| नयाँ कक्षाहरु आजैदेखि JOIN गर्नसक्नुहुन्छ ❣ नयाँ भर्नाको लागी सम्पर्क: 9848383263/9808145933 #loksewagyan सबै course मा eBook नि:शुल्क छन् है आजै join गर्न सक्नुहुन्छ ❣ |       | बन्ने होइन त अधिकृत ?? |      

नेपालमा भ्रष्टाचार वृद्धि हुनुका कारणहरु उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न केकस्तो उपायहरु अवलम्बन गर्नुपर्ला ? आफ्नो सुझाव दिनुहोस् । 5+5

LoksewaGyan १५ श्रावण २०८०,सोमबार

 

नेपालमा भ्रष्टाचार वृद्धि हुनुका कारणहरु उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न केकस्तो उपायहरु अवलम्बन गर्नुपर्ला ? आफ्नो सुझाव दिनुहोस् । 5+5

सदाचारयुक्त समाजको निर्माणका लागि भ्रष्टाचारमा शुन्य सहनशीलता

विषय प्रवेश :

व्यक्तिगत स्वार्थ सिद्ध गर्न प्रचलित कानून र पदीय दायित्वलाई भुल्दै गरिने आर्थिक एवं गैर आर्थिक क्रियाकलापको समष्टि नै भ्रष्टाचार हो नेपालको संविधानले भ्रष्टाचार मुक्त सार्वजनिक प्रशासनको परिकल्पना गर्दै सदाचार युक्त समाज निर्माणमा जोड दिएको छ यद्यपि ट्रान्सपरेन्सी ईन्टरनेशनलको सन् २०२२को प्रतिवेदनमा नेपाल विश्वमा बढी भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा ११औं स्थानमा रहेको देखिनुले नेपालमा अपेक्षाकृत रूपमा भ्रष्टाचार निवारण गर्न नसकिएको यथार्थता पुष्टि हुन्छ ।

.१ भ्रष्टाचार नियन्त्रण हुनु नसक्नुका कारण/पक्षहरू

भ्रष्टाचार बहुआयमिक विषय भएकोले सरकारको एकल प्रयास मात्र भ्रष्टाचार न्यूनीकरणमा अपर्याप्त हुने र नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन नसक्नुको पछाडि राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, नीतिगत, प्रशासनिक, नैतिक, व्यवहारगत एवं अन्य पक्षहरू जिम्मेवार रहेका छन् । जसलाई देहाय अनुसार उल्लेख गरिएको छ ।

क. राजनीतिक / नीतिगत कारण एवं पक्षहरु

  • भ्रष्टाचार न्यूनीकरणका लागि उच्च राजनीतिक ईच्छाशक्ति तथा सोही बमोजिमको कटिबद्धता र मार्गदर्शन नहुनु ।
  • अपराधजन्य एवं भ्रष्टाचारजन्य क्रियाकलापमा राजनीतिक संरक्षण र संलग्नता रहुनु,
  • खर्चिलो निर्वाचन प्रणाली तथा असल राजनीतिक संस्कारको अभाव हुनु,
  • नीतिगत निर्णय, अनुचित कार्य तथा नीजि क्षेत्र संघ संस्थाहरूको भष्ट्राचार हेर्ने क्षेत्राधिकारका विषयमा आवश्यक कानूनी प्रबन्ध नगरिनु ।

ख. आर्थिक कारण एवं पक्षहरू

  • नीजि तथा सार्वजनिक क्षेत्रमा तलब न्यून हुनु र सामान्य जीवनयापनका लागि समेत नसक्नु,
  • मानिसको धन कमाउने तीव्र लालसा तथा बढ्दो महँगी, गरिबी र बेरोजगारी,
  • नीजि सार्वजनिक सहकारी उपभोक्ता नागरिक समाजमा मिलेमतो संस्कृति र भाग बन्डा प्रवृत्ति (जस्तै : उपभोक्ता समितिले योजना पेट्टी ठेक्का दिने प्रचलन)
  • औपचारिक अर्थतन्त्र तथा कानूनी शासन भन्दा बाहिर रही अनुचित धन कमाउने प्रचलन,

ग. सामाजिक एवं सांस्कृतिक कारण एवं पक्षहरू

  • समाजले अत्याधिक धनीलाई सम्मान, मान मर्यादा गर्ने चलन,
  • सामाजिक क्रियाकलाप मँहगो हुने तथा सो लाई नै अंगिकार गर्ने अस्वस्थ्य प्रतिस्पर्धा,
  • भ्रष्टाचारलाई सामाजिक बहिष्करण नगरी मौन समर्थन प्रदान,

घ. प्रशासनिक एवं नैतिक कारणहरू

  • प्रशासनिक प्रतिवद्धता तथा तटस्थतामा प्रशासन कमजोर देखिनु,
  • प्रशासनका जिम्मेवार व्यक्ति तथा पात्रहरुमा नैतिकता, सदाचारिता, ईमान्दारीता र व्यावसायिकताको कमी तथा उत्तरदायित्व पन्छाउने प्रवृत्ति हावी हुनु,

ङ. अन्य कारणहरू

  • निजी क्षेत्रमा मिलेमतो कार्टेलिङ तथा स्वार्थका लागि राज्य संरचनाको दुरुपयोग गर्नु र नाफाखोर प्रवृत्ति मौलाउदै जानु,
  • नागरिक समाज, पत्रकारिता, समुह, सहकारी तथा शासनका अन्य पात्रहरुको जिम्मेवारी भूमिका तथा खवरदारीमा ह्रास,

 

.२ भ्रष्ट्राचार न्यूनीकरण गरी सभ्य सदाचारी नैतिकवान नागरिक र समाज र देश निर्माणका लागि अपनाउनुपर्ने उपायहरुः

भ्रष्ट्राचार बहुआयमिक तथा जटिल विषय भएकाले यसलाई सरकारको एक्लो प्रयासले नियन्त्रण गर्न कठिन हुन्छ । यसका लागि नीजि नागरिक समाज समाज व्यक्ति तथा अन्तर्राष्ट्रिय जगतको साझा प्रयासबाट न्यूनीकरण गर्न सकिन्छ । राज्य बलियो बन्ने, नीजि क्षेत्र उत्तरदायी बन्ने, समाज नैतिकवान तथा सभ्य बन्ने र आम नागरिक सदाचारी बनेमा यो सम्भव हुन्छ ।

सिंगापुर जस्तो भ्रष्ट्राचारमा शुन्य सहनशीलता अपनाएर राज्यको नीति नियम तथा राज्यका संरचना बलियो बनाएर तथा यसमा सबै पक्षको साथ सहयोग भएमा भ्रष्ट्राचारको नियन्त्रण सम्भव हुन्छ ।

यसका साथै,

    • भ्रष्ट्राचार सँग सम्बन्धित समसामयिक कानूनहरू तर्जुमा तथा परिमार्जन गरी सो को पूर्ण परिपालना गरिनु पर्ने ।भ्रष्टाचार निवारण सम्बन्धी ऐन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा समसामयिक सुधार गर्ने ।
    • अनुचित कार्य हेर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट आवश्यक कामकारबाही गरिनुपर्ने तथा सम्पत्ति शुद्धीकरण निवारण विभागलाई मर्ज गरी शक्तिशाली आयोग बनाउने।
    • सार्वजनिक प्रशासनमा रहेको विकृत्ति रोकी तथा सेवा प्रवाह सूचना प्रविधिमैत्री बनाई अतिरिक्त आम्दानी बिचौलिया तथा अन्य लाभका अवसरहरु बन्द गर्दै पारदर्शी तथा सुशासनयुक्त बनाउने ।
    • नागरिकहरुमा सचेतना अभिवृद्धि गरी भ्रष्टाचार सम्बन्धि जानकारी पाठ्यक्रममा समावेश गरी सभ्य समाज निर्माणमा जोड दिने ।
    • नागरिक कर्तव्य समेत पालनामा जोड दिदै नागरिक समाजको भूमिकालाई रचनात्मक बनाउने र स्वतन्त्र नागरिक निगरानी समूहहरू परिचालन गरिनुपर्ने । प्रभावकारी उत्तरदायित्वका औजारहरू सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, गुनासो सुन्ने व्यवस्था, स्थानीय भाषामा डिजिटल नागरिक बडापत्र प्रभावकारी परिचालन गरिनु पर्ने ।
    • सार्वजनिक प्रशासनको मूल्य मान्यता परिभाषि गरी सबै संस्थाहरु सदाचारयुक्त निर्माण गर्न पुर्नपरिभाषित गर्ने ।
    • असल र सभ्य समाज, नैतिकवान व्यक्ति, मार्गदर्शक राजनीति तथा खोजमूलक पत्रकारिता र खवरदारी गर्ने नागरिक समाजको निर्माण तथा विकास गर्ने ।

 

अतः भ्रष्टाचार न्यूनीकरण गरी साधन स्रोतको सदुपयोग गर्न र राष्ट्रको झवि सुधार्नका लागि सबैको साझा प्रयास आवश्यक हुन्छ । नेपाल यसका सूचकाँकमा कमजोर रहेकाले राज्यका अंगहरुले प्रभावकारी रुपमा कार्य गरेमा तथा सचेतना अभिवृद्धिबाट नेपाललाई भ्रष्टाचारको जालोलाई हटाउन सकिन्छ ।

By:विजय शर्मा

Share this