• राष्ट्रिय नारा -‘दलदल पानी, पोखरी र खोला; संरक्षण गरे सर्वहित होला’
• अन्तर्राष्ट्रिय नारा - ‘Wetlands Action for People and Nature’.
• मनाइने दिन -प्रत्येक वर्ष फेब्रुअरी २ मा
• प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर, अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्रलाई नेपालको सिमसार नीति २०६९ ले ‘सिमसार’ भनेर परिभाषित गरेको छ ।
• सिमसारमा पानी नसुक्ने र जमिन नलुक्ने क्षेत्रलाई लिने गरिन्छ ।
• नेपालका ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा सिमसारमा आश्रित छन् ।
• २० प्रजातिका मेरूदण्ड भएका जीवमध्ये १७ वटा, सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत, २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । ३७ प्रजातिका किटपतङ, १८५ प्रजातिका माछा, ३६ प्रजातिका उभयचर, ८० प्रजातिका घस्रने जन्तु, १९३ प्रजातिका चराचुरूंगीहरूको बासस्थान सिमसार छ । विभिन्न अनुसन्धानले नेपालका १० प्रतिशत आदिवासी समुदाय सिमसारबाट प्राप्त हुने स्रोतहरूमा निर्भर छन् । विश्वलाई हेर्न हो भने विश्वका ४० प्रतिशत प्रजातिहरू सिमसारमा आश्रित छन् ।
• सन् १९८७ मा कोसी टप्पु क्षेत्र रामसारमा सूचीकृत भएपछि नेपालले रामसारलाई अनुमदोन गर्ने ४६औं पक्ष राष्ट्र बन्यो । त्यसपछि नेपालका अन्य ९ वटा सिमसार रामसार क्षेत्रमा सूचीकृत छन् जसले ६० हजार ५६१ हेक्टर क्षेत्रफल ओगटेका छन् ।
• रामसारमा घोडाघोडी ताल, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल समूह, रारा ताल, फोक्सुन्डो ताल, गोसाइकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल छन् । पोखराका तालहरूअन्तर्गत फेवातालसहित बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्यूरिनी र गुदें तालहरू छन् ।
• रामसारमा सूचीकृत नेपालका १० सिमसारमध्ये तराई र हिमाली क्षेत्रका ४/४ वटा छन् भने पहाडी क्षेत्रमा दुई वटा छन् । सन् २००३ मा ३ वटा, २००७ मा ४ वटा, २००८मा १ वटा र २०१६मा पोखराको ताल समूह रामसार क्षेत्रमा सूचीकृत भए ।