोकको घोषणा गर्दै उत्तर कोरियाले आफ्नो नागरिकलाई डिसेम्बर १७ देखि ११ दिन हाँस्न, रक्सी पिउन र किनमेलका लागि प्रतिबन्ध लगाएको थियो।

ओलम्पिक

  • जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजित ओलम्पिक्समा कुल ११ हजार ६ सय ५६ खेलाडीको सहभागिता थियो र तिनले ३ सय ४९ स्पर्धामा आफ्नो चुनौती पेस गरे । अन्तिम पदक तालिकामा अमेरिका पहिलो रह्यो, ३९ स्वर्ण सहित । चीन ३८ स्वर्ण सहित दोस्रो स्थानमा रह्यो । आयोजक देश जापानको उपलब्धी के रह्यो भने यो २७ स्वर्णसहित तेस्रो स्थानमा आउन सफल रह्यो 

यूरोकप

  • सबैभन्दा पहिले यो प्रतियोगिता भएको थियो, सन् २०२१ । तर यसको आधिकारिक नाम भने रहने छ, युरो २०२० नै । यसका खेल एकै देशका सहरमा भएको थिएन्, बरू १३ देशमा भए 
  • फाइनल इंग्ल्यान्डमा भएको थियो, त्यसमा इटालीले इंग्ल्यान्डलाई नै पराजित गरेको थियो, त्यो पनि टाइब्रेकरमा । निर्धारित र थपिएको समयको खेल १–१ को बराबरीमा थियो । टाइब्रेकर भने इटालीको पक्षमा ३–२ रह्यो । रुसमा भएको पछिल्लो विशवकपमा इटाली छनोट समेत भएको थिएन् । त्यसैले आलोचकले भन्न सुरु गरेको थियो, इटालीको फुटबल मर्दैछ भनेर । तर इटालीले युरोको यस संस्करण जितेर देखाएको छ, त्यहाँ फुटबलको ज्युँदो मात्र छैन्, बलियो पनि छ भनेर 

कोपा

  • वर्ष २०२१ मै कोपा अमेरिका पनि भयो, दक्षिण अमेरिकाको सबैभन्दा ठूलो प्रतियोगिता । अनि यसलाई जित्न सफल रह्यो, लियोनल मेसीको अर्जेन्टिनाले । विश्व फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला नाममध्ये एक हुन्, मेसी । उनले क्लब फुटबलमा सबथोक जिते, तर आफ्नो देशका लागि यसअघि कुनै ठूलो प्रतियोगिता जित्न सकेका थिएनन् 
  • अर्जेन्टिनाका लागि एन्जेल डि मारियाले गरेको एक मात्र गोल नै निर्णायक रह्यो र टिम १–० ले विजयी रह्यो । यो कोपालाई खासमा मेसीले आफ्नो देशका लागि जितेको पहिलो ठूलो उपाधिका रूपमा सम्झिनेछ 

क्रिकेटको ट्वान्टी-ट्वान्टी विश्वकप

  • वर्ष २०२१ मा एउटा अर्को सारिएको विश्वकप पनि भएको थियो र यो थियो, क्रिकेटको ट्वान्टी-ट्वान्टी विश्वकप । यसमा भने अस्ट्रेलिया विजयी रह्यो, फाइनलमा उसले न्युजिल्यान्डलाई हराएको थियो । सेमिफाइनलसम्म पुग्ने क्रममा तहल्का मच्चाउने काम भने पाकिस्तानले गरेको थियो, तर अन्तिम चारबाट अगाडि बढ्न सकेन् । उसलाई बाटो छेक्ने काम गरेको थियो, अस्ट्रेलियाले । भारत भने समूह चरण काट्न पनि असफल रह्यो