धेरै रुचाईएका प्याकेजहरु
आफुले तयारी गर्न खोजेको समूह छनोट गर्नुहोस
१.कार्यालय कार्यविधिमा दर्ता,चलानी र पत्रव्यवहारको सम्बन्धमा जानकारी गराउनु होस्।(५)
कार्यालय कार्यविधि
कार्यालय सञ्चालन गर्नअवलम्बन गरिने ऐन, कानून, मूल्य मान्यता एवं पद्धत्तिको समग्रता नै कार्यालय कार्यविधि (Office Procedure)हो।यसलाई कार्यालयमा काम गर्नका लागि लिने कदमहरुको अनुक्रमको रुपमा लिइन्छ।कार्यालय कार्यविधका मुख्यकार्यमा दर्ता, चलानी तथा पत्रव्यवहार लगायत पर्दछन्।
दर्ता
कार्यालयमा प्राप्त चिठीपत्र, निवेदन, प्रतिवेदन आदि कागज पत्रहरू प्राप्त हुनासाथ सुरुको अभिलेख राख्ने कार्य दर्ता हो । यसले कार्यालयको दायित्व वढाउँदछ ।
चलानी
कार्यालयबाट बाहिर जाने पत्रहरूको चलानी पुस्तिकामा अभिलेख राख्ने कार्य चलानी हो । यसवाट कार्यालयको दायित्व समेत घट्छ ।
पत्रव्यवहार
व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा कार्यालयलाई लिखितरुपमा विवरण एवम् सन्देश पठाउने कार्य पत्रव्यवहार हो । यो सञ्चारको एक औपचारिक माध्याम हो ।
यसरी,
कार्यालय कार्यविधि अन्तर्गत गरिने दार्ता, चालनी तथा पत्रव्यवहारले कार्यालयको काममा शीघ्रता, शुद्धता, प्रभावकारिता एवं कुशलता मार्फत व्यवसायिकता प्रवर्धन गर्दछन् ।
२.अभिलेख व्यवस्थापनको उद्देश्य उल्लेख गर्दै अभिलेख व्यवस्थापन चक्रबारे चर्चा गर्नुहोस् । (२.५+२.५)
अभिलेख व्यवस्थापन
कार्यालयमा कागजात प्राप्त भएपछि जतन गरी राख्ने एवं प्रयोग विहिन भएपछि धुल्याउने सम्मका कृयाकलापलाई अभिलेख व्यवस्थापन भनिन्छ ।
अभिलेख व्यवस्थापनको उदेश्य
अभिलेख व्यवस्थापन चक्र
१) प्राप्ति वा सिर्जन
२) भर्ना
३) संरक्षण
४)धुलाई/थान्को लगाउने
यसरी ,
अभिलेख व्यवस्थापनको लागि उल्लेखित चत्रको अवलम्बन गरिन्छ । यसवाट चहिएको वेला सहज तरिकाले अभिलेख खोज्न तथा भेट्टाउन सकिने देखिन्छ ।
३. छोटोटिप्पणीलेख्नुहोस्। (२.५+२.५)
क) परिपत्रकोमहत्व ख) सहायककर्मचारी
क) परिपत्रको महत्व
मातहतका सम्पूर्ण निकाय वा कार्यालयलाई कुनै खास बिषयको सन्दर्भमा लिखित रुपमा जारी गरिने आदेश, निर्देशन वा सन्देश परिपत्र हो । मातहतका निकायले यसलाई अल्पकालिन नियम मानि अभिलेख तथा पालना गर्दछन् ।
परिपत्रको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
यसरी,
मातहतका निकायलाई निश्चित कार्य गर्न वा नगर्नका लागि माथिल्लो तहवाटबाट जारी गरेको लिखित निर्देशन परिपत्र हो ।
ख) सहायक कर्मचारी
कार्यालयको कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा जिम्मेवारीपूर्ण ढंगले सहयोग गर्ने सबै कर्मचारी सहायक कर्मचारी हुन् ।
यसरी,
सहायक कर्मचारीले गर्ने मुख्य कार्यमा दर्ता, चलानी, अभिलेख व्यवस्थापन लगायत पर्दछन् ।
४. कार्यालयमाबैठकसंचालनपछिनिर्णयअभिलेखन (Minuting)कसरीगरिन्छ? लेख्नुहोस्। (५)
माइन्युट लेखन
बैठक/मिटिङ्ग सञ्चालन भइसकेपश्चात् त्यसको मूख्य एजेण्डा, बैठकको निर्णयहरु, उपस्थित पदाधिकारीहरुको विवरण सहितको लिखितम बैठकमा उपस्थित सम्पूर्ण व्यक्तिले प्रमाणित गरी अभिलेखाङ्कन गरिने लिखित अभिव्यक्ति नै माइन्यूट हो ।
निर्णय अभिलेखन (Minuting)गर्ने तरिका
कार्यालयमा बैठक संचालन गर्दा छलफलका एजेण्डा जानकारी गराउने र कर्मचारुकिा पनि केही एजेण्डा भए समावेश गरी छलफलमा ल्याएर प्रस्तुत एजेण्डामा प्रयाप्त छलफल गर्ने र निर्णयमा पुग्नु पर्दछ । यसरी गरिएको निर्णय लेखन निम्नानुसार गर्नु पर्दछ ।
अन्त्यमा,
कार्यालयको वैठकलाई नतिजामुलक बनाउन निर्णय अभिलेखनको महत्वपूर्ण भूमिका हुन्छ । उल्लेखित उपायको अवलम्बन गरेमा कार्यालयको वैठकले प्रभावकारीता हाँसिल गर्ने देखिन्छ ।
५. कार्यालयमा सञ्चार भन्नाले के बुझिन्छ ? यसका साधनहरु उल्लेख गर्दै कार्यालय व्यवस्थापनमा सञ्चारको महत्व उल्लेख गर्नुहोस् । (३+२+५)
"Blood circulation of office"
कार्यालयमा सञ्चार
एक कार्यालयवाट अन्य कार्यालय वा व्याक्ति, समूह वा निकायविच सूचना वा जानकारीको अधानप्रदान कार्यालयमा सञ्चार हो । यसलाई कार्यालयमा विभिन्न निर्णय, कार्यप्रक्रिया, कार्यविधी, कार्यहरु तथा अन्य संगठनका सूचनाहरु प्रसारीत गर्ने प्रक्रिया को रुपमा लिइन्छ ।
सञ्चारका साधनहरू
कार्यालय व्यवस्थापनमा सञ्चारको महत्व
निष्कर्ष
सञ्चारलाइ कार्यलयको सक्तसञ्चारको रुपमा लिइन्छ । यसले कार्यलय कार्यविधिलाई सरल र सहज बनाउन भूमिका खेल्दछ । अत, यसवाट लाभ लिनको लागि प्रभावकारी व्यवस्थापन सुचना प्रणालीको कार्यन्वयन गर्नुपर्र्ने देखिन्छ।
६. सेवाग्राहीको गुनासो व्यवस्थापन सन्दर्भमा नेपालमा भएको कानूनी व्यवस्था बारे उल्लेख गर्दै गुनासो व्यवस्थापनमा देखा पर्ने समस्याहरु के के हुन सक्छन् ? लेख्नुहोस् ।(४+६)
‘सुन्ने र सुधार्ने कार्य’
गुनासो व्यवस्थापन
संगठनमा प्राप्त गुनासो सम्बन्धमा जवाफदेही हुनु, सेको समयमानै समाधान खोज्नु तथा आगामी दिनमा त्यस्ता गुनासा नआउने तर्फ सचेत रहनु नै गुनासो व्यवस्थापन हो ।
नेपालमा गुनासो व्यवस्थापनको लागि गरिएका कानूनी व्यवस्थाहरु
गुनासो व्यवस्थापनमा देखा पर्ने समस्याहरु
नेपालमा गुनासो व्यवस्थापन सम्बन्धमा नीतिगत, कानूनी, संस्थागत तथा कार्याक्रमगत व्यवस्था गरिएको छ। यद्धपी, सेवाग्राहीको गननासो व्यवस्थापनमा निम्न समस्या देखा परेका छन् ।
निष्कर्ष
सेवाग्राहीको गुनासो व्यवस्थापन सम्बन्धमा उल्लेखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक स्रोतसाधनको प्रवन्ध मार्फत सर्वसाधारण जनताको ईच्छा, आकाङ्क्षाको सम्बोधन गर्नु आवश्यक देखिन्छ।
७. मौलिक हक भनेको के हो ? मौलिक हक कार्यान्वयनमा देखा परेका समस्याहरु लेख्नुहोस्। (२+३)
संवैधानिक अधिकार : मौलिक हक
मौलिक हक
देशको मूल कानून संविधानमा व्यवस्था भएका हकहरु नै मौलिक हक हुन । यसलाई संवैधानिक अधिकार समेत भन्निछ । मौलिक हकको हनन् भएमा उपचार सम्बन्धी व्यवस्था पनि संविधानमा नै हुन्छ ।
मौलिक हक कार्यान्वयनमा देखा परेका समस्याहरु
अत,
मौलिक हकहरूको गुणात्मक कार्यान्वयन मार्फत लोकतान्त्रिक एवं नागरिकमैत्री शासनको प्रतिफल सर्वसाधारण सम्म पुर्याउनु पर्ने देखिन्छ ।
८. निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् । (५)
निर्वाचन आयोग
संविधान र संघीय कानूनको अधीनमा राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने स्वतन्त्र संवैधानिक अंग निर्वाचन आयोग हो । निर्वाचन आयोगको स्थापना २००८ कार्तिक २६ मा भएको हो ।
निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार
नेपालको संविधानको धारा २४६ मा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा देहाय बमोजिमको व्यवस्था रहेको छ ।
(१) निर्वाचन आयोगले यस संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नेछ। निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्ने ।
(२) निर्वाचन आयोगले यस संविधान र संघीय कानून बमोजिम राष्ट्रिय महत्वको विषयमा जनमत सँग्रह गराउनेछ।
(३) राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय निर्वाचन आयोगले गर्ने ।
(४) निर्वाचन आयोगले आफ्नो काम, कर्तव्य र अधिकारमध्ये कुनै काम, कर्तव्य र अधिकार प्रमुख निर्वाचन आयुक्त, कुनै निर्वाचन आयुक्त वा सरकारी कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्नेगरी प्रत्यायोजन गर्न सक्ने।
(५) निर्वाचन आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि संघीय कानूनबमोजिम हुने ।
अत,
अवधिक निर्वाचनलाई स्वच्छ, निश्पक्ष तथा भयरहित रुपमा सम्पन्न गरि लोकतान्त्रिक व्यवस्थालाई सार्थक बनाउने स्वतन्त्र संवैधानिक निकाय निर्वाचन आयोग हो ।
९. नागरिकका दायित्व भन्नाले के बुझिन्छ ? नागरिकले के कस्ता दायित्व निर्वाह गर्नु पर्दछ ? साथै, राज्यको दायित्व वारे लेख्नुहोस् । (४+४+२)
नागरिकले देश र समाजप्रति पालना गर्न कर्तव्य
नागरिकका दायित्व
कुनैपनि देशका नागरिकले पालना गर्नुपर्ने संवैधानिक, कानुनी तथा नैतिक कर्तव्यको समग्रता नागरिकको दायित्व हो । नागरिकले राज्यले प्रदान गरेको अधिकार उपभोग गर्नुको साथै राज्यले तोकेको दायित्व पनि निर्वाह गनुपर्ने हुन्छ ।
नागरिकले निर्वाह गर्नुपर्ने दायित्व
क) सवैधानिक दायित्व
ख) कानूनी दायित्व
ग) नैतिक/अन्य दायित्व
राज्यको दायित्व
नेपालको सविधानको धारा ५२ मा राज्यको दायित्व सम्बन्धि व्यवस्था रहेको छ । जसलाई निम्नानसार उल्लेख गरिएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्र्धन, राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ।
१०. सकारात्मक सोच भन्नाले के बुझ्नुहुन्छ? सकारात्मक सोचमा प्रभाव पार्ने तत्वहरू के के हुन्? लेख्नुहोस्। (५+५)
“Be mindful, Be grateful, Be positive, Be true, Be kind”
सकारात्क सोच
कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनु सकारात्मक सोच हो । सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ ।
सकारात्मक सोचमा प्रभाव पार्ने तत्वहरू
क) व्याक्तिगत, पारिवरिक एव आन्तरिक तत्वहरु
ख) कार्यालय वातावरण सम्बन्धीत वाह्य तत्वहरु
निष्कर्ष
सकारात्मक सोच सफल जीवनको आधार हो । यसले मानिसलाई स्वस्थ, तन्दुरुस्त बनाई लक्ष्य हाँसिल गर्न सहयोग गर्दछ । उल्लेखित तत्वलाई ध्यनमा राख्दै अगाडी वढेमा मानिसको व्यक्तिगत तथा सामाजिक जीवनले सार्थकता पाउने देखिन्छ ।
११. A र B लेएउटा काम कमश: 18 दिन र 24 दिनमा गर्न सक्छन्।A रB दुवै मिली काम गरेको केही दिनपछि A ले काम गर्न छोड्छ र बाँकी काम B ले 3 दिनमा पूरा गर्छ भने A ले कति दिनसम्म मिलेर काम गरेको रहेछ? पत्ता लगाउनुहोस्। (५)
Soln:
(मानौ)A र B मिलि x दिन काम गरेका रहेछन् ।
यहाँ, प्रश्नानुसार,
A ले 18 दिनमा 1 काम गर्न सक्छ।
∴ A ले 1 दिनमा 118काम गर्न सक्छ ।
त्यस्तै,
B ले 24 दिनमा 1 काम गर्न सक्छ ।
∴ B ले 1 दिनमा 124 काम गर्न सक्छ ।
अब,
(A + B)मिली 1 दिनमा ( 118+124)काम गर्न सक्छन ।
= (1×4 +1×3)72काम गर्न सक्छन ।
= 772कामगर्न सक्छन ।
अत,
(A+B)ले xदिनमा 772×xकाम गर्दछन् ।
= 7x72कामगर्न सक्छन ।
यहाँ,
अन्तिमको 3 दिन B एक्लैले काम गरेकोरहेछ।
त्यसैले,
B को 3 दिनको काम = (124×3) = 324काम
प्रश्नअनुसार,
A र B दुवै मिली xदिन गरेको काम + B एक्लैको 3 दिन काम = 1
or,7x72+ 324 =1
or,7x×1+3×372=1
or,7x+972=1
or, 7x+9=72
or,7 x=72-9
or,x = 637
∴x = 9 दिन
∴त्यसैले, A र B मिली 9 दिन काम गरेका रहेछन्।
१२. रू 5000 साँवाको वार्षिक 10% व्याजदरले 3 वर्षमा हुने वार्षिक चक्रिय र साधारण व्याजबीचकोअन्तर निकाल्नुहोस् । (५)
Soln:
प्रश्नअनुसार,
साँवा (P) = रु.5000
समय (T) = 3 बर्ष
ब्याजदर (R) = 10%
अब,
साधारण ब्याज (S.I.) = PTR100
=(5000× 3 ×10)100
= Rs. 1500
फेरि,
चक्रिय ब्याज (C.I.) =P[(1 + R100))T-1]
= 5000 [(1 + 10100)3- 1]
=5000[ (1 + 110) 3-1]
= 5000[ (1110)3-1]
= 5000[(13311000 - 1) ]
= 5000× (1331-1000)1000
= 5 ×331
= रु. 1655
फेरी,
चक्रिय ब्याज र साधारण ब्याज विचको अन्तर= C.I. - S.I.
=रु.1655-रु.1500
= रु.155
त्यसैले, 3 बर्षमा हुने चक्रिय र साधारण ब्याजविचकोअन्तर रु. 155 रहेछ ।
१३. ab=5 6भए, 5a-2b6a+2b को मान निकाल्नुहोस् । (५)
Soln:
यहाँ,
ab = 56
or, a = 5b6
प्रश्नअनुसार,
= (5a-2b)(6a+ 2b)
= (5×5b6 -2b)(6×5b6+ 2b) [∴a = 5b6राखेको]
= (25b6 – 2b)(5b+2b)
=(25b-2b×66)7b
= (25b-12b6)7b
= (13b6)7b
= 13b6×17b
=13b6×17b
=1342
त्यसैले,5a-2b6a+2b को मान=1342रहेछ ।
१५. एउटा टेलिभिजन रू 60000 मा बेच्दा 20 प्रतिशत नोक्सान हुन्छ । 12 प्रतिशत नाफा कमाउन उक्त टेलिभिजन कतिमा बेच्नुपर्दछ? पत्ता लगाउनुहोस् । (५)
Soln:
प्रश्नअनुसार,
वि. मु (SP) = रु.60000
घाटा(L) = 20%
क्र. मु. (CP) = ?
सुत्र अनुसार,
क्र. मु. (CP) =(SP× 100)(100-L%)/
=60000 x 100(100-20)
= 60000 × 10080
= 60000 × 54
= 15000 × 5
= रु.75000
फेरि,
क्र. मु (CP) = रु. 75000
नाफा (P) = 12%
वि. मु. (SP) = ?
अब, सुत्रअनुसार,
वि. मु.(SP) = CP ×(100 + P%)100
= 75000 × (100+12)100
= 75000 × 112100
= रु.84000
त्यसैले,
उक्त टेलिभिजनमा 12% नाफा कमाउनरु. 84000 मा बेच्नुपर्दछ ।
१६. टेलिफोनको मासिक 100कल सम्म न्यूनतम महसुल रु 180 तिर्नुपर्छ । त्यसपछि प्रत्येक कलको रु. 2 थप दस्तुर बुझाउनुपर्दछ। यदी 370 कल फोन गरेको रहेछ भने सेवा शुल्क 10% र VAT 13% सहित जम्मा कति बुझाउनु पर्ला (५)
Soln:
प्रश्नअनुसार,
जम्मा फोन कल = 370 कल
= (100 + 270) कल [∴न्यूनतमकलसंख्यारजम्माकलसंख्याछुट्याएको]
महसुल= 180 + 270 × 2 [ ∴270 भन्दावढीकलकोप्रतिकलरु 2 लाग्नेभएकाले। =180+540
= रु. 720
अब,
10% सेवा शुल्क सहितको शुल्क = 720 + 720 को 10%[ ∴सेवाशुल्क10% लाग्नेभएकाले।
= 720 + 720 × 10100
= 720 + 72
= रु. 792
फेरिप्रश्नअनुसार,
13% VAT सहितको शुल्क = रु. 792 + 792 को 13%
= 792 + 792 × 13100
= 792+10296100
= 792+102.96
= रु.894.96
त्यसैले,
∴370 कल फोन गरेको सेवा शुल्क र VAT सहित जम्मा टेलिफोन महसुल = रु. 894.96 बुझाउनुपर्छ ।
सफलताको शुभकामना
आफुले तयारी गर्न खोजेको समूह छनोट गर्नुहोस